सोमबार, असार १३, २०७९

नेपाल प्रज्ञा प्रतिष्ठान ६६औं वर्ष प्रवेश

रासस  |  काठमाडौं, बिहीबार, असार ९, २०७९

नेपाल समय

रासस

बिहीबार, असार ९, २०७९, काठमाडौं

नेपाल समय
nepal academy pragya pratisthan

काठमाडौं- नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ तयार गर्ने, गराउने मुख्य उद्देश्यले स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठान आजदेखि ६५ वर्ष पूरा गरी ६६औँ वर्षमा प्रवेश गर्दैछ।

वि.सं. २०१४ असार ९ गते प्रतिष्ठान स्थापना भएको हो। प्रतिष्ठानको स्थापना तत्कालीन नेपाल सरकारबाट ‘नेपाल एकेडेमी ऐन, २०१४’ पारित गरी सोही ऐनअनुसार नेपाली साहित्य, कला एकेडेमीको नाममा भएको थियो। वि.सं. २०१४ मा गठित यो प्रतिष्ठान २०३१ मा पुनः अर्को ऐनद्वारा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा परिणत भयो।

नेपालमा गणतन्त्रको स्थापना भएपछि साबिक राजकीय प्रज्ञा–प्रतिष्ठानमा रहेका ललितकला र सङ्गीत, नाट्य विधाका निम्ति अलग्गै प्रज्ञा–प्रतिष्ठानको गठन गर्ने व्यवस्था भयो। प्रतिष्ठानले हाल भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शन शास्त्र विधामा प्राज्ञिक कार्य गर्ने उत्तरदायित्व बोकेको छ।

नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयमा अनुसन्धानात्मक तथा मौलिक कृतिको सिर्जना एवं प्रकाशन गर्ने, गराउने काम प्रतिष्ठानले गर्दै आएको छ। आवश्यकताअनुसार विदेशी भाषाबाट नेपालका सबै भाषा र नेपालका भाषाबाट विदेशी भाषामा उच्चस्तरीय कृतिको अनुवाद एवं प्रकाशन गर्ने, गराउने कार्य पनि भइरहेको छ।

प्रतिष्ठान नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न, राष्ट्रका विद्वान् एवं प्रतिभाको सम्मान गर्न, सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सर्वाङ्गीण सहभागिता जुटाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्न स्थापित एक राष्ट्रिय प्रतिष्ठित संस्था हो। प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, प्रदर्शनी आदि गर्ने, गराउने गरेको छ।

भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका विभिन्न विषयमा हुने अन्तर्राष्ट्रिय सम्मेलन, प्रवचन, गोष्ठी, विचारविमर्श, प्रदर्शनी आदिमा सहभागी गर्ने, गराउने कामको नेतृत्व पनि प्रतिष्ठानले गर्ने गरेको छ। भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका विभिन्न क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सम्बन्ध राख्ने, भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका विभिन्न विषयमा उल्लेखनीय योगदान दिने स्वदेशी तथा विदेशी व्यक्तिलाई कदर, सम्मान तथा पुरस्कारको व्यवस्था गर्ने दायित्व पनि प्रतिष्ठानकै हो।

भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रको विकासको निमित्त सम्बन्धित विषयका विद्वान् साहित्यकार एवं सामाजिकशास्त्रीको प्रतिभा विकसित हुने वातावरणका लागि सहयोग, सद्भावना र समन्वय अभिवृद्धि गर्ने कामलाई पनि प्रतिष्ठानले प्राथमिकता दिएको छ।

नेपालका विभिन्न जाति तथा समुदायका साहित्य, लिपि, संस्कृति तथा लोकोक्तिको सम्वद्र्धन र संरक्षण गर्ने, नेपाली लोक साहित्यको अध्ययन, अनुसन्धान, सम्वद्र्धन र संरक्षण गर्ने, नेपालका सबै भाषा, विभिन्न विदेशी भाषा र नेपालमा बोलिने भाषामा विश्वकोश तथा शब्दकोश तयार गरी प्रकाशन गर्ने तथा नेपालका सबै भाषालाई समृद्ध र वैभवशाली बनाउन विभिन्न शब्द तथा शब्दावलीको सृजना गरी प्रचलनमा ल्याउने जिम्मेवारी पनि प्रतिष्ठानकै हो।

भाषा, साहित्य संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका विषयमा योगदान दिने स्थानीय लेखक, साहित्यकार, सामाजिक शास्त्रीे, संस्कृतिविद् तथा सम्बन्धित अन्य संस्थाको विकासमा सहयोग पुर्‍याउने, नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रको विषयमा अध्ययन तथा अनुसन्धानको लागि विद्वत्वृत्तिको व्यवस्था गर्ने काम पनि प्रतिष्ठानले गर्दै आएको छ।

नेपालका सबै भाषा तथा साहित्यलाई विश्व साहित्य समक्ष पहिचान गराउने, नेपालका विभिन्न जातजातिका लोपोन्मुख भाषा र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न प्राथमिकता दिने दायित्व पनि प्रतिष्ठानले निर्वाह गर्दै आएको सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले बताए।

प्रतिष्ठान स्थापना दिवसको अवसर पारेर विसं २०२२ देखि राष्ट्रिय कविता महोत्सव आयोजना हुँदै आएको छ। महोत्सव विभिन्न कारणले बीचमा केही वर्ष रोकिए पनि अनुकूल समयमा निरन्तरता दिइएको प्रतिष्ठानको सञ्चार संयोजकसमेत रहेका प्राज्ञसभा सदस्य शशी लुमुम्बूले राससलाई जानकारी दिए। 

यस वर्ष पनि महोत्सवलाई निरन्तरता दिइएको छ। महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुहुने सदस्य सचिव उपाध्यायले जानकारी दिए।

महोत्सव वि.सं. २०४६ सम्म निरन्तर चलेको थियो। विसं २०४७ मा विशेष कारणवश रोकिएको जनाइएको छ। वि.सं. २०६३ देखि २०६६ सालसम्म प्राज्ञ परिषद् गठन नभएका कारण कविता महोत्सव आयोजना हुन सकेन। विसं २०६७ देखि महोत्सव निरन्तर रूपमा आयोजना भइरहेको छ।

कोरोना महामारी सुरु भएपछिको कविता महोत्सव २०७७ मा प्रतिष्ठानले जुम माध्यमबाट यसलाई निरन्तरता दिएको थियो। गत वर्ष भने भौतिकरूपमै कार्यक्रम गरिएको जनाइएको छ। यसपटक कविता महोत्सवको ५३ औँ शृङ्खला आयोजना हुँदैछ। यस वर्ष महोत्सवका लागि ५८८ जना कवि एवं कवयित्रीले आवेदन दिनुभएकामा २० वटा प्रतियोगी कविता छनोट भएको छ। महोत्सवमा १६ जना अतिथि कविले कविता वाचन गर्ने कार्यक्रम रहेको सदस्य सचिव उपाध्यायले बताए।

प्रतिष्ठानले प्रकाशन गरेका नेपाली बृहत् शब्दकोश, प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोश, अमरकोशलगायत विभिन्न भाषाका शब्दकोश पुस्तक चर्चित छन्। प्रतिष्ठानले हालसम्म हजारभन्दा बढी प्रकारका पुस्तक प्रकाशन गरिसकेको बजार व्यवस्थापन शाखा प्रमुख सुधीर ढुङ्गेलले बताए। चालु आर्थिक वर्षमा मात्र प्रतिष्ठानले ७० भन्दा बढी प्रकारका पुस्तक बजारमा ल्याएको पनि उनले बताए।


प्रकाशित: June 23, 2022 | 06:50:00 काठमाडौं, बिहीबार, असार ९, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

थप समाचार

नेपाल समय
फिल्म

'दोख'को ट्रेलर रिलिज गर्दै निर्देशक बरालले भने– युद्धका कथा अझै भन्न बाँकी छ

एक दशक लामो सशस्त्र द्वन्द्वको परिवेशमा दुई गाउँबीचको झगडाको विषयवस्तुलाई लिएर निर्माण गरिएको चलचित्र ‘दोख’ को ट्रेलर रिलिज भएको छ।
नेपाल समय
रङ्गमञ्च

भारतीय रंगकर्मी अनुराधा मजुमदारको मुख्य भूमिकामा 'साबिती' नाटक मञ्चन हुँदै

थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ।
नेपाल समय
कला/साहित्य

नेपाली लेखक संघद्वारा ‘विशिष्ट लेखक पुरस्कार’ घोषणा

नेपाली लेखक संघको काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने एक जना स्रष्टालाई एक लाख राशिको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
नेपाल समय
फिल्म

तीन दशकअघि 'दिवाना'ले जन्माएको सुपरस्टार

अरमान कोहलीले छाडेको ‘दिवाना’ फिल्ममा पहिलोपल्ट इन्ट्री पाएका बलिउड वादशाह शाहरुख खानको फिल्मी किस्सा।
नेपाल समय
फिल्म

त्यसैले साउथ रिमेकको जादू चल्न छाड्यो बलिउडमा

अहिले भारतभरि साउथका स्टारहरू चर्को स्वरमा बोलिरहेका बेला तमिल–तेलुगु–मलयालम–कन्नडका ओरिजिनल सुपरहिट फिल्महरू हिन्दी शैलीमा हेर्दा के अनौठो होला भन्ने प्रश्न उठिरहेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना