पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ केन्द्रीय समिति चयन गरेको थियो। माओवादीको विधानमा २ सय ९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ। यस्तै त्यसको १५ प्रतिशत मनोनित गरिने र पार्टी एकतामा आएका १० प्रतिशतलाई केन्द्रीय सदस्य बनाउने व्यवस्था छ।
पार्टीमा आवद्ध विभिन्न चार दलका नेताहरुको शनिबार बैठकले संयोजक वामदेव गौतमलाई कारबाही गर्दै युवराज सफललाई संयोजक बनाएको थियो। त्यसैगरी आइतबार बामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकले शनिबार संयोजक तोकिएका युवराज सफलसहितलाई कारबाही गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।
नेकपा एमालेले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न कार्यदल गठन गरको छ। आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तह निर्वाचनको क्रममा भएको अनुशासनहीनता, अराजकता र अन्तर्घातको विषयमा छानबिन गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको हो।
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई युवामैत्री स्थानीय तह घोषणाका लागि कार्ययोजना बनाउन प्रतिबद्धता गरिएको छ। युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन जनप्रतिनिधि र युवाहरुको लागि क्षमताअभिवृद्धि कार्यक्रमको समापनमा ७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो।
प्रदेश १ सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमाननित बजेट संसदमा प्रस्तुत गरेको थियो। बजेटमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ भने कृषिलाई प्राथमिकतामा राखिएको छ।
मेयर चलाउने शनिबार आफैँ प्रहरी कार्यालय पुगेको अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिए। उक्त घटनाका विषयमा हालसम्म ७ जना पक्राउ परेका छन्।