सन् २०२२ को पहिलो २ महिना (जनवरी र फेब्रुअरी)मा ३६ हजार ७ सय ४१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो गत वर्ष सोही अवधिको भन्दा दोब्बरभन्दा बढी हो। गत वर्ष जनवरी र फेब्रुअरीमा १८ हजार २० जना पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ।
बाटोमा पाँच दिनसम्म सोडा हालेको चिसो पानी र पाउरोटी मात्रै खान पाइयो। सोडा हालेको चिसोपानीले बमिट आउँथ्यो, बाच्नकै लागि भए पनि खानु पर्ने बाध्यता थियो। पाउरोटी र सोडा हालेको पानीले कस्तो हुन्छ शरीर त्यो पनि पाँच दिनसम्म?,’ उनले भने।
महिनाको एक हजार रियाल तलब र २ सय ओभरटाइम दिने सम्झौतासहित उनीहरु साउदी गएका थिए। हस्पिटल सरसफाइको काममा खटाउने सम्झौता थियो। तर, सम्झौता विपरीत उनीहरुलाई रियाद पुगेको १० दिनसम्म कुनै काम नै दिइएन। कम्पनी पनि सम्झौता गरेको वाला थिएन।
अनेक आश्वासन बाँडेर मेयर बनेका विद्या सुन्दर शाक्य अहिले यी कुरा सुन्न समेत चाहँदैनन्। मोनोरेल, मेट्रो रेल त परको कुरा साइकल लेनसमेत बनाउन नसकेका उनी कार्यकाल सकिदै लाग्दा घोषणापत्र सम्झिन पनि चाहँदैनन्। सायद उनलाई त्यो घोषणाले गिज्याउँछ।
सन् २००५ मा भारतको मुम्बईस्थित ‘हेलन केलर इन्स्टिच्युट फर डेफ एन्ड डेफब्लाइन्ड’मा एक वर्षे कोर्ष गरेपछि नेपाल आएकी शैलीको खास घर नेपालगन्ज हो। तर, उनी अहिले पुरानो बानेश्वरस्थित बहिरा दृष्टिविहीन अभिभावक समाजद्वारा सञ्चालित ‘डे केयर सेन्टर’मा ती २९ जना पात्रको आवाज र दृष्टि बनिरहेकी छिन्।
तीन वर्षअघि उत्पन्न सिन्डिकेट विवादका कारण नेपाली कामदार रोजगारीका लागि मलेसिया जान पाएका थिएनन्। ०७५ सालमा सिन्डिकेट विवादपछि म्यानपावर कम्पनीहरूले नेपाली कामदार मलेसिया पठाउन अहिलेसम्म सकेका छैनन्।
विरक्तिएका शेर्पाले त्यसपछि आफ्नाजस्तै अन्य बालबालिका कति होलान् भनेर सोधीखोजी गर्न सुरु गरे। त्यही क्रममा उनले थाहा पाए– यस्ता बालबालिका एकै ठाउँमा जम्मा गरेर सिकाउने थलोको रुपमा बहिरा दृष्टिविहीन अभिभावक समाज छ भनेर।