आइतबार, असार १९, २०७९

कवि श्रवण मुकारुङ्गका साथमा नेपालयको ‘ई-कविता’

नेपाल समय  |  काठमाडौं, आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपाली कविताहरू अनलाइनमा पढ्न र सुन्न पाइने नयाँ प्लेटफर्म 'नेपालय ई-कविता' सञ्चालनमा ल्याइएको छ। 

पब्लिकेसन नेपालयले कवि श्रवण मुकारुङसँगको सहकार्यमा यो काम शुरू गरेको हो। यसका संयोजक तथा क्युरेटर मुकारुङले आफ्नो सहित पुराना र नयाँ कविहरूका अप्रकाशित सिर्जना प्रस्तुत गर्नेछन्। साप्ताहिक रूपमा सार्वजनिक हुने कविताहरू निर्धारित शुल्क तिरेपछि पढ्न र कविहरूकै आवाजमा वाचन सुन्न सकिने नेपालयले जनाएको छ।

नेपालयका किरणकृष्ण श्रेष्ठले कोभिड-१९ को महामारी उत्कर्षमा रहँदा सबै क्षेत्र जस्तै प्रकाशन र पाठक जमातलाई पनि खुम्च्याएको वेला अनलाइनमा उपलब्ध सामग्रीले साहित्यिक भोक मेटेको अनुभवले नै ई-कविताको जन्म गराएको बताए। 

"महामारी सिर्जित क्वारेन्टिनको समयमा प्रकाशित र प्रसारित सिर्जनाले सर्जक र पाठक–श्रोताबीच सेतुको काम गरे पनि व्यावसायिक व्यवस्थापनको आवश्यकता पनि महसूस भयो, ई-कविताको परिकल्पना त्यही व्यावसायिक सेतु हो," उनले भने। यसले पाठकसँग कविहरूलाई व्यावसायिक रूपमा प्रत्यक्ष सम्बन्ध गाँस्ने प्रयास गर्ने उनले बताए।

ई–कविताका संयोजक मुकारुङले कविता लामो समयदेखि व्यावसायिक प्रकाशनको प्राथमिकतामा पछाडि रहनुमा कविता लेख्ने र प्रकाशन गर्ने कामलाई व्यावसायिक बनाउन नसक्नु मुख्य कारण रहेको औंल्याउँदै यो रिक्तता पुर्न नयाँ शुरूआत गरिएको बताए। "ई-कविताले कविहरूलाई गरिमा र सम्मान प्रदान गर्दै सुसूचित बन्ने र किनेर पढ्ने पाठकको सङ्गतमा पनि पुर्‍याउनेछ," उनले भने।

ई–कविताको औपचारिक शुरूआत वैशाख १७ गतेदेखि हुने भएको छ। उक्त दिन आमाको मुख हेर्ने दिन परेकाले शृङ्खलाको पहिलो कविताका रूपमा आमाहरू र अग्रजप्रति सम्मान स्वरूप कवि गोपालप्रसाद रिमालको चर्चित कविता 'आमा' लाई मुकारुङले वाचन गरेका छन्।

शुरूको महीना पाठक तथा श्रोताले आफ्नो नाम दर्ता गरेर कविताहरू नि:शुल्क पढ्न र सुन्न पाउनेछन् भने त्यसपछि नि:शुल्क पढ्न पाउने कोटा महीनाको एउटा कवितामा सीमित गरिनेछ। सबै कविता पढ्न र सुन्न चाहनेले वार्षिक ग्राहक बन्नुपर्ने नेपालयले जनाएको छ। 

नेपालयका श्रेष्ठले कविता विधालाई व्यावसायिक बनाउन आफूहरूले शुरूआती प्रयास गरेको र कविताप्रेमी सचेत पाठकहरूबाट साथ-सहयोग पाउनेमा विश्वस्त रहेको पनि बताए। 

ई-कविताको प्राविधिक विकास र व्यवस्थापन थुप्रै डटकमले गरेको छ। थुप्रैले ई-कवितालाई आफ्नो ई-बूक एपबाट पनि पढ्न र सुन्न सक्ने गरी व्यवस्थापन गर्ने जनाइएको छ।

ई-कवितामा उपलब्ध हरेक कविता पढ्न र सुन्न रु.१५ लाग्नेछ भने रु.५२५ तिरेर वार्षिक ग्राहक हुने व्यवस्था गरिएको छ। यस्तै, विदेशमा बस्नेले पाँच अमेरिकी डलरमा वार्षिक ग्राहक बन्न सक्ने नेपालयले जनाएको छ।


प्रकाशित: May 1, 2022 | 11:28:17 काठमाडौं, आइतबार, वैशाख १८, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

उपचार खर्च नहुँदा द्वन्द्वकालका घाइते पूर्वजनमुक्ति सेनाका कमाण्डर सेवकको निधन

द्वन्द्वकालमा घाइते भएका पूर्वजनमुक्ति सेनाका कमाण्डर नमराज न्यौपानेको निधन भएको छ। द्वन्द्वकालमा तत्कालीन सत्तापक्षसँगको लडाइँका क्रममा घाइते भएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने सेवकको काठमाडौंका सडक पेटीमै निधन भएको हो।

रवि लामिछानेको दलले सार्वजनिक गर्‍यो १९ केन्द्रीय सदस्यको नाम [सूचीसहित]

राष्ट्रिय स्वतन्त्र पार्टीले १९ केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ। रवि लामिछाने सभापति रहेको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले १९ केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गरेका हुन्।

अर्थतन्त्रको संगति कहाँनेर खुस्क्यो सरकार?

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा पुगिसकेको वा उक्त बाटोमा जाँदै जाँदैन भन्‍ने दुबै थरीको तर्क गलत हुन्

बिमला वलीको राजीनामाको भित्री रहस्य

एकातर्फ सरकारलाई आर्थिक वर्ष ०७९-८० को बजेट संसद्‌बाट पारित गर्नुपर्ने बाध्यता थियो भने अर्कोतर्फ सरकारी प्रतिवेदनमै राज्यमन्त्रीको कमजोरी औंल्याउनुपर्ने भएपछि सरकारमाथि थप नैतिक संकट आउन नदिन मुख्यमन्त्री केसीकै सल्लाहमा राज्यमन्त्री वलीले राजीनामा दिएको सूचना प्रवाह गरिएको हो। वलीलाई राज्यमन्त्रीबाट बर्खास्त गर्नुको सट्टा आफैँ राजीनामा दिएको सन्देश दिन मुख्यमन्त्री केसीले वलीलाई सुझाएका हुन्।

चलचित्र विकास बोर्डको अध्यक्षका लागि ७ जनाको आवेदन

सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भूवन केसी, निर्देशक सम्झना उप्रेती रौनियार, बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डित, निर्देशक अरुणकुमार प्रधान, निर्माता सुशिलकुमार पोखरेल, निर्देशक नरेशकुमार पौड्याल र कलाकार सुष्मा कार्कीले आवेदन दिएका हुन्।

राजदूत बन्न चाहन्छन् राजेश हमाल?

प्रचण्ड र हमालबीचको भेटमा नेपाली चलचित्रका समस्या, समसामयिक राजनीतिदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना–परिघटनाबारे अन्तरंग संवाद भएको बताइएको छ।

निर्वाचन आयोगले दर्ता गर्‍यो रवि लामिछानेको दल, चुनाव चिह्न घण्टी नै

आयोगले उनको दललाई घण्टी चुनाव चिह्न दिएको छ। यो चुनाव चिन्ह अरु पार्टीले नपाएकाले स्वतन्त्रलाई नै दिने निर्णय गरेको हो।

घर फर्किएकी यान्छी

एमसीसीको विवाद बढ्नुमा चिनियाँ दूतावासको भूमिका रहेको भन्‍ने आरोप लागे पनि चीनसँग सन् २०१७ मा नै सम्झौता भएको बीआरआईका विषयमा भने कुनै पहल हुन सकेन।

...त्यसपछि न मान्छे आयो, न खबर

खाटमा बसेर कापीमा अक्षरहरु कोर्दै गरेको नाबालक छोरा हेरेर टोलाउँछिन् वीरमा। ‘छरछिमेकका केटाकटीले बाउ भनेको सुन्दा यसले मलाई हेर्छ, हाम्रो बाबा कहिले आउनुहुन्छ भनेर सोध्छ,’ वीरमाको मन निचोरिएर आउँछ, त्यो पीडा उनको अनुहारमा कालोनिलो भएर मडारिन्छ, मुख छोपेर घुँक्कघुँक्क रुन्छिन्।

आफ्नै काकाबाट बलात्कृत भएको भन्दै अर्की युवती रुँदै टिकटकमा, न्यायका लागि लडिदिन आग्रह

‘मैले धेरै प्रयास गरेँ तर यो घटनाबाट भाग्न सकिनँ। यहीकारण परिवारबाट पनि टाढा छु। मलाई कसैको सहयोग छैन। समाजले थाहा पायो भने बिहे कसले गर्छ भनेर परिवारले पनि सहयोग गरेनन्। मेरो पीडा सुनाउने पनि जीवनमा कोही छैनन्,’ टिकटकमा उनले रुँदैरुँदै पीडा पोखेकी छिन् ।

थप समाचार

नेपाल समय
फिल्म

‘कलाकर्मी डाइजेष्ट’को विमोचन, पाँच व्यक्तित्वलाई कलाकर्मी सम्मान

कलाकर्मी मिडिया म्यानेजमेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’को पहिलो अंकको शनिबार काठमाडौंको पुरानो वानेश्वरस्थित लोकल सेकुवा रेष्टुरामा आयोजित एक समारोहमा विमोचन गरिएको छ।
नेपाल समय
फिल्म

'विजुवा लाउने' चौरमा 'दोख'लाई लागेको दोष

माओवादी द्वन्द्वका बाछिटालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘दोख’ चलचित्र प्रदर्शनमा आउँदासम्म अनुपले भोगेका हैरानीको फेहरिस्तले जोकसैलाई स्तब्ध बनाउँछ।
नेपाल समय
फिल्म

चलचित्र विकास बोर्डको अध्यक्षका लागि ७ जनाको आवेदन

सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भूवन केसी, निर्देशक सम्झना उप्रेती रौनियार, बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डित, निर्देशक अरुणकुमार प्रधान, निर्माता सुशिलकुमार पोखरेल, निर्देशक नरेशकुमार पौड्याल र कलाकार सुष्मा कार्कीले आवेदन दिएका हुन्।
नेपाल समय
फिल्म

तिहार ताक्दै 'प्रसाद-२' को घोषणा

०७५ सालमा प्रदर्शनमा आएको 'प्रसाद'को सिक्वेलको रूपमा 'प्रसाद २' बन्न लागेको हो।
नेपाल समय
संगीत

ग्रामीमा नेपाली संगीत चिनाउने अवसर गायक बिपुल क्षेत्रीलाई

रेकर्डिङ एकेडेमीले नेपाली भाषी गायक क्षेत्रीसहित दुई हजारभन्दा बढी विश्व संगीतका सर्जकलाई सदस्यतामा नियुक्त गरेको जनाइएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना