मंगलबार, मंसिर १३, २०७९
पुस्तक चर्चा

सपना, संघर्ष र स्वाभिमानको कथा 'बुह्रान'

गणेश नेपाली  |  काठमाडौं, शनिबार, असोज १५, २०७९

गणेश नेपाली

गणेश नेपाली

शनिबार, असोज १५, २०७९, काठमाडौं

नेपाल समय

नेपाली समाजको बहुलता भित्रका अनेक विभेद, असमानता, उत्पीडन, शोषण, दमन, तिरस्कार, बञ्चितिकरण र उपेक्षालाई सशक्त रूपमा उठाएर विभिन्न कालखण्डमा आन्दोलन भएका छन्। ती आन्दोलनले उत्पीडित वर्ग, समुदाय, तह र तप्काका जनताको मुद्दा उठाउँदै उनीहरूलाई सडकमा उतारेर सीमित व्यक्तिलाई ताज पहिर्‍याउने मात्र काम भएको तितो यथार्थलाई उपन्यासकार महानन्द ढकालले बुह्रानमा सजीव चित्रण गरेका छन्। जातीय, भाषिक, क्षेत्रीय, लैंगिक, वर्गीय र सांस्कृतिक विभेदविरुद्ध लेखिएका विरलै उत्कृष्ट कृतिहरू मध्ये एक हो बुह्रान।

विशेष गरेर जंगल फाँडेर खेती योग्य जमिन बनाई जीविकोपार्जन गर्ने दाङका रैथाने भूमिपुत्र थारूहरूको जनजीवन र उनीहरूले आफ्नो प्रिय थातथलो छोडेर अन्यत्रै बसाई सर्नु पर्ने बाध्यताको भोगाई उपन्यासमा मार्मिक रूपमा उठेको छ। दाङ थारूहरूको थातथलो हो। उनीहरूले बन फाँडेर खेती योग्य बनाएको जमिनको लालपुर्जा पहुँचको आधारमा पहाडिया मूलका सामन्ती जमिन्दारको हातमा परेको दुखद भोगाइ छ बुहानमा। आफ्नो जमिन अरूकै भएपछि सुकुम्वासी बन्नुपरेको एक थारु परिवारले नयाँ मुलुक भनेर चिनिएका बाँके र बर्दियामा बसाई सर्नुको विकल्प नरहेको आफ्नै घर, आफ्नै खेत, सहजै खान पुग्ने सपना लिएर नयाँ मुलुक बुह्रान पुगेर पनि कमैया बस्नुको बाध्यता, सुकुम्वासी हुनुको नियति, पुस्ता दर पुस्तासम्म जहाँ जाँदा पनि उत्पीडन, दमन, शोषण र अपमानकै जातोमा पिसिरहनुपरेको नियति बुह्रानमा छ। बुवाको पालामा सुकुम्वासी आन्दोलन, छोरोको पालामा कमैया मुक्ति आन्दोलन र कमैया मुक्त भइसक्दा पनि सशस्त्र संघर्षको भूमिगत क्रान्तिसम्म पुग्दा पनि नफेरिएको गरिब थारूहरूको जीवनका कहालिलाग्दा भोगाइले कथामा पटक-पटक देखिएको विद्रोह र विद्रोहका कारण स्पष्ट भएका छन्।

जुन समुदायले सधैँ उपेक्षा गर्‍यो, हेप्यो, दमन र शोषण गर्‍यो त्यही समुदायको एउटा परिवार जसले दु:ख र अप्ठ्यारोमा थारु परिवारलाई आफ्नो परिवार झैं ठान्यो। सकेको सहयोग गर्‍यो। नसके आपत् विपतमा सल्लाह दिइरह्यो। थारु परिवारले त्यही परिवारलाई सधैँ विश्वास गर्‍यो। त्यही परिवारको भर मान्यो। 

यहाँसम्म कि आन्दोलनहरूले पनि ठगिसकेको माइला थारु फेरी-फेरी भइरहने आन्दोलनमा जाँदा आफूलाई जुनसुकै परिस्थितिमा सहयोग गर्ने परिवारलाई सम्झेर तिनीहरूकै विरुद्धमा देखिएका आन्दोलनहरूमा माइला थारु सहभागी हुँदैनन्। यो सन्दर्भले हाम्रो समाजलाई दिने उच्च सन्देश नै सहिष्णुताको हो। सद्भावको हो। आत्मीयताको हो। नेपाली समाजमा हरेक व्यक्ति उपन्यासकी आदर्श पात्र पार्वती आमा जो पहाडिया हुन्, उनी जस्तो पात्र समाजमा भइदिएको भए विद्रोह नै हुँदैनथ्यो। सबै पार्वती आमा जस्तै हुँदा हुन त शान्ति र समतामूलक समाज हुन्थ्यो भन्ने मानवतावादी सन्देश दिएको छ उपन्यासले।

कथामा पार्वती आमा र माइला थारुका पीडा, दु:ख, असहजता, अभाव, गरिबी उही हुन्। पार्वतीकी आमालाई नियतिले कमजोर बनायो, अभाव दियो, गरिब बनायो। माइला थारुलाई उपेक्षा गर्ने सामन्ती व्यवस्था र समाजका ठालुले चरिनंगा बनाए र बनाइरहे। पार्वतीलाई नियतिले दिनु अभाव दियो। नियतिले दिएको घाउ समयले खाटो बसाउँदै लैजाने रहेछ। तर, समाजको सामन्ती प्रवृत्ति र शासक समुदायको कारण भोग्नु पर्ने अभाव, अपमान र पीडा शासक समुदायको प्रवृत्तिमा सुधार या आमूल परिवर्तन नहुँदासम्म कमजोर समुदाय जहाँको त्यही रहनु पर्ने निष्कर्ष हो जस्तो लाग्छ, उपन्यासको।

कथाको विषयवस्तुले कुनै समुदायको विरुद्ध वा कुनै समुदायको अन्ध पक्षधरताको वकालत गर्दैन। थारु जमिन्दार होस् कि पहाडिया जमिन्दार होस् कमैया बस्नु पर्दाका अप्रिय भोगाई सबैतिर उस्तै देखाएको छ उपन्यासले। पात्रमार्फत अभिव्यक्त विचारहरू नयाँ होइनन् हामी बुह्रान क्षेत्रमा बसाई भएकाहरूले पहाडिया र थारु समुदायद्वारा सुन्दै आएका र कमैया आन्दोलन र सशस्त्र संघर्षलाई नजिकबाट अवलोकन गरेका, प्रभावित भएका हौं। साहित्यमा यति गम्भीर, सुन्दर, मार्मिक, मन हुँडलिने गरी देखेर भोगेर पनि सबैले अभिव्यक्त गर्न सक्दा रहेनछन्। यो क्षमता महानन्द ढकालमा अद्वितीय नै देखियो।

उपन्यासमा थारु संस्कृति, भाषा, जनजीवन, रहनसहन, खानपानको अनुपम उठान भएको छ । गैर थारु भाषीलाई पढ्दा झर्को लाग्ने, शब्दार्थ हेर्नु पर्ने र अरूलाई सोध्नुपर्ने झन्झट छैन। थारु भाषा नबुझ्नेहरूले पनि उपन्यास अध्ययन गरिरहेकै समयमा सहजै थाहा पाउन सकिने गरी स्रष्टाले शब्द र वाक्यहरूलाई प्रयोग गरेका छन्। पृथक र विशिष्ट पहिचान भएको थारु समुदायको जनजीवन रोचक ढंगबाट उठान भएको छ।

जब कमैया केटोले जमिन्दार मालिक कि छोरीसँग विवाह गर्नुपर्ने अवस्था सिर्जना भयो। जमिन्दार सर्बराजले आफ्नी छोरीको कारण पनि त्यो विवाहको नौबत आएको हुनसक्ने बुझेर पनि दोष जति थारु परिवार कै देख्छ। सर्बराजले जति समानताका र मानवताका कुरा गरे पनि थारुलाई ज्वाइँ स्विकार्न नसक्नु पहाडिया जातीय ब्राह्मणवादी सामन्ती अहंकारको हुर्मत लिएको छ औपन्यासिक कथा बस्तुले। सामन्ती जात व्यवस्थालाई थारु पहाडी विवाहले चुनौती दिएको छ। समग्रमा उपन्यास सामाजिक बेथितीलाई प्रहार गर्न सफल भएको छ।

सशस्त्र संघर्षमा घाइते भएको सोमलाल चौधरी माइलाको छोरा भूमिगत भएर क्रान्ति गर्दा नि ठगिन्छ, निर्णायक तहमा पुग्नुपर्ने भएर पनि पुगाइएको हुँदैन। पार्वती आमाको छोरा सुकुम्वासी आयोगको केन्द्रीय अध्यक्ष भइसकेपछि सोमलाललाई जिल्ला सदस्य बनाउँदा माइलाको सो उपहारलाई अस्वीकार मात्र गर्दैन आफ्नो अपमान भएको महसुस गरेर पार्वती आमाको घरबाट रिसाएर हिँडेको कथा र उपहार दिनेसँग गरेको व्यवहार निकै अप्रिय लाग्यो। यस विषयलाई पारिवारिक सम्बन्धमा अझ प्रगाढता आउने गरी पस्कनु पर्थ्यो भन्ने  लाग्छ।

सांस्कृतिक, भाषिक, सामाजिक सम्बन्ध, नेपाली समाजको वर्गीय स्वरूप, लैंगिक अवस्था, भूस्वामित्वमा अडिएको पारिवारिक स्तर, गरिबका सामान्य सपना पनि असम्भव बनाइदिने राज्य व्यवस्था, शासकीय प्रवृत्तिलाई सुरुचिपूर्ण प्रस्तुत गरिएको कृति बुह्रानमा साहित्यिक स्वादका अलावा बहुआयामिक ज्ञान र सूचना प्राप्त गरेर पाठकलाई मख्ख बनाउँछ बुह्रानले।


प्रकाशित: October 1, 2022 | 11:30:19 काठमाडौं, शनिबार, असोज १५, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
फिल्म

महजोडीको फिल्म 'महापुरूष'ले कमायो १० करोड

यसवर्ष कबड्डी ४ र प्रेम गीत ३ पछि १० करोड ग्रस गर्ने यो तेस्रो चलचित्र बनेको छ। नेपाली चलचित्रले हलमै यत्तिको व्यवसाय गर्नुलाई ‘ब्लकबस्टर’ मानिन्छ।
नेपाल समय
फिल्म

शवाना आजमी भन्छिन्- रंगमञ्चका लागि यो कठिन समय

दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको लागि काठमाडौं आएकी आजमीले दिल खोलेर नेपाली सौन्दर्य, कला र संस्कृतिको प्रशंसा गरिन्। पत्रकारसँगको भेटघाटमा उनले भनिन्, ‘नेपालको कला, संस्कृतिको म सदैव प्रशंसक हुँ। नेपाल संस्कृति र कलामा धनी छ।’
नेपाल समय
फेसन

कतारको सांस्कृतिक नियम तोडेपछि आलोचित भइन् पूर्वमिस क्रोएसिया

कतारमा फुटबल विश्वकपको समय लगाएको ड्रेसका कारण उनलाई आलोचनाको पात्र बनाइएको हो।
नेपाल समय
कला/साहित्य

हस्तकला व्यापार मेला मंसिर २३ देखि

मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थाङ्का गरी तीनवटा विधाका कला प्रदर्शनी हुनेछ। नेपाली हस्तकलाको प्रवर्द्धन गर्दै विदेशसम्म पहिचान गराउन मेलाको आयोजना गरिएको हो।
नेपाल समय
कला/साहित्य

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु हुँदै

१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया कार्यक्रम तालिका सार्वजनिक गरिएको महोत्सवमा विश्वभरबाट २०० बढी नाट्य कलाकार सहभागी छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना