पुरुषतर्फ आठ देश र महिलातर्फ पाँच देश सम्मिलित एसिया रग्बी आजबाट दशरथ रंगशालामा सुरु हुने भएको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा नेपालमा रग्बी प्रतियोगिता हुन लागेको हो।
ब्राजिलले क्रोएसियासँग अहिलेसम्म कुनै प्रतियोगितामा हार बेहोरेको छैन। यी दुई टिमबीच चार पटक भेट हुँदा ब्राजिलले तीन जित निकालेको छ भने एक पटक बराबरी गरेको छ।
त्यो यात्राका हिरो र रणनीतिकार, हुन् प्रशिक्षक वालिद। ‘हामी सहमत छौं कि बल पोसेसन राख्न सकेनौं। स्पेनविरुद्ध यो डराउने कुरा पनि होइन,’ खेलपछि प्रशिक्षक रेग्रागुईले भनेका छन्।
सन्दीप टिमबाटै बाहिरिन पुगेपछि अहिले रोहितले नेपाली टिमको कप्तानी पाएका हुन्। अनुभव लामो नभएका कप्तान त्यो पनि छोटो समयमा नै फेरिइरहँदा प्रशिक्षक प्रभाकरलाई अहिलेको समय चुनौतीपूर्ण लागिरहेको छ।
‘संकटपछि हामीले खेल्न सुरु गरेको हो। यो नै ठूलो कुरा हो। हामीले फुटबलको राम्रो भविष्यको आशा राखेका छौं। यो खेल पाकिस्तानका लागि धेरै अर्थ राख्छ,’ खेलपछि पाकिस्तानी टिमका मुख्य प्रशिक्षक अहजर अनवरले भने।
पछिल्लो समय नेपालमा पनि लिग भइरहेका छैनन्। सधैंजस्तो हुने हो भने ए डिभिजन लिग सुरु हुने बेला भइरसकेको छ। तर यो वर्ष सुरु भएको छैन। त्यसैले नेपाली खेलाडी पनि सेपमा नभएको अवस्था थियो अहिले।
युवा खेलाडीबाट फुटबलमा लगानी थालेको बंगलादेशले पछिल्लो समय यू–१९, यू–१८ र सिनियरसम्मकै साफ च्याम्पियनसिप जितिसकेको छ। बंगलादेशलाई उसकै घरेलु मैदानमा हराएर नेपाली यू–१५ टिमले साफमा पहिलो उपाधि जितेको छ। नेपाली महिला फुटबल टिमको उपलब्धिलाई आगामी दिनमा पनि निरन्तरता दिन सबै पक्षको साथ र समर्थन आवश्यक छ।