प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना संक्रमण भएपछि ७ दिन होम आइसोलेसनमा बसे। संक्रमणमुक्त भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा बुधबार उनी देखापरे। संक्रमणमुक्त भएलगत्तै सार्वजनिक स्थानमा देखापरेका मुख्यमन्त्री राईले कोभिड-१९ विरुद्धको सामान्य स्वास्थ्य मापदण्ड पनि पालना गरेनन्।
संसदको कार्यकाल नै अव दुई महिना मात्रै बाँकी छ। निर्वाचन आयोगले असोज अन्तिम साता उम्मेदवारी दर्ताको कार्यसूची रहने बताइसकेको छ। नामकरणमा दलहरूको अडानका कारण दुई महिनामा प्रदेशको नाम टुङ्गिने अवस्था देखिँदैन।
विराटनगर १२ का वडाध्यक्ष हीरालाल कामतले पनि निर्वाचनको खर्च बुझाएका छैनन्। निर्वाचन खर्च बुझाउनुपर्ने बारे थाहा नभएको उनले बताए। उनी अहिले दोश्रो पटक वडाध्यक्षको जिम्मेवारीमा छन्। वडाध्यक्ष कामतले भने,‘०७४ को स्थानीय तह निर्वाचनको पनि विवरण बुझाएँ की बुझाइन थाहा भएन।’ अहिलेसम्म यसबारे अनविज्ञ रहेको उनले बताए।
मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।
‘सप्तकोसी वर्षेनि पश्चिम लागिरहेको थियो,’ वडाध्यक्ष चौधरीले भने, ‘विस्तारै सर्दै–सर्दै आइरह्यो, तर नियन्त्रणको काम प्रभावकारी हुन सकेन।’ सप्तकोसीबाट बेलका पश्चिमतर्फ पर्छ।
विराट, नोवेल र बीएण्डसीमा उपचाररत १०९ विरामीका बारेमा बोर्डमा जानकारी भइसकेको स्वास्थ्य बिमा बोर्ड प्रदेश १ का संयोजक दुर्गाप्रसाद आचार्यले जानकारी दिए। उपचाररत बिरामीको भुक्तानीवापतको रकम ७ दिनभित्र दाबी गर्नका लागि पत्राचार गर्ने तयारीमा रहेको आचार्यले बताए। उनले भने, 'सेवा बन्द गर्नुपूर्व अस्पताल भर्ना भएका बिरामीको उपचार वापतको रकम भुक्तानी हुन्छ।’स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने भनेर सूचना निकालेका अस्पतालहरुले कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराएपनि बोर्डले अहिले नै निर्णय गरी नसकेको उनले बताए।
सरकार उद्योगीका समस्यामा उदासिन बनेको मोरङका उद्योगी व्यवसायीले आरोप लगाएका छन्। समस्या समाधानका लागि भेट्नुपर्ने सबै व्यक्तिहरुलाई भेटेर कुरा राखे पनि कुनै सुधार नभएको उनीहरुको भनाई छ।