दुवैतिरका गठबन्धनले टिकट नदिएर सुनसरीमा बागी उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका पूर्वएमाले तथा धरानको उपमेयर र मेयर सम्हालिसकेका मनोजकुमार मेन्याङ्बो र डा. खालिद हुसैन एमाले र कांग्रेसभित्रको विद्रोही मतलाई आफूहरूको जित्ने आधार भएको बताउँछन्।
शर्मा यसपटक विगतमा भन्दा धेरै उत्साहित देखिएका छन्। शनिबार बिहान दक्षिण सिमानाबाट भेटघाट सुरु गरेका उनी उत्तरी सिमानासम्म पुगे। एकल र समूहगत भेटघाटमा उनले अधिकांश समय खर्चेका छन्।
विराटनगरको बरगामीदेखि कोसी गाउँपालिकाको लौकहीसम्म ३२ किलोमिटर हुलाकी मार्गले स्थानीयको जीवनमा परिवर्तन ल्याएको छ। बर्जू चोक बजारमा परिणत भएको छ। पहिला फाट्टफुट्ट झुप्रोमा पसल हुने बर्जूमा अहिले ७ वटा बैंकका शाखा खुलिसकेका छन्। ठूला होटल र सामुदायिक अस्पताल खुलेपछि स्थानीय खुसी छन्।
नेपाली कांग्रेसका प्रभावशाली नेता विजय कुमार गच्छदारको चुनावी परिणाम आकलन गर्दा यस पटक पराजित हुने अनुमान धेरैले गरेका छन्। भ्रष्टाचार मुद्दादेखि पार्टी भित्रको हस्तक्षेप लगायत कारणले उनी पराजित हुनसक्ने आकलन हुने गरिएको छ।
गठबन्धनको पहिलो सामूहिक कार्यक्रम नै अत्यन्तै फितलो भएपछि स्वतन्त्र उम्मेदवार मनोज मेन्याङबोलाई हौसला मिलेको छ। यसअघि एमाले जसपाको विपक्षी गठबन्धनका भेलाहरू पनि फितलो बनेको कारण उनी हौसिएका हुन्।
अघिल्लो पटक कांग्रेस बचाएको सुनसरीमा यस पटक भने चुनौतीका चाङ थुप्रिएका छन्। स्थानीय कार्यकर्ताको एकताका कारण तत्कालीन वाम गठबन्धन प्रतिनिधिसभाका ३ वटा क्षेत्रमा पराजित भएको थियो। नेकपा एमालेको बलियो पकड रहेको क्षेत्र नम्बर एकमा भने नेकपा एमालेका जयकुमार राई विजयी भए।
२०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार वसन्तसँग पराजित भएका भीष्मराज यसपटक वाम-लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेका हुन्। पाँचथर इन्चार्ज तथा पूर्व मन्त्री वसन्तलाई पराजित गरेर पाँच वर्षअघिको पराजयको बदला लिने रणनीतिमा भीष्मराज छन्।
नेपाली कांग्रेस खोटाङका सभापति विष्णु राईले पार्टीको निर्णय विपरीत प्रदेशसभामा उम्मेदवारी दिएका छन्। सत्तारुढ गठबन्धनको निर्णय मान्य नहुने बताउँदै उनले विद्रोह गरेका हुन्।
सुनसरी २ (क) मा पूर्व एमाले र वर्तमान एमालेका बीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। लामो समय भण्डारीविरुद्ध अभिव्यक्ति दिँदै आएका चौधरी जसरी पनि चुनाव जित्ने योजनामा छन्। थारु मत र एमालेको असन्तुष्ट मत आकर्षण गर्ने चौधरीको योजना छ।