रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।
दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका कलाकार प्रदीप खड्का पछिल्लो चलचित्र ‘प्रकाश’मा काम गरेपछि मात्रै वास्तविक कलाकार भएको प्रतिक्रिया दिएपछि विवादमा परेका छन्।
श्रीलंका, थाइलाइन्डसहित भारतको कन्याकुमारीदेखि काश्मिरसम्मको ४५ दिने लामो बाइक राइडिङ गरेको अनुभव बटुलेका कर्मासँग हिमाल, पहाड, तराईका अनकन्टार स्थलको रोमाञ्चक यात्रानुभव छ।
'पानीफोटो' नाटक हेर्ने एक दर्शकको रुवाइले चलचित्र बनाउने सोच जन्मिएको थियो, खगेन्द्र लामिछानेभित्र, जसलाई उनले संकल्पमात्रै गरेनन्, चलचित्र बनाएर साकारै गरे। साउन १३ मा ठूलो पर्दामा ल्याउँदै छन्।
आ–आफ्नो भाषा, संस्कार, संस्कृति जोगाउँदै आएका राई, लिम्बू, याक्खा, सुनुवार, थामी, जिरेल, सुरेल आदि जातिमा कुनै–कुनै कहानी कथा भएर खुवालुङ स्थापित भयो। अहिले पनि छ।
नेपाली सिने उद्योगका स्टार र चकलेटी नायकको उपमा पाएका प्रदीप खड्का जुम्लालाई आधार बनाएर कोरिएको ‘प्रकाश’ चलचित्रको पर्दामा स्थानीय भाषा र जीवनशैलीलाई हुबहु उतार्न सफल भएका छन्।