मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानुनी सल्लाकार हुने र संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिने गरी राजनीतिक नियुक्ति गर्ने गरिन्छ।
स्ट्रेन्थलिफ्टिङ भन्नाले तौललाई खुट्टाको पछाडिबाट बोक्ने र उचाल्ने क्षमता हो। त्यस्तै इन्क्लाइन बेन्च प्रेस (आइबीपी) भनेको जिममा छातीको एक्सरसाइज गर्दा प्रयोग गरिने इन्क्लाइन बेन्च प्रेसमै करिब ३५ डिग्रीमा उत्तानो सुतेर तौललाई माथि उचाल्ने क्षमता हो। मैले यसैमा गोल्डमेडल जितेकी हुँ।
शिवोदेवीका अनुसार कपाली तमसुक बनाउँदा नै झमलाले ३–४ गुणा बढी रकम राखेर कागज बनाई त्यसमा सहीछाप गराउने गरेका छन्। ३–४ गुणा बढी रकम राखेर गरेको कागज बमोजिमको पैसा बुझाउँदा पनि ऋणमुक्त नगरेको उनको भनाई छ।
'दैनिक ७० देखि ८० टन हाराहारीमा फोहोर निस्कन्छ। विराटनगर महानगरपालिकाले सफाइ अभियान शुरु गरेपछि विभिन्न क्षेत्रका व्यक्तिहरुको स्वतस्फुर्तमा सहभागिता बढ्दै गएको छ,' प्रधानले बताए।
प्रदेश १ मा प्रमुख राजनीतिक दल नेकपा एमाले, कांग्रेस र माओवादी केन्द्रले २८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेका छन्। २२१ जना उम्मेदवार सिफारिस भएकामध्ये एमालेका १४, कांग्रेसका १० र माओवादीका ११ जनाको नाम एकल सिफारिसमा परेको छ।
विराटनगर प्रदेशको राजधानी हो। प्रदेश १ को एक मात्र महानगरपालिकामा दैनिक ७० टन हाराहारीमा फोहोर निस्कने गरेको छ। चाडपर्वका समयमा झण्डै ९० टन हाराहारी पुग्छ। दैनिक रूपमा फोहोर बढ्दै गइरहेको अवस्था छ।
एमाले अध्यक्ष केपी शर्मा ओली त नेकपा एकीकृतको नाम नै सुन्न चाहँदैनन्। माधवकुमार नेपालको नाम लिँदा पनि मुख कुल्ला गर्नुपर्ने सार्वजनिक कार्यक्रममै बताएका छन्।
पछिल्ला २६ वर्षमा बरालले ५ पटक टिकट पाए। एक पटक उनले चुनाव जिते भने बाँकी परिणाम उनको पक्षमा आउन सकेको छैन। पहिलो पटक जिते बाहेक उनी हरेक निर्वाचनमा पराजय भोग्दै आएका छन्।
नेताहरुलाई चुनौतीको विषय मोरङ क्षेत्र नम्बर १ रहेको छ। सो क्षेत्रबाट सिफारिस भएका ५ जनामध्ये मुख्य दाबी घनश्याम खतिवडा र डा. शिवमाया तुम्बाहाम्फेकै रहेको छ। क्षेत्रीय समन्वय कमिटीले खतिवडा, तुम्बाहाम्फेसँगै अग्नि भट्टराई, राजेन्द्र पौडेल र रुद्र तामाङको नाम सिफारिस गरेको छ।