नेपाली राष्ट्रिय फुटबल टिमका नियमित सदस्य हुन् विशाल। अन्तर्राष्ट्रिय खेलमा पूरा समय उत्तिकै जोशमा खेल्न सक्ने कमै खेलाडीमा पर्छन् विशाल। उनी ९० मिनेटकै जुझारु खेलाडी हुन्। तर उनले नेपालमा भविष्य देखेनन्।
मिडफिल्ड बलियो भनिएको नेपालको टिमको डिफेन्स भने ठिकैमात्र छ। यसले मिडफिल्डलाई दबाब हुन्छ त? वा मिडफिल्डले डिफेन्स गर्नुपर्ने आवश्यकता होला? कप्तान प्रितिको जवाफ छ, ‘जब हामीसँग बल हुँदैन, त्यतिबेला हामी ११ जना नै डिफेन्डर हो। जब बल हुँदैन हाम्रा फरवार्डले पनि डिफेन्स गर्नेछन्। जब बल हुन्छ हामी दबाब दिएर खेल्छौं।’
क्यानले भारतीय प्रशिक्षक मोन्टी देशाईलाई प्रशिक्षणको जिम्मा लगाएको छ भने क्यानको प्रशिक्षक छनोट समितिले प्रशिक्षक बनाउन ठीक पात्र भएको बताए पनि राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छैन। सोही कारण देशाईले नियुक्तिबिनै नेपाली टोलीलाई क्रिकेटको प्रशिक्षण गराइरहेका छन्।
लगातार जितसँगै सम्भवतः आर्टेटा अहिले आफ्नो करियरको सबैभन्दा उचाइमा उडिरहेका छन्। केही वर्ष अघिसम्म प्रिमियर लिग विजेता प्रशिक्षक पेप ग्वार्डिओलाको सहायक प्रशिक्षक भएर काम गरेका आर्टेटालाई आर्सनलले मुख्य प्रशिक्षक बनाउँदा उनी कच्चा प्रशिक्षक मानिएका थिए।
कहिलेकाहीँ त आउटफिल्डमा ढुंगा नै भेटिए। सातौं राष्ट्रिय खेलकुदका क्रमम यहि मैदानमा प्रतियोगिता हुँदा मैदानमा हरियाली थियो। तर अहिले मैदानको आउटफिल्ड बिर्सनलायक थियो।
विवाद भएर नै नेपाल भलिबल संघले बागमतीलाई भलिबल संघको अंग भएको मानेकै छैन। बागमती भलिबल संघ दुई वटा भएर विवाद भयो। बागमतीमा एउटा संघको अध्यक्ष माधव केसी र अर्को दीपक थापा हुन्।
इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटको १०औं खेलमा सुदूरपश्चिमले एपीएफविरुद्ध ऐतिहासिक जित निकाल्यो। घरेलु क्रिकेटमा पहिलो पटक विभागीय टिमलाई चार विकेटले हराएसँगै सुदूरपश्चिमको आत्मविश्वास निकै बलियो बनेको छ।
जब सिट्ठी बज्यो, त्यो खुसी बयानै गर्न सक्दिनन् उषा। एनभीए लिग वा च्याम्पियनसिप जित्ने उनको सपना थियो। लक्ष्य पनि थियो। यही कुरा उनले आफ्ना नजिकका सबैलाई सुनाएकी थिइन्।
रामेछापबाट च्याम्पियनसिप खेल्न राजधानी आएको शैलुङ बाघढुंगा क्लबलाई पनि यस्तै गाह्रो परेको थियो। उसले केही दौडधुप गरेपछि ठिक्कको होटलमा खेलाडी राख्न सक्यो।