शुक्रबार, मंसिर २३, २०७९

‘टेल अफ ए सिटी’ ले देखाएको पुरानो सहर

राज सरगम  |  काठमाडौं, शुक्रबार, कार्तिक २६, २०७८

राज सरगम

राज सरगम

शुक्रबार, कार्तिक २६, २०७८, काठमाडौं

नेपाल समय
सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा प्रदर्शनीमा राखिएको टेल अफ सिटी। तस्बिर : नेपाल समय

काठमाडौं- परम्परागत काष्ठकला र वास्तुकलाका नमुना ऐतिहासिक भवन भत्किँदै गए। अग्लाअग्ला भवन, सडक, सवारीका ताँती, अव्यवस्थित बजार, बाक्लो भीड र भागदौड बढ्दै गयो। माटाका घर संगमरमरमा फेरिए। काष्ठकलायुक्त झ्याल, दलिन, ढोका, सिसा र आल्मुनियममा फेरिए। प्यागोडा शैलीका घर हाउजिङ, अपार्टमेन्ट र महलमा बदलिए।   

विकासका नामका हुने भौतिक संरचनाले सहरको रुप नै फेरिदियो। सहरभित्र रहेका अमूल्य कला र संस्कृति बदलिँदै गएको देख्दा कलाकार सुजन डंगोल सानैदेखि भावुक बन्थे। पाटन स्थायी घर भएका कलाकार सुजनले बाल्यकालमा देखेको पुरानो सहरलाई साढे तीन वर्षजस्तो लगाएर ‘आर्काइभिङ पेपर’मा उपत्यकाको पुरानो रूप बनाए जसलाई नाम दिए–‘टेल अफ ए सिटी’।

पुरानो सहरको कथा भन्न उनी केही साताअघि सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा पुगेका थिए। प्रदर्शनीमा आफ्नो दर्शक तथा कलाप्रेमीलाई सहरको कथा बताइरहेका हुन्छन्। ‘सुन्दर सहर कुरुप बन्दै गयो’, भन्छन्, ‘जब सहर फेरिन थाल्छ सुन्दरता पनि सँगसँगै गुमाउन पुग्छ।’

‘बाहिरबाट देखिने कोलहाल भीड र चहलपहल मात्रै होइन सहर, यसले लामो युगौंदेखिको कालखण्ड र इतिहास पनि बोकेको हुन्छ’, उनी भन्छन्, ‘पचास साठी वर्षमा बन्दैन सहर, हजारौं वर्ष लाग्छ।’

सहरको सुन्दरतालाई भौतिक संरचनासँग मात्रै दाँज्दैनन् उनी। सहरको वास्तविक सुन्दरता आगन्तुकले झट्ट बुझ्न सक्दैनन् पनि। त्यो बुझ्न वर्षौं लाग्छ। उनले आफ्नो चित्रमा देखाउन खोजेको सहरभित्रको कला, संस्कृति र सभ्यतालाई खोतल्ने प्रयत्न गरेका छन्। ‘बाहिरबाट देखिने कोलहाल भीड र चहलपहल मात्रै होइन सहर, यसले लामो युगौंदेखिको कालखण्ड र इतिहास पनि बोकेको हुन्छ’, उनी भन्छन्, ‘पचास साठी वर्षमा बन्दैन सहर, हजारौं वर्ष लाग्छ।’

सहरको आफ्नै मौलिक चिनारी हुन्छ। कला, संस्कृति, सभ्यता, भाषा र रहनसहन जोडिएको मात्रै हुँदैन प्राकृतिक तथा सामाजिक विशेषता पनि गाँसिएको हुन्छ। उनी उपत्यकाका तीनवटा सहरको नाम लिन्छन्। ‘काठमाडौं, भक्तपुर, ललितपुर सहर आफैंमा कालजयी छ। यी सहरका जान्नैपर्ने कथालाई आधुनिकीकरणले छोप्दै लगेको छ।’ 

सहरलाई उपयोग गर्नेको जमात बढेसँगै मौलिकता पनि मासिँदै गएको देख्छन उनी। जाति, भाषा, साहित्य, माटो, कृषि र भेषभूषालाई जसले आत्मसात् गर्छन् तिनको भावनामा मात्रै सहर आफ्नोजस्तो लाग्ने बताउँछन् उनी। सुजन भन्छन्, ‘जबसम्म सहर मेरो भन्ने भावना पैदा हुँदैन तबसम्म सहरमा सुख हुँदैन, शान्ति हुँदैन।’

उनी सहरमा बस्दैमा सहरसँग लगाव नहुने तर्क गर्छन्। उनी भन्छन्, ‘प्लटिङ गरेर बनाइएको जमिनमा बसेको सहरले सुविधा त देला तर आफ्नोजस्तो लाग्न सयौं वर्ष लाग्छ।’   

‘टेल अफ ए सिटी’ शृंखलामा उनले सहरको पहिचानसँगै नेवारी समुदायको कला, संस्कृति र भेषभूषालाई पनि उजागर गरेका छन्। नेवार बाहुल्य भएको उपत्यकाभित्र नेवारी समुदायले पुज्दै आएको देवीदेवता र यहाँका मन्दिर, गुम्बा तथा चैत्यको जनविश्वास बुझाउन खोजेका छन्। उनी भन्छन्, ‘नचाहेर पनि देवीदेउताको मन्दिर ठोक्किछ यहाँ। यसले सहरको ऐतिहासिक तथा धार्मिक पक्ष पनि जोड्छ।’

गणेश, गरुढ, कल्की, बराह, कालीय दमन, बज्र, चैत्य विगबेलजस्ता धार्मिक देवीदेवता तथा मठमन्दिरलाई आफ्नो चित्रमा सबैभन्दा माथि राखेका छन् उनले। साथै उनले टेल अफ सिटीलाई दस फरकफरक चित्रमार्फत बुझाउन खोजेका छन्। सुजनको मात्रै २४ वटा पेन्टिङमा कीर्तिपुर, भक्तपुर, काठमाडौं सहरका नेवारी बस्ती तथा देवीदेवता तथा मठमन्दिर झल्किएका छन्। चित्र फोटोका साथसाथै विभिन्न बीउबिजन तथा परालको सहायताले बनाइएका कलाकृति पुस्तक तथा खानाको सहायतामा काठमाडौं उपत्यकाको सांस्कृतिक र ऐतिहासिक पक्षका मौलिक पक्षलाई प्रस्तुत गरेका छन्। 


कला प्रदर्शनीमा टेल अफ सिटीबारे आफ्ना धारणा राख्दै सुजन डंगोल। तस्बिर : नेपाल समय

कालो पेन्ट र कलर (टेक्निकल पेन्ट), आर्काइभिङ पेपर हो। कलम र मसीको माध्यमबाट तयार गरिएका रेखाचित्रमा लिच्छवि, मल्ल तथा शाहकालीन समयको धार्मिक सांस्कृतिक तथा सम्पदाहरुको झल्को दिन्छ। पचास वर्षअगाडिका घरहरुको पनि उत्तिकै स्मरण गराउँछ। सुजनले यसअघि कोरिया, ताइवान, बंगलादेश, भारत तथा नेपालमा आफ्नो एकल तथा संयुक्त कला प्रदर्शनी गरिसकेका छन्।

वास्तविक सहरको कथालाई आमजनमानसमा पुर्‍याउन डंगोलसहित अनिल रञ्जित, अभिषेक शाह, शर्मिला श्रेष्ठ, अशेष डंगोल, रुपेशमान सिंहलगायतको समूहले कला प्रदर्शनी गर्ने जमर्को गरेको छ ।

प्रदर्शनीसँगै सहरको लोक तथा दन्त्य कथा बुझाउने पुस्तकहरूसमेत सहभागीले अध्ययन गर्न र समय बजीजस्ता नेवारी खानाको स्वाद चाख्न पाउँछन्। खोकनाको नेवार समुदायको धार्मिक तथा सांस्कृतिक अभ्यासलाई देखाउने प्रिन्ट चित्र तथा फोटोहरू, अशेष डंगोलको नेवारी समुदायमा चलिआएको ‘सिकाली जात्रा’ का तस्बिरहरूले उपत्यकाको सहरको चिनारी दिन्छन्।

प्राचीन सहर चिनाउने चित्रहरूसँगै शर्मिला श्रेष्ठका ‘सिड्स’ शीर्षक राखेर मिक्स मिडियाका माध्यममा प्रस्तुत गरिएका छन्  । चामल, मस्याङ, बोडीजस्ता गेडागुडीलाई परालबाट बुनिएका चकटी, स–साना सुकुलमा राखेर प्रकृति र जीवनसँग जोड्दै आर्ट फर्ममा ढालिएका छन्। भौतिक विकासको अर्को पाटोमा सामाजिक जीवन र संस्कृति पनि छ, यसमा लुकेको कथा कलाकर्मीले टिपेर ल्याएका छन्। प्रदर्शनी आगामी मंसीर दोस्रो सातासम्म चल्नेछ। 


प्रकाशित: November 12, 2021 | 13:58:13 काठमाडौं, शुक्रबार, कार्तिक २६, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
कला/साहित्य

आजीवन सदस्य सिफारिस निर्णयप्रति स्रष्टाहरूको आपत्ति

प्रतिष्ठानमा तीन कार्यकालसम्म रहेर सेवा–सुविधा भोग गरिसकेका मानिसलाई आजीवन सदस्यका निम्ति फेरि सिफारिस गर्नु न्यायसंगत नहुने स्रष्टाहरूको दाबी।
नेपाल समय
फिल्म

चुनाव र विश्वकपले सुस्ताएको नेपाली चलचित्र बजार

फिल्म निर्माणको अफ सिजन, आमनिर्वाचन, विश्वकपका कारण चलचित्र क्षेत्रमा ठूला ब्यानरका चलचित्र बनेका छैनन्।
नेपाल समय
फिल्म

विदेशमा अवार्ड गर्नु चुनौतीपूर्ण रहेको अभिनेता राजेश हमालको धारणा

यूएस खबर, फेम नेपाल, ८४ मिडिया र आर्यन फिल्म्सले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन्।
नेपाल समय
फिल्म

चलचित्र निर्माता संघको कार्यसमितिमा थपिए गिरी र बानियाँ

चलचित्र निर्माता संघ नेपाली फिल्म निर्माताको छाता संस्था हो।
नेपाल समय
पुस्तक

इजिप्टको लोकतन्त्र चियाउने पुस्तक, ‘इजिप्ट अन्टिल डेमोक्रेसी’

लामो र गहिरो अनुसन्धान साथ तयार पारिएको इजिप्ट अन्टिल डेमोक्रेसी पुस्तक नीति निर्माता तथा पश्चिम एसियाको राजनीतिमा रुचि राख्ने सबैका लागि उपयोगी देखिन्छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना