आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि एमालेले मोरङका १२ वटा प्रदेश सभाको प्रत्यक्ष तर्फ ९५ उम्मेदवारको नाम सिफारिस गरेको छ। समानुपातिक तर्फ १३९ जनाको नाम सिफारिस भएको छ।
सात वटा प्रदेश मध्ये ६ वटाले प्रदेशको नाम टुङ्गाए। प्रदेश १ ले नामकरण नगरी आफ्नो पहिलो कार्यकाल सकेको छ। ५ वर्षे कार्यकालमा प्रदेशमा ३ वटा सरकार बने। तीन वटै सरकारका मुख्यमन्त्रीहरूले आफ्नो प्राथमिकतामा प्रदेशको नामकरण राखे पनि व्यवहारमा त्यो देखाउन सकेनन्।
पीडित परिवारको बलिदानको जगमा नै मुलकमा अहिलेको शासन प्रणाली स्थापना भए पनि द्वन्द्वपीडितका घाउ भने चहर्याइरहेका छन्। राज्यले तिम्रो दुःख केछ भनेर राज्यले कहिल्यै सोध्दैन। यो राज्य कसका लागि आखिर?'
नेकपा माओवादी केन्द्रकी नेतृ गोमा अधिकारी देवान निर्वाचन महँगो हुँदै गएका कारण महिलाको सहभागिता घट्दै गएको बताउँछिन्। 'पुरुषसँग पैतृक सम्पत्ति हुन्छ। उनीहरू करोडौं खर्च गर्न राजी हुन्छन्। तर, महिलासँग करोड खर्च गर्ने हैसियत हुँदैन,' उनले भनिन्।
प्यागोडा शैलीमा निर्माण गरिएको रथको लम्बाई २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिट रहेको छ। रथ तान्नका लागि रथको अग्रभाग जुवाको दुवैतर्फ ७५ फिट लम्बाइको डोरी राखिन्छ।
गठबन्धनमा सिट बाँडफाँट ढिलो हुँदा चुनाव केन्द्रित गतिविधिहरु तीव्र रुपमा अगाडि बढाउन नसकिएको नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले बताए।
अधिकृत स्तरको कर्मचारीको नेतृत्वमा रहेको अभियान फाँटले १८ महिना नाघ्ने मुद्दालाई व्यवस्थापन गर्दै आइरहेको सूचना अधिकारी सुवेदीले बताए। अभियान फाँटले १८ महिना नाघेका मुद्दा शून्य बनाउने गरी काम गरिरहेको उनले बताए।