प्रदेश सरकारले खेलकुद परिषद् गठन नै गर्न सकेको छैन। यस्तै प्रादेशिक सरकारले बजेट ल्याउन थालेको दोस्रो आर्थिक वर्ष सकिन लाग्दा पनि प्रदेश २ का खेलका पूर्वाधार विकासको जग बसेको देखिँदैन।
१३ औं सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ भन्छन्, ‘अब अनलाइन प्रतियोगितालाई प्राथमिकता दिनैपर्छ। किनभने लकडाउनका कारण सबै खलाडी प्रतियोगिताविहिन बन्दैछन्। उनीहरुलाई फिजिकल्ली फिट राख्नका लागि र खेलबाट बाहिर जान नदिनका लागि यो एकदमै जरुरी छ।’
जर्मनीमा जारी प्रतियोगितामा ७२ देशका १२ सय ५४ खेलाडीको सहभागिता रहेको छ। सिनियर लेभलमा ६५ वर्ष माथिका खेलाडी पनि प्रतियोगितामा समावेश छन्। प्रतियोगितामा विजयी खेलाडीको पुरस्कार र ट्रफी घरमै पठाइने आयोजकले बताएको छ।