नेपालको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मानिने ‘मिस नेपाल’ को ग्रान्ड फिनाले आगामी असार ४ गतेका लागि तय भएको छ। हरेक वर्ष आयोजना हुने मिस नेपालको मुख्य आयोजक हिडन ट्रेजर हो। मिस नेपाल २०२२ का लागि आयोजकले अन्तिम २८ जना प्रतिस्पर्धी समेत छनोट गरिसकेको छ।
ती युवतीले सामाजिक सञ्जालमै खुलेर ८ वर्षअघिको घटनाबारे स्पष्ट पार्दासम्म सबैले घटनाको विस्तृत जानकारी लिने प्रयास गरिरहेका थिए। तर यो घटनामा नेपालको कानुन पनि यसरी विवादित बन्न पुग्यो, जब ती युवतीले फेरि नयाँ भिडियो सार्वजनिक गर्दै भनिन्, ‘कस्तो नियम हो यो नेपालको? एक वर्षभित्र रिपोर्ट गरेन भने फाइल लिँदैन रे कोर्टले। आइ एम लुजिङ होप।’
प्रमुख आयुक्तले निर्वाचन अधिकृतमाथि दोष थोपरिरहँदा एक यस्ता निर्वाचन अधिकृत पनि छन्, जसले खरायो गतिमा गणना सकाए। भक्तपुरको भक्तपुर नगरपालिकामा करिब ४४ हजार मत ४३ घण्टामै गणना गरेर सकिएको हो।
अहिलेसम्मको मतपरिणामलाई विश्लेषण गर्दा भने नेकपाको शक्ति सोचेभन्दा पनि कमजोर देखिएको छ। विप्लवको गढ भनिएको रोल्पाको थवाङमा समेत आफ्नो विरासत जोगाउन नसक्दा यतिबेला नेकपालाई 'झट्का' लागेको छ।
दानबहादुरकी श्रीमती जमुना कुँवर (२६) दुई जिउकी थिइन्। उनको सुत्केरी हुन केही हप्ता मात्र बाँकी थियो। र पनि उनी मत दिनको लागि वालिङ जान तयार भइन्। दानबहादुरले जमुनाको हातमा पाँच सय रुपैयाँ थमाइदिँदै भने, ‘कतै चाउमिन खानु, भोको नबस है।’
नेकपाको एउटा समूहले विप्लवलाई नै पछ्याइरहेको छ भने अर्को समूहले बाँस्तोलालाई। नेता–कार्यकताको बहुमत आफैंसँग रहेको दुवै पक्षको दाबी छ। उनीहरु एकअर्कालाई स्वीकार गर्न तयार छैनन्।
चुनाव नजिकिँदै गर्दा अधिकांश उम्मेदवार यतिबेला घरदैलो कार्यक्रममा छन्। तर कीर्तिमानलाई त्यसको खासै परवाह छैन। खराब नियत र जनतामाथि विश्वास नगर्नेहरु मात्र घरदैलोमा अनुहार देखाउँदै हिँडेको उनको तर्क छ।
नाटककै लागि तयार पारिएको सेटको सजावट, बीचमा प्रयोग गरिएको पटका विस्फोट गर्ने टेक्निक, कमरेड अडिगको संवेदना, दयाको भावुकता, प्रभाको प्रेम र फूलमतीको सपनाले नाटक हेरिरहेका आँखालाई कहिँकतै जान दिँदैनन्।