‘एकपटक फेरि सडकमा उभिन मन छ। जनताको अधिकार, स्वतन्त्रता र समानताका लागि नेताहरुलाई खबरदारी गर्न मन छ। नयाँ पुस्तालाई लिएर फेरि शान्तिपूर्वक आन्दोलन गरुँगरुँ पो लागेको छ।’
‘सकिन्छ भने दुईवटा भाषा अनिवार्य बुझ्ने कोसिस गर्नुपर्ने रहेछ,’ उनी भन्छन्, ‘एउटा संस्कृत र अर्को अंग्रेजी। संस्कृत भाषाले इतिहास र सभ्यताबारे बुझाउँछ। आधुनिक ज्ञानका लागि अंग्रेजी पढ्न जरुरी छ।'
परिवार संस्था हो, जहाँ राजनीति हुन्छ। अथवा निर्णय गर्ने अधिकार निश्चित व्यक्तिमा निहित हुन्छ। त्यसको आफ्नै संस्कृति पनि हुन्छ। एकअर्काको सम्बन्धको सेतु पनि हुन्छन्।
कुनै समय गाउँ-गाउँमा गुन्जिन्थ्यो यो गीत। जनजनको मुखमा झुन्डिएको थियो ‘जनताका गायक’ जेबी टुहुरे अर्थात जुठबहादुर खड्कीको यही स्वर। तीनै जनप्रिय गायक जेबी टुहुरेले बिहीबार संसार छोडेका छन्। तर, उनको योगदान भने नेपाली धर्तीमा सधै जिवित नै रहने छ।
‘तपाईंहरुको राम्रो थियो, राम्रो गर्दै जानुस्। प्रगतिको कामना,’ दीपेन्द्रले टाढैबाट भनेको कुरा अहिले पनि सम्झन्छन् दमन। ‘कलाकारिता गर्ने मान्छेलाई त्यो ठूलो कुरा थियो। युवराजले तारिफ गरिदिएपछि त त्यो दिनकोे गाईजात्रा विशेष बनिहाल्यो नि,’ दमन भन्छन्।
शाह भन्छन्, ‘उर्दुमा भएको ढुंगा भेटिनु बिम्कोट दरबारको इतिहास मुगल शाहकै पालाबाट सुरु भएको पुष्टि हुन्छ।’ शाहले यसो भने पनि यसको प्रामाणिक इतिहास भने खोजीकै विषय छ।
अघिल्लो पुस्ताकी कित्थी भने किशोरी हुँदा अवस्था यस्तो थिएन। थोत्रा कपडा प्रयोग गर्नुपर्थ्यो। कपडा प्रयोग गर्दा उनलाई ‘एलर्जी’ हुन्थ्यो। अन्य विकल्प नभएपछि पैंतीस वर्षसम्म कपडा प्रयोग गरिन् उनले।