१ वर्ष अघिसम्म एउटै पार्टी र एउटै गुटको राजनीति गर्दै आएका गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीचको प्रतिस्पर्धालाई निकै चाखपूर्ण रुपमा हेरिएको छ। झाँक्री नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीकी सचिव हुन् भने विष्ट एमालेका सचिव।
वैदेशिक रोजगार म्यादी जीवन बिमालेखबाट भदौ महिनामासम्म ५६ करोड २३ लाख रुपैयाँ बढी बिमाशुल्क संकलन भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८१ प्रतिशतभन्दा बढी हो। गत भदौ महिनासम्म २० करोड रुपैयाँ मात्रै बिमाशुल्क संकलन भएको थियो।
रत्नपार्क आसपास, न्युरोड, कलंकी, बसपार्क क्षेत्रका फुटपाथमा सहजै नयउाँ नोट साट्न (किन्न) सकिन्छ। यसरी नोटको व्यापार गर्नेहरुले सयका हजारवटा नोट सटही गर्दा २ सय रुपैयाँ अतिरिक्त लिने गरेका छन्।
यातायात व्यवस्था विभागको नियम अनुसार सवारी साधनको ब्लुबुकमा उल्लेख गरिएको भन्दा बढी सिटको टिकट बेच्न पाइँदैन। तर, चालक र सहचालकको मिलेमतोमा बोनटको टिकट कटाएर प्यासेजमा यात्रा गराइन्छ।
नाडाका अध्यक्ष ध्रुव थापाले कुल राजश्वमा झण्डै २५ प्रतिशत हिस्सा ओगटेको अटो क्षेत्रका करिब २५ प्रतिशत व्यवसायी पछिल्लो ९ महिनामा विस्थापित भएको गुनासो गरे। सरकारले अटो मोबाइल्स व्यवसायलाई प्राथमिकतामा नराखी नीति नियम बनाउँदा व्यवसायी विस्थापित हुनु परेको उनको गुनासो थियो।
‘फाइनान्सियल अन्डरराइटिङ’ अर्थात् बिमा गर्ने व्यक्तिको आर्थिक अवस्थाको बारेमा पूर्ण जानकारी नलिई गरिने बिमाको कारण बिमा सरेन्डर बढ्नु पुरानै समस्या भएको जानकारहरु बताउँछन्।
समितिले लघुबिमाका लागि तोकेको चुक्ता पुँजी र अस्पष्ट कार्यक्षेत्रका कारण आवेदन दिन अनिच्छा देखाएको यसअघि आवेदन दिएका तर ७५ करोड चुक्तापुँजीको व्यवस्था गरेपछि अध्ययनमै रहेको बताएका एक व्यवसायीले बताए।
उत्पादक कम्पनीबाट अनुमति लिएर आधिकारिक विक्रेताहरुको रुपमा कम्पनीहरुले यहाँ सवारीसाधन बेच्छन्। सवारीसाधन आयात गरेर नेपालमा बेच्ने १३ वटा कम्पनीले गत वर्ष (सन् २०२१ मा) आफ्नो व्यवसाय औसतमा ४५ प्रतिशतले बढाएका छन्।