सोमबार, असोज १७, २०७९
नेपाल समय
मेरो जीवन मेरो मर्जी-४

सानैदेखि 'दबंग' दीपा जसले गर्ल्स स्कुल छाडेर केटाहरू पढ्ने स्कुल रोजिन्

राज सरगम  |  काठमाडौं, मंगलबार, वैशाख १३, २०७९
राज सरगम

राज सरगम

काठमाडौं, मंगलबार, वैशाख १३, २०७९

विराटनगरमा दीपाश्री निरौलाको घर नजिकै थियो, बालिका स्कुल। जहाँ छात्राहरू मात्रै पढ्न पाउँथे। सिनित्त कपाल कोर्दै जामामा सजिएर विद्यालय जान्थे अरूहरू। तर, दिपाश्री रत्तिएर खुसी हुन्थिनन्। स्कुलभित्र छिरेपछि सधैँ उनलाई लाग्थ्यो, ‘यो पर्खालभित्र मेरो स्वतन्त्रता कैद छ।’

तीसको दशक थियो त्यो। सुरक्षाको दृष्टिले अभिभावकहरू आफ्ना छोरीलाई गर्ल्स स्कुलमा पढाउने गर्थे। तर, दिपाका लागि त्यही दृष्टि निकै कष्टकर थियो। त्यहाँ पढ्न कत्ति पनि मन थिएन उनलाई। उनलाई लाग्थ्यो, घरदेखि पचास मिटरको दूरीमा रहेको त्यो बालिका स्कुलले शिक्षा दिने बहानामा छोरीको स्वतन्त्रता खोसिरहेको छ। 

‘मन नलाई–नलाई मैले त्यहाँ सात कक्षासम्म पढेँ। तर, आठ कक्षामा भर्ना हुन मानिनँ,’ आमाको मर्जीविरुद्ध पहिलोपटक जिद्दी कसेको सम्झिइन् उनले। खासमा उनलाई केटा र केटी सँगै स्कुल जाने विद्यालयमा पढ्न मन थियो। उनको घरबाट दश मिनेट लाग्ने त्यो आदर्श स्कुलमा केटा र केटी सँगसँगै स्कुल गएको देखेर उनी लोभिन्थिन्। बालिका स्कुलका केटी साथीले भन्दा आदर्श स्कुल जाने केटाहरूले उनको ध्यान खिच्थ्यो। हक्की स्वभावकी दिपाले आमासँग कक्षा सातको अन्तिम परीक्षा दिएपछि एकदिन ढिपी कसिन्, ‘मलाई दिदीसँग स्कुल जान मन छैन। आदर्श स्कुल पढ्छु। त्यहाँ केटाहरू पनि पढ्छन्।’

उनको त्यो प्रस्ताव सुनेर एकछिन त आमा छक्क परिन्। स्कुलबाट फर्किने बित्तिकै सधैँ दिपा हाफ पाइन्ट लगाउँथिन्। खासमा उनी त्यस्तै हाफ पाइन्ट लगाएर स्कुल जान चाहन्थिन्।  बाटुला गोडा, पुक्क परेको गाला, ठूला आँखा र मोटो शरीर। उनको शारीरिक बनौट सानैदेखि यस्तै थियो। 

त्यसैले होला, उनलाई जामा र कोरीबाटीतिर कहिल्यै मन गएन। केटीको भन्दा केटाको जस्तो स्वभावका कारण घरमा आमा र दिदीहरू पनि छक्क पर्थे। त्यसैले एकदिन घरमा उनलाई बा’ले ‘साइँला’ भनेर बोलाए।  घरकी साइँली छोरी थिइन् उनी। चौथो सन्तान पनि छोरी नै जन्मिन्। त्यसपछि हो, उनी घरमा साइँलीबाट साइँला बनेको। भन्छिन्, ‘मेरो आनीबानी छोरा मान्छेको जस्तो लाग्न थालेपछि सबैले साइँला भनेर बोलाउन थाले।’

खासमा उनलाई केटा र केटीसँगै स्कुल जाने विद्यालयमा पढ्न मन थियो। उनको घरबाट दश मिनेट लाग्ने त्यो आदर्श स्कुलमा केटा र केटी सँगसँगै स्कुल गएको देखेर उनी लोभिन्थिन्। बालिका स्कुलका केटी साथीलेभन्दा आदर्श स्कुल जाने केटाहरूले उनको ध्यान खिच्थे। 

जब उनले केटाहरू पढ्ने स्कुलमा पढ्छु भनिन्, दिपाकी आमाले उनलाई डर देखाइन्, ‘केटा मान्छेले पिट्छन्, चिमोट्छन्, झगडा गर्छन्, त्यसैले त्यहाँ पढ्न हुँदैन।’ तर, दिपा के डराउँथिन् र! उल्टै भनिदिइन्, ‘त्यसोभए म नि पिट्दिन्छु, आमा।’

दिपाको बानी देखेर आमा भित्रभित्रै खुसी भए पनि व्यवहारमा छोरीलाई सिकाउनु पर्ने अनुशासन उस्तै परम्परागत थियो। छोरी मान्छे भएर छोरा मान्छेजस्तो हुनुहुन्न भन्थिन् सधैँ। एकदिन दिपाले आमालाई फकाउँदै भनिन्, गिरिजाबाबु पढेको स्कुलमा पढ्नुपर्छ आमा। त्यहाँ पढ्दा ठूलो मान्छे बन्न सकिन्छ। ‘त्यसपछि आमाले मान्नुभयो,’ दिपाश्रीले सम्झिइन्, ‘म आदर्श स्कुलमा भर्ना पनि भएँ। तर, गल्र्स स्कुल छाडेर केटाहरू पढ्ने स्कुलमा पुग्दा आमाले छरछिमेक र आफन्तको गाली पनि खानुपर्‍यो। त्यतिबेलाचाँही नरमाइलो लाग्यो।’

दिपा र उनका दिदीहरूबीच लिङ्ग मिले पनि स्वभाव मिल्थेन। दिपा आफ्ना दिदीहरूजस्तै लजाउने र डराउने टाइपकी थिइनन्।  उनी त निडर थिइन्, निर्धक्क थिइन्। त्यसैले त आदर्श स्कुल पुगेसँगै उनको संगत केटीहरूसँगभन्दा केटाहरूसँग ज्यादा भयो।  ‘यो केटाहरूसँगै बढी हिँड्छे, हामीसँग आउदिन् भन्दै गुनासो गर्थे मेरा केटी साथीहरू,’ त्यो बेला सम्झिएर यो बेला आफै हाँस्छिन् दिपाश्री। भन्छिन्, ‘केटा साथीसँग प्रतिस्पर्धा गर्ने लोभ र केटीहरूको संगतबाट टाढिने चाहका कारण पनि म आदर्श स्कुल जान चाहेकी थिएँ।’

दिपाश्रीलाई सुन्दा लाग्छ, आफ्नै स्वभावका कारण आफूलाई बदल्न उनले जे–जे विद्रोह गरिन्, त्यसैले उनलाई आजको दिपाश्री निरौला बनायो। भन्छिन्, ‘त्यो विद्रोह मेरो स्वभावले जन्माएको थियो। त्यसलाई आजसम्म स्थापित गर्नसकेको छु भन्ने लाग्छ।’

०००

आठ वर्षको उमेरदेखि नै नाच्न सिपालु थिइन् दिपा। स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा अग्रस्थान ओगट्थिन् उनी। मेडल जित्थिन्। पढाइमा पनि उनी कम थिइनन्। कक्षा कोठाको अघिल्लो बेन्चमा बस्थिन्। केटाहरूसँग दौडिन्थिन्। खेल्थिन्। 

एकदिन त आफ्नै कक्षामा पढ्ने केटा साथीलाई आँखा फुट्ने गरी दनक दिइन् उनले। ‘मलाई हेपेको कत्ति मन पर्दैनथ्यो। उसले हेपेर जिस्काइरहेको थियो , मैले पिट्दिएँ। पछि उसको आमा तेरो छोरीले मेरो छोरा पिट्यो भन्न घरमै आएकी थिइन्,’ बाल्यकालको त्यो घटना अझै बिर्सिएकी छैनन् दिपाले। 

जब उनले केटाहरू पढ्ने स्कुलमा पढ्छु भनिन्, दिपाकी आमाले उनलाई डर देखाइन्, ‘केटा मान्छेले पिट्छन्, चिमोट्छन्, झगडा गर्छन्, त्यसैले त्यहाँ पढ्न हुँदैन।’ तर दिपा के डराउँथिन् र! उल्टै भनिदिइन्, ‘त्यसोभए म नि पिट्दिन्छु, आमा।’<