बिहीबार, असोज २०, २०७९

'कमरेड' बनेका एक कविको झोला र बन्दुक

दिलीप कुँवर  |  काठमाडौं, शनिबार, फागुन ७, २०७८

दिलीप कुँवर

दिलीप कुँवर

शनिबार, फागुन ७, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं-

राइफलका मोहरीहरूबाट
निशाना ताक्दै जब बुलेट
दुश्मनका मुटुहरूमा धसिन्छन्,
लञ्चरका ढ्वाङहरूबाट
मजबुत बंकरहरू मसानघाटमा गाड्दै
जब ग्रिनेडहरू विस्फोटित हुन्छन्,
हरपल हरघडी
मेरो कमरेड 
सन्तोषको आकाशमा विचरण गर्दै 
विष्फोटनहरूलाई अंगाल्छ
हिम्मतको मञ्जील थप्दै
विजय मोर्चाहरूको प्रतिक्षामा
व्यवधानका अजंग पर्खालहरू छप्काउँदै
उ निरन्तर अगाडि बढिरहन्छ। 

'अमरत्वको चुम्बन'को कवितांश हो, यो। कवि हुन्- पुरण क्षेत्री। अर्थात् कमरेड करेन्ट। 

फ्ल्यासब्याक- ०५६ साल १० महिना १८ गते। 

माओवादी सशस्त्र द्वन्द्वको आधार इलाका भएकाले रोल्पामा सत्तापक्षको मनोबल कमजोर बन्दै गएको थियो। नेपाली सेना र नेपाल प्रहरीले समेत माओवादी लडाकुहरूसँग डर मान्न थालेका थिए। 

शान्ति सुरक्षाको अवस्था बुझ्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रोल्पा जाने कार्यक्रम थियो। कोइराला रोल्पा नपुग्दै यो सूचना नेकपा (माओवादी)को तत्कालीन गाविस (लिबाङ) कमिटीसम्म पुग्यो। कमिटी इञ्चार्ज थिए- पुरण क्षेत्री। 

कोइराला प्रधानमन्त्री भएका नाताले राज्यसम्म प्रभाव देखाउने यो मौका पनि थियो। त्यसैले माओवादीले उनीसम्म प्रभाव पुर्‍याउने योजना बनायो- कोइरालालाई बम विस्फोटको आवाज सुनाउने। योजनाअनुरुप रमेश थापा 'विद्रोही'को नेतृत्वमा निर्मल महरा (कृष्णबहादुर महराका छोरा) र फगामकी छाया फिल्डमा उत्रिए। सत्तापक्षा (नेपाली सेना)बाट विद्रोह गरेर माओवादीमा लाग्नु र भूमिगत हुनु चानचुने कुरा थिएन, त्यसमा पनि देशकै सुरक्षाशक्ति लिएर हिँड्ने कार्यकारी भूमिकामा रहेकालाई तर्साउनु झन् चुनौतीपूर्ण थियो। 

प्रधानमन्त्री कोइरालालाई 'तर्साउन'का लागि विद्रोही, निर्मल र छायाले लिबाङको खाद्यटोलस्थित घुम्तीमा बिहानै 'टाइम बम'को सेटिङ मिलाए। तर दुर्भाग्य, प्राविधिक गडबडीका कारण बम निर्धारित समयभन्दा पहिल्यै विस्फोट भयो। विद्रोहीको दाहिने खुट्टा छेदविच्छेद भयो।

परिस्थिति सोचेभन्दा फरक बनिदियो। विद्रोही ६ फिटभन्दा अग्ला थिए। ठूलो शारीरिक बनावट र मोटो जिउडाल। तर निर्मल र छाया भने सानो कदका। उमेरले पनि र शारीरिक बनावटले पनि। विद्रोहीलाई बोकेर सुरक्षित ठाउँसम्म पुर्‍याउन निर्मल र छायालाई निकै सकस पर्‍यो, हम्मेहम्मे भयो। र पनि जसोतसो नजिकैको जंगलसम्म पुर्‍याए।

खुट्टाबाट रगतको धारो बगिरहेको थियो। त्यतिकैमा विद्रोहीले निर्मललाई भने, 'तपाईं घटनाको सूचना लिएर कमिटीको कार्यालयमा जानुस् र ईञ्चार्ज कमरेडलाई जानकारी गराउनुहोस्।' 

त्यसपछि सूचना लिएर निर्मल कुदे कमिटीका अन्य साथीहरू भेट्न।

विद्रोहीले छायालाई पनि भने, 'मलाई यतै छाडिदिनुस्। तपाईं जानुहोस्। म यतै मर्छु होला। तर तपाईंको जीवन अमूल्य छ, हामीले देखेको क्रान्तिको सपना पूरा गर्न भए पनि तपाई बाँच्नैपर्छ। तपाईं चाँडै जानुस्।' तर छायाको आत्माले भने मानिरहेको थिएन। बरु उनले प्रतिप्रश्न गरिरहेकी थिइन्, 'घाइते योद्धालाई यत्तिकै छाडेर म कसरी जाउँ?' 

वार्तालाप चलिरहेकै थियो। केही समयमै अलिक टाढा नेपाली सेना र प्रहरी देखिए। खाद्यटोलको घुम्तीबाट बग्न थालेको विद्रोहीको रगतलाई पछ्याउँदापछ्याउँदै उनीहरू जंगलतिर कुदिरहेका थिए। 

यो दृश्य देखेपछि भने छायालाई त्यहाँबाट नचाहँदा–नचाहँदै भाग्नैपर्ने अवस्था आयो। भागेकैले उनी बाँच्न सफल भइन्। 

त्यतिबेला विद्रोहीसँग अर्को 'टाइम बम' पनि सुरक्षित थियो। तर उनले बम विस्फोट गर्नुअगावै प्रहरीले गोली ठोकिहाल्यो- टाढाबाटै। 

कस्तो बिडम्बना! 

यता विद्रोहीलाई प्रहरीले गोली ठोकेको समय र उता निर्मलले पुरणलाई सूचना पुर्‍याएको समय एउटै थियो। दिउँसो २ बजे।  

यो घटनाले पुरणलाई अहिले पनि बेलाबेला बिथोलिरहन्छ। भावविह्वल हुँदै उनी भन्छन्, 'घाइते बनेका कमरेड विद्रोहीलाई प्रहरीले पक्राउ गरेर राख्न पनि सक्थ्यो, तर निर्ममताका साथ गोली ठोकेर मार्‍यो।'

पुरणको लागि सबैभन्दा दर्दनाक घटना थियो त्यो। सहिद बनेका विद्रोहीकै लागि उनले एउटा कवितासमेत लेखे 'अमरत्वको चुम्बन'। 

नेपाल समय

आफ्नो प्रिय सहयोद्धा गुमाउँदा नाथे एउटा कविताले कति पो राहत र सहानुभूति दिनसक्थ्यो र!

विद्रोकीको लागि कविता लेखे पनि पुरणलाई अझै सन्तुष्टि मिलेन। त्यो घटनाले उनी छट्पटाइरहे। र एउटा गीत पनि लेखे, 'अर्पण गर्छौं श्रद्धाञ्जली'।


नेपाल समय

बिम्बसँगको प्रेम

वास्तवमा माथिको घटना पुरणको लागि एउटा दुखद् प्रतिनिधि घटना हो। पुरणले आफ्नो जीवनका थुप्रै पदचापमा सुन्दर बिम्बहरू भेटाए। केही बिम्बहरूलाई कवितामा सजाए, त केही बिम्बहरूलाई गीतहरूमा। जहाँ–जसरी सजाए पनि वास्तवमा उनले खुल्ला हृदयले प्रेम गरे- शब्दहरूलाई। 

त्यसो त, जंकोट(जन्मगाउँ)बाट लिबाङ सदरमुकाम आउँदा पुरण ७ वर्षको मात्रै थिए। लिबाङकै बालकल्याणमा पढे। बालकल्याणबाटै एसएलसी दिए ०५३ साल चैतमा। 

उनले एसएलसी दिँदा माओवादी सशस्त्र द्वन्द्व सुरु भइसकेको थियो। त्यसताका पार्टी सदस्यता लिन १८ वर्षको उमेर हदबन्दी थियो। तर पुरण भने १६ वर्षका मात्र थिए। त्यै पनि उनी १६ वर्षबाटै भूमिगत भए। भूमिगत भएको २ वर्षपछि मात्रै उनले पार्टी सदस्यता पाए।

पार्टी सदस्यता पाएको क्षण सम्झँदा पुरण अहिले पनि प्रफुल्लित हुँदै भन्छन्, 'वास्तवमा त्यतिबेला मभित्रको ऊर्जा बेग्लै थियो। हामीले देखेका सपना सुन्दर थिए, गन्तव्यहरू सुन्दर थिए।' 

000

स्कुल पढ्दा 'जनादेश' पत्रिकाको नियमित पाठक थिए, पुरण। कृष्ण सेन 'इच्छुक'का कविताले उनलाई प्रेरित गरेका थिए। विस्तारै–विस्तारै उनले पनि कविता कोर्ने अभ्यास थाले।

त्यतिबेला कसलाई पो थाहा थियो र, त्यो अभ्यासले पुरणलाई यति 'शक्तिशाली' कवि बनाउँछ भन्ने कुरा!

सुरु–सुरुमा आफूले कविता कोर्दाका क्षणहरू सम्झँदै उनी भन्छन्, 'मलाई इच्छुकका शब्दहरूसँग खुब लगाव थियो।' 

त्यसो त पुरण आफैं पनि स्वीकार गर्छन् कि उनी सबैभन्दा बढी साहित्य र शब्दलाई प्रेम गर्छन्। त्यसपछि बल्ल राजनीति र समाजसेवालाई।

क्षितिजको घरमा भएको 'सेक्रेट' भेट

०५४ साल जेठ १५ गतेबाट उनी राजनीतिमा पूर्णकालीन कार्यकर्ता भएर लागे। भएको के थियो भने त्यसदिन एक बिदाई कार्यक्रमको अवसर पारेर लिबाङमा रहेका वाईसीएल (माओवादीको युवा भातृ संगठन) का पाँच जना कार्यकताहरूले 'सेक्रेट' भेट गरे- साँझ। त्यो पनि फविन्द्र आचार्य 'क्षितिज'को घरमा, गुरुङगाउँ जानेपट्टि। त्यो भेटमा उनीहरूबीच निर्णायक छलफल भयो। निष्कर्ष निस्कियो- अब पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा लाग्ने। किनकि, त्यतिबेला देशको अवस्था र द्वन्द्वले मागेको क्रान्ति बिल्कुल पृथक् थियो, अपरिहार्य पनि। उनी सम्झँदै भन्छन्, 'त्यही साँझको भेटबाट तारा कवर, गीता चन्द र मैले पूर्णकालीन कार्यकर्ता भएर लाग्ने निर्णय गर्‍यौँ।'

नेपाल समय

उनी पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा लागेपछि लेखनमा झन् प्रखरता आयो। कविता, उपन्यास र कम्युनिस्टका पुस्तकहरू अध्ययन गर्न थाले। अध्ययनले उनको लेखनमा ठूलो सहयोग गर्‍यो। उनी अहिले पनि सम्झन्छन्, 'मैले पहिलो पटक पढेको उपन्यास भनेकै 'युवाहरूको गीत' हो। त्यसपछि 'आमा' पनि पढेँ।'

यहाँसम्म आइपुग्दा पुरणले जीवनका दुई वटा आयामलाई एउटै घाँटीबाट सास दिन थालिसकेका थिए। एकातिर वैचारिक चेत भएका शक्तिशाली कविताहरू कोर्न थालेका थिए भने अर्कोतिर माओवादी कार्यकर्ता भएर क्रान्तिको राजमार्ग निर्माण गरिरहेका थिए।  

'धेरै ठाउँमा कविताले काम गर्‍यो। आखिर विचार र चेतनाको सुन्दर संयोजन नै कविता रहेछ,' कवि पुरण थप्छन्, 'सर्वहारा र उत्पीडितहरूको दुःखलाई कविताले सुन्दर आवाज दिँदो रहेछ भन्ने कुरा त्यतिबेलै थाहा भयो।' 

अझै आफ्नो कविता पहिलो पटक पत्रिकामा छापिँदा पुरण यति खुशी थिए कि, कुरै छाडौँ। उनलाई अहिले पनि कण्ठै छ, '०५५ सालको भदौमा पहिलो पटक 'जनउघार' पत्रिकामा छापियो। पत्रिका दाङबाट प्रकाशित हुन्थ्यो। कविताको शीर्षक थियो, 'कृत संकल्पित अठोट'।

उनको लेखनले विस्तारै सर्वसाधारण र कार्यकर्ताहरूलाई समेत सकारात्मक प्रभाव पार्न थाल्यो। पुरण थप्दै भन्छन्, 'देशको अवस्था संकटपूर्ण थियो। सामाजिक र राजनीतिक अवस्था नाजुक थियो। वंशाणुगत रूपमा नै शोषण गर्ने संस्कार थियो। तर हामीलाई भने यी कुरा स्वीकार्य थिएनन्। किनकि हामी विश्वस्त थियौँ कि देश धेरै राम्रो हुनुपर्ने हो। तर शोषकहरूको कुसंस्कारले हामी गिजोलिरहेका छौँ। र वास्तवमा मैले साहित्यकै माध्यमबाट चेतना धेरै ठाउँसम्म फैलाउने मौका पाएँ।'

आत्मरक्षाको लागि बन्दुक 

१० वर्षे लामो सशस्त्र द्वन्द्वका बाछिटा कम्तीमा समावेशिता, साम्यवाद, जनवाद र समाजवादको केन्द्रमा नपुगे पनि परिधिसम्म पुग्नुपर्ने पुरणको तर्क छ। यहाँसम्म कि त्यसको नेतृत्व सर्वहारा र उत्पीडितहरूले नै गर्नुपर्नेमा उनको जोड छ। 

उनी भन्छन्, 'मैले कलम जोगाउन बन्दुक उठाएको हुँ।' 

अझै नेपथ्यको रोचक कुरा त  के छ भने पुरणले बोक्ने झोलामा कविता, उपन्यास र कम्युनिस्टका पुस्तक हुन्थे। उनले लगाउने ज्याकेट, सर्ट-पाइन्टका गोजीमा बिम्बहरू हुन्थे। तर काँधमा भने बन्दुक। अर्घाखाँचीको लडाइँ सम्झदै पुरण सुनाउँछन्, 'आत्मरक्षाका लागि बन्दुक भिरेको थिएँ, कसैको हत्या गर्न होइन।' 

000

पुरण र पार्टी अध्यक्ष प्रचण्डबीच भएको पहिलो भेटको किस्सा पनि गज्जब छ। ०५९ सालको चैतमा प्रचण्ड रोल्पाको राङ्सी गएका थिए। पुरण पनि प्रचण्डलाई भेट्न रातारात लिबाङबाट राङ्सीतिरै लागे। त्यसअघि नै डा. बाबुराम भट्टराईलाई पनि उनले तत्कालीन गाविस ओतस्थित ढोर्नेटीमा भेटेका थिए ०५८ सालको भदौतिर। र नेत्र विक्रम चन्द 'विप्लव'सँग पनि बुढागाउँमा पहिलोपटक भेटेका थिए- ०५५ सालको चैततिर। 

नेपाल समय
कमरेड रक्तिम (दायाँ)का साथमा कवि पुरण।


पुरण राजनीतिमा जति कुशल छन्, त्योभन्दा दोब्बर शक्तिशाली कवितामा छन्। 

अहिलेसम्म उनका दुई वटा कविता संग्रह 'जलजलाको नुतन सन्देश' (०६३ असार) र 'देशले हाम्रो उत्साह खोजिरहेछ' (०७१ असोज) प्रकाशित भइसकेका छन्। 

'अब अर्को नयाँ पुस्तक कहिले आउँछ?' यो प्रश्नमा हसिलो मुहारमा उनी भन्छन्, 'मेयर भइसकेपछि खासै लेख्ने समय पाइरहेको छैन। तर लेख्न छाडेको भने होइन। किनकि शब्दहरूसँगको लडिबुडीबिना यो पुरण अपूरो छ।' अहिले उनी रोल्पा नगरपालिकाका मेयर भएका छन्। उनको नामअघि लाग्ने विशेषण पनि फेरिइरहेको छ, अर्थात् कविबाट कमरेड र कमरेडबाट मेयर। 


प्रकाशित: February 19, 2022 | 19:10:01 काठमाडौं, शनिबार, फागुन ७, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
संगीत

दसैंमा बज्ने कालजयी १० गीत

सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडबाडसम्बन्धी गीत गाउने गरेका छन्, धेरै दशैं गीत बज्ने गरे पनि दसैँभरि धेरै बज्ने मुख्य दश गीतले नेपालीको मन छुने गरेको छ।
नेपाल समय
कला/साहित्य

अनि दसैंमा गुन्जिन्छ 'रातो टीका निधारमा टलक्क टल्कियो'

दसैं नेपालीको मौलिक चाड हो। मौलिकतासँग नेपाल मनको आत्मीयता जोडिएकाले पनि रातो टीका निधारमा टलक्क टल्कियो गीतले दसैंलाई सम्झाइरहने ठान्छन्, संगीतकार बाँस्कोटा।
नेपाल समय
रचना

श्रीमानको साथी

घरमा कति योजना, कार्यक्रम वा पारिवारिक जमघटहरु चाहे ती जतिसुकै महत्वपूर्ण हुन् तर बीचमा कतै त्यो मान्छेको प्रसंग आइपुग्छ अनि ती सबै भताभुंग हुन्छन् अर्थात् सारा संसार एकातिर अर्कोतिर एकमात्र उ। कहिलेकाहीँ त लाग्ने कि त्यो साथी नभेट्दासम्म यो मान्छेको जीवन कसरी चलेको थियो होला, अहिलेको यसको पारा हेर्दा?
नेपाल समय
कला/साहित्य

त्यसैले देवेन्द्र बब्लुको दसैं काठमाडौंमै

माया बसेजस्तो, म त पर्खेको पख्र्यै छु, मायालु, मनमायाजस्ता चर्चित गीत गायक देवेन्द्र यसपालिको दसैं बिदामा सांगीतिक यात्रामा हुनेछन्।
नेपाल समय
कला/साहित्य

कोरानापछिको दसैं मनाउन गाउँ फर्किंदैछन् यी गायक-कलाकार

काठमाडौंलाई कार्यथलो बनाएर नाम अनि दाम कमाएकाहरू र यही घरजम गरिरहेका गायक÷कलाकारहरू पनि कोरोनाका कारण दुई वर्ष दसैं मनाउन नपाएकामा यसपालि पुख्र्यौली थलो गाउँ फर्किंदैछन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना