मंगलबार, असोज ११, २०७९

‘साहित्यको पहुँच विश्वविद्यालयमा कम हुनु राजनीतिक विकृति पनि हो’

राज सरगम  |  काठमाडौं, बिहीबार, फागुन २६, २०७८

राज सरगम

राज सरगम

बिहीबार, फागुन २६, २०७८, काठमाडौं

नेपाल समय

विश्वविद्यालय विश्वका किताब पढ्न सकिने थलो हो। सबै विधाका किताब सहजले उपलब्ध पनि हुनेगर्छन्। तर नेपाली साहित्य विश्वविद्यालयमा किन सहजै पुग्न सकेको छैन। नेपाली साहित्यमा यो चिन्ता र चिन्तनको विषय बनेको छ। 

विश्वविद्यालयको पाठ्यक्रममा चाकाडीबाजदेखि जिहजुरी गर्नेसम्मका कृति तथा सृजना पहिलो प्राथमिकतामा पर्ने गरेको सुन्न पाइन्छ। यो आरोप पनि हो। निश्चित, प्रिय स्रष्टाका मात्रै सृजनाहरु पाठ्यक्रममा समेटिन थालेको छ। 

अंग्रेजी साहित्य पढ्ने विद्यार्थीलाई नेपाली साहित्यकार तथा कवि याद हुन्छ। उनीहरु नेपाली कवि साहित्यकारसँग साक्षात्कार कार्यक्रम राख्छन्। डिस्कोर्स चलाउँछन्। तर, नेपाली साहित्यका विद्यार्थीले न नेपाली साहित्यकार चिनेका छन् न सिर्जना चिन्दछन् भन्ने अर्को आरोप पनि छ। 

आजका विद्यार्थी विश्वविद्यालयबाहिर नेपाली साहित्य पढ्न विवश छन्। उनीहरु नेपाली साहित्यको वृहत अध्ययन बाहिरफेर गर्न थालेका छन्। नेपाली साहित्यका प्रखर कवि लेखकहरु लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचन, शिद्धिचरण श्रेष्ठका कविताहरु बिस्तारै विश्वविद्यालयका कोर्सबाट हट्दै जाने हुन् कि भन्ने चिन्तनको विषय बनेको छ। साहित्यको मूल मुहान नै काटिने हो भने विश्वविद्यालयमा नेपाली साहित्यको अवस्था के होला? के विश्वविद्यालयले पाठ्यक्रम निर्माणमा साहित्य छुटाउँदै जान थालेको हो त? कस्तो बन्दै गएको छ त विश्वविद्यालयमा नेपाली साहित्यको पाठ्यक्रम?

धनगढीमा भएको नेपाली साहित्य महोत्सवमा सहजकर्ता बानियाँले अर्का वक्ता डा. तुलसी प्रसाद भट्टराईलाई सोधे, ‘विश्वविद्यालयमा साहित्यको पहुँच किन हुन सकेको छैन त?’

विश्वविद्यालयले नेपाली साहित्यकार कति छन्, कोको साहित्यकार हुन्, कस्ता विषयमाथि लेखिरहेका छन्, के लेखिरहेका छन् भन्ने विषयमाथि खोज अनुसन्धान गर्र्दैनन् भन्छन् प्राध्यापक डाक्टर महादेव अवस्थी। उनले भने, ‘कति साहित्य समेटिएको छ त भन्ने विषय समालोचकले खोज्ने हो।’ 

नेपाली साहित्यमा विद्यावारिधि उपाधिप्राप्त गरेका अवस्थी विषेश गरी लक्ष्मीप्रसाद देवकोटालाई अध्ययनक्षेत्र बनाएर अनुसन्धान गर्ने अध्येता हुन्। नेपाली समालोचना तथा विविध पाठ्यपुस्तक लेखनमा पनि क्रियाशिल अवस्थी नेपाली केन्द्रीय विभागका प्रध्यापक हुन। उनले विश्वविद्यालयमा नेपाली साहित्यको पहुँच अत्यन्तै न्युन रहेको बताए। विश्वविद्यालयमा साहित्यको पहुँच भनेजति हुन नसकेको चाहीँ स्वीकारे। 

नेपालमा एकदर्जन विश्वविद्यालय छन्। नेपाली विभाग, भाषा विभाग, संस्कृति विभाव लगायत छन्। आदीकवि भानुभक्तदेखि अहिलेसम्म हेर्दा पचास प्रतिशत स्रष्ठाका कृति र सृजना समेटिन नसकेको दुःख सुनाए उनले।

‘नेपाली साहित्यको इतिहास विश्वविद्यालयका कक्षामा पढाउँछौं। अझ नपुगेर अन्तर्राष्ट्रिय साहित्य पनि पढाउने गरिन्छ। साथसाथै विभिन्न विषयमाथि पनि पढाइन्छ। सम्बन्धित विधाका विकास प्रक्रियामा सृजनात्मक भावनाले स्नेहकारी सामार्थ राखेको छ भने चर्चा परिचर्चा भएको पनि छ, मुल्याङकन पनि हुन्छन्। तर कमजोर साहित्य विश्वविद्यालयमा पुगेन भन्नुचाहीँ भएन’, अवस्थीले भने।  

धनगढीमा भएको नेपाली साहित्य महोत्सवमा सहजकर्ता बानियाँले अर्का वक्ता डा. तुलसी प्रसाद भट्टराईलाई सोधे, ‘विश्वविद्यालयमा साहित्यको पहुँच किन हुन सकेको छैन त?’

 विमोचनमा एक वक्ता थिए। ती वक्ताले तीन सय पेजको निबन्ध संग्रह पढेर  आफ्ना चार दिन खेर गएका मन्चबाटै भनिदिए। मख्ख परेका लेखक खिस्स परे। एक हजार प्रति छापिएको निबन्ध संग्रह नछापेको भए हुन्थ्यो। यो किताब बन्ने कागज कम्तीमा कापी बन्थ्यो। 

विश्वविद्यालयमा नेपाली साहित्यको स्तरीयता र पहुँचमा कमी आउनुको कारण राजनीतिक पहुँच पनि मान्छन् भट्टराई। उनले भने, ‘प्रोफेसर नियुक्ती गर्न पनि प्रधानमन्त्री भेट्नुपर्छ। पहिला राजालाई जिहजुरी गर्नु पथ्र्यो। अहिले नेता मन्त्रीलाई गर्नुपर्छ। यसकिसिमको परिपाटीले पनि विश्वविद्यालयमा राजनीतिक चलखेल बढ्यो। यो गलत परिपाटीलाई हटाउन सके पक्कै साहित्यको पहुँच पुग्छ।’

भट्टराईले थपे, ‘पहिला त फसल र मोफसल बिचको दुरीलाई घटाउन प्रादेशिक विश्वविद्यालय त्यस–त्यस प्रदेशकका मानक स्रष्ठाहरुको एउटा छुट्टै आधार तयार गरेर केन्द्रीय स्रष्ठाहरुको केही प्रतिशत र अथवा २५ प्रतिशत राखेर बाँकी आ–आफ्ना प्रदेशका प्रादेशिक सम्बन्धमा बसेका वा हिजो नदेखिएका स्रष्ठाहरुको बारेमा पाठ्यक्रम तयार पारेर त्यो विश्वविद्यालयले आफ्नो विभागमा पाठ्यक्रम लागु गर्न सके साहित्यको पहुँच पुग्न सक्छ्।’

सुदूरपश्चिमको साहित्यिक स्रष्ठाको खोजी गर्नुपर्नेमा पनि बताए भट्टराईले। यस्ता विषयवस्तुमाथि प्रध्यापक मात्रै नभएर बौद्धिक समुदायको उपस्थित पनि रहनुपर्ने भट्टराईको बझाइ छ। 

‘तक्षशिलाको नाम लिँदा चाणक्यको नाम लिइहाल्छौं। कलकत्ताले रबिन्द्रनाथको टैगोरको नाम लिन्छ। विश्वविद्यालयसम्म नेपाली साहित्यको पहुँचसहजले पुर्‍याउन व्यक्तिको पनि भूमिका पनि हुन्छ’, उनले भने, ‘सञ्चालक कति सकारात्मक सोचका छन् र केही गर्ने हुटहुटीका छन् भन्नेले पनि फरक पार्छ।’ 

भट्टराईले एक निबन्ध संग्रह बिमोचनमा जाँदाको तितो अनुभव सुनाए। विमोचनमा एक वक्ता थिए। ती वक्ताले तीन सय पेजको निबन्ध संग्रह पढेर आफ्ना चार दिन खेर गएको मन्चबाटै भनिदिए। मख्ख परेका लेखक खिस्स परे। एक हजार प्रति छापिएको निबन्ध संग्रह नछापेको भए हुन्थ्यो। यो किताब बन्ने कागज कम्तीमा कापी बन्थ्यो। कागज खेर गएको टिप्पणी गरेका ती बक्ता भनेझैं कमजोर कृतिका कारण पनि नेपाली साहित्यको पहुँच विश्वविद्यालयसम्म पुग्न नसकेको बताउछन भट्टराई। 

त्यसैगरी प्रध्यापक डा. लक्ष्मण प्रसाद गौतमले विश्वविद्यालयमा नेपाली साहित्यको पहुँच थोरबहुतले नपुग्ने बताए। अत्यन्तै उच्च मुल्याङ्कन हुन नसकेको बताए। त्यसो हुनेको दोष लेखक/स्रष्ठालाई नै दिए उनले। उनले भने, ‘स्रष्ठाहरुको पनि अलिकति मेरो साधना पुगेन कि भन्ने सोच्नु पर्यो‍। बलियो सृजना अथवा कृतिको मूल्याङ्कन पनि राम्रै हुन्छ।’ 

एकैचोटी विश्वविद्यालयमा प्रवेश पाउने ध्यान मात्रै छ तर राम्रो लेख्ने कोसिस हुन नसकेको बताए डा. गौतमले। 

तर, डा. अवस्थीले लेखकले कति किताब लेखे, कस्तो लेखे, केका लागि लेखे, कति विश्वनियता छ, यी विषयहरु विश्वविद्यालयले अनुसन्धान नगर्ने बताए। उनले भने, ‘समालोचक र प्रध्यापक फरक हो। लेखकको कृतिमार्फत भन्न छुटाएको अथवा विषयबस्तुलाई विश्वस्नीयता साथ लेखिएको छ छैन भन्ने कुरो समालोचकले विश्लेषणात्मक ढंगले उद्घाटन गरिदिनु पर्छ।’

महाकावी लक्ष्मी प्रसाद देवकोटा आफ्ना साहित्यको सबैभन्दा ठूला समीक्षक स्वयम् थिए भन्दै अवस्थीले लक्ष्मीप्रसाद देवकोटाले आफ्नो ‘लक्ष्मी निबन्ध संग्रह’मा लेखेको लाइन सम्झिए– मेरा निबन्धका अन्दाज युगयुगका पाठकको समालोचनाले गर्दैन। एक युगका पाठकले मेरा निबन्धहरुको अन्दाज गर्न सक्दैन।

विश्वविद्यालयमा पढाइने साहित्यमाथि समालोचकको भूमिका बलियो हुने बताए उनले। उनले नेपाली समालोचकहरु लेखकभन्दा पनि कमजोर रहेको टिप्पणी गरे, ‘लेखकले देख्न नसकेको घटनाहरु समिक्षकले देखाउन सके लेखकभन्दा नि महान हैसियतमा समीक्षक उभिन सक्छन्।’

महाकावी लक्ष्मी प्रसाद देवकोटा आफ्ना साहित्यको सबैभन्दा ठूला समीक्षक स्वयम् थिए भन्दै अवस्थीले लक्ष्मीप्रसाद देवकोटाले आफ्नो ‘लक्ष्मी निबन्ध संग्रह’मा लेखेको लाइन सम्झिए– मेरा निबन्धका अन्दाज युगयुगका पाठकको समालोचनाले गर्दैन। एक युगका पाठकले मेरा निबन्धहरुको अन्दाज गर्न सक्दैन।अवस्थी समीक्षकले चुनौती मोल्न सक्नुपर्ने बताउँछन्। उनले भने, ‘समालोचक लेखकभन्दा बढी सूचना संकलन गर्ने र तथ्यमा रहेर लेख्न सक्नुपर्ने हुन्छ। कृतिको समीक्षा कृतिको सङ्क्षीपिकरण होइन या सार उद्दरण गरेर आफ्नो समालोचनाको पुस्तक मोटा देखाउँछन् भने त्यो समालोचक होइनन्। 

समीक्षकले अध्ययन फराकिलो बनाउनुपर्नेमा जोड गर्नुपर्ने बताए उनले। विश्वविद्यालयका विद्यार्थीलाई पाठ हस्तान्तरण गरेको तर प्रर्याप्त नभएको पनि बताए। स्थापीत लेखकलाई मात्रै हेर्नुभन्दा नि लेखकले कसरी लेख्यो कस्तो दृष्टिकोणको छ र त्यो विद्यार्थीमा हस्तान्तरण हुन सक्छ कि सक्दैन भन्ने विश्लेषण सहित हस्तान्तरण गर्नुपर्ने बताउँछन् डा.अवस्थी।

समालोचक र लेखक बिचमा निश्चित दुरी नभई समालोचना गर्न सकिन्छ कि सकिदैन? हाम्रो समालोचनामा प्रशंसा गर्ने, साँठफेर गर्ने लेनदेन गर्ने, खाली खाम केके हो सबै गर्ने परिपाटीजस्ता समस्यामाथि पनि प्रश्न गरे सहजकर्ताले। पछिल्लो समय नेपाली साहित्यमा समालोचकको धर्म निर्वाह गर्ने समीक्षक हराउँदै गएको बताउँछन् भट्टरार्ई। 

कोही सँगसँगै हिँडेको देख्दैमा पक्षपोषण गरेको आरोप पनि खेपिरहेका समिक्षक छन् भने कोही यथार्थमा पक्षपोषण पनि गरिरहेका छन्। तर, कृति राम्रो भएमा कृति समीक्षाको खाँचो नपर्ने देख्छन् भट्टराई। सामान्य लेखपढका भरमा मित्रताको भूमिका निर्वाह गर्न समीक्षा पनि लेखिदिने गर्छन्। आफूले त्यसकिसिमको भाव राखेर समीक्षा नलेखेको स्वीकारे। 

दर्शकदीर्घबाट लेखक नयनराज पाण्डेको एक प्रश्न थियाे– पाँच वर्ष अगाडि एक विद्यार्थीले लेखक नयनराज पाण्डेमाथि थेसिस तयार गर्यो‍। उक्त थेसिसमा व्यक्तिगत विवरण सहित नयनराज पाण्डेको दुई छोरा १२ वर्ष र १० वर्षका थिए। ठिक पाँच वर्षपछि अर्को कुनै विद्यार्थीले पनि उनै लेखकमाथि थेसिस गर्न लाग्यो। पाँच वर्षपछि पनि उनका दुई छोरा १२ वर्ष र १० वर्षकै भएर थेसिसमा देखिए। यस किसिमको थेसिस लेखिएको हो कि चोरिएको हो त? अथवा ‘कपी–पेस्ट’ कहिलेसम्म?

यस विषयमा डा. गौतम विश्वविद्यालयभित्र केही व्यक्तिगत आग्रहका कारणले यस्ता घटनाहरु दोहोरिन पुगेको बताए। तर, उनले यस्तो हुनुमा राजनीतिकै कारण देखाए। उनले भने, ‘विश्वविद्यालयका विभागभित्र पनि राजनीतिक छिर्यो‍।’

विद्यार्थीको ल्याकत र विवेक हेरेर विभागले स्वीकृत दिने गर्छ। तर बजारमा खुलेआम थेसिस कपीपेष्ट हुने कार्य भने रोकिन नसकेको अवश्य हो। गौतमले भने, ‘कसैले तेरो थेसिस म गराइदिन्छु भनेर हिँडेका पनि छन्। त्यो विकृतिभित्र म छैन र मेरा विद्यार्थी पनि छैनन भन्ने लाग्छ।’

मान्छेको जीवनशैली चलाउने अत्यावश्यक वस्तु पनि होइन साहित्य। कवि भूषिता वशिष्ठको भनाइ सापटी लिएर भन्दा ‘साहित्य भनेको त लक्जरी हो’ अथवा अतिरिक्त पोषण पनि हो। यसरी हेर्दा नेपाली साहित्य कमजोर हुनुको कारण समय अभाव पनि हो। साधानाको अभाव पनि हो। त्यो भन्दा ठूलो विश्वविद्यालयभित्र पसेको राजनीतिक विकृति पनि हो।


प्रकाशित: March 10, 2022 | 09:12:13 काठमाडौं, बिहीबार, फागुन २६, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
पुस्तक

२५० वर्षको इतिहाससहित ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित

कृतिमा पछिल्लो अध्ययन अनुसार पहिलो मानिएको रमेश मल्लद्वारा लिखित ‘मदन दीपिका’ (वि.सं १८२२) महाकाव्यदेखि २०७८ सालसम्म लेखिएका महाकाव्यहरूको विश्लेषण गरिएको छ।
नेपाल समय
कला/साहित्य

मंसिर ९ गतेदेखि अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु हुँदै

निर्देशक एवं वरिष्ठ रङ्गकर्मी अनुप बरालले आफूलाई रङ्गकर्मको नोकर भएर बाँच्न मन लाग्ने बताए। महोत्सवलाई सम्पूर्ण रङ्गकर्मीहरुको साझा महोत्सवको रुपमा लिनुपर्ने उनको भनाइ छ।
नेपाल समय
फिल्म

'ऐना झ्यालको पुतली' को माग डायस्पोरामा पनि

नेपालमा दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ले विदेश यात्राको तय गरेको छ।
नेपाल समय
फिल्म

कर चुक्ता नगरेका कारण प्रेमगीत-३ को सेन्सर रोकिएको थियो : भुवन केसी

बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ।
नेपाल समय
संगीत

नेपथ्य व्याण्ड ‘म्यूजिक फर ह्युम्यानिटी’का साथ मानवता प्रवर्धन अभियानमा

यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले आउँदो वर्ष ‘मानवता प्रवर्धन अभियान’ मार्फत मानवीय आयामहरुलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको छ। यसै प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना