मंगलबार, मंसिर १३, २०७९

गोरखा दरबारमा भेटिन्छन् राजा पृथ्वीनारायणका यी प्रतिविम्ब

राज सरगम  |  काठमाडौं, शनिबार, असोज ८, २०७९

राज सरगम

राज सरगम

शनिबार, असोज ८, २०७९, काठमाडौं

नेपाल समय
राजा पृथ्वीनारायण शाहका प्रतिविम्ब बनेका ओमबहादुर श्रेष्ठ।

काठमाडौं– 'राजा पृथ्वीनारायण शाह' भदौ  गतेदेखि गोरखा दरबार आसपास भेटिन थालेका छन्। शिरमा श्रीपेच र हातमा तरबारसहित भेटिने उनी दरबार हेर्न आउने पर्यटकलाई स–साना बाइसे–चौबीसे राज्यहरूलाई एकत्रित बनाउँदाका कथा सुनाउँछन्। आगन्तुक पर्यटक भने इतिहास मात्रै सुन्दैनन्, उनीसँग सेल्फी पनि खिच्छन्।

जिल्लाभित्रका पर्यटकले २० र बाहिरकाले ५० रुपैयाँ शुल्क तिरेपछि प्रतिविम्ब पृथ्वीनारायणसँग फोटो खिच्न पाइन्छ। फोटो खिचेको पैसा र सहयोगबाट हरेक महिनाको अन्तिम दिन राजा पृथ्वीनारायणले अर्थात् ओमबहादुर श्रेष्ठले पारिश्रमिक पाउँछन्।  

प्रतिविम्ब राजा पृथ्वीनारायण बनेका गोरखा नगरपालिका–६ का ओमबहादुर श्रेष्ठ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म दरबार परिसरमै हुन्छन्। राजा पृथ्वीनारायणकै जस्तो भेषभूषामा सजिएर दरबार परिसरमा देखिन्छन्। जीवनको ६ दशक हिँडिरहेका ओमबहादुर अवकाश प्राप्त नेपाली सेना हुन्। 

१७७९ देखि १८३१ भित्र आधुनिक नेपाल निर्माण गर्ने ओमबहादुर श्रेष्ठमा राजा पृथ्वीनारायण शाहको प्रतिविम्ब फर्काउने परिकल्पनाकार हुन्, डा. राजुबाबु श्रेष्ठ।

नेपाल समय
डाक्टर राजुबावु श्रेष्ठ

ऐतिहासिक तथा धार्मिक महत्त्वको गोरखा संग्रहालयमा पर्यटक आकर्षण बढाउन पृथ्वीनारायण शाहलाई फर्काएका हुन्, उनले। हाल ललितपुरको हरिसिद्धिमा बस्दै आएका राजुबाबुको पुख्र्यौली घर गोरखा हो। गोरखा नगरपालिकाको तीनधारे बजारमा २०२५ मा जन्मिएका राजबाबु गोरखा दरबारको संरक्षण र नयाँ पुस्ताले यसबारे थाहा पाइराखून् भन्ने उद्देश्यका साथ यो अभियान चलाएको बताउँछन्। ‘गोरखाको इतिहासबारे नयाँ पुस्ताले थाहा पाइराखून् र गोरखा दरबारको पर्यटन फैलियोस् भनेर यो अभियान थालेको हुँ,’ उनले भने। 

राजुबाबुको नेतृत्वमा ‘ऐतिहासिक क्षेत्र संरक्षण विकास समिति’मार्फत राजा पृथ्वीनारायणको प्रतिविम्बलाई गोरखा फर्काएका उनी भन्छन्, ‘इच्छुक पर्यटकले पृथ्वीनारायणको पोसाक लगाएर फोटोसमेत खिच्न सक्छन्। त्यसका लागि प्रतिव्यक्ति ३०० रुपैयाँ शुल्क तिर्नुपर्छ। जिल्ला आउने पर्यटकलाई घोडा सवारको समेत व्यवस्था गरिएको छ।’  ओमले राजा पृथ्वीनारायण बनेको प्रतिमहिना १५ हजार पारिश्रमिक पाउँछन्। प्रतिविम्बित राजासँग सेल्फी खिचेको र सहयोग पाएको रकम संकलनबाट महिनाको अन्तिम दिन पारिश्रमिक पाउने गरेका छन्। राजुबाबु भन्छन्, ‘कुनै महिना तलब दिने रकमभन्दा बढी पनि उठ्छ, कहिले उठ्दैन। उनलाई तलब दिन नपुगेको रकम हामीले थपेर पूरा बुझाउँछौं।’

ओमबहादुरले दरबार आएका पर्यटकलाई राजा पृथ्वीनारायणको हाउभाउ गर्छन्। लामा–लामा भाषण सुनाउँछन्। आफ्ना सेनालाई युद्धमा जानु अगाडि गरिने सावधानी सुनाउँछन्। इतिहास पढ्छन्। घोक्छन्। पर्यटकलाई बुझाउने कोसिस गर्छन्। नाच्नमा पनि पोख्त छन्, ओम। जात्राहरूमा गोरखामा उनी नाच्दै आएका राजबाबुले पनि देखेका थिए। त्यसैले उनलाई अनुरोध गरे, पृथ्वीनारायण बन्न। अवकाश जीवन बिताइरहेका ओम पनि तयार भए।

साता दिनको फरक पारेर गोरखा पुगिरहने राजबाबु त्यहाँको विकास चाहन्छन्। गोरखाको विकाससँगै ऐतिहासिक धार्मिक महत्त्वको गोरखा दरबारको संरक्षण चाहन्छन्। नयाँ पुस्ताले त्यो इतिहास र संरचनालाई निरन्तरता दिओस् भन्ने चाहन्छन्। 

नेपाल समय

गोरखाको विकास दरबार संरक्षणको कारण मात्रै नहुने भएपछि शिक्षामा जोड गर्ने योजना बनाएका छन्, उनले। तर शिक्षामा ठूलो लगानी आवश्यक पर्ने भयो। गोरखा सदरमुकामका हरेक जाति र निम्न वर्गका बच्चाले अक्षर चिन्न पाउन् भन्ने लागेर २०६७ मा समता स्कुललाई गोरखा पुर्‍याए। १ सय रुपैयाँमा एक बच्चाले अंग्रेजी माध्यमबाट  पढ्न सक्ने समताको अवधारणाबाट प्रभावित भएका राजुबाबुले समताका संस्थापक उत्तम सञ्जेललाई आफैं भेटे। सञ्जेललाई गोरखा लिएर गए। स्कुल खोल्न आग्रह गरे। स्कुल खोल्न फराकिलो ठाउँ चाहिन्थ्यो। त्यही किसिमको संरचना चाहिन्थ्यो। राजुबाबु भन्छन्, ‘स्कुल खोल्न आफ्नो अंशको ५ रोपनी ७ आना जमिन समताको नाममा पास गरिदिएँ।’

शिक्षक, प्रहरी, पीएचडी डाक्टर, गीतकार, कवि साहित्यकार, समाजसेवीका रूपमा दर्ज भएका राजुबाबुले जीवनमा एउटै मानिसले पनि धेरै वटा काम गर्न सकिन्छ भन्ने उदाहरण समाजलाई दिएका छन्। 

प्रारम्भिक शिक्षा गोरखा बजारको महेन्द्रज्योति निम्नमाध्यमिक विद्यालयबाट सुरु गरेका राजुबाबुले कष्टसाथ पढेका थिए। कक्षा ८ देखि १० सम्म श्रीशक्ति माध्यमिक विद्यालयमा पढे। १५ वर्षमै एसएलसी दिए। गोरखा क्याम्पसबाट २०४१/४३ तिर आईए सके। आफैंले कखरा सिकेको महेन्द्रज्योति निमाविमै शिक्षक हुन फर्किए। २ वर्ष पढाए। ३० र ४० को दशकमा आफूले पढ्दा भोगेका दुःख ७० को दशकका गोर्खाली बालबालिकाले नभोगून् भन्ने लाग्यो उनलाई। सोही कारण समताको नाममा जमिन पास गरिदिए। अलिकति पनि मनखत छैन, उनलाई। 

१२ वर्षभित्र निम्न वर्गका धेरै बालबालिकाले समतामा पढ्न पाए। तर भूकम्पपछि स्कुलका टहरा भत्किए। विद्यार्थी घट्ने क्रम विस्तारै बढ्यो। उनी भन्छन्, ‘अहिले स्कुल छ तर विद्यार्थी छैनन्। स्कुलमा विद्यार्थी फर्काउने कोसिस भइरहेको छ।’

४० को दशकमा गाउँमा बत्ती थिएन। बाटो थिएन। ७ कक्षा पढ्दा मात्र मोटर देखेका थिए, उनले। २०३७ तिर पनि ६–७ किलोमिटर हिँडेरै मोटर हेर्न आउनुपर्‍यो। भर्खर–भर्खर बाटो बनेको थियो, गोरखाको। डोजर तथा एक्जााभेटर हेर्नेको ताँती नै हुन्थ्यो। पढ्दा टुकीको धुवाँले नाकका प्वाल काला हुन्थे। 

‘गाउँ, गाउँजस्तो थियो। अस्वस्थ प्रतिस्पर्धा थिएन। खुट्टा तान्ने परम्परा थिएन। ऐचोंपैंचो एकदमै चल्थ्यो। कसैकहाँ गएर खान, बस्न धक मान्नुपर्ने अवस्था थिएन’, उनले बाल्यकालका स्मृति सुनाए।

गोरखामा स्नातक पढ्ने क्याम्पस नभएपछि पढ्ने लोभले उनले जागिर रोजे। त्यो जागिर थियो, नेपाल प्रहरीको। २०४० मा उनी सरकारी मुखपत्र गोरखापत्रको विज्ञापन बोकेरै काठमाडौं झरे। पढाइरहेको स्कुल छाडे। उनले नेपाल प्रहरीको असईमा नाम निकाले। ३० वर्ष नेपाल प्रहरीको जागिर खाएर प्रहरी उपनिरीक्षक (एसपी) भएर अवकाश जीवन व्यतीत गरिरहेका राजुबाबु गोरखाकै विकास सोचिरहन्छन्, निरन्तर। 

२००८ मा गोरखा दरबारबाट ८० मिटर परको  त्रिभुवन पुस्तकालय भूकम्पले जीर्ण बनायो। किताबहरू धमिराले सकिए। राजुबाबुको मन मानेनन्। आफ्नै नेतृत्वबाट गोरखा दरबारसँग जोडिएको पुस्तकालयलाई साढे तीन तले भवनसहित पुनर्निर्माण गर्न अगाडि बढे। स्थानीय सरकार र विभिन्न क्षेत्रका व्यक्तिको सहयोग मागे। सहयोग पनि जुट्यो। पुस्तकालय पुनर्निर्माण सम्भव गराए। उनी भन्छन्, ‘आफूले आँटेको गर्छु भनेर कम्मर कसे असम्भव भन्ने हुँदो रहेनछ भन्ने लाग्छ।’


पुस्तकालयमा विद्यार्थीदेखि बूढापाका पनि गएर किताब पढून् र समय सान्दर्भिक कुरा गरुन् भनेर संरचना फेरे, उनले। अब कालखण्डलाई बुझाउन सक्ने पुस्तकहरू संकलन गर्ने क्रम अगाडि बढाएका छन्। ‘अबका पुस्ताले स्कुलका किताब मात्रै होइन, कला, साहित्य र इतिहासबारे पढ्न सहज होस् भनेर पुस्तकालय ब्युँताएको हुँ’, उनले भने। 

जसरी घर बनाउन सिंगो परिवार जट्छ, त्यसैगरी हातहरू जुटे आफ्नो गाउँ आफैं बनाउन सकिन्छ। जीवनमा कमाएको रकमबाट ५ प्रतिशत मात्र पनि सहयोग गर्न सके पुग्छ भन्ने विश्वास गर्छन्, उनी। गोरखामा केही बनिसकेका र केही बन्दै गरेका पार्क, लाइब्रेरी, सामुदायिक भवन यही प्रोजेक्टअन्तर्गतका हुन्।

गोरखाको त्रिभुवन पुस्ताकालय तयार गर्न  कलाचेतले हौसाल दिएको बताउँछन्, उनी। नेपाली सांगीतिक क्षेत्रमा स्थापित गीतकार राजुबाबु कविता र कथामा पनि कलम चलाउँछन्। केही साताअघि मात्र ‘बेनामे जर्नेल’ कथासंग्रह प्रकाशन भएको छ। 

भुइँमान्छेको संघर्ष र अपराधलाई मुख्य विषय बनाएर आख्यान लेख्न रुचाउँछन्, उनी। १४ थान कथाको बेनामे जर्नेलमा वीरगन्जमा एसपी भई कार्यरत हुँदा र दुई पटक शान्ति सेनामा जाँदाका अनुभव समेटिएका छन्। 

३ वटा कथा संग्रह, २ वटा कविता संग्रह र झन्डै २ सय गीत रेकर्ड भएका छन्। कथा संग्र्रहका कुरा गर्दा एउटा युगोस्लाभिया वरपर घुमेको छ। अर्को सुडान, जहाँ मिसनमा गएका थिए, उनी। तेस्रो,  माओवादी जनयुद्ध वरपर घुमेको छ। यो सबै प्रहरीमा जागिरे हुँदाका उपलब्धि हुन्। 

गीतको प्रसंग भने अलि फरक छ, उनको। गीत जवानी बेलाका डायरीका संग्रह हुन्। गोरखा छुटे पनि डायरी र मन भने सँगै आएको अझै बिर्सिएका छैनन्, उनी। २०४० पछि लेखेका गीत पनि २०६० पछि मात्रै आए। जब एक–दुई वटा गीत रेकर्ड भए, त्यसपछि उनलाई लाग्यो, यो रेकर्ड गर्ने चीज पो रहेछ। डायरीमा राख्ने चीज होइन रहेछ। एक–दुई वटा गीत लोकप्रिय भएपछि यसप्रति अनौठो आकर्षण बढेको थियो, उनमा। उनी भन्छन्, ‘मेरा गीतले डा. राजुबाबुलाई चिनाएको हो।’ 

२०६० देखि २०६६ सम्म प्रायः सबै रेडियोका पुरस्कार जितेका छन्। रेडियो कान्तिपुर, हिट्स एफएम, इमेज, कालिकासहित अन्य थुप्रै पुरस्कार र सम्मान प्राप्त गरेका छन्।

‘पानीको फोकाजस्तै फुट्यो हाम्रो माया’ मनोज राजले गाएको गीतले ४– ५ वर्ष मेगाहिटको रूपमा रेकर्डै बनायो। ‘चोट खाँदा खाँदा मुटु अचानो सरी भो’, ‘वचनैले जोड्यो नाता’, ‘सम्पत्ति दिएँ’, सकिएन भुल्न’, मन मिल्ने मान्छे कतै, मनभित्रै देऊ न मलाई बास गीत कोरे।  

१७७९ देखि १८३१ भित्र आधुनिक नेपाल निर्माण गर्ने राजा ओमबहादुर श्रेष्ठमा पृथ्वीनारायणको प्रतिविम्ब फर्काउने परिकल्पनाकार हुन्, डा. राजुबाबु श्रेष्ठ। श्रेष्ठले गोरखामा शिक्षा, साहित्य, विकास निर्माणमा अतुलनीय योगदान दिँदै आएका छन्। 

शिव परियार, दीप श्रेष्ठ, राजेशपायल राई, अञ्जु पन्त, मिलन नेवार, मनोजराज, स्वरुपराज आचार्यजस्ता स्थापित गायक कलाकारले उनका गीतमा स्वर दिएका छन्। 

‘पहिले गीत बाँड्दै हिँड्नुपथ्र्यो। पछि गीत माग्दै आउन थाले। पैसा दिने भन्ने चलनै थिएन। अहिले भने पैसा आउन थालेको छ। एक प्रकारको सन्तुष्टि मिलेको छ, यी सबैबाट’, उनले थपे। 

भनिन्छ, पदले साहित्यकार बनाउँछ। प्रहरीका ठूला–ठूला पदमा बसेर स्थापित कवि, लेखक, गीतकार जन्मिएका छन्। तर राजुबाबु जागिरे जीवनअघिदेखि नै गीत, कविता कोर्थे। बाल्यकालदेखि गीत कोर्न थालेका राजुबाबुले कक्षा ७/८ देखि नै सिर्जनात्मक गतिविधिमा हात हालेका थिए। उनका गीत, कविता राष्ट्रिय पत्रपत्रिकामा छापिएका थिए। गोरखाबाट निस्किने ‘नवकिरण’ पत्रिका हुँदै राष्ट्रवाणि, मिर्मिरे र मधुपर्कमा उनका कथा, कविता प्रकाशित भएका थिए। 

अपराध र भुइँमान्छेका संघर्षलाई कथाको बान्कीमा बुन्न रुचाउँछन्, राजबाबु। २०४३ देखि गीत कोर्न थालेका राजुबाबुले गोरखाको पृथ्वी रनिङ सिल्ड नृत्य प्रतियोगितामा आफैंले पढेको स्कुल महेन्द्र ज्योति प्रथम भएको सम्झिए। मान्छेको पेसा बदलिए पनि मन बदलिँदैन। कला–साहित्यले भावनात्मक रूपमा बलियो बनाउने उनको बुझाइ छ।

३० वर्षे प्रहरीको जागिरे जीवनमा उनले कथाहरू बाक्लै भेटे। साहित्यको उर्बर फाँट बन्न पुग्यो। जागिरे जीवनमा धेरै वटा डायरी लेखेरै सिध्याए। कहिले कथा लेखे, कहिले गीत लेखे, कहिले कविता लेखे। प्रहरी जीवनले अझ समाजका कथा लेख्न सकेको अनुभव सुनाउँछन्, उनी। भन्छन्, ‘प्रहरी संगठनमा नभएको भए सायद अहिले साहित्यकार हुन्थिनँ होला।’

उनले अवकाश पाएको चार वर्ष भयो। अब उनी निरन्तर समाजसेवा र साहित्यकर्ममा छन्। राजुबाबु आफ्नै कर्मले परिचय फराकिलो बनाउन सक्नुपर्नेमा अडिग छन्। भन्छन्, ‘सकिन्छ, दुःख नदिऊँ, सके अलिकति सहयोग गर्ने बानी बसालौं ।’

000

जीवनमा प्रहरी हुनु पक्कै खुसीको जागिर होइन। प्रहरीले रातदिन नभनी सुरक्षा दिनुपर्ने हुन्छ। अझ ४०, ५० र ६० को दशकमा भयानक डर थियो, प्रहरीलाई। 

पुलिसको जागिरमा पसेसँगै २०४६ को जनआन्दोलन सुरु भयो। उनको पहिलो पोस्टिङ नगर प्रहरीको रूपमा त्यसबेलाको महेन्द्र पुलिस क्लब अर्थात् हालको नेपाल पुलिस क्लबमा भयो। 

२०४६ को आन्दोलन रोक्न वा बिफल पार्न जहाँ–जहाँ आन्दोलन भयो, त्यहाँ–त्यहाँ खटिए, सरकारको निर्देशनबमोजिम। त्यो नै उनको जागिर थियो। दर्जा पनि सानो। फुली पनि सानो। त्यस बेला उनी एक फुलीका थिए।

२०४५ मा जागिरमा छिर्दा एउटा आन्दोलन बेहोरेको मान्छेले फेरि २०५२ मा इन्स्पेक्टर हुँदा अर्को आन्दोलन भोगे, माओवादी जनयुद्ध। यसलाई संयोग वा भाग्य जे भने पनि हुने सुनाउँछन्, उनी। सुरुआती जागिरको सत्य घटना सुनाउँछन्। 

२०४६ को जनआन्दोलनलगत्तै कानुनविहीनताको अवस्था आयो। संक्रमणकाल भन्ने कि, के? गृहमन्त्री थिए, योगप्रसाद उपाध्याय। न प्रहरीलाई कुनै स्पष्ट आदेश छ, न त निर्देशन! तब हुन पुग्यो–टेकु काण्ड। उनी भन्छन्, ‘११ वैशाखको उक्त घटनाले वास्तवमा देशलाई नै लज्जित बनायो।’ 

राजा पृथ्वीनारायणको प्रतिविम्ब बनेका गोरखा नगरपालिका–६ का ओमबहादुर श्रेष्ठ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म दरबार परिसरकै फेरो हानिरहन्छन्। राजा पृथ्वीनारायणकै जस्तो भेषभूषामा सजिएर दरबार परिसर चहार्छन्। 

प्रहरीलाई भीडले टेकुबाट ठेलामा हालेर छाताले घोच्ने, लौरोले घोच्ने, जुत्ताले हान्ने, टाउकोमा हान्दै हनुमानढोका, रत्नपार्क हुँदै बागबजार पुर्यायो। कति प्रहरी मारिए, कति घाइते भए। दुई– तीन घन्टापछि बागबजारमा आफ्नै सहकर्मीको लाश र घाइतेलाई उद्धार गर्यो प्रहरीले। 

बालविवाह एवं दाइजोविरुद्धका आन्दोलनमा राष्ट्रिय स्तरमै रणनीतिक योगदान गरेका छन्, उनले। वीरगन्ज सरुवा भई जाँदा उनले त्यहाँका स्थानीयलाई बालविवाह तथा दाइजो प्रथाविरुद्ध वकालत गर्न सिकाएका थिए। 

सबैसँग गफिन रुचाउने राजुबाबुका लागि समय फेरियो, पद फेरियो, अवस्था फेरियो तर मन फेरिएको लाग्दैन। उनीसँग अझै पनि गोर्खाली मन छ। आफूलाई गोर्खाली भनेर चिनाउन रुचाउँछन् । 

राजुबाबु शिक्षक भए, प्रहरी भए। पीएचडी डाक्टर भए, गीतकार, कवि साहित्यकार भए। समाजसेवी भए। जीवनमा एउटै मानिसले पनि धेरै वटा काम गर्न सकिन्छ भन्ने उदाहरण हुन्, राजुबाबु। 

उनी निरन्तर गोरखाबारे सोच्छन्। विकासका लागि अनेक योजना बनाउँछन्। सके सामाजिक सहयोग संकलन गर्छन्, नसके आफ्नै बलबुताले जुटाएको रकम सहयोग गर्न हौसिन्छन्। भन्छन्, ‘ऐतिहासिक गोरखालाई अब साहित्यमा पनि विकास गर्न मन छ। साहित्यले कठोर मानिसलाई पनि संवेदनशील बनाउँदो रहेछ।’


प्रकाशित: September 24, 2022 | 17:57:22 काठमाडौं, शनिबार, असोज ८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
फिल्म

महजोडीको फिल्म 'महापुरूष'ले कमायो १० करोड

यसवर्ष कबड्डी ४ र प्रेम गीत ३ पछि १० करोड ग्रस गर्ने यो तेस्रो चलचित्र बनेको छ। नेपाली चलचित्रले हलमै यत्तिको व्यवसाय गर्नुलाई ‘ब्लकबस्टर’ मानिन्छ।
नेपाल समय
फिल्म

शवाना आजमी भन्छिन्- रंगमञ्चका लागि यो कठिन समय

दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको लागि काठमाडौं आएकी आजमीले दिल खोलेर नेपाली सौन्दर्य, कला र संस्कृतिको प्रशंसा गरिन्। पत्रकारसँगको भेटघाटमा उनले भनिन्, ‘नेपालको कला, संस्कृतिको म सदैव प्रशंसक हुँ। नेपाल संस्कृति र कलामा धनी छ।’
नेपाल समय
फेसन

कतारको सांस्कृतिक नियम तोडेपछि आलोचित भइन् पूर्वमिस क्रोएसिया

कतारमा फुटबल विश्वकपको समय लगाएको ड्रेसका कारण उनलाई आलोचनाको पात्र बनाइएको हो।
नेपाल समय
कला/साहित्य

हस्तकला व्यापार मेला मंसिर २३ देखि

मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थाङ्का गरी तीनवटा विधाका कला प्रदर्शनी हुनेछ। नेपाली हस्तकलाको प्रवर्द्धन गर्दै विदेशसम्म पहिचान गराउन मेलाको आयोजना गरिएको हो।
नेपाल समय
कला/साहित्य

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु हुँदै

१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया कार्यक्रम तालिका सार्वजनिक गरिएको महोत्सवमा विश्वभरबाट २०० बढी नाट्य कलाकार सहभागी छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना