सोमबार, असोज १०, २०७९

राजु श्रीवास्तव: जो बिनातयारी गफैगफमा दुनियाँलाई हँसाउन सक्थे

नेपाल समय  |  काठमाडौं, बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९, काठमाडौं

नेपाल समय
भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तव/तस्बिर : लोकमत डट कम।

गत अगस्ट १० मा होटलको जिममा व्यायाम गर्दागर्दै बेहोस भएका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको २२ सेप्टेम्बरमा निधन भयो। हृदयाघात भएपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो। 

हृदयाघात हुनुअघिसम्म पनि उनी विभिन्न कार्यक्रमहरुमै व्यस्त थिए, दर्शकलाई हँसाइरहेका थिए। कवि रमेश श्रीवास्तव उर्फ ​​बलाई काकाको घरमा सन् १९६३ मा कानपुरमा जन्मेका राजु श्रीवास्तवलाई बाल्यकालदेखि नै फिल्म स्टारहरूको नक्कल गर्ने मन थियो।

सायद उनले कमेडीको दुनियाँमा अमिताभ बच्चनको नक्कल गरेर सबैभन्दा धेरै नाम कमाएका थिए। तर, उनले युट्युब, टिभी, सीडी र डीभिडी नभएको जमानामा कमेडी गर्न थाले। उनको पहिलो कमेडी स्केच 'हसना मना हे' पनि अडियो क्यासेटको रूपमा देखा परेको थियो।

राजु श्रीवास्तवले आफ्नो एक अन्तर्वार्तामा यो कुरा उल्लेख गर्दै भनेका छन्, 'सन् १९८० को दशकको कुरा हो, त्यतिबेला त्यति धेरै च्यानल थिएनन्, दूरदर्शन मात्र थियो। म त्यो समयको मान्छे हुँ, जतिबेला डीभिडी, सीडी थिएन। पेनड्राइभ पनि थिएन त्यसबेला हाम्रा अडियो क्यासेटहरू रिलिज हुन्थ्यो, जो अड्किन्थ्यो, त्यसमा पेन्सिल हालेर मिलाउनुपर्थ्यो। टी-सिरिजमा हाम्रो क्यासेट आएको थियो।' 

राजु श्रीवास्तवले भनेका थिए, 'त्यस युगको विशेषता यो थियो कि त्यो पनि हिट भयो। तर हामी चुलबुलाहट स्वाभावमा एक रिक्सामा बसेका थियौँ। त्यो रिक्सामा हाम्रो क्यासेट बजिरहेको थियो, तर श्रोताले चिन्दैनथे। कहिलेकाहीँ हामी नै हाम्रो रिक्सा नजिकै गएर श्रोताहरुलाई जिस्काउने हेतुले रिक्सावाललाई भन्थ्यौं-  के बजाउँदै छौ यार, यसलाई बन्द गरेर अर्को अलि राम्रो लगाऊ। रिक्सावाला भन्थ्यो, त्यस्तो हैन भाइ कोही श्रीवास्तव भन्ने रहेछ यसले खुब सबैलाई हँसाउदो रहेछ।'

राजुले एउटा किस्सा सुनाए, 'एक पटक हामी ट्रेनमा हाम्रा पात्र मनोहरको शैलीमा कसैलाई शोलेको कथा सुनाउँदै थियौं, एक अंकल माथिल्लो साइटमा सुतिरहेका थिए। हाम्रो कुरा सुनेर उनी तल आए र भने- जे गर्दै हुनुहुन्छ अलि फरक तरिकाले गर्नुहोस्। अलिकति मिहिनेत गरेर क्यासेट बनाउ, बम्बई जाउ, गुलशन कुमारको स्टुडियो त्यतै छ क्यारे। तिमी आफ्नो क्यासेट उतै सुनाऊ त्यसपछि तिम्रो क्यासेट पनि आउँछ। श्रीवास्तवको क्यासेट निस्केको छ, उसबाट आइडिया लेऊ।'

ग्रेट लाफ्टर च्यालेन्जबाट चर्चा

नेपाल समय
तस्बिर : जनआस्था

सन् १९८२ मा मुम्बई पुगेका राजु श्रीवास्तवले प्रारम्भिक चरणमा अर्केस्ट्रासँग काम गरे। र, उनले पहिलो पटक सय रुपैयाँमात्रै शुल्क पाएका थिए। उनको फिल्मी यात्रा सलमान खानको पहिलो फिल्म 'मैने प्यार किया' बाट सुरु भएको हुन्। यसपछि उनले बाजीगर टु, बम्बे टु गोवा र आम्दानी अठन्नी खर्चा रुपैयाँ जस्ता धेरै चलचित्रमा पनि अभिनय गरे। तर उनले द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जबाट राष्ट्रव्यापी चर्चा पाउन सफल भए, जसमा उनले आफ्नो शानदार कमेडीले मानिसहरूलाई पागल बनाएका थिए।

राजु श्रीवास्तवलाई एक यस्तो हास्य कलाकारको रूपमा पनि चिनिन्छ, जो बिना तयारी अचानक गफै गफमा जोक मिसाएर दुनियाँलाई हसाउन सक्छन्।  एक अन्तर्वार्तामा उनको विशेष रङ्गीबिरङ्गी पहिरनबारे प्रश्न गर्दा उनले भनेका छन्, 'मेरो शो लखनउ-पटना जस्ता सहरमा हुने मेलाहरूमा हुन्छ, जहाँ ठूलो भीड हुन्छ, त्यसैले रङ्गीबिरङ्गी लगाउँदा मानिसहरूले यसलाई टाढाबाट हेर्न सक्छन्। जाँदै गरेको आउँदै गरेको जस्ता हरेक कुरामा पारदर्शी तरिकाले देखिने हुनाले रङ्गीबिरङ्गी कपडा लगाउँछु, ताकी मानिसहरु मलाई शीर्ष कलाकारको रुपमा सोच्छन्।'

तर, एक समय यस्तो आयो जब कपिल शर्माको 'कमेडी शो'ले त्यस समयका सबै कमेडियनलाई हावी गरेको थियो। तर राजु श्रीवास्तव यी सबै बीच आफ्नो विशेष स्थान बनाउन सफल भए।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राजु श्रीवास्तवको निधनमा शोक व्यक्त गर्दै भनेका छन्, 'उहाँ असल कलाकार हुनुहुन्थ्यो। जीवनभर आफ्नो पीडालाई दबाएर विना भेदभाव सबैलाई मनोरञ्जन दिनुभयो। उहाँको आत्माको चिरशान्तिको कामना गर्दै राज्यवासीको तर्फबाट म प्रार्थना गर्दछु।' 

वास्तविक नाम सत्यप्रकाश श्रीवास्तव

नेपाल समय
तस्बिर : आजतक

एक अन्तर्वार्तामा उनले आफ्नो नाम घरमा राजु श्रीवास्तव रहेको र स्कूल-कलेजमा भने सत्यप्रकाश श्रीवास्तव रहेको बताएका छन्। श्रीवास्तव भन्छन्, 'राजु श्रीवास्तव मेरो घरको नाम हो, तर स्कूल-कलेजको नाम सत्य प्रकाश हो। राजु भनेर बोलाउँदा कता कता बच्चाको नाम झैँ सुनिन्छ र म सधैंभरि बच्चा हुन चाहन्छु। जहाँसम्म बाल्यकालको कुरा छ, विद्यालयमा शिक्षकको नक्कल गरेकोमा शिक्षकको गाली खाइन्थ्यो। म इन्दिरा गान्धीको पनि मिमिक्रि गर्ने गर्थेँ। 

सुरुमा मैले अमिताभका शोले, दिवार जस्ता फिल्म हेरेकाले मैले उनको नक्कल गर्न थालेँ, उनको आवाज निकाल्न थालें। साथीहरूले मलाई जुनियर अमिताभ भन्थे। मलाई साना-ठूला सहरका मानिसहरूले बोलाउन थालिसकेका थिए। दुर्गा पूजा होस् या दशैं मानिसहरूले मिमिक्रीवाला डायलग सुन्नको लागि मलाई बोलाउन थाले।'

जब ग्रेट इन्डियन लाफ्टर च्यालेन्जको लागि श्रीवास्तवले अस्वीकार गरे

नेपाल समय
तस्बिर : द भोकल न्युज हिन्दी

राजु श्रीवास्तव 'ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज' ठूलो स्टेज थियो भनेर विश्वास गर्दैनथे। उनी भन्छन्, 'एकछिनका लागि तपाईं ग्रेट इन्डियन लाफ्टर च्यालेन्जको मञ्च निकै सानो र बेकार थियो ठान्नुहोस्। मलाई नयाँ केटाहरुको एउटा कार्यक्रम आउँदैछ र त्यसमा भाग लिन प्रस्ताव आएको थियो। त्यस कार्यक्रममा कसैले कसैलाई नै चिन्दैनथे जसमा सुनील पाल, अहसान कुरैशी, नवीन प्रभाकर  थिए। मलाई त्यसमा समावेश गरिँदै थियो। जोनी लिभर, जावेद जाफरी र अरशद पनि नभएको कार्यक्रममा नजान मानिसहरूले मलाई सुझाउँथे। मेरा 'हसी का हंगामा', 'हँसा रहो' जस्ता धेरै क्यासेट बजारमा आएका थिए। मैले 'मैने प्यार किया', मै प्रेम की दीवानी हूं, मिस्टर आजाद, वाह तेरा क्या कहना, आम्दानी अठ्ठनी र खर्चा रुपैयाँ जस्ता धेरै फिल्महरूमा पनि काम गरेको थिएँ। 

मैले निर्देशकलाई यसका लागि पटकपटक अस्वीकार गरिसकेको थिएँ। तर पनि म अमिताभ बच्चनलाई आफ्नो आदर्श मानेर 'जो दिखता है वो बिकता है' भन्ने कुरामा सहमत भएँ। मैले यो शो धेरै पटक अस्वीकार गरेको थिएँ। तर मन मारेरै भए पनि म त्यहाँ गएको थिएँ र कार्यक्रममा जसले पनि यसमा भाग लियो त्यो स्टार बन्यो। जब म लाफ्टर शोमा पुगेँ, त्यहाँ पुगेका सबै सहभागी म नै त्यहाँको जज हुँ भन्ने सोचिरहेका थिएँ। उनीहरुले मेरो अडियो क्यासेट सुनेका थिए र मलाई राम्ररी चिनेका पनि थिए।' 

'किशोरकुमार दासँग विश्व भ्रमण'

नेपाल समय
तस्बिर : प्रभात खबर

धेरै मानिसले ग्रेट इन्डियन लाफ्टर शोमा राजु श्रीवास्तवको  पहिलो चोट देखेका होलान्, तर राजुले टिभीमा आउनुअघि किशोर कुमार र लक्ष्मीकान्त प्यारेलालसँग विश्व भ्रमण गरेका थिए। राजु श्रीवास्तव भन्छन्, 'मैले पहिल्यै भीड र उनीहरूको प्रतिक्रिया देखिसकेको थिएँ तर लाफ्टर च्यालेन्ज पछि यो धेरै गुणाले बढ्यो।'

राजु श्रीवास्तवको राजनीतिक यात्राको बारेमा कुरा गर्दा उनी २०१४ मा कानपुरबाट लोकसभा चुनाव लड्ने मनसायले समाजवादी पार्टीमा प्रवेश गरेका थिए।

तर केही समयपछि उनले स्थानीय तहमा पार्टी कार्यकर्ताको साथ नपाएको भन्दै समाजबादी पार्टीबाट टाढिएका थिए। पछि उनी भाजपामा सामेल भए र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वच्छ भारत अभियानको लागि मनोनीत गरे।  

-बीबीसी हिन्दीबाट


प्रकाशित: September 22, 2022 | 13:48:57 काठमाडौं, बिहीबार, असोज ६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
फिल्म

कर चुक्ता नगरेका कारण प्रेमगीत-३ को सेन्सर रोकिएको थियो : भुवन केसी

बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ।
नेपाल समय
संगीत

नेपथ्य व्याण्ड ‘म्यूजिक फर ह्युम्यानिटी’का साथ मानवता प्रवर्धन अभियानमा

यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले आउँदो वर्ष ‘मानवता प्रवर्धन अभियान’ मार्फत मानवीय आयामहरुलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको छ। यसै प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ।
नेपाल समय
फिल्म

'प्रेम गीत-३' को हिन्दी संस्करणले पनि पायो सेन्सर अनुमति

चलचित्र विकास बोर्डले 'प्रेम गीत-३' फिल्मको हिन्दी संस्करणको सेन्सरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गरेको छ।
नेपाल समय
कला/साहित्य

गोरखा दरबारमा भेटिन्छन् राजा पृथ्वीनारायणका यी प्रतिविम्ब

शिक्षक, प्रहरी, पीएचडी डाक्टर, गीतकार, कवि साहित्यकार, समाजसेवीका रूपमा दर्ज भएका राजुबाबुले जीवनमा एउटै मानिसले पनि धेरै वटा काम गर्न सकिन्छ भन्ने उदाहरण समाजलाई दिएका छन्।
नेपाल समय
फिल्म

पुरुषलाई नै नायिका बनाएर निर्माण गरिएको 'राजा हरिशचन्द्र'

सन् १९१३ मे ३ लाई भारतको इतिहासमा सुनौलो दिनको रुपमा लिने गरिन्छ। त्यसै दिन देशकै पहिलो फिचर फिल्म 'राजा हरिशचन्द्र' रिलिज भएको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना