काठमाडौं- र्यापर सुदीप भण्डारीको (जी-बब) विवादका विषयमा सहमति भएको छ। र्यापर भण्डारी, उनका बुबा राजकुमार भण्डारी र सुधारगृहबीच तीनबुँदे सहमति भएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंमा उनीहरुबीच सहमति भएको हो। काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार र्यापर भण्डारीलाई अझै केही समय समर्पण समाज नेपाल, कपनस्थित सुधारगृहमा राखिनेछ।
जीबबले चाहेको समयमा आमाबुबालाई भेट गराउने व्यवस्था सुधारगृहले मिलाउने सहमति छ। कार्यक्रममा जानुपरे आमाबुबाको सहमति लिनुपर्ने पनि सहमतिमा उल्लेख छ।
यसअघि जी–बबले आमाबुबाविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिएका थिए। आमाबुबाले पनि उनलाई सुधारगृहले बन्धक बनाइएको भन्दै उजुरी दिएका थिए।