बिहीबार, असोज २०, २०७९

यायावर विमल, जो मण्डलाभित्र 'पल्पसा क्याफे'को दृश्य बनेर डुलिरहेछन्

राज सरगम  |  काठमाडौं, शनिबार, वैशाख १७, २०७९

राज सरगम

राज सरगम

शनिबार, वैशाख १७, २०७९, काठमाडौं

नेपाल समय
तस्बिर : सिमाेन पाैडेल

रंगकर्मी विमल सुवेदी आफूलाई हिँडाइरहन मन पराउँछन्। उनको यो आदत युवा अवस्थामा बसेको होइन,  सानैदेखिको हो। खासमा आफ्नै बुबाले लगाइदिएको बानी हो यो। 

विमलका बुवा सरकारी अधिकृत थिए। त्यसैले जहाँ–जहाँ उनको सरुवा हुन्थ्यो, त्यहीँ त्यहीँ उनको हात समाएर पुग्थे विमल। यतिबेला मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक 'पल्पसा क्याफे'मा यस्तै एक यायावर पात्र छ, 'दृश्य'। दृश्य बिन्दास डुलिरहन्छ। नयाँ–नयाँ पेन्टिङ बनाइहिँड्छ। र, आफूलाई स्वतन्त्र चराझैं नयाँ–नयाँ स्थानमा पुर्‍याइरहन्छ। 

पत्रकार तथा लेखक नारायण वाग्लेको उपन्यास 'पल्पसा क्याफे'लाई नाट्य रुपान्तरण गरेर विमलले मञ्चमा उतारेका छन्। जो आफै 'दृश्य'जस्तै डुलिहिँड्छन्। भन्छन्, 'खासमा दृष्यपात्रको ९० प्रतिशत म नै हुँ। दृष्यको क्यानाभास चाहिँ कपडा हो। मेरो क्यानभास चाहिँ रंगमञ्च हो। बस्, यत्ति फरक छ। बाँकी हामी उस्तैउस्तै छौं।'

यायावरका लागि यात्रा नै घर हो। तर, मानिस जति नै यायावर भए पनि उसको घर त हुन्छ नै। यद्यपि सर्लाहीमा जन्मिएका विमल भने आफ्नो घरको ठेगाना भन्न रुचाउँदैनन्। जसरी एउटा यायावरले आफ्नो फकिर यात्रालाई नै आफ्नो घर ठान्छ, उनी त्यसैगरी आफ्नो घर 'ट्रली'लाई ठान्छन्। अर्थात्, रफ्तारमा कुदिरहेको रेलको डब्बा। 

भलै 'दृष्य' एउटा फिक्सन पात्र हो, तर विमलका लागि भने यो वास्तविक पनि हो। किनभने उनको दाबी छ, यसका स्वभाव उनीसँग मिल्छन्। उनलाई लाग्छ, उनी यो पात्रमार्फत् आफूभित्रै गढेका भावना र संवेदनशील कुरा 'रिलिज' गरिरहेका छन्। भन्छन्, 'दृष्यमार्फत खासमा म आफ्ना कुरा भनिरहेको छुा भन्न पाएकोमा खुशी त छु नै, सँगसँगै हलुका महसुस पनि भएको छ।'

यदि कसैले 'पल्पसा क्याफे'लाई पुस्तकमा मात्रै पढेको छ भने त्यसको 'दृश्य' पात्रमा विमल नभेटिन सक्छन्। विमलको यहाँ पनि दाबी छ, 'नाट्यकरण गरेर जन्मिएको रंगमञ्चको 'दृष्य'मात्रै म हुँ, अर्थात् यो चाहिँ म जस्तै छ।'

सिर्जनात्मक क्षमताका हिसाबले विमल अरुभन्दा पृथक् छन्। सन् २००९ दिल्लीस्थित स्कुल अफ ड्रामा (एनएसडी) बाट रंगमञ्चमा प्रविधि, डिजाइन र निर्देशनमा स्नातकोत्तर गरेका उनी आफ्ना हरेक नाटकमा नयाँ सीप र शैली प्रयोग गर्न रुचाउँछन्। 

उनका लागि 'पल्पसा क्याफे' पनि त्यस्तै एउटा प्रयोग हो। 

पहिलोपटक यो उपन्यास पढेको ठ्याक्कै सम्झना छैन उनलाई। न त यसमाथि नाटक नै गर्छु भनेर कहिल्यै सोचेका थिए उनले। जब यो नाट्य रुपमा आयो, त्यसपछि चाहिँ विमललाई 'दृश्य' आफूजस्तै लाग्यो। नाटकका लागि पात्रहरु सबै छानिए तर यही पात्र छान्न चाहिँ उनलाई सबैभन्दा बढी सकस भयो। सुरुमा यो पात्र निर्वाहका लागि सौगात मल्ललाई सम्झिएका थिए उनले। तर विविध प्राविधिक कारणले यो सम्भव भएन। अन्तिम चरणसम्म पनि 'दृष्य' भेटिन गाह्रो भयो उनलाई। 

यदि कसैले 'पल्पसा क्याफे'लाई पुस्तकमा मात्रै पढेको छ भने त्यसको 'दृश्य' पात्रमा विमल नभेटिन सक्छन्। किनभने विमलको यहाँ पनि दाबी छ, 'नाट्यकरण गरेर जन्मिएको रंगमञ्चको 'दृष्य'मात्रै म हुँ, अर्थात् योचाहिँ म जस्तै छ।'

यत्तिकैमा एकदिन नाटकका सहायक निर्देशक दिलिप रानाभाटले विमललाई भने, 'अब तपाई नै गर्नुस् यो पात्र।'

एक्कासी सोचमग्न भए उनी। 'दृष्य'को संघर्ष आफैँमा जटिल थियो। जोसुकै कलाकार होस्, त्यो पात्रको 'फ्लेभर' आफूमा ल्याउन लामो मेहनत आवश्यक थियो।  'हजूरले बोल्दिए मात्र पनि पुग्छ' जब नाटकको टिमले उनलाई यसरी फकायो, त्यसपछि उनी स्वयम् यो पात्र बन्न तयार भए। 

'चार शोसम्म त मलाई निकै गाह्रो भयो। पछि विस्तारै लय समाएँ,' मञ्चमा पात्र निर्वाह गर्नुपर्दाको सकस सुनाउँछन् उनी। 

शुरुमा यो पात्र निर्वाह गर्न उनी डराउनुको कारण 'लामो ग्याप' पनि थियो। किनभने १४ वर्षपछि उनी अभिनयमा फर्कंदै थिए। ठट्यौली पारामा भन्छन्, 'ठ्याक्कै १४ वर्षको वनवासपछि अभिनयमा फर्कंदा अलिअलि अप्ठ्यारो त भइहाल्छ नि!'

000

विमलले सन् २००८ मा अभिनय गरेको नाटक हो, 'बाँकी उज्यालो'। गिरिश कर्नाटको यो नाटकलाई रंगकर्मी अनुप बरालले निर्देशन गरेका थिए, जसमा मुख्य भूमिका विमलकै थियो। 

यो नाटकमा उनले निर्वाह गरेको पात्र थिए, 'सतीश'। दिदी र भाइबीचको अवैध शारीरिक सम्बन्धको मनोवैज्ञानिक पाटो नाटकमा उठाइएको थियो। यौन मनोविज्ञानसँग नजिक रहेको उक्त नाटकमा भाइको भूमिकामा थिए, विमल। 

१४ वर्ष अगाडि 'सतीश' बनेर मञ्चमा उभिएको सम्झिँदा विमललाई हाँसो लाग्छ। त्यो नाटक गर्दाका दिनलाई करिअरको 'सिकाइ' ठान्छन् उनी। संघर्षका दिन भएकाले त्यतिबेला राम्रै गरेजस्तो लागे पनि अहिले त्यस्तो लाग्दैन उनलाई। भन्छन्, 'त्यतिबेलाका पात्रहरू वाचक थिए। संवादप्रधान हुन्थ्यो अभिनय। प्रप्स न्यून हुन्थ्यो। आजको नाटकमा धेरै फरक छ।'

'पात्रको धरातल गोल्ड स्टार हो। त्यहाँ 'टाइम फ्रेम' आउँछ। वर्गको कुरा हुन्छ। माओवादी जनयुद्धताका गोल्डस्टार जुत्तामा तत्कालीन सरकारले प्रतिबन्ध नै लगायो। त्यसैले गोल्डस्टार जुत्ताले यति कथा भनेपछि पात्र बोलिरहनु परेन नि!'

विमललाई लाग्छ, आजका नाटकले कथा भनिरहेका छन्। 'त्यतिखेर त थिएटर भनेको 'एक्टिङ' मात्रै हो भन्ने लाग्थ्यो। तर, त्यो होइन रहेछ,' नाटकमा आएको परिवर्तन सोध्दा यस्तै भन्छन् उनी। 

नाटकमा समाजको प्रतिनिधित्व गर्ने मानिस मात्रै पात्र हुँदैन। मानिससँग जोडिएको अन्य भौतिक वस्तु पनि पात्र लाग्छ उनलाई। त्यसैले त उनी 'मल्टिपल लेयर'का कथा भन्न रुचाउँछन्। उनका लागि पात्र भनेका मानिस मात्रै होइनन्। मानसिका वरपर छरिएका अन्य वस्तु, रुङ, ध्वनी सबै पात्र हुन्। 

'कथा पात्रलाई मात्रै भन्न दिने होइन, बरु छर्दिने हो। एकै ठाउँमा राख्नु भनेको त पुरानो शैली हो,' उनले भने। एक्टरले आएर सबै भन्नु हुँदैन भन्ने लाग्छ उनलाई। बरु सम्भावना रहेसम्म अलिकति उदार लोकतान्त्रिक हुनुपर्छ। पात्र स्वयंले आफ्नो 'च्वाइज' सिर्जना गर्न सकोस् भन्छन् उनी। 'नत्र आर्टमा पनि मैले भनेको जस्तै हुनुपर्छ भनेर लादिन्छ भने त्यो डिक्टेटरसिप हो,' उनले भने।

दर्शकको चिन्ता कलाकार र निर्देशकले लिने होइन भन्ने पनि लाग्छ उनलाई। दर्शकले बुझ्दैनन् भन्नु न्यायपूर्ण नहुने उनको भनाइ छ। 

'पात्र कसरी बलियो हुन्छ?'

क्याजुअल्ली गरिएको यो प्रश्नको जवाफमा उनी अलि गम्भीर सुनिए। 'एउटा पात्रले मुख मात्रै चलाएर संवाद भन्दैन। बरु उसँगै आउने स्पेस, प्रप्स, इलेमेन्ट, रङ, बिम्ब सबैलाई सँगै राख्यो भने पो पात्र कथा भन्दा झन् बलियो हुन्छ,' उनले थपे।

'पल्पसा क्याफे'मा देखिने गोल्डस्टार जुत्ता यस्तै एक भौतिक पात्र हो। 

'पात्रको धरातल गोल्ड स्टार हो। त्यहाँ 'टाइम फ्रेम' आउँछ। वर्गको कुरा हुन्छ। माओवादी जनयुद्धताका गोल्डस्टार जुत्तामा तत्कालीन सरकारले प्रतिबन्ध नै लगायो। त्यसैले गोल्डस्टार जुत्ताले यति कथा भनेपछि पात्र बोलिरहनु परेन नि!'


पल्पसा क्याफे डिजिटल माध्यममा पनि छायो। निर्देशक विमलका अनुसार यसो हुनुको कारण, पात्रले मागेकै प्रप्सको प्रयोग हो। भन्छन्, 'पल्पसा डकुमेन्ट्री मेकर हुन्। उनी नयाँनयाँ लोकेशनका पात्रलाई आफ्नो क्यामेरामा कैद गर्छिन्। त्यसैले मैले यसमा भिडियोको आवश्यकता ठानेँ। पात्रको मागअनुसार नै भिडियोको प्रयोग गरेको हो। यसलाई हामी भिजुअल आर्टको रूपमा लिन्छौं।'

हालसम्म काम गरेमध्ये मन परेको पात्रबारे सोध्दा झट्ट सम्झिन सकेनन् विमलले। न त 'पल्पसा क्याफे'का पात्रमध्ये एक छानेर– 'यो मन पर्छ भन्न नै सके।'

उनका लागि सबै पात्र प्रिय छन्। पात्रहरू आआफ्ना विशेषता बोकेर बाँच्ने भएकाले ती आफ्ना ठाउँमा निकै महत्वपूर्ण र बलिया लाग्छन् विमललाई। 

पल्पसा क्याफे पर्खिनेहरुको कथा हो। हजूरआमाका माध्यबाट कथा भन्न खोजिएको छ। 'पात्रहरूले आ–आफ्ना कथा भन्न आएका छन्। आआफ्नो समुदायको प्रतिनिधित्व गरेका छन्। त्यसैले यहाँ कुनै व्यक्तिगत पात्र छ जस्तो लाग्दैन मलाई,' उनले भने। 

000

रंगमञ्चकै बहाना विश्वको विभिन्न सहरमा यात्रा गरिरहन्छन्, विमल। २०७३ सालमा उनले जर्मन र बेलायत सरकारका तर्फबाट एक वर्ष लामो कला व्यवस्थापन तथा सांस्कृतिक नीति विषयक विद्वतवृत्ति पनि पाएका थिए।  

सत्यमोहन जोशीको 'चारुमती', अभि सुवेदीको 'सान्दाजुको महाभारत', सञ्जीव उप्रेतीको 'मकैको अर्कै खेती' सँगै उनले स्पेनी नाटककार गार्सिया लोर्काको 'यर्मा', रवीन्द्रनाथ टेगोरको 'मालिनी' र हलिउडका नाट्य निर्देशक रोबर्ट लिनसँगको सहकार्यमा 'अ नाइट विथ माओ' निर्देशन गरेर नेपाली दर्शकलाई विश्वका उम्दा नाटकको आस्वादन गराएका छन्। 'अ नाइट विथ माओ'लाई भारत, 'मालिनी'लाई पाकिस्तान र 'ह्याम्लेट' बेलायत पुर्‍याएर नेपाली नाट्य निर्देशनको सामर्थ्य पनि प्रदर्शन गरेका छन्। 

दिव्य देव, सञ्जीव उप्रेती, सृष्टि श्रेष्ठ, कमलमणि नेपाल, भोला सापकोटाजस्ता उम्दा कलाकारलाई उनले नाटकमा अभिनय गराएका छन्। आफ्नै निर्देशनमा आफ्नै अभिनय हेर्दा धेरै कुरा खट्किने बताउँछन् विमल। 

'मालिनी' उनलाई निकै प्रिय लाग्ने एउटा पात्र हो। चर्चाका हिसाबले 'यर्मा' सम्झिए पनि पात्रको हिसाबले उनी 'मालिनी द प्रिन्सेस'लाई नै सम्झिन्छन्।

'मालिनी'को नामै लिँदामात्रै खुशी हुन्छन् उनी। आत्मीय छ रे उनका लागि। 'सान्दाजुको महाभारत' नाटकबाट भने आफूले कलात्मक न्याय गरेको लाग्छ उनलाई। भन्छन्, 'मैले बिर्सिनै नसक्ने 'सान्दाजुको महाभारत'को बीपी कोइराला पात्र पनि हो।' 

सान्दाजुको महाभारतमा सञ्जीव उप्रेतीले बीपी कोइरालाको भूमिका निर्वाह गरेका थिए।  'बीपी कोइराला राजनीतिक पात्र मात्र होइनन्। दार्शनिक मात्रै भन्दा पनि उनलाई न्याय हुँदैन। लेखक भनेर मात्र पनि उनलाई पुग्दैन। उहाँ बहुआयामिक व्यक्तित्व हुनुहुन्छ। त्यही भएर पनि मन परेको हो,' बीपी कोइराला पात्र मन पर्नुको कारण खुलाए उनले। 

थाइल्यान्डको मराडोकमाई सामुदायिक थिएटर, भारतको रोहतक फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट तथा एनएसडीकै भिजिटिङ अध्यापक भइसकेका विमललाई पात्र आफैमा ऐतिहासिक हुन्छन् भन्ने लाग्छ। 

जस्तो कि, 'दृष्य' पात्र आख्यानबाट जन्मिए पनि ऊ दशवर्षे जनयुद्धको सेरोफेरोले प्रभावित छ। 

'सान्दाजुको महाभारत'को पात्र बीपी कोइराला ठिक फरक छ। उनी वास्तविक पात्र भएकाले उनको मौलिकता छुट्टै छ। तर, फिक्सनबाट आएको पात्रलाई निर्देशक/कलाकारले 'एडप्ट' गर्न अलिकति स्वतन्त्रता पाउँछ।

तर, बीपी कोइरालाजस्ता वास्तविक पात्रलाई चलाउँदा 'फ्याक्ट'को नजिक भएर जानुपर्ने बताउँछन् उनी। भन्छन्, 'फिक्सनका पात्रलाई चलाउन सकिन्छ। तर वास्तविक पात्रको कथा पहिला नै 'क्लियर' भएर आउँछ। तिनलाई चलाउने सीमा हुन्छन्। ती सबै सत्य हुन् भन्ने हुन्छ।' 

दिव्य देव, सञ्जीव उप्रेती, सृष्टि श्रेष्ठ, कमलमणि नेपाल, भोला सापकोटाजस्ता उम्दा कलाकारलाई उनले नाटकमा अभिनय गराएका छन्। आफ्नै निर्देशनमा आफ्नै अभिनय हेर्दा धेरै कुरा खट्किने बताउँछन् विमल। 

'नढाटी भन्दा दृष्यको भूमिका अरू कसैले गरेको भए अझै बढी 'न्यायपूर्ण' हुन्थ्यो,' उनी भन्छन्, 'म त्यहीँ छु। शारीरिक रूपमा त्यो देखिए पनि स्वाभाविक रूपमा देखिन गाह्रो हुँदो रहेछ। आफैँ निर्देशक आफैँ कलाकार भएर जाँदा केही सीमितता हुँदो रहेछ। पात्रले जति फैलनुपर्ने थियो त्यति फैलिन पाउँदो रहेनछ। मेरो रियालाइजेसनमा खुम्चिनु पर्‍यो भन्ने लाग्छ, अर्कोपटक यस्तो हुनुहुँदैन भन्नेमा छु।'

'पल्पसा क्याफे'मा पनि फरकफरक स्वभाव र संघर्षका पात्र छन्। ती सबै पात्रले आआफ्नो हिसाबले यतिबेला दर्शकको मन तानिरहेका छन्। 

000

विमल नेपाली रंगमञ्चका एक यस्तो पात्र हुन्, जो नेपाली नाटकलाई अन्तर्राष्ट्रियकरण गर्नमा जुटिरहेका छन्। तर, उनलाई यो पनि थाहा छ, यहाँको रंगमञ्चमा छाएका पात्रले अझै दर्शक मन रिजाउन सकेको छैन।  

जसरी दर्शकले पल्पसा क्याफेका पात्र सम्झिरहेका छन्, त्यसैले विमलले पनि आफूले बाल्यकालमा भेटेका पात्रहरु अझै बिर्सिएका छैनन्। आफू 'डाइभर डिसिप्लेन'मा हुर्किएको लाग्छ उनलाई। आफूलाई ट्रलीकै मान्छे हुँ भनेर दोर्‍याइरहन्छन् उनी। भौतिक संरचनाले बनेको घरको ठेगाना अझै खुलेर सुनाउन सक्दैनन्। 

बाल्यकाल उनले सिन्धुलीमा बिताए। उतै पढे। पासपोर्ट सर्लाहीको बनाए। र, आफूलाई यायावर यात्री सम्झिन्छन्। यात्राकै क्रममा उनले बिर्सिनै नसकेको पात्र हुन्, विश्वकर्मा थरका साथीहरू, जसका नाम खुलाउन चाहेनन्। 

बाल्यकालमा स्थानीय बाजा बजाउँदै, गाउँदै, नाच्दै कलाप्रतिको मोह जगाइदिने विश्वकर्मा थरका ती साथीलाई सम्झिरहन्छन् उनी।  

'मनोरञ्जन भन्ने कुरा लुकेर गर्नुपर्थ्यो मेरो परिवारमा। खासै रुचाउँथेनन्। मलाई भने मनोरञ्जनतिर धेरै नै झुकाव थियो। यो क्षेत्र धेरैपछि कला रहेछ भन्ने थाहा पाएँ', विमल भन्छन्, 'जब कला हो भन्ने थाहा पाएँ अलिकति स्वतन्त्रताको आभाष भयो। त्यो फिल गराइदिने ती विश्वकर्मा थरका साथीहरू हुन्, जसले मलाई कलाकार बनाए।' 

बाल्यकाल उनले सिन्धुलीमा बिताए। उतै पढे। पासपोर्ट सर्लाहीको बनाए। र, आफूलाई यायावर यात्री सम्झिन्छन्। यात्राकै क्रममा उनले बिर्सिनै नसकेको पात्र हुन्, विश्वकर्मा थरका साथीहरू, जसका नाम खुलाउन चाहेनन्। 

ती पात्रले लगाएको गुन अझै बिर्सेका छैनन् उनले। ती मित्रहरू अहिले कहाँ छन् थाहा छैन्। तर ती छुटेका साथीहरु मनभित्र नबिर्सिने गरी गढेर बसेका छन्, धन्यवादका पात्र बनेर। भन्छन्, 'मेरो पहिलो गुरू तिनीहरू नै हुन्। 

३९ वर्षीय विमलले पहिलोपटक सिन्धुली माडीमा नाटक हेरेका थिए र आफूले पनि अभिनय गरेका थिए। 'फ्राइडे क्लब' नामको बाल क्लबले त्यो नाटक गरेको थियो। नाटकको मोहले परिवारको इच्छा विपरीत नाटक पढ्न सन् २००१ मा काठमाडौं आए उनी। राष्ट्रिय नाचघरमा नाटक सिक्न निवेदन दिए। पास भए। प्रभाकर शर्मा र वीरेन्द्र हमालसँग नाटक सिक्न थाले। 

यस्तैमा सन् २००४ तिर। एकदिन सौगात मल्लको मुख्य अभिनय रहेको नाटक 'रणदुल्लभ' मा उनले सानो भूमिका गर्न पाए। हुन त, विमलको प्रिय कलाकार हुन सौगात मल्ल। 

त्यो 'रणदुल्लभ' पात्रले उनको मथिंगल नमज्जाले घुमाएको थियो। 

'मलाई छोएको र प्रेरित गरेको पात्र थियो त्यो। साह्रै लोभ्याएको थियो त्यो पात्रले मलाई। हिप्नोटाइज नै गरेको थियो', सौगातले निर्वाह गरेको त्यो पात्र सम्झिएर कुराकानीलाई बिट मारे उनले।


प्रकाशित: April 30, 2022 | 15:13:11 काठमाडौं, शनिबार, वैशाख १७, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
संगीत

दसैंमा बज्ने कालजयी १० गीत

सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडबाडसम्बन्धी गीत गाउने गरेका छन्, धेरै दशैं गीत बज्ने गरे पनि दसैँभरि धेरै बज्ने मुख्य दश गीतले नेपालीको मन छुने गरेको छ।
नेपाल समय
कला/साहित्य

अनि दसैंमा गुन्जिन्छ 'रातो टीका निधारमा टलक्क टल्कियो'

दसैं नेपालीको मौलिक चाड हो। मौलिकतासँग नेपाल मनको आत्मीयता जोडिएकाले पनि रातो टीका निधारमा टलक्क टल्कियो गीतले दसैंलाई सम्झाइरहने ठान्छन्, संगीतकार बाँस्कोटा।
नेपाल समय
रचना

श्रीमानको साथी

घरमा कति योजना, कार्यक्रम वा पारिवारिक जमघटहरु चाहे ती जतिसुकै महत्वपूर्ण हुन् तर बीचमा कतै त्यो मान्छेको प्रसंग आइपुग्छ अनि ती सबै भताभुंग हुन्छन् अर्थात् सारा संसार एकातिर अर्कोतिर एकमात्र उ। कहिलेकाहीँ त लाग्ने कि त्यो साथी नभेट्दासम्म यो मान्छेको जीवन कसरी चलेको थियो होला, अहिलेको यसको पारा हेर्दा?
नेपाल समय
कला/साहित्य

त्यसैले देवेन्द्र बब्लुको दसैं काठमाडौंमै

माया बसेजस्तो, म त पर्खेको पख्र्यै छु, मायालु, मनमायाजस्ता चर्चित गीत गायक देवेन्द्र यसपालिको दसैं बिदामा सांगीतिक यात्रामा हुनेछन्।
नेपाल समय
कला/साहित्य

कोरानापछिको दसैं मनाउन गाउँ फर्किंदैछन् यी गायक-कलाकार

काठमाडौंलाई कार्यथलो बनाएर नाम अनि दाम कमाएकाहरू र यही घरजम गरिरहेका गायक÷कलाकारहरू पनि कोरोनाका कारण दुई वर्ष दसैं मनाउन नपाएकामा यसपालि पुख्र्यौली थलो गाउँ फर्किंदैछन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना