शुक्रबार, साउन २७, २०७९
नाटक

पूर्वी पहाड थर्काउने 'चोरको स्वर', जसले गाउँछ 'माङ्‌गेना'का वेदना

राज सरगम  |  काठमाडौं, बिहीबार, जेठ २६, २०७९

राज सरगम

राज सरगम

बिहीबार, जेठ २६, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- पूर्वी पहाडी जिल्लाको चेम्जोङ गाउँ। त्यही गाउँको १९ वर्षीय युवकले एक युवती (सोल्टिनी)लाई भगाएर ल्याएपछि गाउँका बुढापाका मिलेर विधिपूर्वक टिकाटालो गर्छन्। कुखुरा काटेर, तोङ्बा बाँडेर दुईचार भाइ जम्मा भएर भोज खान्छन्।

चेम्जोङ गाउँमा युवकको विवाह सम्पन्‍न भएपछि दुलहीको माइती शेर्मा गाउँमा बुढ्यौली सहितको आफन्तहरू ‘चोरको स्वर’ बुझाउन हिँड्छन्। हरेक समुदायमा भागी विवाह गरिसकेपछि माइतीसँग ढोगभेट फुकाउने चलन छ। तर, लिम्बु समुदायमा दुलाहाको आफन्तले माइती समक्ष गरेको ढोगभेट फुकाउने विनम्रता नै ‘चोरको स्वर’ हो। 

केटाकेटीले मन मिलेर विवाह गरे पनि तपाईको छोरीले कुनै दुःख पाउने छैन र कुनै दुःख दिनेछैनौं भनी वचन दिनुपर्ने हुन्छ। तर, माइती पक्षले सजिलै विश्वास गर्दैनन्। र, स्वीकार्दैन पनि। 

दुलाहा पक्षले ल्याएको कोसेली राखेर मेलमिलापको कुरा गर्दागर्दै दुलहीको भाई बेलाबेला आक्रोशमा झम्टिन्छन्। दुवै पक्ष हात हालाहाल हुन्छ। बुढापाकाले सम्झाउँछन्। सम्झाउने र सम्झिने कोसिस निकै रोचक हुन्छ। खुकुरीको भरमा दुलहीका आफन्तले शक्ति नै प्रदर्शन गर्छन्। दोहोरो घोचपेच निक्कै चले पनि मानवीय सद्भाव कम हुँदैन।  


‘तपाई र हाम्रो माङ्‌गेना नै मिल्दैन’, भन्दै माइती पक्ष ठसको मस हुँदैन। आपसी मनमुटाव भएका कारण दुवै गाउँबीच सांस्कृतिक र सामाजिक दम्भ छ। चेम्जोङ गाउँको चेली ल्याउँदा शेर्मा गाउँकालाई खुबै लखेटेका थिए। र पनि, परम्परागत मायाप्रेम गर्ने शैलीले कुटुम्बेरी साइनो जोडिन भने छोडेको छैन। 

राजनीतिक कारणले विकासमा पछ्यौटे परेको शेर्मा गाउँका स्थानीयलाई चेम्जोङ गाउँको विकाससँग निकै इर्श्या छ। बाटो, मोटर, बिजुली, शेर्मा गाउँमा कहिले पुग्ला भनेर चिन्तित पनि छन्, स्थानीय। त्यसैले दुवै गाउँ जोड्ने पुल नाघेर चेम्जोङ गाउँका सोल्टिनीहरू शेर्मा गाउँका सोल्टीसँग भाग्छन् भन्‍ने कुराले दुवै गाउँबीच कलह छ। कतिसम्म मतभेद थियो भने शेर्मा गाउँका युवकले चेम्जोङ गाउँबाट केटी भगाएको झोँकमा झोलुङ्गे पुलका तार नै काट्ने गरियो। शेर्मा गाउँका तन्‍नेरी र चेम्जोङ गाउँको तन्‍नेरीबिच बेलाबेला लफडाकै कारण पुल भत्काउने कोशिस गरिएको थियो। 

सानैमा आमा गुमाएकी नन्दलाई भाउजुले दिएको मातृ-स्नेहका कारण उनका आँखामा आफ्नै छोरीको विदाई गरेझैँको पीडा झल्केको छ। नन्दको विवाहमा लाग्ने खर्चप्रति भाउजुको चिन्ता र माइतीले चोरको स्वर नस्वीकार्दा बर्षौ माइत जान नपाएको दुःखको दृश्यले एकछिन दर्शकलाई स्तब्ध बनाउँछ। 

सामाजिक वैरभावबाट गुज्रिएका दुई गाउँका तन्‍नेरी सोल्टा-सोल्टेनीले मन मिलेर बिहे गरिदिन्छन्, जसका कारण दुवै गाउँबीच सामाजिक रितितिथि र सद्भाव झल्किन्छ। लिम्बु समुदायमा हुने प्रचलित विवाह सम्बन्ध र नातालाई स्थापित गर्न खोजिने सामाजिक रितितिथि नै चोरको स्वरमा भेटिन्छ। 

‘लौ है आदङ्वासेहरू केही गल्ती पो भयो कि’, बुढापाकाले भाँती पुर्‍याएर गरेको कुराकानी मिट्टो लाग्छ। अन्य, समुदायलाई मात्रै नभएर लिम्बु समुदायका पछिल्ला नयाँ पुस्तामाझ पनि यस्तो विवाह प्रचलन विस्तारै हराउँदै गएको नकार्न सकिँदैन। आजका नयाँ पुस्तालाई चोरको स्वर नाटकले लिम्बु समुदायमा हुने विवाह चलनलाई बुझाउन सक्छ। 

लिम्बु समुदायको विवाह चलनमा बोलिने लवज, केटा र केटीका आफन्तमा हुने सद्भाव, प्रेम, आदर, गहिरो छ। खानपानमा लिम्बु समुदाय कति उदार छ भन्ने पनि देख्‍न सकिन्छ।

रंगमञ्‍चमा प्रयोग भएको ‘सेट’ निकै भव्य लाग्छ। 


दुई गाउँलाई जोड्ने झोलुङ्‍गे पुल आफैँमा सामाजिक सद्भाव बचाइराख्‍ने ‘बिम्ब’ हो। सोल्टी-सोल्टेनीलाई एक बनाउने पहिलो खुट्किलो झोलुङ्‌गे पुल नै हो। 

लिम्बु समुदायको घरघरमा बनाइने घरेलु जाँड, घरघरै पालिने सुङ्गुर, कोसेलीमा अनिवार्य दिइने घरेलु मदिराको बोतल, तोङ्बा, विवाहमा बजाइने च्याब्रुङ, गुन्द्री, जाँड बनाउनु, बुङ्गुर काट्नु, भोज पकाउनुलगायत ‘प्रप्स्’ मौलिक छन्। पाहुनालाई बस्‍ने ठाउँ बनाउन साच्चैँको पराल बिछ्याएको छ। 

यस्तो लाग्छ दर्शक स्वयम् विवाह भोजमा सामिल भइरहेका छन्। साँच्चै, एकछिनलाई खाँट्टी लिम्बु गाउँमा पुगेको महसुस हुन्छ। लिम्बु समुदायका छोरी चेलीको त्याग, परिवारप्रतिको कर्तव्य निर्वाह गर्न आवश्यक सहनशीलताजस्ता मार्मिक पक्ष दुलहीको भाउजुको कथाले दर्शाएको छ। 

सानैमा आमा गुमाएकी नन्दलाई भाउजुले दिएको मातृ-स्नेहका कारण उनका आँखामा आफ्नै छोरीको विदाई गरेझैँको पीडा झल्केको छ। नन्दको विवाहमा लाग्ने खर्चप्रति भाउजुको चिन्ता र माइतीले चोरको स्वर नस्वीकार्दा बर्षौ माइत जान नपाएको दुःखको दृश्यले एकछिन दर्शकलाई स्तब्ध बनाउँछ। 

दुई फरक गाउँका अलि भिन्‍न परिस्थिति तर उस्तै प्रचलन, परिवेश र चालचलन निकै प्रिय लाग्छन्। सोल्टा-सोल्टिनीमा पलाउने प्रेम र पूर्वेली भाकाको दोहोरी सुनिरहुँ लाग्छ।


नाटकलाई थप जीवन्त प्रकाश संयोजनले बनाएको छ। त्यसैगरी च्याब्रुङको ताल (लिम्बु समुदायको मौलिक बाजा) को पार्श्व संगीत अझ गजब छ।

म्युजिक भिडियो निर्देशन गर्दै आएका नवीन चौहानको पहिलो प्रयास सफलताको नजिक छ। लिम्बुवान क्षेत्रमा हुने सांस्कृतिक चलनलाई कथामा बुन्‍न नवीन चौहानको प्रयास सराहनीय छ। मौलिक कथालाई स्वादिलो, चोटिलो र संवेदनशीलताको मिश्रण दिने प्रयास गरेका छन्।

नाटकले लिम्बु समुदायमा हुने विवाह चलनलाई जस्ताको त्यस्तै प्रस्तुत गर्न सफल भएपनि गहिरो कथा बोक्न भने चुकेको छ। 

वैचारिक लडाइँ र विकासे योजनाले रैथाने संस्कृति लोप हुन पुगेको सन्दर्भ छुस्स जोडिएको छ। विकासे डोजरले चिहान डाँडा खन्‍न थालेपछि स्थानीय बुढापाकाको चिन्ता निकै हृदयस्पर्शी छ। यता स्वायत्त लिम्बुवान राज्य भएको हेर्न शेर्मा गाउँको युवाको सपना अझै मरेको छैन। तर, त्यो कथा विवाहकै खानपानमा हराएको छ।

थापागाउँस्थित मण्डला थिएटरमा मन्चन भइरहेको नाटक चोरको स्वर गीतसंगीतमा निरन्तर सफल भएको आर्टमाण्डुको पहिलो प्रस्तुती हो। 

कलाकारको जीवन्त अभिनय नाटकको थप बलियो पक्ष हो। निर्देशकद्वय अनिल सुब्बा र अन्वेश राई थुलुङले कलाकारलाई स्वतन्त्र छोडिदिएका छन्। 

निर्देशक सुब्बा स्वयंम् अभिनय गरेका छन्। साथै रूपेश लामा, कवि राई, लक्ष्मी योङहाङ, इँगिहोपो कोइँच सुनवार, संगीता थापामगर वेदना लगायत कलाकारको अभिनय रहेको छ। नाटकको अन्तिममा पृष्ठभूमिमा सुनिने आवाजले लिम्बु समुदायमा बोलिने विम्बात्मक भाषा निकै यादगार लोभलाग्दो छ: सेवारो १ तपाईहरुको गाउँघरमा एउटा सुन्दर फूल फुलेको रहेछ। फूलको बासना हाम्रो गाउँसम्म पुगेछ। त्यसलाई हाम्रो भमराले मन पराएछ। अनि त्यो फूललाई हाम्रो भमराले चुँडेर लगेछ। 


प्रकाशित: June 9, 2022 | 07:57:07 काठमाडौं, बिहीबार, जेठ २६, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
फिल्म

भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा

शैक्षिक योग्यता नपुगेको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
नेपाल समय
कला/साहित्य

लोककलाकार जीवनी कृति सार्वजनिक

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको लोककला विभागले प्रकाशन गरेको उक्त कृतिमा नेपालमा प्रचलित विभिन्न लोककलामा काम गर्ने एक दर्जन बढी कलाकारको जीवनी समेटिएको छ।
नेपाल समय
फिल्म

कलाकार बनाएको फिल्म 'प्रकाश' छाडेर ‘हिरोइजम’मै फर्किए प्रदीप

१० भदौमा प्रदर्शनमा आउने चलचित्र प्रकाशको प्रचार–प्रसारका लागि कलाकारले नेपालका सहर घुमिरहे पनि प्रदीपले टोलीलाई बीच बाटैमा छाडिदिएका छन्।
नेपाल समय
फिल्म

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।
नेपाल समय
फिल्म

‘सायरा’बाट आर्यनले खस्किएको करियरलाई छलाङ लाउन सक्लान्

पछिल्लो समय कुनै पनि हिट फिल्म दिन नसकेका आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना