शनिबार, मंसिर १८, २०७८

'विभेद गर्ने काठमाडौं अब फर्कन्न'

अनिल यादव  |  काठमाडौं, बिहीबार, कार्तिक ४, २०७८

अनिल यादव

अनिल यादव

बिहीबार, कार्तिक ४, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- ०७५ को माघतिर अभिनेता कामेश्वर चौरसियालाई जब मैले पुरानो बानेश्वरको एउटा क्याफेमा भेटेको थिएँ, उनी ९ महिनादेखि फिल्ममा काम नपाएका कारण निराश सुनिन्थे। 

उनै कामेश्वरलाई करिब ६ महिनापछि ०७६ को असारतिर जब मैले खोजेँ, उनी काठमाडौंको मीनभवनस्थित बागमती करिडोरमा माछा तार्दै गरेका भेटिए। 

फिल्म क्षेत्रले माया मारेपछि उनलाई यो सहरमा बाँच्न सहज भएन। हातमुख त जोर्नैपर्‍यो। त्यसैले बागमती किनार छेउमा सानो खाजा घर खोलेका थिए उनले। 

सधैं त्यही बागमतीको किनारमा भेटिन्थे उनी, कहिले माछा तारिरहेको अवस्थामा त कहिले रोटी बेलिरहेको।  उनको यो व्यवसाय पनि लामो समय टिक्न सकेन। मैले सुनेँ– ‘कामेश्वरले त्यहाँ माछा बेच्न छाड्यो, रोटी बेल्न पनि छाड्यो।’ 

‘सुटिङ पर्‍यो, काम पर्‍यो भने आउने तर पहिलेजस्तै त्यही बसेर काम नगर्ने। काठमाडौंसँग साह्रै मन दुखेको छ। सायद म पाइलापाइलामा विभेद गर्ने काठमाडौं अब फर्कन्नँ।’

कोरोना महामारी सुरु हुनुअघिदेखि नै काठमाडौंमा अनेक हन्डर खाइरहेको एउटा प्रतिभाशाली अभिनेता झन् लकडाउनमा कसरी बाँच्यो होला? 

०७८ असोज ७ गते मैले एक्कासी कामेश्वरलाई सम्झिएँ। कहाँ के गरिरहेका होलान्, मनभरी जिज्ञासा जाग्यो। फोन डायल गरेँ तर सम्पर्क हुन सकेन। 

त्यसपछि फेसबुकमा खोजेँ। हरियो बत्तीले उनी अनलाइन नै रहेको संकेत गर्‍यो। तत्काल फेसबुकबाटै अडियो कल गरेँ। फोन उठ्यो। 

‘नमस्कार कामेश्वरजी कहाँ हो?,’ मैले सोधेँ। 

उनले जवाफ फर्काए, ‘ट्रेनमा छु, सर। एउटा साउथ इन्डियन फिल्मको सुटिङका लागि अलिबाग जाँदैछु।’

‘होइन होला?,’ मैले जिस्किने भावमा आशंका प्रकट गरेँ।

उनले तत्काल भिडियो अन गरे र आफू ट्रेनमा रहेको देखाए। उनीसँगै एकजना सहकर्मी पनि थिए। उनी लकडाउन भएपछि दुइ वर्षयता बारा जितपुरस्थित गाउँमै बसिरहेका थिए। मैले सोधेँ– ‘काठमाडौं कहिले फर्किने त?’

जवाफमा उनी काठमाडौंसँग खुशी सुनिएनन्, ‘अब नफर्किने सर!’

‘कहिल्यै नफर्किने?’

‘सुटिङ पर्‍यो, काम पर्‍यो भने आउने तर पहिलेजस्तै त्यही बसेर काम नगर्ने। काठमाडौंसँग साह्रै मन दुखेको छ। सायद म पाइला पाइलामा विभेद गर्ने काठमाडौं अब फर्कन्नँ।’

उनको यो जवाफले मलाई बेस्सरी हिर्कायो। त्यहीमाथि ट्रेनको हल्लाले आवाज स्पष्ट सुनिरहेको थिएन। 

‘ल ल, शुभ यात्रा, पछि गफ गरौँला,’ यति भन्दै हामीले फोन काट्यौं।  

कामेश्वरलाई धेरै दर्शकमाझ चिनाएको फिल्म ‘रेशम फिलिली’मा एउटा चर्चित डायलग छ, ‘तेरो किस्मत छ गान्डु, तँ किन आइस् काठमान्डु।’

तस्बिर रेशम फिलिलीबाट

काठमाडौंप्रति कामेश्वरको निराशाभावले मलाई त्यही डायलग सम्झायो। यस्तो लाग्यो, यतिखेर कामेश्वरको त्यो डायलगले उनैलाई गिज्याइरहको छ। सँगसँगै मनमा प्रश्न पनि खेल्यो- ‘किन काठमाडौंसँग यति निराश छन् कामेश्वर?’

तर, उनलाई नजिकबाट हेरिरहेको, लेखिरहेको र देखिरहेकाले होला यो जिज्ञासा मेट्न मैले खासै दिमाग खियाउनु परेन। सहजै अनुमान गरेँ, मधेशी कलाकार भएका कारण पाइला पाइलामा भोगेको विभेद नै यसको प्रमुख कारण हो । त्यही कारण त कामेश्वरले ट्रेनबाटै भने, ‘पाइलापाइलामा विभेद गर्ने काठमाडौं अब फर्कन्नँ।’

०००

कुनैबेला बागमती करिडोरमा माछा तार्दै गर्दा मैले कामेश्वरलाई सोधेको थिएँ, ‘के रहेछ त जिन्दगी?’

जवाफमा उनले भनेका थिए, ‘जिन्दगी भनेकै ननस्टप प्राक्टिक्स, ननस्टप ट्राइङ हो। ट्राइ, ट्राइ एन्ड ट्राइ, अनटिल यू डाइ।’

‘तँ मधेशी हो, जीवनभरमा तैँले मुस्किलले दुईतीनवटा राम्रो फिल्म पाउँछस्। नत्र सबैले तँलाई हाँसोको पात्रमात्रै बनाउँछन्।’ त्यतिबेला कामेश्वर स्वयम्लाई पनि लाग्थ्यो, ‘मेरो जस्तो अनुहारका लागि कसले रिस्क मोल्छ होला र?’

बागमती करिडोरमा माछा तार्दै कामेश्वर।

हुन पनि हो, फिल्म क्षेत्रमा जम्नका लागि उनी निरन्तर प्रयासरत थिए। ‘रेशम फिलिली’मा उनको काम रुचाइएपछि केही समय उनी फिल्म क्षेत्रमा निकै व्यस्त नभएका होइनन्। तर, उनको त्यो व्यस्तता लामो समय टिक्न सकेन। 

फेरि कामको अभाव सुरू भयो। फेरि कामेश्वरले आफूलाई पुरानै अवस्थामा फर्किएको महसुस गरे। तर, समय न हो, जीन्दगीको घडीमा सधैँ बाह्र मात्रै कहाँ बज्छ र? 

कुनैदिन घडीको सुइ पक्कै आफूतिर फर्किएला भन्ने आशमा कामेश्वरले बागमती किनारमा माछा पसल खोलेको सुनाएका थिए। ‘विविध कारण छन्, अनिलजी। सम्झिदा भक्कानो फुट्छ तर म त्यहाँ पनि टिक्न सकिनँ,’ कामेश्वर आज पनि उत्तिकै भावुक हुन्छन्। 

कामेश्वरमा कलाकारिताको भूत त सानैदेखि हो। जब उनी कलाकार बन्छु भनेर बाराबाट काठमाडौंको यात्रा तय गर्दै थिए, त्यतिबेलै उनका साथीहरुले उनलाई भनेका थिए, ‘तँ मधेशी हो, जीवनभरमा तैँले मुस्किलले दुईतीनवटा राम्रो फिल्म पाउँछस्। नत्र सबैले तँलाई हाँसोको पात्रमात्रै बनाउँछन्।’ त्यतिबेला कामेश्वर स्वयम्लाई पनि लाग्थ्यो, ‘मेरो जस्तो अनुहारका लागि कसले रिस्क मोल्छ होला र?’

र, भयो पनि त्यस्तै। उनलाई फिल्मको एक्लो 'हिरो' बनाउन कोही तयार देखिएन। अहिलेसम्म कामेश्वरले जति फिल्ममा अभिनय गरे, लगभग सबैमा मधेशी पात्र नै भयो। र, अधिकांश फिल्ममा उनले निर्वाह गरेको पात्रलाई दर्शकमाझ हाँसो सिर्जना गर्ने माध्यममात्रै बनाइयो। 

उनले सबैभन्दा वाहवाही पाएको फिल्म ‘रेशम फिलिली’कै चर्चा गरौं न, उनले त्यहाँ निर्वाह गरेको मधेशी पात्र हरिनारायण मण्डल ‘हरिया’ले फिल्ममा रिसको झोकमा बाख्रासँग जबर्जस्ती संसर्ग गर्न खोजेको दृश्य छ। त्यतिमात्रै होइन, ऊसँगैको साथी रेशम (विनय श्रेष्ठ)ले उभिएर पिसाब फेर्दा, ऊ त्यहाँ बसेर पिसाब फेर्छ।

मधेश र मधेशीप्रति नेपाली फिल्मको विभेदकारी दृष्टिकोण बुझ्नलाई यही उदाहरण काफी छ। कामेश्वरले स्वयम्ले मसँग फिल्मका यि दृश्यले आफूले चाहना नहुँदानहुँदै फिल्ममेकरको दबाबमा गर्न बाध्य भएको स्वीकारेका थिए। 

पूरा घर हल्लियो। घरमात्रै होइन, पूरा देश हल्लिएछ। मोबाइलको नेटवर्क बन्द भइसकेछ। एकछिनमै खबर आयो– धरहरा भत्किसक्यो। जताततै तहसनहस भएको खबर सुनिन थाल्यो। 

‘मलाई सुरुमै बाख्रासँग संसर्गको दृश्य सुनाइएको थियो,’ उनले भनेका थिए, ‘यो त हँसाउने बहानामा अति नै भएन र भनेर मैले प्रश्न गरेँ। तर, मलाई ‘तिमीले यो दृश्य नगरे फिल्ममा काम दिँदैनौ’ भने। आफू मधेशी भएकाले मधेशीप्रतिको यो दृष्टिकोणले निकै दुःख लाग्यो। तर, पूरा फिल्म अवधिभर मेरो सिनचाहिँ राखिएको रहेछ। त्यसैले मैले फिल्म अस्वीकार गर्न सकिनँ। वर्षौदेखि अवसर खोजिरहेको मसँग अर्को विकल्प पनि थिएन।’

त्यतिबेला अधिकांश नेपाली फिल्ममा मधेशी चरित्र राखिन थालियो। कतिले त्यसलाई समावेशिताको दृष्टिले पनि बयान गरे। तर, समग्रमा नेपाली फिल्ममा मधेशी चरित्रलाई समावेश गर्नुको ध्येय उही देखिन्थ्यो, हास्य सिर्जना गर्ने र दर्शक हसाउने। 

कामेश्वर यसबारे सचेत नभएका होइनन्, तर अभिनयप्रतिको अतृप्त तृखाले उनलाई त्यस्तो फिल्मबाट टाढा राख्न सकेन। 

‘रेशम फिलिली’मा कामेश्वरले निर्वाह गरेको पात्र हो 'हरिया'। फिल्ममा हरियाले जसरी हिरो बन्नका लागि गाउँबाट काठमाडौं आएर संघर्ष गर्छ, कहीँकतै कामेश्वरलाई यो कथा आफ्नै जीन्दगीसँग मिलेको अनुभुत हुन्छ। गाउँबाट काठमाडौं त उनी ०६० सालतिरै आएका थिए। तर, निरन्तर १२ वर्षको प्रयास र संघर्षपछि मात्रै नेपाली फिल्ममा काम गर्ने मौका पाएका थिए। काठमाडौंको गुरुकुल थिएटरदेखि दिल्ली नेसनल स्कुल अफ ड्रामामा पढ्नका कोटा नपाउँदा पनि उनी गलेका थिएनन्, लगातार संघर्षरत नै थिए। 

माछा तार्दै गरेका कामेश्वरले ‘जोक’ भन्दै सुनाएको एउटा कथा म कहिल्यै बिर्सन्नँ। उनले त्यतिबेला ‘एउटा सत्य घटनामा आधारित जोक सुनाउँछु है’ भन्दै मलाई आफ्नै कथा यसरी सुनाएका थिएः 

०७२ साल वैशाख ११ गते 'रेशम फिलिली' भन्ने फिल्म हलमा रिलिज भइरहेको थियो। रातारात एउटा मान्छे स्टार भइरहेको थियो। सर्वत्र उसको अभिनयको तारिफ भइरहेको थियो। 

अचानक २०७२ साल वैशाख १२ गते बिहानको समयमा ठूलो भुइँचालो आइदियो। त्यो कलाकारलाई फिल्म युनिटको फोन आइसकेको थियो, हलमा अडियन्ससँग रिएक्सन लिन जाने भनेर। 

त्यसैले बाहिर निस्किन ऊ घरमा तयार भइरहेको अवस्था थियो। माथिको सर्ट लगाइसकेको थियो, मुनि पाइन्ट लगाउँदै थियो। पाइन्ट आधामात्रै के तानेको थियो, अचानक भुइँचालो आइदियो।  

पूरा घर हल्लियो। घरमात्रै होइन, पूरा देश हल्लिएछ। मोबाइलको नेटवर्क बन्द भइसकेछ। एकछिनमै खबर आयो– धरहरा भत्किसक्यो। जताततै तहसनहस भएको खबर सुनिन थाल्यो। 

त्यसपछि फिल्म फ्लप। तर, ऊ दुःखी भएन। देशको क्षतिअघि उसको फिल्मको क्षति उसलाई केही लागेन। सोच्यो– यसले पहिचान त दिलायो, अब अर्को फिल्म पाइयो भने गरौंला। 

त्यसरी एकपछि अर्को फिल्ममा चान्स पाउँदै गयो। व्यस्तता निकै बढ्यो। कुनै फिल्म चल्यो, कुनै चलेन। माया गर्ने फ्यानहरु बढ्न थाले। अनि अचानक उसले फिल्म पाउन छाड्यो। धेरै महिना फिल्म पर्खिएर बस्यो। कसैले अफर नगरेपछि माछा पसल खोल्ने निधो गर्‍यो। अनि, अहिले माछा पसल चलाएर बसेको रैछ। ‘जोक’ सकियो। 

‘जोक’ भन्दै आफ्नो नियतीमाथि जीन्दगीले गरेको क्रुट ठट्टा उनी मलाई सुनाइरहेका थिए। हास्नु कसरी?

माछा पसल गरिरहँदा पनि उनी सुटिङ सेट मिस गरिरहेका हुन्थे। भन्थे, ‘मलाई फिल्ममै जम्न मन छ, फिल्ममै केही गर्न मन छ।’

तर, समय यस्तो आइदियो कि उनले काम पाउनै छोडे। मधेशी कलाकारमाथि नेपाली फिल्मले गर्ने विभेद त यसको एउटा कारण हो नै, सँगसँगै कतिले कामेश्वरको स्वभावमाथि पनि अफवाह फैलाए। 

‘यसको एटिटयुड प्रोब्लम छ भन्दा रहेछन्। तर, मैले जानीजानी कहिल्यै कसैको मन दुखाइनँ,’ कामेश्वर भन्छन्, ‘म मधेशको मान्छे, मेरो नेचुरल बोल्ने शैली नै कतिलाई चित्तबुझ्दैन थियो अनि यसको एटिट्युड प्रोब्लम छ, यसलाई फिल्म नखेलाउनु भन्दै अफवाह फैलाएछन्। विराज दाइ (भट्ट)ले पनि यो कुरा मलाई भन्नुभएको थियो।’

०००

कामेश्वरले फिल्ममा काम नपाएपछि काठमाडौंमा टिक्नका लागि माछा पसल खोलेका थिए। फिल्म निर्देशक गणेशदेव पाण्डेले नजिकै बागमती करिडोरमै ‘चियावाला’खोलेको देखेपछि उनैबाट प्रभावित भएर माछा पसलको कन्सेप्ट जन्मिएको थियो। पसल खोल्न पनि उनीसँग लगानी थिएन। गाउँमा बुबासँग ऋण मागेका थिए। पसल हेर्दा सामान्य थियो तर माछाचाहिँ भब्य रेष्टुरेन्टमा पाउनेभन्दा मीठो बनाउँछु भन्थे उनी। तर, लामो समय चलाउन सकेनन्। 

कमेडीयन कलाकार आदर्श मिश्र र कामेश्वर चौरसिया

कलाकार बन्नलाई जीवनमा उनले अनेक काम गरे। कहिले तेल, साबुन र भुजिया बेचेँ, कहिले दिल्लीमा पुगेर कार पुछ्नेदेखि घरघरमा सामान पुर्‍याउने कामसम्म गरे। 

‘लुट’मा दयाहाङ राईसँग लुडो खेल्दै गरेको एक सिनदेखि ‘छड्के’हुँदै ‘रेशम फिलिली’सम्म आइपुग्दा उनले महत्वपुर्ण भूमिकामा काम पाए। फिल्म चलोस्-नचलोस्, उनको अभिनय पक्ष प्रायः तारिफ नै भयो। तर, तारिफ हुँदाहुँदै पनि कामेश्वर आज काठमाडौंमा व्यस्त छैनन्, गाउँकै खेतहरु टहलाउँदै हिडिरहेका छन्। 

भन्छन्, ‘यो काठमाडौंले साह्रै हेप्यो मलाई। पाइला पाइलामा विभेद गर्‍यो। भनेर साध्य छैन। त्यसैले शहरमा संघर्ष गरेर थाकिसकेँ म, अब गाउँमै बस्छु, गाउँबाटै संघर्ष गर्छु।’


प्रकाशित: October 21, 2021 | 14:50:53 काठमाडौं, बिहीबार, कार्तिक ४, २०७८
अनिल यादव

अनिल यादव

काठमाडौं, बिहीबार, कार्तिक ४, २०७८

थप समाचार

निम्स दाइले सम्भव बनाएको असम्भव कार्य जसले संसारको ध्यान तानेको छ

म डराउदिनँ। मलाई खतरामा कामबाहेक केही गर्न आउँदैन। हार मान्नु हाम्रो रगतमा छैन। मलाई हरेक आरोहणमा म आज मर्दिनँ भन्ने विश्वास थियो।

कट्रिना र विक्कीको विवाहका सहभागीले फोटो खिच्न नपाउने, यस्तो छ कारण

उनीहरुको विवाहलाई लिएर विभिन्न विषयमा बलिवुडमा चर्चा हुन थालेको छ।

महिला हिंसाका कथा बोल्छन् सुप्रियाका चित्रहरू

सुरुसुरुमा प्रकृतिका चित्र कोर्थिन् उनी। विस्तारै उनलाई समाज र मानवीय पक्षलाई चित्रका विषयवस्तुले तान्न थाल्यो। महिला हिंसा र विभेदका विरुद्धका आवाज चित्रमार्फत् व्यक्त गर्न थालिन्।

चार वर्षपछि फिल्म बनाउँदै छवि ओझा

फिल्म निर्मता छविराज ओझाले आफ्नो ५७ औं जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्।

नियमित कथाको रोचक प्रस्तुति 'अन्तिमः द फाइनल ट्रुथ' [फिल्म समीक्षा]

किसानहरुको पीडालाई पृष्ठभूमिमा राखेर बनाइएको सिनेमा ‘अन्तिमः द फाइनल ट्रुथ’ मा सलमान खानले दबिएको आवाज र भावनालाई अभिव्यक्त गरेका छन्।

'नेपालगन्ज म बिर्सुं कसरी?'

नीलम होस्टेलबाट निस्किएपछि आफूलाई निकै स्वतन्त्र अनुभूत गर्थिन्। नयाँ कपडा लगाएर नेपालगन्ज सहरको गल्लीहरुमा सफर गर्ने मौका मिल्थ्यो, शनिबार।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C