मंगलबार, असार १४, २०७९

मेरो डान्स’ र ‘मेरो भ्वाइस कप’ नेपाल भित्रिए

नेपाल समय  |  काठमाडौं, बिहीबार, जेठ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ५, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- अमेरिकामा सफल दुई रियालिटी शो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप युएसए’ नेपाल भित्रिएका छन्। बुधवार राजधानीमा एक कार्यक्रमका बीच यी दुई रियालिटी शो नेपाल आएको जानकारी गराइयो। 

चौथो संस्करणमा रहेको ‘डान्स कप’ र दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’को अहिले अमेरिका र क्यानडा लगायतका देशमा अडिसन भइरहेको छ भने टप १२ मा छनोट भएका प्रतिस्पर्धीले नेपाल आएर आफ्नो प्रस्तुति दिनेछन्। दुवै कार्यक्रमको फाइनल भने अमेरिकामा हुनेछ।

‘मेरो डान्स कप युएसए’को निर्णायकमा कलाकारहरू मिथिला शर्मा, दिलीप रायमाझी, निरुता सिंह, केकी अधिकारी, शंकर बिसी र नमन राई छन्। त्यस्तै, ‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा दीपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, मुस्कान मगर, सुजता बर्मा र अर्जुन पालिखे रहेका छन्। दुवै कार्यक्रम ग्यालेक्सी फोके टेलिभिजनबाट प्रसारण हुनेछन्। 

दुवै प्रतियोगिताको प्रथम विजेताले र्‍याभफोर कार, दोस्रोले गोल्डेन कप र तेस्रोले सिल्भरकपसँगै नगद राशि र गिफ्ट पाउने आयोजक संस्था इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका सचिव गोपाल धितालले जानकारी दिए। तेस्रो मुलुकमा रहेका नेपाली भाषीको नेपाली गीत, संगीतप्रतिको माया र सम्मानलाई अझ सशक्त रूपमा प्रस्फुटन गर्न र नेपाली भाषीमा भएको प्रतिभालाई उजागर गर्न यी दुई रियालिटी शो आयोजना गरिएको उनको भनाई छ।  यी कार्यक्रमबाट संसारभर रहने नेपालीभाषीहरूको एक आपसको सद्भाव कायम रहन मद्दत गर्ने हाल अमेरिकामा नै रहेका इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले बताए।

‘मेरो डान्स कप’लाई सुदीप सिग्देल र सुनिता गुरुङले सञ्चालन गर्नेछन् भने ‘मेरो भ्वाइस कप’को उद्घोषण गर्ने अभिभारा सन्दीप क्षेत्री र रीमा विश्वकर्माले पाएका छन्। दुवै रियालिटी शोको निर्देशन भने एलिन श्रेष्ठले गर्नेछन्। निर्देशक श्रेष्ठले नेपालमा दुवै रियालिटी शोको छायांकन गर्नका लागि अहिले सेट निर्माणको काम भइरहेको जानकारी दिए। 

अन्तर्राष्ट्रिय रियालिटी शोलाई अझ स्तरीय बनाउन आफूले कुनै कसर नछाड्ने उनको भनाई छ। यी दुवै रियालिटी शोको नेपाल व्यवस्थापन यस संस्थाको नेपाल च्याप्टरका कार्यकारी अध्यक्ष सन्जीत भण्डारीले गर्नेछन् भने प्रेस संयोजक जीवन पराजुली हुन्।

‘मेरो डान्स कप’को निर्णायकमध्ये एक इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन नेपालका अध्यक्ष दिलीप रायमाझीले नेपालभन्दा बाहिर बस्ने नेपालीहरूलाई नेपाली कला, संस्कृतिसँग जोडिराख्न यी दुई रियालिटी शोले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले भने, ‘हामी नेपालीहरू विभिन्न कारणले विदेशीनु परेको छ। हामीसँगै सन्तानहरू पनि बिदेसिएका छन्। र, ती सन्तानहरू ठूलो भएपछि त्यहीको कला, संस्कृतिलाई अपनाउन थाल्दछन्। जसले गर्दा हाम्रो भाषा, कला संस्कृति बिर्सिँदै जान्छन्। यसैलाई जोगाउनु नै नृत्य र गायन रियालिटी शोको उद्देश्य हो।’ 

त्यस्तै, ‘भ्वाइस कप’को निर्णायकमध्ये एक दीपक जंगमले नेपाली भाषा, कला र संस्कृतिलाई एक सुत्रमा बाँध्ने रियालिटी शोमा आफू आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरे। विदेशमा जन्मे हुर्केका नेपालीलाई नेपाली भाषा, कला, संस्कृतिको जागरण फैलाउन ‘मेरो डान्स’ र ‘मेरो भ्वाइस कप’ले महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ। ‘भ्वाइस कप’का अन्य दुई निर्णायक सुरेश अधिकारी र शिव परियारले पनि कला, संस्कृतिलाई बचाउने रियालिटी शोमा आबद्ध हुन पाएको खुसी व्यक्त गरे।


प्रकाशित: May 19, 2022 | 13:58:17 काठमाडौं, बिहीबार, जेठ ५, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

थप समाचार

नेपाल समय
फिल्म

'दोख'को ट्रेलर रिलिज गर्दै निर्देशक बरालले भने– युद्धका कथा अझै भन्न बाँकी छ

एक दशक लामो सशस्त्र द्वन्द्वको परिवेशमा दुई गाउँबीचको झगडाको विषयवस्तुलाई लिएर निर्माण गरिएको चलचित्र ‘दोख’ को ट्रेलर रिलिज भएको छ।
नेपाल समय
रङ्गमञ्च

भारतीय रंगकर्मी अनुराधा मजुमदारको मुख्य भूमिकामा 'साबिती' नाटक मञ्चन हुँदै

थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ।
नेपाल समय
कला/साहित्य

नेपाली लेखक संघद्वारा ‘विशिष्ट लेखक पुरस्कार’ घोषणा

नेपाली लेखक संघको काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने एक जना स्रष्टालाई एक लाख राशिको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
नेपाल समय
फिल्म

तीन दशकअघि 'दिवाना'ले जन्माएको सुपरस्टार

अरमान कोहलीले छाडेको ‘दिवाना’ फिल्ममा पहिलोपल्ट इन्ट्री पाएका बलिउड वादशाह शाहरुख खानको फिल्मी किस्सा।
नेपाल समय
फिल्म

त्यसैले साउथ रिमेकको जादू चल्न छाड्यो बलिउडमा

अहिले भारतभरि साउथका स्टारहरू चर्को स्वरमा बोलिरहेका बेला तमिल–तेलुगु–मलयालम–कन्नडका ओरिजिनल सुपरहिट फिल्महरू हिन्दी शैलीमा हेर्दा के अनौठो होला भन्ने प्रश्न उठिरहेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना