कैलालीको टीकापुर नगरपालिकाले आन्तरिक स्रोत बढाउनका लागि नगरभित्र सम्भावनाको खोजी सुरु गरेको छ। कैलालीको दोस्रो पुरानो नगरपालिकासमेत रहेको नगरपालिकाले आन्तरिक आयको क्षेत्र मजबुत बनाउनका लागि लगानी गर्नसक्ने क्षेत्रसँग छलफल सुरु गरेको हो।
राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ।
सरकारले दातृ संस्थासँग सहकार्य गरी लुम्बिनी प्रदेशका ६ सय र मधेश प्रदेशका ९ सय गरी १ हजार ५ सय विदेशबाट फर्किएका युवालाई कृषि, निर्माण र पर्यटनसँग सम्बन्धित सीप प्रदान गरी उद्यममा जोडन सिप सिकाउन शुरु गरेको हो।
उद्योग, कलकारखाना स्थापनापश्चात् देश आत्मनिर्भर हुने, देशमै रोजगारीको सिर्जना हुने भएकाले उद्योग र औद्योगिक क्षेत्रको स्थापनाबिना देशमा समृद्धिको परिकल्पना गर्न नसकिने उनले बताए।
विभागले आर्थिक वर्ष २०७७-७८ मा अखाद्य वस्तु उत्पादन गर्ने एक सय उत्पादक कम्पनीलाई कानुनी कारबाही गरेको प्रतिवेदनमा उल्लेख भएपनि बजारमा अखाद्य वस्तु उत्पादन गर्ने कम्पनी वा फर्मको सङ्ख्या भने घटेको देखिँदैन।
राष्ट्रपति भण्डारीले शनिबार कानुनमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खुम्मबहादुर खातीलाई बोलाएर यसबारे जानकारी लिएकी हुन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्दप्रसाद शर्मा कोइरालाले शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा न्यायाधीश भट्टराईलाई सर्वोच्च अदालत तानेर उनीमाथि न्याय परिषद्ले छानविन गरिरहेको जानकारी दिएका थिए।
नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल आइपुगेका छन्। शनिबार साँझ काठमाडौं ओर्लिएका मुख्य प्रशिक्षक प्रभाकरलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन्।
पाहुनाको आवागमन घटेसँगै होमस्टेको आर्थिक कारोबारमा समेत गिरावट आएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाको भनाइ छ।
ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ग्रील ग्राम सम्बन्धी अन्तरक्रियामा व्यवसायीहरुले रुपन्देहीका संघीय सांसद र स्थानीय तहका प्रमुख समक्ष ग्रील ग्रामको माग गरेका हुन्।
निर्माणाधीन पुलको एप्रोच सडक र नदीको तटबन्धनको काम नसकिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र वन तथा वातारणमन्त्री प्रदीप यादवले संयुक्त रूपमा अधुरो पुलको उद्घाटन गरेका हुन्। पूर्ण रूपमा निर्माण सम्पन्न नभएको जानकारी हुदाँहुँदै पनि उनीहरूले हतारमा पुलको उद्घाटन गरेका हुन्।