सोमबार, असोज १७, २०७९

मैथिलीमा 'जय नेपाल', जसले नेपालीलाई विभाजित नहुन प्रेरित गर्‍यो

जयन्त ठाकुर  |  काठमाडौं, आइतबार, पुष ४, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, पुष ४, २०७८, काठमाडौं

नेपाल समय
जय नेपाल गीतको भिडियोको अंश।

जनकपुरधाम- नेपालमा माओवादीको सशस्त्र संघर्ष सकिएको थियो। माओवादी मुलधारको राजनीतिमा प्रवेश गरिसकेको अवस्थामा संघीयताको 'सुगवुगाहट' (बहस) सुरु भइसकेको थियो। तर, अन्तरिम संविधानमा संघLयता शब्द छुटेपछि तत्कालीन मधेशी जनअधिकार फोरमको अगुवाईमा अधिकारका लागि आन्दोलनको तयारी हुँदै थियो। अधिकारको लडाइँका लागि देशको विभिन्‍न क्षेत्रबाट संघर्षको आवाज उठिरहेको अवस्थामा राष्ट्र टुक्रिनु हुँदैन, नेपाल अखण्ड रहिरहनुपर्छ भन्‍ने भावनालाई बल दिने नेपालीहरु राष्ट्रलाई एकताबद्ध राख्‍ने संघर्ष गरिरहेका थिए। राष्ट्रलाई एक मालामा जोड्ने उद्देश्यले 'जय नेपाल' बोलको मैथिली गीतको सिर्जना गरिएको गीतकार डा. राजेन्द्र प्रसाद विमल बताउँछन् ।

उनका अनुसार देशमा अनेकौं समस्याहरु हुनु हरेक राष्ट्रका लागि सामान्य कुरो हो। त्यसकै फलस्वरुप जनस्तरबाट अधिकारका लागि संघर्षका आवाजहरु उठ्ने गर्छन्। यसलाई मात्रै गलत अर्थमा होइन कि सकारात्मक रुपमै लिनुपर्ने गीतकार विमलको भनाई छ। जसरी होमियौपेथीको औषधीलाई एउटै बोतलमा हल्लाउँदा औषधीहरुको घर्षणले त्यसको पोटेन्सियलमा वृद्धि हुन्छ, विमलले भने 'ठीक त्यसरी नै हाम्रो देश पनि संघर्षहरुबाट गुज्रिँदै आएको छ।' उनले थपे, 'तर जब ती अधिकारका लागि, नागरिकहरुले गर्ने संघर्षहरुमा घृणा, हिंसाको रुप पैदा हुन्छ, त्यसले राष्ट्रलाई हित गर्दैन।’

'यही पृष्ठभूमिमा रहेर जनकपुरधामका अगुवाहरुका साथै साहित्यकारहरु बीच अधिकारका लागि लडाइँ त चलि नै रहेको छ तर राष्ट्र टुट्नु हुन्‍न भन्‍ने सन्देश हामीले नै दिनु पर्छ भन्‍ने बहस जनकपुरधामका सुरु गरेका हौं,' उनले स्मरण गरे। यही सिलसिलामा कयौं गीतहरु लेखिएको उनको सम्झना छ। भने, 'सोही क्रममा हामीले यस्तै सन्देश बोकेको विभिन्‍न गीतहरुको संग्रह राखेर खोता सिंगार नामक मैथिली गिती एल्बम निकालेका थियौँ। यही पृष्ठभूमिमा नै 'जय नेपाल’ गीतको पनि सिर्जना भएको हो।

यता मुलुक संघीयतामा जाने, प्रदेश संरचना निर्माण हुने र देशले नयाँ राष्ट्रगान पाउने चर्चा चलिरहेको थियो। यही बहसका बीचमा राष्ट्र प्रेमको भावनाले ओतप्रोत हुने र नेपालीहरुलाई जोड्‍ने गीत लेख्‍नका लागि आफूलाई लोकतान्त्रिक समाजवादी पार्टीका नेता बृषेशचन्द्र लालले आग्रह गरेको उनी बताउँछन्।  

विमलले भने, 'तर म गीत लेख्‍नका लागि तयार थिइनँ। यता साहित्यकार अशोक दत्त मेरो घरमै आएर गीत लेख्नु हुन्‍न भने म यहाँ बाट जान्‍न भनेर अनशन जस्तै बस्‍नुभयो,' उनले गीत लेख्‍न दिएको उर्जाको विषयमा सुनाए, 'त्यसपछि मैले मलाई १० देखि १५ मिनेटमा जे भाव आयो त्यो सबै जय नेपाल गीतको शब्द स्वरुप दिएँ, अनि तयार भयो यो गीत।’

म राष्ट्र भावनाप्रति सदैव इमान्दार थिएँ, राष्ट्रको सवालमा म सहजै भावाविष्ट भइहाल्छु, यो मेरो संस्कार मै छ, त्यसै यो सम्भव भएको होला

विमलका अनुसार साहित्यकार दत्तले गीत लेख्‍नका लागि 'हठ' कसेपछि उनको मस्तिष्कमा अनेकौं राष्ट्रगानहरु गुञ्‍जिन थाल्यो। त्यसमध्येकै एक थियो, भारतका साहित्यकार जयशंकर प्रसादको यो कविता।


हिमाद्रि तुंग शृंग से

प्रबुद्ध शुद्ध भारती–

स्वयं प्रभा समुज्ज्वला

स्वतंत्रता पुकारती–

अमर्त्य वीर पुत्र हो,

दृढ़– प्रतिज्ञ सोच लो,

प्रशस्त पुण्य पंथ है,

बढ़े चलो, बढ़े चलो !’

असंख्य कीर्ति–रश्मियाँ

विकीर्ण दिव्यदाह–सी,

सपूत मातृभूमि के

रुको न शूर साहसी !

अराती सैन्य–सिंधु में,

सुवाड़वाग्नि से जलो,

प्रवीर हो, जयी बनो  

बढ़े चलो, बढ़े चलो !

उनले यही कविताको धूनलाई टेकेर जय नेपाल गीतमा शब्दरुपी आकार दिए। १० मिनेटमै लेखिएको यो गीतका शब्दहरुले सुन्‍नेहरुको आङ नै सिरिङ बनाउँछ। कसरी सम्भव यति छिटो उत्कृष्ट दर्जाको गीत लेख्‍न? जवाफमा विमल भन्छन्, 'किनभने म राष्ट्र भावनाप्रति सदैव इमान्दार थिएँ, राष्ट्रको सवालमा म सहजै भावाविष्ट भइहाल्छु, यो मेरो संस्कार मै छ, त्यसै यो सम्भव भएको होला।’

कसरी तयार गरियो धून?

यो गीतको शब्दमा जति शक्ति छ, त्यस्तै शक्ति यो गीतको संगित र गायकीमा समेत छ। यो गीतलाई संगीतबद्ध गर्ने जिम्मा मैथिलीका प्रसिद्ध संगीतकार एवं गायक सुनिल मल्लिक र बलिउमा स्थापित भइसकेका जनकपुरधामकै संगीतकार प्रवेश मल्लिकले पाए।

संगीतकार सुनिल मल्लिकका अनुसार यो गीतका लागि सयभन्दा बढी ट्र्याकहरु निर्माण गरिएको थियो। ती सयभन्दा बढी ट्र‍्याकहरुमध्ये एउटा ट्र्याक यो गीतका लागि छनोट गरियो। एउटै गीतमा तराई, पहाड र हिमाल सबै क्षेत्रको भाव समेट्नु पर्ने थियो, यो हाम्रो लागि एकदमै चुनौतीपूर्ण थियो मल्लिक बताउँछन्।

अर्का संगीतकार प्रवेशले यो गीतमा तराईको लोक धूनका साथै आधुनिक धून, पहाडका लागि झ्याउरे, तमांग शैलो हिमालको प्रतिनिधित्व गर्ने शेर्पा धूनको प्रयोग गरिएको छ । यो गीतका लागि एक सप्ताह भित्र धून तयार पारिएको उनले बताए।

अब जब यो गुन्जिन्छ र त्यसमा मैथिलीभाषीहरु मात्रै नभई नेपाली भाषीहरु समेत झुमिन्छन्, त्यसपछि मनमा गर्वको अनुभूति हुन्छ संगीतकार सुनिलले बताए। यो गीत एक प्रकारले मैथिलीभाषीहरुका लागि राष्ट्रगान नै रहेको उनी बताउँछन्।

यो गीतमा सुनिल मल्लिक, ललित कामत, सुधीर रिखारी, मोहम्मद फइम, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, संगिता देव, चन्द्रेश लगायतका गायक गायिकाहरुले आवाज दिएका छन्।

मेचीदेखि कालीसम्म फैलिएका नेपालीहरुलाई विभाजित गर्ने हिम्मत कुनै शक्तिमा छैन। यो भूगोल अखण्ड थियो र छ यसलाई काट्ने ताकत कसैमा छैन। जुन राष्ट्रको झण्डामै सूर्य र चन्द्र अंकित छन्, त्यो झण्डामा अर्को पताका टाँस्‍ने साहस कसैमा छैन। आँशुमा रगत बगाए पनि हामी शत्रुका लागि छौँ काल तर हामी नै शान्तिको दूत बुद्धको राग छौँ हामी।

गीतको भाव

जकर माथ सर्वोच्च शिखर बनि विश्वमे गर्वोन्नत अछि ठाड़

जकर विशाल हृदय पर्वत बनि झर्र झर्र बहबए प्रेम प्रकाश ।

चरणदीप छै भूमि मधेशक शस्य गन्ध लए बहए बयार

हम ओहि राष्ट्र देवके सन्तति कोटि नमन हे माँ नेपाल ।।

जय नेपाल, जय नेपाल, जय नेपाल...

यो गीतको पहिलो अन्तराले 'जसको शिर सर्वोच्च शिखर जसरी गर्वको अनुभूति गराउने गरी खडा छ, जसको पर्वतरुपी विशाल हृदयले प्रेमको प्रकाश चारैतर्फ सिञ्‍चित गरिरहेको छ, त्यो भूमिको चरणदीप रुपी मधेशको भूमिले धान(अन्न)को सुगन्ध सहित बहाउँदै छ बयार अर्थात हावा। म त्यो राष्ट्रको सन्तति करोडौँ पटक नमन गर्छु माता नेपाललाई।'   

मुल्ला पढए नमाज पादरी बाइबल, पण्डित बाजथि गीता

धरा गर्भमे एखनो होइती अनगिन देवी सीता ।

जावत जियत नेपाली जगमे बुद्ध अमर बनि जुग जुग जीता

डूबल छल अज्ञान तिमिरमे विश्व विराट विशाल ।।

हमही वेद रिचा पढेलियै कएलियै ज्योतीक

जय नेपाल, जय नेपाल, जय नेपाल...

अर्को पंक्तिमा नेपालको विविधताका बीच भाइचारको सन्देश बोकेको छ। यो पंक्तिमा भनिएको छ, 'जहाँ मौलवी नमाज पढ्छन्, पादरी बाइबल र पण्डितले गीता त्यहाँ अहिले पनि यो भूमिबाट अनगिनित देवी सीता भई दिएको भए कति राम्रो हुन्थ्यो। जबसम्म र जहाँसम्म नेपालीहरु हुन्छन्, बुद्ध युगौँसम्म अमर रहन्छन्। पूरै संसार अज्ञानरुपी अँध्यारोमा रहेको बखत यही भूमिबाट अंकुरित भएको थियो, ज्ञानको ज्योती। यही भूमिले पढाएको थियो वेद र ऋिचा।'  

मेचीसँ कालीधरि पसरल एक नेपाली बाँटि सकत के?

हमर भूगोल अखण्ड सदाअछि ककरा ताकत काटि सकत के?

चन्द्र सूर्य अंकित अछि उरमे दोसर पताका साटि सकत के?

नोरमे हम सोनित बहबैत छी शत्रुक लेल छी काल

मुदा शान्ति आ देवदूत छी बुद्धक हम छी राग

जय नेपाल, जय नेपाल, जय नेपाल...

गीतको अन्तिम पंक्तिमा नेपालको अखण्डता र नेपालीहरुको वीरतालाई प्रदर्शन गर्छ। यो पंक्तिमा भनिएको छ, 'मेचीदेखि कालीसम्म फैलिएका नेपालीहरुलाई विभाजित गर्ने हिम्मत कुनै शक्तिमा छैन। यो भूगोल अखण्ड थियो र छ यसलाई काट्ने ताकत कसैमा छैन। जुन राष्ट्रको झण्डामै सूर्य र चन्द्र अंकित छन्, त्यो झण्डामा अर्को पताका टाँस्‍ने साहस कसैमा छैन। आँशुमा रगत बगाए पनि हामी शत्रुका लागि छौँ काल तर हामी नै शान्तिको दूत बुद्धको राग छौँ हामी।'


प्रकाशित: December 19, 2021 | 06:32:26 काठमाडौं, आइतबार, पुष ४, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
कला/साहित्य

संकटमा सखिया

'पहिले थारु समुदायमा पढाइ थिएन, सबै युवायुवतीहरु गाउँमा हुन्थे, दिनभर काम गर्ने बेलुका नाच्ने गरिएको थियो,'सुशील चौधरीले भने, 'अहिले अध्ययनका लागि कामका लागि सबै युवाहरु गाउँ बाहिर जान थालेका छन्। अर्को कुरा मनोरन्जनका विभिन्न साधनहरु पनि देखा परे। त्यसले मौलिक परम्पराहरु मासिने अवस्थामा पुगेका छन।'
नेपाल समय
फिल्म

९६ वर्षअघि महँगो फिल्म बनाएकी एसियाकै पहिलो महिला निर्देशक फातमा बेगम

एकातिर यो फिल्म पहिलो पटक महिलाले निर्देशन गरेको चर्चा भइरहेको थियो भने अर्कोतिर यसमा देखाइएको भीएफएक्सले पनि तारिफ पाइरहेको थियो।
नेपाल समय
कला/साहित्य

बडादसैं र मालश्रीको 'कनेक्सन'

६ वटा ऋतुका धुनमध्ये मालश्री एक हो, जसको मधुर आवाजले दसैं आएको आभाष दिलाउँछ ।
नेपाल समय
कला/साहित्य

सपना, संघर्ष र स्वाभिमानको कथा 'बुह्रान'

जातीय, भाषिक, क्षेत्रीय, लैंगिक, वर्गीय र सांस्कृतिक विभेदविरुद्ध लेखिएका विरलै उत्कृष्ट कृतिहरू मध्ये एक हो बुह्रान।
नेपाल समय
कला/साहित्य

एउटा गहिरो सागरको छाललहर [निबन्ध]

मानिस, ढुंगाहरुको भिडमा ढुँगै त हो। आसुको थोपामध्ये एक बुँद। आकाशमा एउटा शून्यता थामेर उभिएको एक टुक्रा आकाशै त हो मान्छे। विशाल गोदाम भित्र कतै कुनामा छुटेको एउटा धानको बियाँ त हो मानिस। तोरीको एउटा गेडा त हो, कोलमा पेलिनबाट छुटेको।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना