प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि शुक्रबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भयो। संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राखिएको विषयमा कानुन व्यवसायीले प्रश्न उठाए। यसपछि इजलासमा केही समय विवाद भयो।
एकीकरणको सम्भावना टर्दै गएको छ। स्थिति अर्को पार्टी खोल्नुपर्ने अवस्थातर्फ अघि बढेको छ। नयाँ दल दर्ता गर्ने विषयमा पार्टीभित्र गम्भीर रूपमा छलफल भइरहेकाे छ।
माओवादी विद्रोहताका तत्कालीन सुप्रिम कमान्डर प्रचण्डपछिका शक्तिशाली मानिएका बादलको राजनीतिक जीवन उनै प्रचण्ड र स्वयं आफ्नै मूल्यहीन कदमका कारण दलदलमा परेको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपमा आठ बुँदे विज्ञप्ति जारी गरेकै दिन मंगलबार राजेन्द्र महतो संसदीय दलको नेता निर्वाचित भएको पत्र संसदीय संसद् सचिवालयमा दर्ता भएपछि पार्टीभित्र नयाँ तरंग उत्पन्न भएको छ।
नेपाल पक्षलाई यतिखेर नैतिक संकट देखिएको छ। ‘उम्मेदवारी दर्ता गर्ने बेला र अहिलेको परिस्थिति केही फरक भएको छ,’ नेता नेपाल निकट स्रोत भन्छ, ‘के गर्ने भन्ने समस्या देखियाे।’
एमालेकाे माधवकुमार नेपाल पक्षले पार्टी विवाद समाधानका लागि गठित कार्यदललाई ०७५ जेठ २ गतेको सांगठनिक संरचनाबाट एक इन्च पनि यताउता नगर्न निर्देशन दिएको छ।