मंगलबार, असोज ११, २०७९
नारी दिवस विशेष

'राजनीतिको घानमा महिला सति जान बाध्य थिए'

राज सरगम  |  काठमाडौं, मंगलबार, फागुन २४, २०७८

राज सरगम

राज सरगम

मंगलबार, फागुन २४, २०७८, काठमाडौं

नेपाल समय

हामीले सानैदेखि सुन्दै आएको एकादेशको कथाजस्तो लाग्छ सती प्रथा। एक शताब्दी अगाडिसम्म यही प्रथाले विधवा महिलालाई चितामा होमिन बाध्य परेको थियो। मृत श्रीमानको लाससँगै चितामा जिउँदै जल्नुपर्ने पीडालाई पवित्रता र पुण्य भनी भ्रममा पारिएको पक्कै हो। 

तर, यो त पितृसत्तात्मक समाजले महिलामाथि गर्दै आएको बर्बर यातना थियो। 

राजधानीमा मंगलबार ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लेखक सुजित मैनालीको 'सती : इतिहास र मिमांसा' गैरआख्यान पुस्तकमाथि बहस चल्यो। बहसमा थिए, लेखक मैनाली र पत्रकार शीला खत्री। 

सतीप्रथामाथि किताब लेख्न आफ्नै पारिवारिक माहोलका कारण सम्भव भएको बताउने मैनालीले सतीप्रथाको ऐतिहासिक पाटोलाई पनि खोतले।

सती प्रथा वि.सं. १५३३ बाट सुरु भएको उपत्यकाका धार्मिक शक्तिपीठ र पादपीठका अभिलेखले देखाएका छन्। हुकु जोशीको मृत्यु भएपछि उनकी श्रीमती हेरभी सती गएको कुरा कीर्तिपुरस्थित १५८७ मा स्थापित नारायणको मूर्तिको पादपीठको अभिलेखमा पनि उल्लेख छ। 

यसैगरी, मल्ल राजाहरुको मृत्युपछि धेरै रानी सती गएको अभिलेख पनि पाइन्छ। चिताको आगो सहन नसकेर भाग्ने विधुवा महिलाहरुलाई बाँसले घोचेर या बाँधेर श्रीमानको चितासँगै जलाउने परिपाटीसमेत रहेको मैनालीले उल्लेख गरे।

शाहकालमा सती प्रथालाई सत्ता र शक्तिका रूपमा स्थापित गर्न खोजिएको बताउँछन् मैनाली। शासन सत्तालाई निरन्तरता दिनका लागि सन्तानको महत्त्वपूर्ण भूमिका रहने भएकाले सती जान बाध्य पारिने गरेको लेखक मैनालीको भनाइ छ। सती जानु भनेको पुरुषको राजनीतिक शक्तिलाई एकलौटी बलियो बनाउनु पनि थियो। 

मल्ल राजाहरुको मृत्युपछि धेरै रानी सती गएको अभिलेख छ। चिताको आगो सहन नसकेर भाग्ने विधुवा महिलाहरुलाई बाँसले घोचेर या बाँधेर श्रीमानको चितासँगै जलाउने परिपाटीसमेत रहेको मैनालीले उल्लेख गरे।

वि.सं. १७९९ मा नरभूपाल शाहको मृत्युपछि कान्छी रानी सुभद्रावती सती गए पनि अरु रानीहरु नगएको, पृथ्वीनारायण शाहको मृत्युमा राजेन्द्रलक्ष्मीबाहेकका रानी सती गएको, रणबहादुर शाह मारिँदा जेठी रानी राजराजेश्वरीलाई माइतीबाट ल्याएर सती पठाइएको इतिहास छ। रणबहादुरकी रानी ललितत्रिपुरासुन्दरी राज्य सञ्चालनका लागि बसेका थिइन्। 

१९०३ मा जंगबहादुर राणा प्रधानमन्त्री भएपछि सती प्रथाको विरोध गरे। निरन्तरको विरोधपछि नेपालको पहिलो मुलुकी ऐन जारी गर्दै जंगबहादुर राणाले सतीप्रथालाई निरुत्साहित गर्न १६ वर्षभन्दा मुनिका विधुवा महिला र ९ वर्षभन्दा कम उमेरका सन्तानकी आमालाई सती जानबाट रोक लगाएका थिए। यसरी १९७३ बाट योगमाया न्यौपानेको अगुवाईमा धर्मराज्यको मागसहित सुरु भएको नागरिक अभियानको एउटा मागले सती प्रथा अन्त्य गर्‍यो। अन्ततः चन्द्रशम्शेरले १९७७ मा सती प्रथामाथि प्रतिबन्ध नै गरिदिए। 

कार्यक्रममा लेखक मैनालीले किताब लेखनको अनुभव सुनाएका थिए। सती प्रथाको एतिहासिक र सामाजिक पृष्ठभूमिलाई स्पष्ट पार्दै उनले भने, 'लोककथाको आधार र केही ऐतिहासिक दस्तावेजका आधारमा किताब लेख्न सहयोग पुगेको थियो।'

नेपाली नारीवादी महिला महिला स्वतन्त्रताका नारा लगाइरहेका छन्। छाउपडी तथा बलात्कारका घटनाको विरोध गरिरहेका छन्। बर्सेनि महिला हिंसाको नारा लगाए पनि महिला स्वतन्त्र र सम्मानित हुन नसकेको तितो यथार्थ किन छ त?

के एन्ड के कलेजको आयोजनामा भएको कार्यक्रममा महिलामाथि सामाजिक सीमा घरबाटै तोकिने भएकोले परिवर्तन पनि घरबाटै सुरु गर्नुपर्ने बताउँछिन् पत्रकार शीला खत्रीले। आलु पकाउँदा 'नडढेको आलु दाजुलाई, डढेको आलु दिदीबहिनीले खाउँ है' भन्ने आफ्नै बहिनीले सुनाएको कथा सुनाउँदै उनले भनिन्, 'राम्रो कुरा दाजुभाइलाई मात्रै किन खुवाउने? छोरीचेलीलाई पनि बाँढेर खाए के हुन्थ्यो? घरबाटै हामीले महिला र पुरुषबीचको व्यवहार छुट्याउने प्रवृत्ति हटाउनु पर्छ।'

कार्यक्रममा लेखक मैनालीले किताब लेखनको अनुभव सुनाएका थिए। सती प्रथाको एतिहासिक र सामाजिक पृष्ठभूमिलाई स्पष्ट पार्दै उनले भने, 'लोककथाको आधार र केही ऐतिहासिक दस्तावेजका आधारमा किताब लेख्न सहयोग पुगेको थियो।'

पुरुषले ओगटेको स्थान नभएर समानता खोजेको बताइन् खत्रीले। पुरुषले महिलालाई डोर्‍याउने, महिलाको आवाज पुरुषले बोलिदिनुपर्ने, पुरुषको छत्रछायामा सुरक्षित महसुस गर्नुपर्ने जस्ता वातावरण दुवैमा बराबरी लागू भए मात्रै महिला पुरुषमा समानता आउँछ। 

मैनालीको 'सती : इतिहास र मिमांसा' पुस्तक ऐतिहासिक दस्तावेज हुन सक्ने पनि बताइन् खत्रीले। 

'महिलामाथि सबैभन्दा सामाजिक सीमा सिर्जना गर्ने महिला नै छन्। जस्तै, आमा तथा सासुआमा, अनुशासन र छोरी बुहारीले गर्नुपर्ने काम कर्तव्यका पाठ व्यवहारमा लादिन्छ अथवा सिकाइन्छ। यो नै महिला र पुरुषबीचको विभेद हो। यस्तो विभेद परम्परागत रुपमा हाम्रो मानसिकतामा छ। मानसिकता नै बदल्नुपर्‍यो। सानोसानो कुरामा हामी विभेद गर्छौं। त्यही सिकाइको रुपमा अगाडि बढ्दै गएको लाग्छ।'

अहिले पनि कतिपय महिला घरको छोरा 'फ्यामिनिस्ट' हुनुपर्छ। हाम्रो आवाज न पहिला सुनियो, न अहिले सुनियो। घरको एउटा पुरुष नै फ्यामिनिस्ट हुनुपर्छ भन्ने हो भन्ने प्रश्नमा खत्री भन्छिन्, 'महिलामाथि सबैभन्दा सिकाइ हुने आमा र सासुआमाबाट हो। लुगा महिलाले धुन्छन् र सुकाउँछन्। बुहारी पढिरहेका बेला छोराले सुकेको कपडा उठाउनु गल्ती नै गरेजस्तो देखिन्छ सासु आमाको नजरमा। बुहारी बस्ने छोरा चाहिँ कपडा उठाउने। अथवा घरको काम छोराले होइन, छोरीले मात्रै गर्ने भन्ने भयो।' 

'हामीले खोजेको समानता हो', दर्शक दीर्घाबाट लेखक मैनालीलाई सुझाव पनि आयो, 'हामीलाई समानता चाहिएको हो। पुरुषको भाग खोस्ने भन्ने होइन। त्यसैले 'पुरुष सत्ता' होइन, 'पितृ सत्ता' भनिदिनु होला।'


प्रकाशित: March 8, 2022 | 19:51:05 काठमाडौं, मंगलबार, फागुन २४, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
पुस्तक

२५० वर्षको इतिहाससहित ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित

कृतिमा पछिल्लो अध्ययन अनुसार पहिलो मानिएको रमेश मल्लद्वारा लिखित ‘मदन दीपिका’ (वि.सं १८२२) महाकाव्यदेखि २०७८ सालसम्म लेखिएका महाकाव्यहरूको विश्लेषण गरिएको छ।
नेपाल समय
कला/साहित्य

मंसिर ९ गतेदेखि अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु हुँदै

निर्देशक एवं वरिष्ठ रङ्गकर्मी अनुप बरालले आफूलाई रङ्गकर्मको नोकर भएर बाँच्न मन लाग्ने बताए। महोत्सवलाई सम्पूर्ण रङ्गकर्मीहरुको साझा महोत्सवको रुपमा लिनुपर्ने उनको भनाइ छ।
नेपाल समय
फिल्म

'ऐना झ्यालको पुतली' को माग डायस्पोरामा पनि

नेपालमा दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ले विदेश यात्राको तय गरेको छ।
नेपाल समय
फिल्म

कर चुक्ता नगरेका कारण प्रेमगीत-३ को सेन्सर रोकिएको थियो : भुवन केसी

बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ।
नेपाल समय
संगीत

नेपथ्य व्याण्ड ‘म्यूजिक फर ह्युम्यानिटी’का साथ मानवता प्रवर्धन अभियानमा

यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले आउँदो वर्ष ‘मानवता प्रवर्धन अभियान’ मार्फत मानवीय आयामहरुलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको छ। यसै प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना