मंगलबार, मंसिर १३, २०७९

तथ्यांकका सारथी : मनिष झा

निर्भीकजंग रायमाझी  |  काठमाडौं, शनिबार, फागुन १४, २०७८

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

शनिबार, फागुन १४, २०७८, काठमाडौं

नेपाल समय

मानौं तपाईं व्यावसायिक प्रयोजनको लागि साततले भवन बनाउँदै हुनुहुन्छ। भवन बनिसकेर भाडामा लगाउँदा पाँच वर्ष बितिसक्छ। पाँच वर्षपछि मात्र पैसा उठ्न थाल्ने भवनमा लगानी गर्नु छ भने तपाईं के गर्नुहुन्छ? जवाफ आउन सक्छ- राम्ररी 'रिसर्च' गरेर मात्र कुनै पनि निर्णय गर्ने।

कुनै पनि व्यवसाय, सोच वा नयाँ काम गर्न उक्त विषयमा प्रशस्त शोध (रिसर्च) गर्नु आवश्यक हुन्छ। तर शोध गर्ने विधि–प्रकिया मिलेन भने लगानी डुब्ने मात्र होइन, सूचना पनि गलत हुन पुग्छ, परियोजना नै बन्द हुन सक्छ।अहिले धेरै उद्यमी, राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताले भोग्दै आएको साझा समस्या हो यो। यही समस्यापूर्तिको परिकल्पना गर्दै स्थापना भएको  संस्था हो, फ्याक्टस् नेपाल।

तथ्यांक र अनुसन्धानको आधारमा मात्रै कुनै काम गर्न प्रोत्साहन गर्ने यो संस्थाले अन्य दर्जनौं नीजि संस्था तथा व्यक्तिसँग सहकार्य गर्दै शोधकार्य गर्दै आएको छ। फ्याक्टस् नेपालका परिकल्पनाकार हुन्, मनिष झा। मूलथलो जनकपुर भएका मनिषले दश वर्षअघि तथ्यांकमा आधारित विश्वसनीय शोध गर्ने संस्थाको रूपमा ‘फ्याक्टस् नेपाल’ सुरु गरेका हुन्। 

संस्था सुरु गर्नुअघि उनले आधा दर्जन गैरसरकारी संस्थामा काम गरिसकेका थिए। यसपछि नेपालमा नै बसेर नयाँ क्षेत्रमा काम गर्ने सोचका साथ फ्याक्टस् नेपाल स्थापना गरे। अहिले यही संस्थामार्फत् ७० युवालाई पूर्ण रोजगारी तथा देशभरिका दुई सयलाई आंशिक रोजगारी सृजना गरिरहेका छन्।

फ्याक्टस् नेपालका परिकल्पनाकार हुन्, मनिष झा। मूलथलो जनकपुर भएका मनिषले दश वर्षअघि तथ्यांकमा आधारित विश्वसनीय शोध गर्ने संस्थाको रूपमा ‘फ्याक्टस् नेपाल’ सुरु गरेका हुन्। 

यसो त नेपालमा शोध, तथ्य जाँच (फ्याक्ट-चेक), अनुसन्धानजस्ता क्षेत्रमा संस्था नभएका होइनन्। तर व्यक्तिदेखि संस्थासम्मलाई अनुसन्धान सहायता गर्ने संस्था भने कमै छन्। 

नेपालमा शोध भन्नेबित्तिकै विश्वविद्यालयको 'थेसिस' लेख्दा गरिने सर्भे वा जनगणनामा टिपिने विवरणलाई बुझिन्छ। परम्परागत शैलीमा गरिने त्यस्ता शोधमा कोही व्यक्तिसँग कुरा गरेर केही पृष्ठ फारम भर्दै तथ्यांक संकलन गरिन्छ। तर फ्याक्टस् नेपालले भने प्रविधि र पहुँचको आधारमा मात्रै शोध गर्छ। 

‘हाम्रोमा कतै चिया पसल वा चोकमा गएर फारम भरेर रिसर्च गर्ने चलन हाबी छ,’ मनिष भन्छन्, ‘हामी पनि सम्बन्धित ठाउँमा पुग्छौं। तर रिसर्च गर्दा डिजिटल माध्यमबाट तथ्यांक संकलन गर्नेदेखि मानिसका रुचि, धारणा संकलन गर्छौं।’

नेपाल समय
फ्याक्स्ट नेपालका केही संस्करणको आवरण।

स्थानीय क्षेत्रमा संकलन गरिएका त्यस्ता तथ्यांक र सूचनाहरू एकीकृत गरी सफ्टवेयरको माध्यमबाट प्रसोधन गरिन्छ। त्यसपछि मात्रै विज्ञ समूह उक्त शोधको निष्कर्षमा पुग्छ। 

हुटहुटी नयाँ कामको 

२०५० को दशकमा प्लस-टु सकेपछि बीए, बीबीएसजस्ता कोर्स पढ्ने चलन थियो। तर मनिषले भने नेपालमा भर्खरै मात्र भित्रिएको बीबीए (बिजनेस एडमिनिस्ट्रेसन) पढ्ने अड्डी कसे। 

अन्तमा परिवारको स्वीकृतिपछि बीबीए पढ्न जनकपुरबाट काठमाडौं आए। पढाइ सकेर मिडियादेखि गैरसरकारी संस्थामा काम गरे। जुनसुकै कार्यालयमा काम गर्दा पनि नयाँ शैली र संरचनामा काम गर्न उनी उत्साहित हुन्थे।

यसैबीच छोटो अवधिको अध्ययनका लागि अमेरिका, जर्मनी र जापान पुगे। त्यहाँ पढ्ने क्रममा उनले व्यक्तिमा निहित नवीन सोचले नै नयाँ बाटो बनाउन सक्ने कुरा थाहा पाए। 

‘जे भइरहको छ, त्योभन्दा भिन्न वा भोलि आउने 'ट्रेन्ड'मा काम गर्न सक्नुपर्छ,’ विगत सम्झिँदै मनिष सुनाउँछन्, ‘नयाँ त गर्ने तर मनमा जे आयो त्यो होइन। सुक्ष्म अनुसन्धान र विश्लेषण गरेर मात्र नयाँ काममा हात हाल्नुपर्ने रहेछ।’

सन् २०१२ मा काठमाडौं बत्तीसपुतलीमा फ्याक्टस् नेपाल खोलेपछि मनिषले केही व्यावसायिक समूह र नेताहरूलाई आफूसँग जोडिएर काम गर्न प्रस्ताव राखे। त्यस क्रममा एक नेता ‘तिम्रो उमेर जति त मैले राजनीति गरिसकेको छु। अब किन रिसर्च गर्ने?’ भनेको उनलाई आजैजस्तो लाग्छ। 

‘रणनीति बनाउने भनेको अरुलाई तल पार्ने उद्देश्यमात्र होइन,’ उनी भन्छन्, ‘आफ्नो काममा निखार ल्याएर आजभन्दा भोलि राम्रो हुन रणनीति बनाउने हो। त्यसका लागि त सही रिसर्चको आवश्यकता पर्छ।’

ती नेताको कुराले मनिष विचलित भएनन्। तथ्यांकको क्षेत्रमा काम गर्ने विज्ञहरूसहित युवा टोलीलाई लिएर उनी रिसर्चको काममा खटिरहे। परिणामस्वरुप तिनै नेताले ५ वर्षपछि आफ्नो निर्वाचन क्षेत्रका जनताको आर्थिक, सामाजिक, राजनीतिक अवस्थाबारे शोध गर्न मनिषकै संस्थासँग सहयोग मागे।

‘सुरुमा नेताहरूमा रिसर्च गरेर मात्र अघि बढ्नुपर्छ भन्ने सोच नै थिएन,’ आफ्नो कामको समीक्षा गर्दै मनिष सुनाउँछन्, ‘अहिले दलका नेताले कुनै काम गर्दा रिसर्च गर्नुपर्छ भन्ने चलन सुरु भएको छ। उनीहरू सही सूचना र तथ्यांकको लागि लगानी गर्ने मनस्थितिमा पुगेका छन्।’

फ्याक्टस् नेपालले स्वदेशी संघसंस्था र व्यक्ति मात्र नभई विदेशी संस्थाको लागि पनि रिसर्चको काम गर्छ। नेपालभित्र रहेका सम्भाव्यतामाथि विदेशी संस्था वा कोही उद्यमीले शोध गर्न अहिले फ्याक्टस् नेपालसँग सहकार्य गर्दै आएका छन्। 

‘विदेशबाट नेपालको लागि आएका काम छन् भने पनि हामी गर्छौं र नेपालको मानिसलाई अर्को देशभित्र शोध गर्नु परे पनि त्यहीँका संस्थासँग मिलेर काम गर्छौं,' मनिष सुनाउँछन्।

यद्यपि नेपालमा गरिने रिसर्चलाई विदेशी संघसंस्थाले अझै सन्देह गर्छन्। परम्परागत विधिलाई नै पछ्याएर गरिने त्यस्ता शोध शैलीभन्दा भिन्न काम गर्न मनिषको टिम खटिरहेको छ।

निर्णय क्षमता बढाउन रिसर्च आवश्यक

नेपाली समाजमा कुनै काम गर्ने वा नगर्ने, उक्त काम गर्दा लाभ-हानी कस्तो हुन्छ भन्ने हेक्कै नराखी काम गर्ने परिपाटी छ। यो शैलीले काम गर्दा कहिल्यै सफलता नमिल्ने मनिषको अनुभव छ। सही निर्णय क्षमताको लागि सही विधिकै छनोट गर्न उनी सुझाउँछन्।

सही निर्णय क्षमताका लागि उनी निम्न पक्षमा जोड दिन्छन्: एक, प्रकियाको ज्ञान। दुई, व्यवहार। तीन, ज्ञान र व्यवहारको नियमित अभ्यास।

यति मात्र होइन, सही निर्णय क्षमतापछि त्यसमै टेकेर रणनीति बनाउनुपर्छ। ‘रणनीति बनाउने भनेको अरुलाई तल पार्ने उद्देश्यमात्र होइन,’ उनी भन्छन्, ‘आफ्नो काममा निखार ल्याएर आजभन्दा भोलि राम्रो हुन रणनीति बनाउने हो। त्यसका लागि त सही रिसर्चको आवश्यकता पर्छ।’

यसो त विश्वका अधिकांश देशमा जहिले पनि सरकारसँग धेरै तथ्यांक हुन्छ। सरकारले आफ्ना सबै निकायबाट सूचना संकलन गरेको हुन्छ। त्यही तथ्यांकमा टेकेर अधिकांश सरकारी तथा नीजि संस्थाहरूले योजना बनाउँछन्। तर सरकारको तथ्यांकमा मात्रै भर पर्दा प्रभावकारी रिसर्च हुन नसक्ने मनिषको अनुभव छ। 

प्रभावकारी रिसर्चको लागि सरकारी सूचनासँगै मानिसका रुची, आवश्यकता, भूगोल, सामाजिक अवस्था ध्यान दिनुपर्छ। तथ्यांक संकलन गर्न फिल्डमा जाने गणकले व्यक्तिको मर्यादालाई ख्याल राखेर ऊबाट धेरैभन्दा धेरै तथ्थ्यांक संकलन गर्नुपर्छ। आवश्यक परे व्यक्तिको गोपनीयता लुकाउनु पनि पर्छ। 

यद्यपि नेपाली नागगरिकहरू सरकारलाई बाहेक आफ्ना सूचना हत्तपत्त अरुलाई दिन अप्ठेरो मान्छन्। आफ्नो गोप्यता लुक्ने भयले धेरैले शोधकार्यमा भाग लिँदैनन्। मनिष भने क्रमशः यो परिपाटी अन्त्य गर्दै सही तथ्यांकको खोजी अभियानमा तल्लीन छन्।


प्रकाशित: February 26, 2022 | 16:08:40 काठमाडौं, शनिबार, फागुन १४, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
फिल्म

महजोडीको फिल्म 'महापुरूष'ले कमायो १० करोड

यसवर्ष कबड्डी ४ र प्रेम गीत ३ पछि १० करोड ग्रस गर्ने यो तेस्रो चलचित्र बनेको छ। नेपाली चलचित्रले हलमै यत्तिको व्यवसाय गर्नुलाई ‘ब्लकबस्टर’ मानिन्छ।
नेपाल समय
फिल्म

शवाना आजमी भन्छिन्- रंगमञ्चका लागि यो कठिन समय

दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको लागि काठमाडौं आएकी आजमीले दिल खोलेर नेपाली सौन्दर्य, कला र संस्कृतिको प्रशंसा गरिन्। पत्रकारसँगको भेटघाटमा उनले भनिन्, ‘नेपालको कला, संस्कृतिको म सदैव प्रशंसक हुँ। नेपाल संस्कृति र कलामा धनी छ।’
नेपाल समय
फेसन

कतारको सांस्कृतिक नियम तोडेपछि आलोचित भइन् पूर्वमिस क्रोएसिया

कतारमा फुटबल विश्वकपको समय लगाएको ड्रेसका कारण उनलाई आलोचनाको पात्र बनाइएको हो।
नेपाल समय
कला/साहित्य

हस्तकला व्यापार मेला मंसिर २३ देखि

मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थाङ्का गरी तीनवटा विधाका कला प्रदर्शनी हुनेछ। नेपाली हस्तकलाको प्रवर्द्धन गर्दै विदेशसम्म पहिचान गराउन मेलाको आयोजना गरिएको हो।
नेपाल समय
कला/साहित्य

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु हुँदै

१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया कार्यक्रम तालिका सार्वजनिक गरिएको महोत्सवमा विश्वभरबाट २०० बढी नाट्य कलाकार सहभागी छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना