सोमबार, असोज १७, २०७९
प्रेम चन्द

प्रेम चन्द


बाँस्कोटा मन्त्री हुँदा सञ्चारमा चरम भ्रष्टाचार, एउटा इमेल आइडी बनाएको १० हजार

सरकारी स्रोतको चरम दुरुपयोग गर्दै उनले निःशुल्क बनाउन सकिने एउटा इमेल आइडी बनाउनसमेत १० हजार खर्च गरेको महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनले उल्लेख गरेको हो।
बुधबार, भदौ ९, २०७८

क्वारेन्टिनमा मनपरी : खानामा जथाभावी खर्च देखाएर भ्रष्टाचार, बिलभर्पाइ र विवरण पनि गायब

मापदण्डअनुसार मोरङमा प्रहरीले दैनिक पाउने खाजा/खाना खर्च १५७ रुपैयाँ रहेको छ। सोही अनुसार १५७ रुपैयाँ दैनिक खर्च गुर्नपर्ने सुन्दरहरैँचा नगरपालिकाले ३५० रुपैयाँ खर्च गरेको थियो।
मंगलबार, भदौ ८, २०७८

एमसीसीले लिनेछ कुलमानको परीक्षा!

‘ट्रान्समिसन लाइनको समस्या छ,’डा दुलालले भने, ‘उत्पादित ऊर्जा खेर जाँदैछ। विद्युत खपत वृद्धि गर्दै भारतको बजारमा पहुँच पुर्‍याउने विषयमा कुलमानको परीक्षा हुनेवाला छ।’
बुधबार, साउन २७, २०७८

के विलासी, के अत्यावश्यक?

गत बुधबार संघीय संसद् अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यापार घाटा कम गर्न विलासिताका वस्तु आयातमा रोक लगाउने गरी मौद्रिक नीति ल्याइन लागेको जानकारी सांसदहरुलाई गराए। विलासिताका वस्तुमा रोक लगाए मुलुकको व्यापार घाटा न्यूनीकरणमा सहयोग पुग्ने उनको तर्क थियो। उनको तर्कमा कतिपय सांसद सहमत थिए भने कतिपयको विमति थियो।
सोमबार, साउन २५, २०७८

दैनिक दुई करोडको केक खान्छ काठमाडौं, बजार छोप्दै ओहो

सहरी क्षेत्रमा रहेका धेरै केक उद्योगमध्ये एउटा हो, ओहो केक। यो उद्योग सञ्चालनमा आएको ६ महिना मात्र भएको छ। सुरुवाती दिनमा १० देखि १२ वटा केकको अर्डर आउने गरेकोमा अहिले दैनिक ७० देखि ८० वटासम्म केकको अर्डर आउने गरेको उद्योग सञ्चालक दिव्यश गिरी बताउँछन्।
बुधबार, साउन २०, २०७८

५० करोडको आँसु !

किसानले अहिले उद्योगीहरुबाट ३५ करोड रुपैयाँ र सरकारी अनुदानबापतको करिब १५ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ।
शुक्रबार, साउन १५, २०७८

उखु किसानको भुक्तानी : उद्योगीले दिएनन्, सरकारले दिलाएन

सर्लाहीका उखु किसान हरेश्याम रायले ४ वर्षअघिसम्म १० बिघा जमिनमा उखु खेती गर्दै आएका थिए। तर, चिनी उद्योगलाई उखु बेचेको भुक्तानी पाउन वर्षैपिच्छे सास्ती बेहोर्नु परेपछि पछिल्लो समय उनले उखुको उत्पादकत्व घटाएका छन्।
शुक्रबार, साउन १५, २०७८

ओली सरकारले भुक्तानी नदिलाएपछि देउवा गुहार्न काठमाडौं आए उखु किसान

उनका अनुसार हाल सर्लाही र नवलपरासीका किसान काठमाडौंमा छन्। उनीहरुले बिहीबार दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आफ्नो भुक्तानीबारे विवरण सार्वजनिक गर्ने तयारी गरेका छन्। ‘अहिले पत्रकार सम्मेलनमार्फत् सरकारलाई दबाब दिने योजना मात्रै हो,’ रायले भने, ‘त्यसपछि पनि भुक्तानी दिने सम्बन्धमा कुनै पहल नगरिए अन्य साथीहरू बोलाएर आन्दोलन गर्छौं।’ 
बुधबार, साउन १३, २०७८

अर्थनीति तत्काल प्रतिफल दिने खालको हुनुपर्छ : अर्थशास्त्री सुमन शर्मा

महामारीका कारण यातायात क्षेत्र थला परेको छ। यसको सोझो असर पर्यटन क्षेत्रमा देखिएको छ। उसो त कतिपय नागरिकलाई छाक टार्नै समस्या छ। तसर्थ सरकारले रोजगारी, जनजीविका र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ।  
बुधबार, साउन १३, २०७८

कृषकका समस्याका चाङमाथि गाडीको लस्कर

प्रत्येक स्थानीय तहमा अन्य प्रशासनिक कर्मचारीसँगै कृषिका लागि प्राविधिक कर्मचारी खटाइने समेत संघीयताले कल्पना गरेको विषय हो। वडा स्तरमै हुनुपर्ने कृषिका प्राविधिक कर्मचारी गाउँपालिका वा नगरपालिकामै पनि आवश्यकता अनुसार छैनन्।
सोमबार, साउन ११, २०७८

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना