शनिबार, मंसिर १८, २०७८

अनुभूति

घोंगी चुसेर खानुको अलग्गै मजा

मुना चौधरी  |  काठमाडौं, शनिबार, मंसिर ४, २०७८

नेपाल समय

मुना चौधरी

शनिबार, मंसिर ४, २०७८, काठमाडौं

नेपाल समय

गाउँको पोखरीमा डुबुल्की मार्दै घोंगी मार्न व्यस्त थिएँ। पानी बाहिर टाउको निकालेर घोंगी स्कर्टको खल्तीमा हाल्थें। खल्तीमा घोंगी हाल्दै टोलकी साथी दीपालाई सोध्थें, ‘कतहेक घोंगी मारलिहि?’

‘एकपसर।’ उसले जवाफ फर्काइ।

उसले मभन्दा बढी घोंगी समाती भनेर म फेरि हतारिँदै पानीभित्र डुबुल्की मार्थे र दुबै हातले हिलो छाम्‍न व्यस्त हुन्थें। प्रायः काकीको घरमा घोंगी पाकेको देखेर आमाले सोध्‍नुहुन्थ्यो, ‘कतसे आनलिही घोंगी? बेचैले येलछेलौ?’

उताबाट जवाफ आउथ्यो, ‘नै किनलियै। पोखैरसे माइरके आनलियै।’ 

‘कोन पोखैरसे ?’

‘तेलिया पोखैरसे।’

काकीले पोखरीबाट घोंगी मारेर ल्याएको सुनेर थारु टोलका सबैजना केटी र स्वास्‍नी मान्छेहरु भोलिपल्ट तेलिया पोखरी घोंगी मार्न जान तयार भए। अनि त दिउँसो म पनि आमाको सारीको टालो लिएर घोंगी मार्न गएँ।  पोखरीमा भैँसीहरु आहाल बसिरहेका थिए। जोताइ गरेर खेतबाट घर फर्किरहेका गोरुहरु पानी खाँदै अलमलिँदै घरको बाटो लागिरहेका थिए। वयस्क, बच्चा र  बुढाबुढीहरु डुबुल्की मार्दै नुहाइरहेका थिए तर हामी तरुणी र स्वास्‍नी मान्छेहरु घोंगी मार्न व्यस्त थियौँ। 

उफ ! भतभती पोल्ने गर्मी थियो। एकछिन घाममा बस्‍नै नसक्ने। नुहाइरहेका केटाकेटीहरु गर्मीले पानीबाट निस्किनै मानेका थिएनन्। पानीभित्र डुबुल्की मारेर दुबै हातले पोखरीको माटो सोहोरेँ। सोहोरेपछि हातमा मसिनो र सारो वस्तु स्पर्श भयो? समात्दै मुठ्ठी बाँधेर पानी बाहिर टाउको ल्याएँ। हातमा समातेको वस्तुतिर हेरेँ। पाँचओटा घोंगी हातमा समातेर स्कर्टको खल्तीमा राखेँ घोंगी। परेलाको पानी पुछ्दै फेरि साथीहरुतिर हेरेँ। सबैजना डुबुल्की मार्दै घोंगी मार्न व्यस्त थिए। निस्सासिएको जस्तो भएको हुनाले म फेरि यो पल्ट घोंगी नमारिकन पानी बाहिर टाउको निकालेँ। सास फेरेर फेरि पानी भित्र डुबुल्की मारेँ।

मध्य दिनको पोखरीको पानी तातेर पोलिरहेको थियो। तैपनि घोंगी मार्ने लोभले सबै बिर्सेँ। कुनै कुनैबेला हातमा पोखरीको हिलाम्मे माटो हातभरि समात्थेँ। माटो छाम्दै घोंगी मार्ने प्रयास गर्थेँ।

घोंगी मुठ्ठीभरि समातेर निस्किन्थेँ, कुनैबेला भने हिलाम्मे माटो मात्र मुठ्ठभरि आउँथ्यो। हिलो छाम्दा सारो लुडो, केकेको डल्लो हातमा स्पर्श हुन्थ्यो। डरले जिउ सिरिङ हुन्थ्यो र चाँडै पानी बाहिर निस्केर सास लिन्थेँ। सास फेरेर फेरि डुबुल्की मार्दै घोंगी खोज्‍न व्यस्त हुन्थेँ। कहिले रितो हात पानी बाहिर सास फेर्न टाउको  निकाल्थेँ। कहिले दुई, चारओटा मात्र घोंगी समातेर टाउको पानी बाहिर निकाल्थेँ। 

यतिबेला पोखरीको बीचतिर ‘जाइठ’ (पोखरीको मध्य भागमा भएको मियो) नजिकै आइसकेकी थिएँ। गहिरो थियो। जाइठतिर हेरेँ। डर लाग्यो। बाले धेरैपटक भनेका थिएँ, पोखरीको जाइठमा ढोरीया सर्प बसेको हुन्छ। जाइठ नजिक कहिले पनि नजा। सर्पले टोक्छ। 

उसिना चामलको भात र घोंगीको पिरो झोलले ओठ पोलिरहेको थियो तर मुखले खान छोड्न मानिरहेको थिएन।

बाको कुरा सम्झेर म डराएँ। जाइठतिर हेर्दै खुट्टा टेक्न खोज्दा टाउकोभन्दा माथि पानी भयो। पानी, नाक, र मुखमा पसेर सास लिन गाह्रो भयो। निस्सासिएको जस्तै अनुभव भयो भने अर्कोतिर जाइठको फेँदमा बसेको सर्पले टोक्ला कि भनेर डराउँदै त्यहाँबाट छेउ लाग्‍न खोजेँ। मुखमा भएको पानी घुटुक्क निलेँ। हतास हुँदै पौडी खेल्दै छेउतिर आएँ। कानमा पानी पसेर कान भारी भइरहेको थियो। साथीहरुतिर हेरेँ, टोलमा साथीहरु गुन्जा, दीपा, रिता, नुनु, सेव, कल्पना, सोनम सबैजना घोंगी मार्न व्यस्त थिए। छेउतिर आएर म फेरि घोंगी मार्न व्यस्त भएँ।

सूर्य टाउका पछाडि आइसकेको थियो। सबैले एकएक ‘आरी’ जति घोंगी मारिसकेका थियौँ।  डुबुल्की मार्दामार्दा सबैका आँखा राता  र थकाइ लागेर जिउ शिथिल भइसकेको थियो। राति घोंगी खाने आसाले थकाइ लागेको जिउमा रौनक र आँखामा खुसी थियो।  पोखरीबाट नुवाइधुवाइ सकाएर घोंगीको पोटली बोक्दै घर फर्कियौँ। 

घोंगीले खाएका माटो ओकल्नका लागि आरीमा पानी हालेर छोड्नुभयो आमाले। बेलुकी खुर्पाले घोंगीको पछाडिको भाग काट्न बस्सेँ। घोंगीको पछाडिको भाग काट्नुलाई ‘गाइर’ काट्नु भनिन्छ। गाइर काटे भने घोंगी खाने अर्थात् सुर्कनेवेला सजिलो हुन्छ। घोंगीमा भएको माटो पनि बाहिर जान्छ। 

आमा चुलो बालेर भात बसाल्नुभयो। दिदीले सिलौटामा लसुन, तोरी, जिरा र सुकेको खुर्सानी पिस्‍न बस्‍नुभयो। गाइर काटिसकेपछि आरीको पानी फालेर त्यसमा घोंगी राखेँ। घोंगीको बाहिरको खबटा धेरै फोहोर भएकाले स्टिलको आरीमा राखेर घोंगी माज्‍न थालेँ। घोंगी माज्दा सिरिम-सिरिम आवाज आइरहेको थियो। दस मिनेट जति घोंगी माजेर तीन, चार, पानी धोएँ। धोएर आँगन आएँ। त्यतिबेलासम्म भात पाकिसकेको थियो। टोलभरि सबैको घरमा घोंगी आरीमा माज्दै थिए। सिरिमसिरिम आवाज आइरहेको थियो। बेलुकी खेतबाट फर्किँदै गरेका खेतालाहरुले ‘डगहर’मा बोल्दै हिँड्डिरहेका थिए, आज सबैको घरमा घोंगी पक्दैछ। 

भात पाकिसकेपछि भातबाट निकालेको पानी अर्थात् मार आमाले आरीमा राख्नुभयो। आमाले भन्‍नेभयो, ‘मारको झोल हाले भने घोंगी लदबद र सारै मिठो हुन्छ।’

घोंगी र खेतको माछा मारेर खानु थारु समुदायमा प्रचलित छ। घोंगी स्वास्थ्यको हिसाबले धेरै फाइदाजनक हुनाले थारुहरुले माछा र घोंगी प्राचीन कालदेखि खाँदै आएका छन्।

भात पकाएर आमाले ‘कन्ती’ चुलोमा बसालिसक्नु भएको थियो। कन्तीमा पानी हालेर घोंगीलाई एक भुलुक्क उमाल्नुभयो। उमालेको घोंगी मैले फेरि कलमा पखाल्न लगेँ। उमाल्दा घोंगीमा भएको सबै माटो र घोंगीको पैखना (मुखमा भएको बिर्को) सबै बाहिर आइसकेको थियो। फेरि पखाल्दा घोंगीको पैखना र फोहोरहरु सबै सफा भइसकेको थियो। 

झोल तयार भइसकेको थियो। भातको मार (पानी) मा आमाले नुन, बेसार, खुर्सानी हालिसक्नु भएको थियो। उम्लिरहेको मारको झोलमा घोंगी हाल्नुभयो। घोंगी हालेर आधा घन्टा पकाउनुभयो। पाक्न लागेपछि दिदीले पिसेर बटुकामा राख्नुभएको लसुन, तोरी, जिरा, खुर्सानीको गिलो मसला घोंगीमा आमाले हाल्नुभयो। झोललाई लदबद बनाउन आलसको धुलो र तेल अन्तिममा हाल्नुभयो। आलसको धुलोले घोंगीको झोल लदबद भयो। घोंगीको मिठो बास्‍नाले भोक लागिसकेको थियो। टोलको सबैको घरमा पन्यूले घोंगी चलाएको सिरिम-सिरिम आवाज आइरहेको थियो। 

उसिना चामलको भात र घोंगीको पिरो झोलले ओठ पोलिरहेको थियो तर मुखले खान छोड्न मानिरहेको थिएन। सहौरीया, साधारण र डोका गरी घोंगी तीन थरिको हुन्छ। सहौरीया घोंगी वर्षा महिना खेतमा पाइन्छ भने साधाराण घोंगी पोखरीमा पाइन्छ। डोका घोंगीभन्दा धेरै ठूल-ठूलो हुन्छ। डोकालाई उसिनेर मासु निकालेर भुटेर नि खान सकिन्छ तर घोंगी मसिनो भएकाले मुखले तानेर खानुपर्छ। सहौरीया घोंगी पहेलो रङको र चेप्टो आकारको हुन्छ भने साधारण घोंगी कालो र पहेंलो रङको हुन्छ। वर्षा महिनामा धेरैपटक सहौरीया घोंगी, डोका र गंगटा समात्‍न गएकी थिएँ। धानको बिट्टाहरुमा गंगटा बसेका हुन्थे। समात्‍नेबेलामा गंगटाले औँलामा धेरैपटक चिम्टाले चिमोटेको थियो। चिमोटेको ठाउँमा धेरैपटक रगत पनि आएको थियो। 

भोलिपल्ट रातभरि पानी पर्‍यो। बिहान उठ्दा मेघ गर्जेको अझैँ सुनिन्थ्यो। वर्षा थामिने कुनै लक्षण थिएन। लगालग एक हप्तासम्म पानी परिरह्यो। खेतमा बाढी आएको थियो। बाढी आएको हुनाले बाले खेतमा चाछ (माछा अल्झाउन बाँसले बनाइएको वस्तु) लगाउनुभयो। दिउँसो घुम ओढेर बासँग खेत जाँदा चाछ्मा ठेरहना, पोठी, गरै, चेङा, टेङरा, गैची, लट्टा थरिथरिका टन्‍नै माछाहरु बाझहेका (अल्झेका) थिए। धेरै माछा चाछमा बाझहेको देखेर म र बा धेरै खुसी भयौँ। म डेली (माछा राख्‍ने बाँसले बनाइएको वस्तु) समातेँ। बाले दुबै हातले माछा सोहोर्दै डेलीमा हाल्नुभयो। गाउँका सबैले माछा बझाउन आआफ्ना खेतमा चाछ लगाएका थिए। 

रोपाइ सकेको एक महिना भएको थियो। खेतको काम सकिसकेको थियो। गाउँका मान्छेहरु माछा बझाउँदै, भात पकाउँदै खाइरहेका थिए। वर्षबेलाको खेतको माछा स्वाद अलगै किसिमको ताजा र मिठो हुन्छ। सबैको घरबाट माछाको मिठो बास्‍ना आइरहेको थियो। धेरै माछा भएकाले खान नसकेर घाम लागेको बेलामा आमाले माछा घाममा सुकाउन राख्‍नुभयो। माछा सुकाउनुलाई माछाको सुकठी बनाउनु भनिन्छ। सुकठी बनाएर तरकारीको अभाव भएको बेलामा पोलेर भात र जलखैमा रोटीसँग चटनी बनाएर खानलाई राख्नुभयो। 

घोंगी र खेतको माछा मारेर खानु थारु समुदायमा प्रचलित छ। घोंगी स्वास्थ्यको हिसाबले धेरै फाइदाजनक हुनाले थारुहरुले माछा र घोंगी प्राचीन कालदेखि खाँदै आएका छन्। घरमा पाहुना आए भने पाहुनालाई माछा, मासु, घोंगी बिनाको भोजन कहिले गराउँदैन। यो एक प्रकारको आतिथ्य सत्कार हो। यो समुदायमा पाहुना आए भने खाना नखुवाइ भोकै पेट पाहुनालाई कहिले विदाई गर्दैन। 



प्रकाशित: November 20, 2021 | 15:43:46 काठमाडौं, शनिबार, मंसिर ४, २०७८
नेपाल समय

मुना चौधरी

काठमाडौं, शनिबार, मंसिर ४, २०७८

थप समाचार

निम्स दाइले सम्भव बनाएको असम्भव कार्य जसले संसारको ध्यान तानेको छ

म डराउदिनँ। मलाई खतरामा कामबाहेक केही गर्न आउँदैन। हार मान्नु हाम्रो रगतमा छैन। मलाई हरेक आरोहणमा म आज मर्दिनँ भन्ने विश्वास थियो।

कट्रिना र विक्कीको विवाहका सहभागीले फोटो खिच्न नपाउने, यस्तो छ कारण

उनीहरुको विवाहलाई लिएर विभिन्न विषयमा बलिवुडमा चर्चा हुन थालेको छ।

महिला हिंसाका कथा बोल्छन् सुप्रियाका चित्रहरू

सुरुसुरुमा प्रकृतिका चित्र कोर्थिन् उनी। विस्तारै उनलाई समाज र मानवीय पक्षलाई चित्रका विषयवस्तुले तान्न थाल्यो। महिला हिंसा र विभेदका विरुद्धका आवाज चित्रमार्फत् व्यक्त गर्न थालिन्।

चार वर्षपछि फिल्म बनाउँदै छवि ओझा

फिल्म निर्मता छविराज ओझाले आफ्नो ५७ औं जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्।

नियमित कथाको रोचक प्रस्तुति 'अन्तिमः द फाइनल ट्रुथ' [फिल्म समीक्षा]

किसानहरुको पीडालाई पृष्ठभूमिमा राखेर बनाइएको सिनेमा ‘अन्तिमः द फाइनल ट्रुथ’ मा सलमान खानले दबिएको आवाज र भावनालाई अभिव्यक्त गरेका छन्।

'नेपालगन्ज म बिर्सुं कसरी?'

नीलम होस्टेलबाट निस्किएपछि आफूलाई निकै स्वतन्त्र अनुभूत गर्थिन्। नयाँ कपडा लगाएर नेपालगन्ज सहरको गल्लीहरुमा सफर गर्ने मौका मिल्थ्यो, शनिबार।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C