कोरोना भाइरसको जोखिमका कारण लागू भएको बन्दाबन्दी (लकडाउन) का बीच रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ। वैशाख कृष्ण पक्ष प्रतिपदाको दिन बिहीबार मच्छिन्द्रनाथलाई स्नान गराएर औपचारिक रुपमा जात्राको सुरुवात गरिएको छ।
कोरोना भाइरसको जोखिमका कारण ६ दिनयता नेपाल लकडाउन छ। सवारीसाधन चलेका छैनन्। मानिसहरु घरभित्रै बसिरहेका छन्। सधैं व्यस्त रहने काठमाडौं उपत्यका शान्त छ अहिले।