नेपाली राजनीतिज्ञमध्ये महन्थजीको गुण विश्वासिलो, शालीन र त्यागी व्यक्तित्वका रूपमा थियो। अहिले उहाँका ती सबै गुण आफ्नै कारणले धूलिसात भएका छन्। निष्ठाको राजनीति गर्दै आएका व्यक्ति प्रतिगामी कदम चाल्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीका पक्षमा किन लागेका होलान् भन्ने चासो धेरैमा छ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कार्यदलले गरेको दश बुँदे सहमतिमै टेकेर त्यसलाई थप परिमार्जन गरेर पार्टी एकतालाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन्।
‘हामीले त गल्तीकमजोरी भयो पार्टीमा फर्किए दोस्रो अध्यक्षसमेत दिन तयार छौं भनेर हदैसम्म लचकता देखाएका हौं,’ ओली निकट एक नेता भन्छन्, ‘महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई बिदा हुनुस् भन्न मिल्छ?’
‘माधव नेपालसँगै रहे पनि देउवालाई विश्वासको मत दिने विषयमा हामी एकमत हुन सकेनौं,’ तटस्थ रहेका एक सांसद भन्छन्, ‘दसबुँदे सहमतिअनुसार पार्टीलाई एक ढिक्का बनाएर लैजाऔं भन्दा माधव नेपाल तयार हुनु भएन त्यसैले हामी तटस्थ बसेका हौं।’
‘माधव नेपालसँगै रहे पनि देउवालाई विश्वासको मत दिने विषयमा हामी एकमत हुन सकेनौं,’ तटस्थ रहेका एक सांसद भन्छन्, ‘दसबुँदे सहमतिअनुसार पार्टीलाई एक ढिक्का बनाएर लैजाऔं भन्दा माधव नेपाल तयार हुनु भएन त्यसैले हामी तटस्थ बसेका हौं।’
नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ। एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
पछिल्लो समय अन्य राजनीतिक दलका नेताहरूसँग संवाद पनि गरिरहेको छ। यसै विषयमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलासँग हामीले संक्षिप्त कुराकानी गरेका छौं।
नेता नेपाल पनि आफूले पार्टीभित्र विद्रोह गरेरै संविधान र संसद् जोगाउन सक्रिय रहेको दाबी गर्दै आएका छन्। त्यसैले त उनी आफ्नै दलका अध्यक्ष ओलीलाई किनारा लगाउँदै कांग्रेस, माओवादी केन्द्र र विप्लवसँग नजिकिएका छन्।