बिहीबार, असोज २०, २०७९
नेपाल समय
मेरो जीवन, मेरो मर्जी-१

त्यसैले एकपछि अर्को विद्रोह गर्दैगइन् दियाले

राज सरगम  |  काठमाडौं, शनिबार, चैत १९, २०७८
राज सरगम

राज सरगम

काठमाडौं, शनिबार, चैत १९, २०७८

समयः ०४४ साल बैशाखको पहिलो हप्ता। स्थानः ललितपुरस्थित पुलचोक अमर शिशु विद्यालय। उमेरको चार वर्षमै कुपन्डोलबाट आमाको हात समाएर नर्सरी कक्षा भर्ना हुन पुगेकी थिइन्, अभिनेत्री दिया मास्के। तर, उनकी आमाले नर्सरीमा भर्ना मात्रै गरिदिइनन्, त्यसैदिन होस्टेल पनि हालिदिइन्। 

त्यसैले दशैंतिहार र मिन पचासको बिदाबाहेक अघिपछि घरमा आउन मिल्दैनथ्याे। अनि त कुपन्डोलस्थित आफ्नै घर पनि उनका लागि टाढाको देश भयो। पिँजडा जस्तो लाग्ने होस्टेलबाट लुकेर निस्कन्थिन् उनी। उनका कयौं साथीहरु निस्किन डराइरहँदा चोकमा पुगिसकेकी हुन्थिन् उनी। बाल्यकालमै जोखिम मोलेर बाहिरी दुनियाँ हेर्न भौतारिएकी दियाले होस्टलबाट बाहिर निस्कने हिम्मत गर्नु आफैमा ठूलो साहस थियो। पुलचोक तलबाट हरिहर भवन हुँदै तल झर्थिन् उनी। घरतिर हिँड्दाहिड्दै आमाको डरले फरक्क फर्किएर चोकतिरै भुल्थिन्। ‘त्यो चोक नमज्जाले फेरियो। बस यादहरु फेरिएका छैनन् ,’ आज पनि ति दिन सम्झिएर नोस्टाल्जिक हुन्छिन्। 

सानो छँदा दिया। 

चोकमा कसैले देख्लान् कि भन्ने लागेपछि कुपण्डोल हाइटतिर लाग्थिन्। त्यो हाइट उक्लिदा स्वतन्त्र अनुभूति हुन्थ्यो उनलाई। होस्टेलबाट बाहिर चोकमा पुग्दा पाएको स्वतन्त्रताको बयान शब्दमा गर्न सक्दिनन् उनी। भन्छिन्, ‘त्यो बदमासीमा एकप्रकारको स्वतन्त्रता थियो। आफ्नो खुशीका लागि गरेको विद्रोह थियो। आफ्नो जीवन, आफ्नो मर्जीले बाँच्न हिँडेको कुनै पन्छीझै थियो।’

आफ्नै मर्जीमा नृत्ययात्रा

बाल्यकालदेखि नै विद्रोही स्वभावकी दिया अमर शिशु स्कुलमा आमाले छोडेर फर्किदा खुबै भक्कानिएकी थिइन्। तर, डाको छोडेर रोइनन्। किन रोइनन्? ‘रोएर पनि मलाई घरमा कसैले लैजानेवाला थिएनन्,’ त्यो अबोध बालापन सम्झिदै भन्छिन्, ‘आमासँगै फर्किन नपाएपछि खुब भक्कानिएको थिएँ म।’ 

कुपण्डोल र पुलचोक टाढा होइन। तर पनि घर र स्कुल गर्न पाइनन् उनले। होस्टेलमै १६ वटा वर्ष विते उनका। 


घरमा चाहेर पनि पटक–पटक आउन नपाउनु पारिवारिक कारण थियो। उनकी आमा ल्याब टेक्नाेलाेजिस्टको जागिरे थिइन्। साथसाथै कुपोण्डलमै ‘सेवा फार्मेसी’नामको औषधी पसल चलाउँथिन्, जहाँ आमालाई भ्याइनभ्याइ हुन्थ्यो। 

बुवा मस्तिष्क घातका बिरामी थिए। दाजु पाटन मामाघरतिरै बसेर पढ्थे भने दिदी फुपूको घरतिर बसेर पढ्थिन्। भन्छिन्, ‘जहान तितरबितर भएर पनि होला आमाले सानैमा होस्टेल हाल्नु भयो।’

दिया विदाको अवसरमा घर पुग्दा आमा कि त अस्पतालको ल्याबमा हुन्थिन्, कि सेवा फार्मेसीमा। त्यसैले दिया आमा पछ्याउँदै फार्मेसीमै पुग्थिन्। व्यस्त आमाको काम हेरेरै उनको छुट्टीका दिन बित्थे। 

जीवनमा एउटा खुशी खोसिए, अर्को खुशी भेटिन्छ भन्छन्। त्यस्तो खुशी चिन्ने बेला नभए पनि स्कुलको माहोलमा खुशी हुन्थिन् उनी। साथीसर्कलमा रमाउँथिन्। त्यो खुशी, त्यो रमाईलोपनको माध्यम नृत्य भइदियो उनका लागि। 

कक्षा चार पढ्दै थिइन्, दिया। दार्जिलिङ कालिङपुङतिरका शिक्षक भएकाले स्कुलमा आर्ट, कला, संगीत, र अभिनयको बाक्लै चहलपहल हुने गरेको उनलाई सम्झना छ। सानी दियाले कुनै कलाकारलाई चिन्दिन थिइन्। श्रीकृष्ण श्रेष्ठलाई भने राम अंकल भनेर बोलाएको सम्झिन्छिन्, ‘भगवान राम बनेर मन्चमा अभिनय गरेको देखेकोले स्कुलमा सबैले राम अंकल भन्थे।’

जिन्दगीको मालिक त आफैँ हो। दियालाई पनि आफ्नो जीवन मर्जीले भन्दा नि कामले बाँचेको लाग्छ। आफूले हिँडेको बाटो अथवा आफ्नो ‘प्यासन’ नै जीवनको स्वतन्त्रता लाग्छ। त्यसैले त होला जीवनको लयमा उनले आफ्ना मर्जीलाई मर्न कहिल्यै दिइनन्। आफ्नो जीवन आफ्नो मर्जी लिएर अहिले पनि अनवरत हिँडिरहेकी छिन्। 

हिँउदको एकदिन। अबेर राति अमर शिशु स्कुलमा दिया लगायतका बालिकालाई गुरुले अचानक उठाएर बाहिर लगे। विद्यार्थी सबैलाई ती गुरुले हिरोइन तृप्ती नाडकर भनेर चिनाए। तर दियालाई खासै फरक परेन। किन कि दियाले त्यसअघि तृप्तीको न फिल्म हेरेकी थिइन्, न त प्रत्यक्ष देखेकी नै थिइन्। 

‘निन्द्राले हामी त अलमलमा थियौं, काखमा राखेर माया गरेको याद छ’, दियालाई उनीसँगको भेट आज पनि सम्झिदा ‘म्याजिक’ लाग्छ। 

सानैदेखि नाच्न रुचाउने दियाको नृत्य तब झ्याङ्गियो, जब बरिष्ठ नृत्य निर्देशक राजु शाह अमर शिशु स्कुलका नृत्य शिक्षक भएर आए। दियालाई उनैले शास्त्रीय र कत्थक नाच सिकाउन थाले। यो सिकाइले दियाभित्र नृत्य गहिरो गरी बस्यो। ‘खुट्टा समाएर घुँघुरु बाँधेर स्टेजमा पठाउँथे। सोलो पर्फरमेन्स त बच्चैमा गरेको थिएँ,’उनले सुनाइन्। 

बलिउडका प्रख्यात नृत्य निर्देशक गोपीकृष्ण महाराजको विद्यार्थी थिए राजु। उनलाई पनि तिनै गुरुसँग नाच सिक्न मन थियो। तर समयले साथ दिएन दियालाई। 

एकदिन स्कुलमा हुने सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि चलचित्र निर्देशक तुलसी घिमिरे थिए। राजु शाहको नृत्य निर्देशन र बालिकाहरूको नाच देखेर घिमिरेले ‘दुई थोपा आँसु’ चलचित्रको ‘जुन त लग्यो ताराले’ बोलको गीतमा काम गर्न राजुलाई जिम्मा दिए। त्यसमा दियाले बाल कलाकार भएर नाचिन्। उनी भन्छिन्, ‘जुन त लाग्यो ताराले गीतमा नाच्दा म कक्षा दुई/तीनमा पढ्दै थिएँ।’

त्यसको ठिक दुई वर्षपछि दियाले अर्को अवसर पाइन्। त्यो अवसर थियो चलचित्र ‘देवता’को गीत ‘हुँदैन रेलिमाई च्याट्टै विर्सिन’। उनले ‘को एक्टर’ भएर नाचिन्। 

दिया ‘फाष्ट लर्निङ’ हुन्। डान्सका स्टेपहरू त उनी सजिलै पछ्याउन सक्छिन्। देवताको हुँदैन रेलिमाई गीतको छायांकन उनले नजिक बसेर हेरेकी थिइन्। राजुले सिकाइरहेको स्टेप राजेश हमाल र सृजना बस्नेतले सजिलै पक्रिन नसक्दा दिया दिक्क मान्थिन्। यो त मैले नै गरिदिन्थे भन्ने लाग्थ्यो उनलाई। नाचमा उनलाई आत्माविश्वास थियो। 

‘हुँदैन रेलिमाईमा च्याट्ट बिर्सिन’, बोलको गीतमा नाचे बापत पाएको २५ सय रुपैयाँ पारिश्रमिक आमाको हातमा राखिदिइन्। २५ सय रुपैयाँले उनको यात्रा कता जाँदैछ भन्ने स्पष्ट देखिएको थियो। र, पनि उनलाई कलाकार हुँला भन्ने लागेको थिएन, बरू डान्स शिक्षक हुन मन थियो।


आमालाई स्वतन्त्र मन पर्थ्याे। काममा पनि एकाग्र भएको देखेको थिइन् उनले। त्यसैले सानैदेखि पैसा र कामको महत्व बुझेकी थिइन् उनले। भन्छिन्, ‘म कान्छी छोरी भएँ पनि लाडप्यारले हुर्किन पाइनँ किन कि दाई र दिदीभन्दा अगाडि मैले नै कमाउन थालेको थिएँ।’

आमाको काम देखेर ‘इन्डिपेन्डेन्ट’ हुनुपर्छ भन्ने लाग्थ्यो उनलाई। एसएलसीपछि उनले घरबाट कहिल्यै पैसा माग्न परेन, बरू उनले नै घरलाई पैसा दिन थालिन्। भन्छिन्, ‘मलाई डाक्टर, इन्जिनियर बन्नु थिएन त्यसैले पैसा माग्नु परेन।’ 

‘कलाकार बन्नका लागि पैसा माग्ने गरेको भए आफ्नो कलाकारिता पनि छुट्थ्यो’, ती दिन सम्झिदै भनिन् उनले। 

दाइ र दिदी, आमाको कमाईमा निर्भर थिए। उनलाई भने आमाको मेहनत देखेर स्वयम्मा आत्मानिर्भर हुनुपर्छ भन्ने लाग्थ्यो। कमाउने मान्छे स्वतन्त्र हुन्छन् भन्ने लाग्थ्यो। बिस्तारै आफ्नै कमाईमा निर्भर हुन थालिन्। भन्छिन्, ‘मेरो नृत्य यात्रा पनि आफ्नै मर्जीले अघि बढ्यो।’ 

म्युजिक भिडियो सकेर साँझ घर फर्किदा आमाले कहिल्यै गाली गरेको याद छैन उनलाई। घरमा पुग्दा गहिरो शून्यतामा फर्किएको भान हुन्थ्यो दियालाई। घरले एकप्रकारको मौनता साँचेझैं हुन्थ्यो। विल्कुल शान्त। उनलाई आफ्नो कामको बयान कहिल्यै गर्नु परेन घरमा। भन्छिन्, ‘म घरमा पसेपछि साइलेन्ट हुन्थें। शून्यतिर जान्थें। सुटिङको काम सबै बिर्सिदिन्थें। मेरो कामबारे सोधपुछ पनि हुन्थेन। फेरि एक दिनको कुरा पनि होइन, सधैंकाे काम भएर त होला।’

अभिनयमा विद्रोह 

जिज्ञासु स्वभावकी दियालाई बिचबाट सिढी चढ्न मन पर्दैनथ्यो। सानो छँदा उल्टो हिँडेर उक्लिने सिढी होस् या छेउको पाइप समाएर ओर्लिने, कुनै नौलो चिज देखे एकोहोरो घोरिन्थिन्। अर्कै दुनियाँ सृजना गर्न कौतहुल हुन्थिन् उनी।

अरूसँग कमै जिस्किने दिया अनायासै कसैले जिस्काए प्रतिवाद गर्थिन्। शान्त रूचाउँछिन्। तर कसैले दिक्दार गराए झगडा गर्न पनि पछि पर्थिनन्। आफूले नजिस्काउने तर कसैले जिस्कायो भने सम्झाउँथिन् उनी। सम्झाएको नमाने पिटी पनि दिन्थिन्। अरूलाई दुःख दिने बानी चाहीँ छैन उनको। 

होलीको दिन थियो त्यो। उनी आफ्नो साथीसँगै पाटन मामाघरबाट कुपोण्डलबाट आफ्नो घरतिर फर्किदै थिइन्। अचानक एक अपरिचितले उनलाई पानीको लोला हानिदियो। उनले गएर झापड दिइन्। भन्छिन्, ‘अनुमति बिना कसैले जिस्काएको मनै पर्दैन।’ 

अभिनयमा उत्रिन, संवाद बोल्न साह्रै गाह्रो हुन्थ्यो। पहिलो त भाषाका कारण हुन्थ्यो। दोस्रो अभिनयमा डुब्नुपथ्र्यो। नाच्दा शरीर चल्थ्यो तर अभिनय गर्दा शरीरसँगै मुख पनि चलाउनु पर्दा दिक्क मान्थिन्। भन्छिन्, ‘त्यो क्षण मैले अभिनय कहिल्यै गर्दिन भनेको थिएँ।’

होस्टेलबाट बाहिर चोकमा पुग्दा पाएको स्वतन्त्रताको बयान शब्दमा गर्न सक्दिनन् उनी। भन्छिन्, ‘त्यो बदमासीमा एकप्रकारको स्वतन्त्रता थियो। आफ्नो खुशीका लागि गरेको विद्रोह थियो। आफ्नो जीवन, आफ्नो मर्जीले बाँच्न हिँडेको कुनै पन्छीझै थियो।’

कत्थक नाच र फ्रि स्टाइल डान्समा उनी भिजिसकेकी थिईन्। जीवनको यो चार दशकमा उनले आर्टलाई सम्मान गरेको मान्छिन्। ‘चेतनाको विकास हुन चाही इन्डीपेन्डेन्ट हुन जरुरी छ। ‘सेल्फ सफिसेन्ट’ हुन पनि जरुरी छ,’ आफ्नो अनुभव सुनाइन् उनले। 

यस्तैमा एकदिन चलचित्र ‘लक्ष्य’को प्रिमियर शो हेर्न पाइन्। पहिलोपटक नेपाली फिल्ममा आमाले टिभीमा हेर्ने फिल्मका पात्र स्मीता पाटेल, नसिरुद्दिन साह, ओम पुरीजस्तै पात्र देखिन्। उनी छक्क परिन्। 

‘नेपालमा पनि यस्ता कलाकार छन्’ भन्दै साथीहरुमाझ र‍गकर्मी अनुप बरालको प्रशंसा गर्दै अटोग्राफ मागिन्।। अनुपले पनि दियाका हातमा आफ्नो फोन नम्बर लेखिदिएर अटोग्राफ दिए। 

यो भेटपछि संयोगले नवीन सुब्बाले निर्देशन गर्न थालेको टेलिफिल्म ‘दलन’का कारण दियाले अनुपलाई पुन: भेट्न पाइन्। दलनमा काष्टिङ डाइरेक्टर थिए, अनुप बराल। केही म्युजिक भिडियोमा अभिनय गरेपनि दियालाई टेलिफिल्म र नाटकमा गरिने अभिनयबाट बेखबर थिइन्। अनुपलाई देखेर दिया अवाक् भइन्। स्क्रीप्ट सुनिन्। अन्तिममा दियाले भनिन्, ‘मैले स्क्रिप्टले भन्न खोजेको कुरा केही बुझिनँ र पनि काम गर्न मन छ।’

दियाको यही प्रष्ट अभिव्यक्तिकै कारण अभिनयमा टर्निङ पोइन्ट आयो। सिधा आफ्नो अभिव्यक्ति राख्ने र आँटिलो स्वभावकी दियाको जिन्दगीमा अभिनय र प्रेम सँगसँगै जस्तो भित्रियो। 

‘मान्छे काली भए पनि कस्तो हसिली तँ त,’ उनलाई माया गर्नेहरु यसै भन्छन्। संयोगले दलनमा पनि उनले काली युवतीको भूमिका निर्वाह गर्नुपर्‍यो। अपोजिटमा थिए उनै बराल। अभिनयलाई गहिरो बुझेकी थिइनन् उनले। उनलाई सिक्नु थियो। सिकाइको भोकले उनलाई दलनसँग जोडेको थियो। वान, टु, थ्रि भन्दै नाच्नु र अभिनयमा आकाशपातलको फरक भेटिन्। भन्छिन्, ‘अभिनयको चस्का दलनको वर्कशपले लगाइदियो।’

दलनको सुटिङको लागि बागलुङ, पर्वत पुगिन् उनी। लामो समय बाहिर बसेर आएकी छोरी देखेर आमाको अनुहार चिन्तित थियो। आमालाई छरछिमेकले यसरी बाहिर बाहिर हिँडी भने विवाह हुँदैन। कसले बिवाह गर्छ? यस्तै–यस्तै प्रश्न गर्थे। 


आमालाई सम्झाउनेहरुले ‘छोरीलाई बढी स्वतन्त्रता न दे’ भन्थे। तिनै कुराले हो कि म्युजिक भिडियोमा खासै चिन्ता नगर्ने आमाले दलन टेलिशिरियलपछि चिन्ता गरिन्। भन्छिन्, ‘आमालाई चिन्ता थियो तर मेरो काम गराईमाथि विश्वास पनि थियो। त्यसैले केही बोल्नु हुन्थेन।’ 

टेलिफिल्म दलनको सुटिङबाट फर्किएपछि रंगकर्मी अनुपले उनलाई नाटकमा खेल्न अनुरोध गरे। सन् २००६ तिर। भारतको मैसुरमा हुने अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नाटक ‘खुमा’ लानुपर्ने थियो। खेलिरहेका कलाकार विशेष कारणले महोत्सवमा सहभागी हुन नसक्ने भएपछि अनुपले दियालाई नाटक खेल्न अनुरोध गरे। उनले पनि एकै वचनमा प्रस्ताव स्विकारिन्। दियाले संकटको बेला लगाएको त्यो गुन निकै ठूलो भइदियो अनुपलाई। मैसुर जाँदा नै अनुप र दिया एक अर्कासँग बढी नजिक भए।

दियालाई पनि यो यात्रा विशेष लाग्यो। महोत्सवमा नाटक देखाएर आएपछि नै उनले अभिनयको गहिरो अर्थ बुझेको बताइन्। यात्राबाट फर्किने क्रममा दियाले अनुपलाई अभिनय सिकाउनकै लागि ‘एक्टर्स स्टुडियो’ खोल्ने सल्लाह दिएकी थिइन्। अनुपले पनि दियाको मन राखिदिए। त्यसपछि दिया अनुपकी विद्यार्थी हुँदै अभिनय सिक्न थालिन्। भित्री रूपमा चाहिँ उनीहरू एकअर्काका परिपूरक बन्दै थिए।

खुमाबाट रंगयात्रा सुरु भएपछि कोट मार्सल, थाङ्ला, शकुन्तलाकाे औंठीमा दियाले आफ्नो अभिनय कला देखाइन्। दर्शकको मन जितिन्। दियाले ‘चराहरुको सम्मेलन’बाट नाटक निर्देशनमा समेत हात हालिन्। अहिले त उनलाई सत्यतथ्य बोल्ने नायिकाको रूपमा पनि लिन्छन्।

रंगमन्चका सबै कलाकारसँग उनले अभिनय गरिन्। उनलाई अनुप बरालकै निर्देशनमा काम गर्न मन छ। आफूले काम गर्न चाहेको मान्छे आफैसँग छ तर पनि के कारणले हुन सकेको छैन त? जवाफमा उनी भन्छिन्, ‘केही न केही बाध्यता छन्। कुनै दिन पर्फमरका रुपमा आउनेछु।’

०००

थियटरमा पछिल्लो समय आकर्षण छ। तर उनलाई टिचर भएर आफ्नो प्रतिभालाई सीमित राख्न चाहदिनन्। प्रस्तुति दिन चाहन्छिन्। गुणात्मक काम हुन नसकेको लाग्छ थिएटरमा। भन्छिन्, ‘थिएटर त टिम वर्क हो। तर फिल्म भन्दा बेटर छ थिएटर।’ 

मान्छेहरु जीवनमा आफ्नो कमजोरी चिन्न चाहँदैनन्। अथवा, कुनै कमी खट्किएको बुझ्न चाहँदैनन्। तर, मान्छेमा केही कमी त हुन्छ नै। दियाचाँहि सहजै स्वीकार्छिन् आफूमा भएका कमजोरीहरु। केही कमी राज्यको पनि देखिन्छन् उनी। प्रभावकारी माहोल नहुनुमा राजनीतिक र सामाजिक पक्षको पनि दोष देख्छिन् उनी।  

‘अलाहबाद युर्निभरसिटी’बाट कत्थकमा माष्टर गरेकी दिया कलेजको प्रोफेसर हुन्छु भनेर हिँडेकी थिइन्। पद्मकन्या कलेजबाट भरत नाट्यममा ब्याचलर पनि पढेकी थिइन्। कागबेनी चलचित्र गरिसकेपछि पद्मकन्या कलेजमा एक वर्ष पढाइन् पनि। तर, मूल कर्म उनको अभिनय नै भइदियो। नृत्यको प्यास त अहिले पनि मेटिएको छैन। सैद्धान्तिक कक्षा लिएकी दिया अहिले पनि सुविमा श्रेष्ठबाट कत्थक नाच सिकिरहेकी छिन्। भन्छिन्, ‘विगत सात वर्षदेखि सिकिरहेको छु। जीवनमा सिकिरहनुको आफ्नै मज्जा छ। ’

रोडिजको जज  

‘लाष्टै छुची भन्छन्’, रोडिजले दिएको खुशी सुनाइनन् दियाले। हिमालय टिभीबाट प्रसारण हुने 'युथ बेस्ड रियालिटी शो' रोडिजको निर्णायक भएर उनी धेरैको नजरमा परेकी छिन्। 

एकदिन हिमालय रोडिजको निर्देशक अमनप्रताप अधिकारीले भारतमा बनेको रोडिजमा रघु नामको पात्रलाई पछ्याउन भने। दियाले रोडिज हेरिन्। रघु पात्रलाई हेरिन। उनको चित्तै बुझेन। त्यति छुचो जज को होला ! त्यस किसिमको बानीव्यहोरा देखाउँदा दर्शकले के भन्लान्, मनमा यस्तै लाग्यो उनलाई। रोडिज नगर्ने मुडमा भइन्। तर उनी त्याे समय खाली थिइन्। त्यसैले सिक्न पाइन्छ भन्ने अपेक्षा राखेर उनी राेडिजमा जाेडिने निर्णयमा पुगिन्। भारतीय रोडिजको रघुलाई दोहोराएर हेरिन्। ‘अमन दाई र मैले दोखमा काम गरेका थियौं। त्यसपछि अमन दाईले मलाई रघुको जस्तो जज बन्नुपर्ने सल्लाह दिए। थर्काउने टाइपको। रिसाएझैं देखिने। मैले त्यही अनुसार अडिसन दिएँ र, जजमा छनौट भएँ,’ दियाले सुनाइन्। 

त्यसपछि क्रोध देखाइ रहने पात्रको संरचना भित्र उनले काम गर्नुपर्ने भयो।। रिसालु जज स्क्रिप्टमै लेखियो। ‘सुटिङको बेला पनि अलिकति हाँस्यो कि, हाँसो बढी भयो है भन्थे,' उनी भन्छिन्, ‘जजको अभिनय गर्न मलाई गाह्रो भयो। आफूलाई कति छुची बनाउने भन्ने लाग्थ्यो। तर काम हो, कामको सम्मान गर्नै पर्‍यो।’ 

‘जीवनमा जस्तै अवस्थामा पनि बाँच्नुचाँही रोडिज हो। म आफूलाई पनि रोडिज लाग्छ।’

बिस्तारै दियालाई छुची जजको रूपमा दर्शकले चिन्न थाले। भन्छिन्, ‘मैले त्यहाँ पनि विद्रोह गरेको छु। एंग्री जजको रूपमा।’ 

दियालाई लाग्छ, उनले जीवनमा सबैभन्दा बढी गाली रोडिजकै कारण खाइन्। अहिले पनि उनलाई चिन्नेहरुले छुची भन्छन्। घमण्डी भन्छन्। तर उनलाईचाँही रोडिजमा सहभागी हुन आउने प्रतिष्पर्धीले जीवन बुझ्न सघाएको लाग्छ। भन्छिन्, ‘बास्तविक जीवनमा हरेक मानिस रोडिज हुनुपर्ने रहेछ। एघार लाखबाट गाली खाएर पनि म अहिले रोडिजमै छु।’ 

यो काम गर्न उनलाई स्वतन्त्र छ। दर्शकले पनि चिने, तर रोडिजले गलत तरिकाले चिनायो कि भन्ने पनि लाग्छ उनलाई। उनी भन्छिन्, ‘सिकायत भन्ने छैन मलाई। समाजलाई बुझ्न रोडिजले पनि दियो। रोडिज बन्न आउने अथवा सपना बोकेर आउने मान्छेलाई भेट्ने मौका पाएँ। अमेजिङ मान्छे भेट्न पाएँ।’

जीवनमा उनले बाइकमा यात्रा गरिन्। हिमाली जिल्ला र पूर्वपश्चिम यात्रा बाइकमै गरेकी छिन्। तर दियालाई रोडिज बन्न बाइक चलाउनै पर्ने, सिक्स प्याक हुनैपर्छ भन्नेचाँही लाग्दैन। भन्छिन्, ‘जीवनमा जस्तै अवस्थामा पनि बाँच्नुचाँही रोडिज हो। म आफूलाई पनि रोडिज लाग्छ।’

अन्तरजातीय विवाह 

जीवनको महत्वपूर्ण लय हो, परिवार। परिवार हुन पहिला त विवाह हुनुपर्‍यो। घरपरिवारले यसको बिवाह नहुने भयो भनेर चिन्ता गरिरहेका बेला एकदिन दियाले विवाह गर्ने खबर सुनाइदिइन्। ८ वर्षदेखि उनी प्रेममा परेकी थिइन्। ती प्रेमी थिए– अनुप बराल, जसलाई उनले अझै गुरु मान्छिन्। 

तिनताक नृत्यमा स्नातकोत्तर अध्ययन गर्दै गरेकी दियाको सोच असल नृत्य शिक्षक बन्नु थियो। ‘दलन’ मा अनुपसँग काम गर्न थालेपछि उनको लक्ष्य नै परिवर्तन भयो। जब अनुपसँग संगत भयो, उनी नाटकमै रमाउन थालिन्। समय त यस्तो पनि आयो कि दिया नभई नाटक नहुने भयो। अनुपको निर्देशन बिना दिया नाटक नखेल्ने भइन्। यही गरुचेलीको सम्बन्ध विवाहमा फेरियो। 

अन्तरजातीय विवाह गर्न लागेको देखेर दियाका परिवार निराश भए। उनको मावलतिर अन्तरजाति विवाह दुईपुस्ता अघिदेखि चलेको थियो। तर फरकपन उनले कहिल्यै देखिनन्। भन्छिन्, ‘परिवारमा घुलमिल नभएर पनि हो कि मैले अन्तरजातीय विवाह पछिको विभेद मैले देखिनँ।’ 

दियालाई लाग्छ, उनले जीवनमा सबैभन्दा बढी गाली रोडिजकै कारण खाइन्। अहिले पनि उनलाई चिन्नेहरुले छुची भन्छन्। घमण्डी भन्छन्। तर उनलाईचाँही रोडिजमा सहभागी हुन आउने प्रतिष्पर्धीले जीवन बुझ्न सघाएको लाग्छ। भन्छिन्, ‘बास्तविक जीवनमा हरेक मानिस रोडिज हुनुपर्ने रहेछ। एघार लाखबाट गाली खाएर पनि म अहिले रोडिजमै छु।’ 

ललितपुरकी दिया र पोखराका अनुपले औपचारिक प्रेम प्रस्ताव नराखेरै ८ वर्षपछि विवाह बन्धनमा बाँधिने निधो गरे। दिया नेवार समुदायकी थिइन्। त्यसैले अनुपकी आमालाई बुहारीका रूपमा दियालाई भित्र्याउने मन थिएन। फेरि अनुपको दोस्रो बिहे हुँदै थियो। अनुपले मायामा दियालाई छोड्न सकेनन् भने अनुपकी आमाले छोराको मायामा बुहारी त्याग्न सकिनन्। 

अनुप दियाको अभिनयभन्दा पनि बढी नृत्यका फ्यान हुन्। अहिले पनि उनीहरूको शिक्षक र विद्यार्थी सम्बन्ध टुटेको छैन। दियाको विचारमा सम्बन्ध त्यतिबेला बलियो हुन्छ, जतिबेला एक अर्काको सिक्ने र सिकाउने प्रक्रिया चलिरहन्छ। 

विवाह गरेर अनुपसँग उनी पोखरा गइन्। बुहारीका कर्तव्यहरु सम्झिएकी थिईन् दियाले। घरमा बसुन्जेल बुहारीको भूमिका निर्वाह पनि गरिन्। कुर्तासुरुवाल लगाइन्। 

विवाह भएको केही वर्षपछि उनलाई बच्चा जन्माउनु पर्‍यो भन्ने दबाब आउन थाल्यो।

‘हिरोइन भएर होला बच्चा नपाएको!’ 

उनलाई नजिकका मान्छेहरु जिस्काएर यसै भन्थे। बच्चाको योजना गर भन्दै सम्झाउने टाढाका नभएर आफन्तै बढी थिए। अन्यका बच्चालाई देखाएर ‘तिम्रा पनि बच्चा यत्रा हुन्थे’ भन्नेको कमी भएन। 

दियाको जीवनको एक विद्रोह, उनको अन्तरजातीय विवाह पनि हो। ‘सरको साथ नभएको भए मै उहिल्यै गृहिणी हुन्थें’, दियाले भनिन्।


जतिसुकै बाहिर काम गरेर आए पनि घरको काम गर्ने बुहारी भन्ने लाग्छ। घर सम्हाल्ने सुशील गृहणी नै हो भन्ने हुन्छ। श्रीमानको साथ र सहयोग बिना बुहारीले घर र घर बाहिर बराबरी समय दिन सक्छ भन्ने चाहिँ लाग्दैन उनलाई। 

बुहारी भएपछि उनले आमाले गरेको संघर्ष सम्झिइन्। आमाको संघर्ष कसैले गम्भिरतापूर्वक नलिइदिएको भन्ने लाग्छ उनलाई। यदी त्यति मेहनत कुनै पुरुषले गरेको भए समाजमा अर्कै चर्चा हुन्थ्यो, सम्मान हुन्थ्यो। जब उनी बुहारी भएर गइन्, भन्छिन्, ‘केटो मेरो पछाडि हुन्थेन भने म पनि घरमै सीमित हुन्थें। मेरा पनि बच्चा हुन्थे। भाडा माझिरहेको हुन्थेँ। कपडा धोइरहेको हुन्थेँ। बाबुनानीको स्कुल घर गरिरहेको हुन्थेँ। तर अहिले जुन संघर्षमा निरन्तरता दिन पाएको छु, त्यो अनुप सरको साथ र सहयोगले नै हो।’ 

दियालाई लाग्छ, नारीको विद्रोह त्यतिखेर सफल हुन्छ जब समझदार पुरुषको सहयोग हुन्छ। भन्छिन्, ‘जतिसुकै चिच्याए पनि महिलाको सफलता पुरुष बिना सहज छैन। बुवा, भाइ, दाई वा श्रीमान कुनै पनि पुरुषको साथ र सहयोग बिना महिला अपुरा हुनेरहेछन्।’ 

श्रीमान भन्दा पनि उनी गुरु मान्छिन् अनुपलाई । गुरु भएर धेरै कुरा सिकेको लाग्छ उनलाई। आफ्नो खुशी जोडिनु नै मर्जीमा बाँचेको लाग्छ उनलाई। जीवनमा सिकाई भन्ने कुरा श्रीमानबाट भन्दा पनि गुरु भएर सिकेको लाग्छ उनलाई। भन्छिन्, ‘सिक्ने र सिकाउने क्रम भएन भने कुनै सम्बन्ध पनि लामो टिक्दैन भन्ने लाग्छ।’ 

झनक्क रिसाइहाल्ने, छिट्टै अरूलाई विश्वास गर्ने, बाहिर कतै जानु पर्‍यो भने कपडा छानेर हैरान पार्ने दियालाई अनुपको हरेक व्यक्तिको विचार सुन्न सक्ने क्षमता, अहमता नराख्ने र सिर्जनशील स्वभाव मनपर्छ। अनुप र दिया एक अर्कालाई सहकर्मी र सहयात्री दुवै भन्न रुचाउँछन्। अनुप दियालाई कविता सुनाउँछन्। अझ दिया आफ्नै ससुरा कलाकार दुर्गा बरालको बिग फ्यान हुँ भन्छिन्। पोखरा पुग्दा उनी चिया लिएर जब ससुरा (दुर्गा बराल)को नजिक पुग्छिन् तब उनको पेन्टिङमा घन्टौ टेलाउँछिन् दिया।

०००

जीवनको लय समाउन, केही न केही त सोचिन्छ नै। तर, दियाले त्यस्तो ठूलो सोच्नु परेन। आफू बाँचेको समयसँगै हिडिदिइन्, र त उनको मनमा यस्तो गर्न पाइन् भन्ने छैन। बरू यस्तो गर्नेछु भन्ने चाहीँ छ। ‘मैले यस्तो गर्न पाइनँ भनेर पछुतो छैन। रोइनँ पनि, बरू अपेक्षा गरेँ,’ उनी भन्छिन्, ‘मैले चाहेको काम मेरै कारणले सम्भव हुने हो, एउटा सिकाइको आधारमा। र त, अहिले पनि सिक्ने र सिकाउने चरणलाई सिकाइकै रूपमा काम गर्ने अपेक्षा राखेको छु।’

चलचित्र दुई थोपा आँसुमा बालकलाकार हुँदै देवता चलचित्रमा स–सानो भूमिका गरेकी दियालाई कागबेनी, साँघुरो र सुनगाभाले चिनाउँछन्। तर आफूलाई यो पात्र मन पर्छ भनेर भन्न सक्दिनन्। फरक–फरक पात्र भएर बाँचिन्। आफूले गरेको भूमिका प्रति उनी खुशी छिन्, दलनकी काली पात्र, सुनगाभाकी समलिङ्गी पात्र, हिमालयन रोडिजकी जज। हरेक पात्रको आफ्नै खासियत लाग्छ उनलाई। पात्रको आफ्नै मौलिकता हुने बुझाई छ उनको। 

फरक कष्टुम, फरक सिच्युएसन, फरक व्यवहार हुन्छ पात्रको। एउटा कलाकारले फरक समुदाय, फरक वर्ग र फरक समाजको चरित्र भएको भूमिका निर्वाह गर्दा उत्तिकै प्रिय हुन्छ। भन्छिन्, ‘एउटा मात्रै पात्र छान्दिनँ। सबैको चरित्र महत्वपूर्ण हुन्छ, ती आफ्ना ठाउँमा बराबरी छन्।’ 

नाच भने दियाको नसा नसामा छ। आफ्नो मौलिकता पनि नाचमा खोज्छिन्। आफ्नो आधार पनि नृत्यलाई मान्छिन्। र त, नाच्न थालेपछि उनलाई चराचुरुङ्गीझैं उडेको लाग्छ। स्वतन्त्र अनुभूत गर्छिन्। भन्छिन्, ‘नाच्दा स्वतन्त्र अनुभूति गर्छु। चराजस्तो उड्छु म। त्यही भएर होला सानैदेखि नाचेको। एकदम फ्रि फिल हुन्छ। यो जीवन यही मर्जीमा अल्झिएझैं लाग्छ।’

नृत्यलाई उनी जिन्दगीबाट अलग राख्न चाहदिनन्। चौविस घन्टा उनी अभिनय र नृत्यमा डुब्न सक्छिन्। 

साइलेन्ट पात्र मन पर्छ। भीडमा पनि एक्लै कतै हराइरहेको मान्छेलाई देखेर उनी साह्रै कौतुहुल हुन्छिन्। त्यस किसिमको पात्रमा भेटिने अदृष्य बिशेषता पहिलाउन खोज्छिन् । ‘के चलिरहेको होला त्यसको मनमा’, उनी यसरी सोच्छिन्। त्यो एकान्तित कसैले नविथोलिदियोस् भन्नेमा पनि सचेत हुन्छिन्। 

जीवनको लय समाउन, केही न केही त सोचिन्छ नै। तर, दियाले त्यस्तो ठूलो सोच्नु परेन। आफू बाँचेको समयसँगै हिडिदिइन्, र त उनको मनमा यस्तो गर्न पाइन् भन्ने छैन। बरू यस्तो गर्नेछु भन्ने चाहीँ छ।

एकान्तमा हराएको त्यो पात्रको पहिरन हेर्छिन्। अनुहारको भाव हेर्छिन्। कुन वर्ग र समुदायको होला? आदी इत्यादी उनी घोत्लिन्छन्। जिज्ञासु भएर त्यो पात्रलाई नियाल्दा उनी आफूलाई पनि धेरैपटक एक्लो पाएकी छिन्। भन्छिन्, ‘चुप लाग्ने पात्रहरु जुनसुकै लिङ्ग, वर्ग र समुदायको होस् मलाई आकर्षित गर्छन्।’

यस्तै साइन्लेन्ट पात्र लाग्थ्यो, उनलाई आफ्नो आमा। उनी भन्छिन्, ‘आमाको पात्र निर्वाह गर्न मन छ। मेरी आमाले अनेक दुःख गर्नुभयो, तर सिकायत गर्नु भएन। शान्त सहेर समयलाई जितिदिनुभयो।’

‘आमाको कारण पनि होला मलाई त्यस किसिमको पात्र मन पर्ने’, उनले थपिन्। हुन त, कलाकारिता क्षेत्रमा लाग्दाको सुरुवातमा आमाले रोक्नु भएन। किन रोक्नु भएन भनेर आजसम्म सोधिनन् दियाले पनि। सोध्ने बानी पनि भएन। मनको स्वतन्त्र के आमाले बुझ्नु भएको थियो। भन्छिन्, ‘आमाको साइलेन्टले पनि होला धेरै कम बोलेर पनि धेरै बुझ्न सकिदोरहेछ भन्ने लाग्छ।’

जीवनमा कसैसँग नझ्यामिएको लाग्छ उनलाई। त्यसो हुनु पारिवारिक वातावरणमा नहुर्किएर पनि होला। बाल्यकालदेखि काम माग्न गइनन्। सानैदेखि उनले काम पाइन्। यस्तो काम गरौ न भनेर उनलाई खोज्नेहरु नै भेटिन्। 

‘कहिलेकाही आफूलाई पनि त्यही पात्र हुँ कि जस्तो लाग्छ’, मनको भित्री स्वभाव सुनाइन उनले। आफ्ना फाइदाका लागि कहिले गलत लय समाउन परेन उनले। आफ्नो लागि लड्न नसके पनि, दुःखको फेहरिस्त सुनाउन नसके पनि, आफ्ना बारे बोल्न नसके पनि आफ्नो जिम्मेवारी भने निभाइरहेको मान्छे मन पर्छ।

कला अभिनयमा जति जिम्मेवार बोध गर्छिन्। तर पारिवारिक जीवनमा भने अलि व्यवहारिक हुन नसकेको महशुस गर्छिन् उनी। कहिलेकाहीँ रिस उठ्यो भने केही छिनमै रिस हराउँछ उनको। केही सेकेण्डमा रिस मर्छ, भन्छिन्, ‘क्वीक टेम्पर सर्ट टेम्पर हो, तर मेरो अनुहारमा अलिकति रिस देखियो भने पनि धेरै रिसाएँझैं देखिन्छ।’


अलिकति रिसाउँदा पनि धेरै रिसाएझैं देखिने दियाले अभिनय मार्फत विद्रोह गरेकी छिन्। एक्टर स्टुडियोको फर्स्ट व्याजको कुरा हो। उनी जहाँ बसे पनि उनी नजिक एकजना युवक नजिक बस्थ्यो। उसले घरीघरी दुःख दिन थालेको उनले महशुस गरेकी थिइन्। मुख छोडेर या हात छोडेर भनौं कि भन्ने लागे पनि उनले त्यसो गर्न सकिनन्। तर रिहर्सलमा मुख छोड्नु पर्ने थियो। उनले अभिनयको बाहनामा उसलाई भरमार गाली गरिन्। त्यो गाली गरिरहँदा अन्यलाई अभिनय गरेझैं लागेपनि उनको मन भने हलुका भएको थियो। उनले साच्चैको गाली गरिरहेकी थिइन्। उनी भन्छिन्, ‘अभिनयको बाहनामा पनि हामीले आफ्नो रिस पोख्न पाउँछौं। अथवा विद्रोह गर्न पाउँछौं।’ 

केही विग्रियो भने अथवा कसैले केही बिगारे उनको मुखमा आइहाल्छ – हे भगवान्। यो उनको मुखमा दोहोरिने शब्द हुन्। जीवन जसोजसो चलेको छ त्यस्तै बनेको लाग्छ उनलाई। जे भगवानले दिएका छन् त्यही छ। जुन बाटो रोजे त्यसैलाई लिएर हिँडिन्। तर जीवनलाई जबरजस्ती हिँडाइनन्। भन्छिन्, मैले नचाहिने कुरामा कहिल्यै जिद्दी गरिन्। सेयोर भएको कुरा आफैबाट पुरा गर्ने कोसिस भनें गरें।’ 

‘हिरोइन भएर होला बच्चा नपाएको !’ उनलाई नजिकका मान्छेहरु जिस्काएर यसै भन्थे। बच्चाको योजना गर भन्दै सम्झाउने टाढाका नभएर आफन्तै बढी थिए। दियाको जीवनको एक विद्रोह, उनको अन्तरजातीय विवाह पनि हो।

सुटिङको सिलसिलामा उनले देशविदेश देखिन्। समाज देखिन्। त्यो समाजमा भेटिएका पात्र र आफूबिच खासै ठूलो फरक देखिनन् उनले। तर ती पात्रले उनलाई गंभीर जरुर बनाए। समाजप्रतिको दृष्टिकोण बुझ्न पाएको बताउँछिन् दिया। यो अवसर अभिनयले दिएको ठान्छिन्। भन्छिन्, ‘समाज बुझेको नै अभिनयकाे कारण हो।’

१६ वर्षसम्म स्कुलका चार पर्खालभित्र हुर्किएकी दियाले अभिनयको सहयोगले जीवनको यात्रा फराकिलो भएको बताउँछिन्। ‘नृत्य र अभिनयले  समाज बुझ्न पाएँ। त्यसैले जिन्दगीसँग कुनै चित्त दुखाई छैन’, उनी भन्छिन्, ‘आर्टले समाज मात्रै बुझाएन मलाई घमण्ड हुनबाट पनि जोगायो।’

आफ्नो जीवन आफ्नो मर्जी भनेर हिँडिरहनु पर्दैन लाग्छ उनलाई। बरू मनले चाहेको काम गर्न जाने त्यही जीवन सफल हुन पुग्दोरहेछ भन्ने बुझाइ छ दियाको। त्यो काम समाजलाई चित्त बुझे सबैको मर्जीको हुन पुग्दोरहेछ। त्यसैले दिया भन्छिन्, ‘म को हो र मर्जीलाई लाद्ने।’

जिन्दगीको मालिक त आफै हो। दियालाई पनि आफ्नो जीवन मर्जीले भन्दा नि कामले बाँचेको लाग्छ। आफूले हिँडेको बाटो अथवा आफ्नो ‘प्यासन’ नै जीवनको स्वतन्त्रता लाग्छ। त्यसैले त होला जीवनको लयमा उनले आफ्ना मर्जीलाई मर्न कहिल्यै दिइनन्। आफ्नो जीवन आफ्नो मर्जी लिएर अहिले पनि अनवरत हिँडिरहेकी छिन्। 

(नेपाल समयको नयाँ स्तम्भ ‘मेरो जीवन, मेरो मर्जी’ अब हरेक शनिबार प्रकाशित हुनेछ। -सम्पादक)

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
संगीत

दसैंमा बज्ने कालजयी १० गीत

सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडबाडसम्बन्धी गीत गाउने गरेका छन्, धेरै दशैं गीत बज्ने गरे पनि दसैँभरि धेरै बज्ने मुख्य दश गीतले नेपालीको मन छुने गरेको छ।
नेपाल समय
कला/साहित्य

अनि दसैंमा गुन्जिन्छ 'रातो टीका निधारमा टलक्क टल्कियो'

दसैं नेपालीको मौलिक चाड हो। मौलिकतासँग नेपाल मनको आत्मीयता जोडिएकाले पनि रातो टीका निधारमा टलक्क टल्कियो गीतले दसैंलाई सम्झाइरहने ठान्छन्, संगीतकार बाँस्कोटा।
नेपाल समय
रचना

श्रीमानको साथी

घरमा कति योजना, कार्यक्रम वा पारिवारिक जमघटहरु चाहे ती जतिसुकै महत्वपूर्ण हुन् तर बीचमा कतै त्यो मान्छेको प्रसंग आइपुग्छ अनि ती सबै भताभुंग हुन्छन् अर्थात् सारा संसार एकातिर अर्कोतिर एकमात्र उ। कहिलेकाहीँ त लाग्ने कि त्यो साथी नभेट्दासम्म यो मान्छेको जीवन कसरी चलेको थियो होला, अहिलेको यसको पारा हेर्दा?
नेपाल समय
कला/साहित्य

त्यसैले देवेन्द्र बब्लुको दसैं काठमाडौंमै

माया बसेजस्तो, म त पर्खेको पख्र्यै छु, मायालु, मनमायाजस्ता चर्चित गीत गायक देवेन्द्र यसपालिको दसैं बिदामा सांगीतिक यात्रामा हुनेछन्।
नेपाल समय
कला/साहित्य

कोरानापछिको दसैं मनाउन गाउँ फर्किंदैछन् यी गायक-कलाकार

काठमाडौंलाई कार्यथलो बनाएर नाम अनि दाम कमाएकाहरू र यही घरजम गरिरहेका गायक÷कलाकारहरू पनि कोरोनाका कारण दुई वर्ष दसैं मनाउन नपाएकामा यसपालि पुख्र्यौली थलो गाउँ फर्किंदैछन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना