अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाएको र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतालाई जोगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आज (आइतबार) राजधानीमा प्रदर्शन गरेको छ।
चिसो मौसम अनि टलक्कै टल्केका हिमश्रृङ्खला। काठमाडौंको पश्चिमतर्फ अवस्थित उपत्यकाको सबैभन्दा अग्लो चन्द्रागिरी डाँडाबाट देखिने हिमश्रृङ्खलाका दृष्यले त्यहाँ पुग्ने कसलाई मन्त्रमुग्ध नबनाउला र?
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमासहित नागरिक अभिनन्दन गरिएको छ। वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएको र्यालीमा पदक विजेता खेलाडी रुझ्दै भएपनि सहभागी भएका छन्।