सोमबार, असोज १७, २०७९
नेपाल समय
मेरो जीवन मेरो मर्जी-३

'मेरा लागि मौन विद्रोह नै सधैँ प्रिय रह्यो'

राज सरगम  |  काठमाडौं, शनिबार, वैशाख ३, २०७९
राज सरगम

राज सरगम

काठमाडौं, शनिबार, वैशाख ३, २०७९

बाल्यकालमा बुबासँग अत्यधिक डराउँथे अमर न्यौपाने। तर, कतै कथा–कहानी सुन्न पाए भने घरमा जस्तोसुकै जोखिम मोल्न तयार हुन्थे। घरमा आउने पाहुनाले गरेको रमाइला कुराहरू त लुकिलुकी सुन्ने बानी नै परेको थियो उनलाई।

‘के सुनेको तैँले, जा किताब लिएर पढ’, बाले उनलाई कराउँथे। कथा सुनिरहेका अमरको मन भारी हुन्थ्यो। फिटिक्कै उठ्न मन हुँदैनथ्यो उनलाई। कथामा जोडिएको मन धागोझैँ चुट्ला कि भनेर ठसमस भएरै बसिरहन्थे। तर, बाले कर गर्थे। 

घरमा गाली खानुपरे पनि अमरको मुखबाट ठूलो स्वर कहिले निस्केन। शालीनता नै उनको स्थायी स्वभाव बन्न पुग्यो। ‘म अविद्रोही आचरणको छु। बच्चामा कहिल्यै फाइट गरिनँ। कसैलाई पिटिन। मित्रहरू पनि त्यस्तै बने मेरा’, अमर आफ्नोबारे खुलेर सुनाउँछन्।

०००

अमरलाई बजार बसेर पढ्न मन थियो। तर, शिक्षक बा’ले छोरा आफ्नै स्कुलमा पढेको देख्न चाहन्थे। पिता नै शिक्षक भएको स्कुलमा उनले स्वतन्त्रता पाउने कुरै भएन। केरकार भइरहन्थ्यो। अन्ततः उनले भरतपुरमा डेरा गरेर पढ्न कर गरे। साथी तारा र नवीन यसमा सहमत भए। स्कुलमा यी तीनैजनाको नामको पहिलो अंग्रेजी अक्षरबाट बनेको ‘तान’ शब्द प्रख्यात थियो। यो ‘तान’ जब भरतपुर आयो स्वतन्त्रताको मूल्य त्यसपछि बुझ्न पाए अमरले।  

भाँडाकुँडा बोकेर तीनैजना भरतपुर झरे। वीरेन्द्र क्याम्पसको पछाडि डेरा गरे। दिनभरि पढेर साँझपख भने उनीहरू फिल्म हेर्न निस्कन्थे। तीन महिना कोचिङ पढ्ने बहानामा पाएको स्वतन्त्रता मेरो जीवन मेरो मर्जीको लय थियो। 

‘दिनभरि पढेर साँझ गणेश हलमा फिल्म हेर्न गइन्थ्यो। त्यो स्वतन्त्रताले मलाई धेरै कुरा सिकायो’, आफूले पाएको पहिलो स्वतन्त्रता सम्झिछन् उनी। कसम, युगदेखि युगसम्म, देवता, दक्षिणा, दुई थोपा आँसुजस्ता फिल्म नछुटाई हेरे। लगातार तीन वर्ष उनले फिल्म हेरे। चितवन जिल्लामा रहेका इन्द्र हल, धौलागिरि हल, गणेश हल र जुन हलमा नियमित फिल्म हेर्थे। रत्ननगर ज्योति हलमा ‘रंगिला’ फिल्म हेरे। तीन वर्षको अन्तिमतिर उनले ‘गोठालो’ फिल्म हेरे। फिल्म हेर्दाहेर्दै हलबाट निस्किए। 

त्यसपछि उनले दश वर्ष फिल्म हेरेनन्। फिल्म हलतिर फर्किएनन्। यही दश वर्षभित्र उनी किताबको संगतमा परे। 

‘फिल्ममा सबै एकनासको विद्रोह देखेपछि यी मेरा लागि बनेका फिल्म होइन भन्ने लाग्यो’, उनले ती दिन सम्झिए। स्नातक पढ्दाका दिन हो। साठी सालतिरको कुरा हो उनले पसलमा सिडी भेटे। त्यो बेला सिडी भर्खर भर्खर आएको थियो। त्यहाँ 'रेनकोट' नामको हिन्दी फिल्मको सिडी देखे। रेनकोट नामले तानेको कारण उनले फिल्मको सिडी किनेर लगे। साथीहरू बसेर हेरे। प्रेममा मौन विद्रोह कस्तो हुन्छ भन्ने पहिलोपटक बुझे। त्यागमा पनि प्रेम कति जीवन्त हुन्छ भन्ने महशुस गरे। भन्छन्, ‘फरक चिज हेर्न बानी बसाल्नु आफूलाई बदल्नु हो। आफैसँग विद्रोह गर्नु हो।’

बाल्यकाल र किशोर उमेरमा उनी घाम नअस्ताउँदै घरमा पुग्थे। अहिले पनि अबेर राति ‘म आउँदैछु घरमा भन्दा, जहाँ छस् त्यही बस्’, बाले भन्ने गरेको सम्झिए उनले। 

बेलाबेलामा कड्किए पनि अमरका बा साहित्य, कलामा 'दिलचस्पी' दिन्थे। कितावमात्र होइन नारायणगढमा चल्ने नाटक पनि हेर्न पुग्थे। नारायणगढमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको गीति–नाटक चलेको थियो। त्यो नाटक हेर्न जान उनलाई पनि निकै मन थियो। बासँग अन्य शिक्षक पनि ट्याम्पो रिजर्भ गरेर नाटक हेर्न जान थाले बालाई आफू पनि जाने इच्छा सुनाए। तर बाले उनलाई नाटक देखाउन सँगै लगेनन्। 

नाटक हेर्न नपाएर उनी रोए। साह्रै डराउँथे बासँग, रोएर चित्त बुझाउनु बाहेक अरू उपाय थिएन। जबरजस्ती गर्न सकेनन्। विद्रोह गर्न सकेनन्।

साँझ उनै बा मालती–मंगले नाटकको किताब बोकेर घर पुगेका थिए। नाटक हेर्न नपाएको न्यास्रो किताबले छुट्यो। उनले त्यसै रात किताब पढे। 

मालती–मंगले गीति नाटककै शैलीमा अमरले आफ्नै कथा बुनेर तीस पन्ना साठी पेजको अम्बा नामको कपीमा उनले ‘पहिलो भेट’ नामक नाटक लेखेका थिए। त्यो गीति नाटकको कापी कहाँ हरायो उनलाई थाहा छैन। तर त्यसको कथा उनलाई अझै सम्झना छ। 

०००

बाल्यकाल र किशोर उमेरमा उनी घाम नअस्ताउँदै घरमा पुग्थे। अहिले पनि अबेर राति ‘म आउँदैछु घरमा भन्दा, जहाँ छस् त्यही बस्’, बाले भन्ने गरेको सम्झिए उनले। 

उनका बाआमा रातमा हिँड्नु हुँदैन। कहाँ कस्तो मान्छे भेटिन्छ थाहा हुँदैन। यस्तै यस्तै डरका कारण अबेर राति हिँड्नु हुँदैन भन्ने गर्थे। भन्छन्, ‘घाम अस्ताउनु अगाडि नै घर पुग्न भन्नुहुन्थ्यो मलाई। अहिले पनि त्यही भन्नुहुन्छ।’ 

सुरक्षाका लागि त्यसो भन्नुभएको हो भन्ने लाग्छ उनलाई। उनी भन्छन्, ‘छोरीलाई मात्रै होइन छोरालाई पनि राति नहिँड्नु भनिन्थ्यो।’

स्कुले जीवनमा साथीहरूलाई घरमा लगेर धेरैपटक सुताएका छन्। ती साथीहरू धेरै त उनैका मित हुन्थे। कक्षा पाँचदेखि त उनका दर्जन मित थिए। साथीसाथी उभिएका बेला झुक्काएर टाउको ठोक्काएर मित लगाउनु, कपाल–कपाल साटेर, टोपी साटेर मित लगाउने गर्थे। 

‘दर्जन मित थिए मेरा, मित भएपछि तपाईंहजूर भन्नुपर्थ्यो। तँ तँ मम भनेका साथी मित भएपछि केही दिन हजूर–तपाईं भन्न साह्रै गाह्रो हुन्थ्यो।’ मित लगाएका बाल्यकाल सम्झिए उनले। 

अमरले बाल्यकालदेखि चित्रमा स्वतन्त्रता खोजे। उनको मर्जीले गरेको काममा कला–सृजना पनि पर्छ। उनले जीवनभरि सँगै लिएर हिँड्न नसके पनि रङको दुनियाँ उनलाई अत्यन्तै प्रिय लाग्छ। 

मान्छेको बाल्यकालमा क बाट अक्षर आरम्भ हुन्छ। तर अमरले क लेख्नु अगाडि भुईँमा धर्साहरू कोरेका थिए। आफ्नै घरअगाडिको नालामा थुपारेको बालुवामाथि उनले धर्सैधर्साबाट साँढेको चित्र बनाएका थिए। त्यो चित्रकला उनको बिस्तारै निखारिँदै गयो। भन्छन्, ‘क लेख्नु अगाडि मैले चित्र बनाएको थिएँ।’

शारदा नगरमा स्नातक पढ्दा आफ्नो चित्रहरूको एकल प्रदर्शनी पनि गरे। काठमाडौं आएर सिर्जना कन्टेम्पोरी आर्ट ग्यालरीमा आर्ट सिके पनि उनले।   वाटरकलर, आयल कलर, पेन्सिल आर्ट इत्यादि ६ महिना लगाएर सिके। चित्रकलाको औपचारिक सिकाइले आर्ट क्षेत्रमै भविष्य बनाउनतिर लाग्नुपर्ने थियो। तर चित्रकला उनका लागि होइन भन्ने महसुस भएको एक घटना पनि उनले सुनाए। 

‘सबै हिमालको नाम हुँदैन। म आर्टको एक हिमाल त हुन सकुँला तर नाम नभएको हिमाल हुन सक्छुहोला भन्ने बोध भयो’, उनी भन्छन्, ‘मलाई के लाग्यो भने नाम भएको हिमाल संसारले चिन्छ। सायद यो मेरो कस्तुरी होइन होला भन्ने लाग्यो।’ 

चित्रकलासँगै उनको लेखन पनि सँगसँगै अगाडि बढेको थियो। कक्षा पाँचमा त उनले कविताले सिंगै कापी भरेका थिए। 

०००

लज्जालु स्वभावका छन् अमर, अहिले पनि लाज मानेजस्तो जस्तो गरी बोल्छन्। हलुका मुस्कुराएर गफ गर्ने बानी छ उनको। तर यही लज्जालु बानीका कारण स्कुले जीवनमा केटाभन्दा केटी साथी बढी थिए उनका। 

उनको लामो कपाल थियो। घरमा जे सावन मिल्यो त्यसैले नुहाउँथे। स्कुल जान्थे। तर स्कुलमा उनका कक्षा केटी साथीले उनलाई कपाल हेर्न नजिक बोलाउँथे। भन्छन्, ‘त्यो बेला लायन साबुनले नुहाएर स्कुल जान्थे। मायालु, लिरिक साबुनले पनि नुहाए। मलाई केटीहरूले बोलाउँदा फरक्क–फर्किदा कपाल हावामा उड्दो रहेछ। उनका मिल्ने साथी बढी केटी नै भए। उनी केटीहरूको बिचमा हिँड्थे। किन बोलाएका रहेछन् भनेर नजिक जान्थे। उनीहरू कपाल हेर्न बोलाएको भन्थे। म खिस्स हुन्थे।’ 

उनी कपाल स्कुलदेखि पाल्थे। कपाल पाल्ने सोख पनि छ उनको। अहिले त उनलाई कपालले साथ दिन छोड्यो। तैपनि उनी कपाललाई स्याहार्न खुबै रहर छ। बाक्लो र सिल्की कपाल भएकाले हिँड्दा पनि उनको कपाल हल्लिन्थ्यो। 

कसैकसैले उनलाई मन पनि पराउँथे। तीन नाम उनले भन्न चाहेनन्। तर उनीहरूसँग खुबै बिम्ब प्रयोग गरेर बोलेको सम्झिए, ‘तिमीले बोलेको बुझ्नै गाह्रो हुन्छ भन्थेँ। अहिले सम्झिदा त्यो बेलादेखि नै म अलिअलि साहित्यिक पारामा बोल्दोरहेछु, बिम्बमा बोल्दोरहेछु।’ 

कक्षा तीन पढ्दाको घटना सुनाए। उनका टाढाका आफन्त पहाडबाट बसाइ सरी उनकै छिमेकमा आए। त्यी आफन्तको एउटा छोरी थिइन्, जो अमर भन्दा तीन वर्ष जेठी थिइन्। अमर एकदम मिल्ने साथी भए। यति मिल्ने साथी एकछिन छुटिन नमान्ने। उनी भन्छन्, ‘भाइ त तीन कक्षा पढ्छ म पनि तीन कक्षामा भर्ना गर्ने हुँ भनिन्। बाआमालाई जबरजस्ती गरेर ती दिदीले मसँग पढिन्। हामीसँगै स्कुल जान आउन थालेपछि उनी साह्रै खुसी भइन्। 

उनको लामो कपाल थियो। घरमा जे सावन मिल्यो त्यसैले नुहाउँथे। स्कुल जान्थे। तर स्कुलमा उनका कक्षा केटी साथीले उनलाई कपाल हेर्न नजिक बोलाउँथे।

जीवनलाई आफ्नो मर्जीमा चलाउन त उनले चाहेनन् तर कहीँ न कहीँ स्वभावका कारण आफ्नै मर्जी चलेको बताउँछन्। उनले स्कुलका दिनमा पनि कहिल्यै प्रश्न सोधेनन्। लाजले प्रश्न गर्नै सक्थेनन्। उनी भन्छन्, ‘अहिले पनि साहित्यिक कार्यक्रमहरूमा म प्रश्न गर्न डराउँछु। लाज मान्छु। यो मेरो कमजोरी हो। हुन त प्रश्न गर्ने नगर्ने आफ्नो मर्जी पनि हो।’   

आफूले पढाएको स्कुलमा उनी मास्टर पनि भए। आफूजस्तै नयाँ विद्यार्थीलाई पढाए। उनलाई विद्यार्थीले प्रश्न गरे, उत्तर दिए। 

बाल्यकालमा आदर्श लाग्ने शिक्षक पछि गएर अर्कै लाग्छन्। बाल्यकालमा देखेको शिक्षकलाई धेरैपछि संगत गर्दा अर्कै लाग्छ। हुर्काइको क्रममा पहिला त संसारको ठूलो मान्छे आफै हुन पाए हुन्थ्यो भन्ने लाग्छ। तर बिस्तारै बुद्धि आउँदै गएपछि ठूलो हुने सपना घट्दै जाने अनुभव रहेको छ उनको। आदर्श त धेरैलाई बनाए उनले। सबैभन्दा बढी उनले आफ्नै आमालाई आदर्श माने। जसमाथि आदर्श माने त्यो समयअनुसार फेरिएको लाग्छ उनलाई।

उनी भन्छन्, ‘हामीले शिक्षक, बाआमालाई आदर्शीकरण गर्नु हुँदो रहेनछ भन्ने लाग्छ अहिले उनीहरू पनि सामान्य मान्छे हुन भन्ने लाग्छ। प्रेम सद्भाव र सम्मान आफ्ना ठाउँमा छन् तर आदर्शबाट मुक्त भइसकेँ।’

रोचक त के भने, अमरको पाण्डुलिपीको पहिलो पाठक उनकै बुबा हुन्। पानीको घाम, सेतो धरती, करोडौं कस्तुरी र गुलाबी उमेर चारै कृतिका पाण्डुलिपी अमरका बुवाले पहिला पढे। पानीको घाम पढेर बुवाले साठी नम्बर दिएका र सेतो धरती पढेर पचास नम्बर दिएको सम्झिए। उनी भन्छन्, ‘पहिलो र दोस्रो कृतिमा साठी पचास नम्बर दिनु भए तर करोडौं कस्तुरी, गुलाबी उमेर पढेर उहाँले नम्बर दिनु भएन केवल ठिकै छ भन्नुभयो।' 

तर अमरलाई गुलाबी उमेरको पाण्डुलिपी बुवालाई पढ्न दिन मन थिएन। उनी लाज र संकोचका कारण बुवालाई पढाउन दिन अप्ठ्यारो मानेका थिए। तर मन मानेनन् उनको र दिए।

चित्रकार हुँदा उनले रङसँग खेले। अहिले जीवन र शब्दका रङ देख्छन्। प्रकाश नभएको भए रङ हुन्थेन। र प्रकाश नभएको जीवन नै हुन्थेन। उज्यालो नभएको भए जीवन हुन्थेन। जीवन भनेको प्रकाश र रङ हो भन्ने लाग्छ उनलाई। 

जिन्दगीको कोटामा पाएको समय र आफूले चाहेको समयबिचको तालमेल कति मिल्नुपर्छ भनेर सोध्दा उनलाई आफूले मिलाउनु पर्छ भन्ने लाग्छ। उनी भन्छन्, ‘हामी एक हजार सोच्छौं तर एक हजार एक भइदिन्छ। हामी सय सोच्छौं तर एक सय एक भइदिन्छ। त्यसैले मिलाउने हो। मिलिमिलाउन त पाइँदैन जिन्दगी।’

‘जिन्दगी नसोचेका घटनाहरूको सँगालो हो’ आफ्नै पहिलो कृति पानीको घामको एक लाइन सुनाए उनले।

कालीगण्डकी पनि मुक्तिनाथबाट बग्दा यस्तो यस्तो बाटो भएर बग्छु भन्दैन। जिन्दगी पनि बग्दै जाँदा खेरी आफ्नो बाटो आफै बनाउँछन्। आफ्नो स्वरूप आफै बनाउँछ। आफ्नो आधार आफै बनाउँछ। अरू नदीहरू मिसिँदै गएसँगै आकार पनि बढ्दै जान्छ। धमिल्याउँदै पनि बढ्दै जान्छ। 

जीवनमा मनको सन्तुष्टिका लागि खोज्न प्रयास गर्नु पर्ने लाग्छ उनलाई। धेरै कारणहरूले मान्छे पुरै सन्तुष्टि हुँदैन। फेरि पूर्ण सन्तुष्टि नहुनु भनेको नै मान्छेको जिन्दगी हो। एउटा रुखलाई पुरै हरियो हुन मन लाग्छ तर उसले पुरै हरियो हुन पाउँदैन।  त्यसैले जीवनमा उनलाई कसैसँग गुनासो छैन। जे छ आफैसँग रहेको बत्ताउँछन्। भन्छन्, ‘मेरो गुनासो मैसँग धेरै छ, अरू कसैसँग कसैप्रति छैन।’

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
कला/साहित्य

संकटमा सखिया

'पहिले थारु समुदायमा पढाइ थिएन, सबै युवायुवतीहरु गाउँमा हुन्थे, दिनभर काम गर्ने बेलुका नाच्ने गरिएको थियो,'सुशील चौधरीले भने, 'अहिले अध्ययनका लागि कामका लागि सबै युवाहरु गाउँ बाहिर जान थालेका छन्। अर्को कुरा मनोरन्जनका विभिन्न साधनहरु पनि देखा परे। त्यसले मौलिक परम्पराहरु मासिने अवस्थामा पुगेका छन।'
नेपाल समय
फिल्म

९६ वर्षअघि महँगो फिल्म बनाएकी एसियाकै पहिलो महिला निर्देशक फातमा बेगम

एकातिर यो फिल्म पहिलो पटक महिलाले निर्देशन गरेको चर्चा भइरहेको थियो भने अर्कोतिर यसमा देखाइएको भीएफएक्सले पनि तारिफ पाइरहेको थियो।
नेपाल समय
कला/साहित्य

बडादसैं र मालश्रीको 'कनेक्सन'

६ वटा ऋतुका धुनमध्ये मालश्री एक हो, जसको मधुर आवाजले दसैं आएको आभाष दिलाउँछ ।
नेपाल समय
कला/साहित्य

सपना, संघर्ष र स्वाभिमानको कथा 'बुह्रान'

जातीय, भाषिक, क्षेत्रीय, लैंगिक, वर्गीय र सांस्कृतिक विभेदविरुद्ध लेखिएका विरलै उत्कृष्ट कृतिहरू मध्ये एक हो बुह्रान।
नेपाल समय
कला/साहित्य

एउटा गहिरो सागरको छाललहर [निबन्ध]

मानिस, ढुंगाहरुको भिडमा ढुँगै त हो। आसुको थोपामध्ये एक बुँद। आकाशमा एउटा शून्यता थामेर उभिएको एक टुक्रा आकाशै त हो मान्छे। विशाल गोदाम भित्र कतै कुनामा छुटेको एउटा धानको बियाँ त हो मानिस। तोरीको एउटा गेडा त हो, कोलमा पेलिनबाट छुटेको।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना