मंगलबार, कार्तिक २, २०७८

रंगकर्ममा जमेका अशान्त जसलाई परिवार पाल्नै सकस छ

राज सरगम  |  काठमाडौं, सोमबार, असोज ११, २०७८

राज सरगम

राज सरगम

सोमबार, असोज ११, २०७८, काठमाडौं

नेपाल समय

२०५० सालतिर बालुवाटारस्थित ३ नम्बर गेट नजिकै ‘रोअर पम्प सर्भिस’ मा काम गर्थे कृष्णप्रसाद पंगेनी शर्मा। मासिक तलब तीन हजार थियो। ‘रोअर पम्प सेन्टर’मा एउटा ल्यान्डलाइन फोन थियो। अहिलेको जस्तो सञ्चार सुविधा थिएन। धेरै व्यक्ति त्यहीं फोन गर्न पुग्थे। दिउँसो भन्दा रातको समयमा शुल्क सस्तो थियो। साहुले रातको समयमा पनि फोन सेवा खुला राख्थे। त्यसमा खटिन्थे शर्मा। काम चित्त बुझ्दो थियो उनलाई।

भाग्यमा जे लेखेको छ त्यसले पछ्याउँछ भनेझैं कृष्णप्रसादको भेट विराटनगरको ‘नाटेश्वर आर्ट समूह’सँग भेट भयो। यो भेट गराउने समूहमा आबद्ध उनकै भाइ राज पंगेनी शर्मा थिए। 

नाटेश्वर आर्ट समूह २०५० सालमा कुनै दलको चुनाव प्रचारका लागि विराटनगरबाट काठमाडौं आएको थियो।  समूहको उद्देश्य पार्टीको प्रचार मात्रै थिएन। नेपाल टेलिभिजनमा सिरियल बनाएर देखाउने थियो। त्यसैले त आर्ट समूहले स्क्रिप्टको ठेली बोकेर आएको थिए। जसको नाम थियो– पैसा छैन कात्रोलाई।

पार्टीको प्रचारका लागि गीत चाहिने भयो। कृष्णप्रसादलेले चुनावी गीत लेखे। प्यारोडी बनाइदिए। दीपक सुनामले संयोजन गरे। नाटेश्वर आर्ट्स समूहलाई कृष्णप्रसादले बुटवलमा दुई वर्षअगाडि नै भेटेका थिए। 

२०४८ सालतिरमा नाटेश्वर आर्ट समूह सडक नाटक देखाउन बुटवल पुगेको थियो। संयोगले कृष्णप्रसाद पनि त्यहीं पुगेछन्। उनले नाटकको व्यवस्थापन गरे। उनले समूहलाई सडकनाटकका लागि गीत लेखिदिएका थिए।  गीत यस्तो थियो- 

गण्डकी वारि गण्डकी पारि पहाड हाम्रो देश 

गोकुल जाँदा डोको नाम्लो हँसिया हाम्रो भेष । 

यही समूहका लागि दुई वर्षपछि चुनावी गीत कोरिदिए। आर्ट समूहले दिलोज्यान लगाएर पार्टीको प्रचार गर्यो। चुनाव सकियो। तर पार्टीले चुनाव हार्‍यो। नाटेश्वर आर्ट समूह निराश भयो। नेपाल टेलिभिजनबाट सिरियल बनाउने सपना चकनाचुर भयो। स्क्रिप्ट पास गराउने कोसिस सार्थक हुन सकेन।

नाटककै मुख्य पात्र छुटेपछि विकल्पमा छानिए शर्मा। ‘पहिलोपटक मञ्चमा चढ्दै आँखैमा परेको प्रकाशले खुबै डराएको थिएँ। छातीमा सास फुलेझैं भाथ्यो’, उनले सम्झिए। दर्शकले ताली बजाए। प्रशंसा पाए। 
टोली विराटनगर फर्किनुअघि वीरगन्जमा नाटक देखाउने योजना बन्यो। व्यवस्थापनका लागि उनै कृष्णप्रसादलाई प्रस्ताव गरियो। उनी सम्झन्छन्, ‘व्यवस्थापनतिर लागौं त जागिर छुट्ने। नगरौं त साथीहरुको मन दुख्ने, दुविधामा थिएँ।’ 

उनी जागिर छोडेर नाटकको व्यवस्थापनमा लागे। वीरगन्जमा नाटक गर्ने भनेर अग्रिम टिकट बेचेका थिए। शर्मा भन्छन्, ‘वीरगन्ज पुगेपछि नाटकको मुख्य पात्र छुटेको थियो, काठमाडौं। छुट्नुको कारण उसको भर्खरै बिहे भएको थियो।’ 

नाटककै मुख्य पात्र छुटेपछि विकल्पमा छानिए शर्मा। ‘पहिलोपटक मञ्चमा चढ्दै आँखैमा परेको प्रकाशले खुबै डराएको थिएँ। छातीमा सास फुलेझैं भाथ्यो’, उनले सम्झिए। दर्शकले ताली बजाए। प्रशंसा पाए। 


नाटक ‘माइराम’ ले उनको व्यवस्थापकीय जीवन मात्र मोडिदिएन कृष्णप्रसाद पंगेनी शर्माबाट उनको नाम नै परिवर्तन भयो– अशान्त शर्मा। 

०००

एक महिनाजस्तो नाटक दखाएर उनी काठमाडौं फर्किए। नाटकको ‘चस्का’ लगाइदिएर नाटक टोली गायब भयो। नाटकमा सफलता पाउनेहरू टेलिभिजनमा देखिन संघर्ष गर्थे। उनको त पहुँच थिएन। आफूलाई स्थापित गर्ने हुटहुटीचाहिँ जाग्यो। 

तर कतै अवसर पाएका थिएनन्। उनलाई ‘रोअर पम्प सेन्टर’ ले फेरि काममा बोलायो। उनी जागिर खाने मुडमा थिएनन्। अभिनय र नृत्यको लत बसिसकेको थियो । यस्तैमा काठमाडौंको बसुन्धरास्थित ‘कनेक्सन भ्यु बार’ मा नाच्न थाले। यत्तिमा उनी खुसी भएनन्। आफ्नै केही गर्ने सोचमा थिए उनी। यसै क्रममा शर्माले २०५३ सालतिर ज्ञानेश्वरमा ‘कलाप्रेमी युवा समूह’ नामको ‘डान्स इन्स्टिच्युट’ खोले। उनले भने, ‘अभिनयको लत छोड्न नसकेर नृत्य प्रशिक्षण केन्द्र खोलेको थिएँ।’ 

नाटक निर्देशनमा लागेपछि फेरि कला केन्द्र धरमरायो। त्यसपछि नाटक गर्ने जोश पनि सेलायो। उनी गाउँ गए र बिहे गरेर फर्किए। जिम्मेवारी बढेसँगै उनी काठमाडौंमा कामको खोजीमा लागे। 
नृत्य सिकाउने, बेलाबेला सांस्कृतिक कार्यक्रम गर्ने, पैसा बटुलेर सडक नाटक देखाउने जस्ता कार्यक्रम गरेर तीन वर्ष बिताए अशान्तले। कलाप्रेमी युवा समूहको आयोजनामा उनले सौखिन युवालाई समावेश गरेर ‘दोषी को’ नाटक निर्देशन गरे। 

नाटक निर्देशनमा लागेपछि फेरि कला केन्द्र धरमरायो। त्यसपछि नाटक गर्ने जोश पनि सेलायो। उनी गाउँ गए र बिहे गरेर फर्किए। जिम्मेवारी बढेसँगै उनी काठमाडौंमा कामको खोजीमा लागे। 

०००

विवाह गरेपछि आर्थिक भार थपियो। नाटक छुटेको थियो। नृत्यमा ‘करियर’ बनाउन अलमलिँदै थिए उनी। एक दिन गोविन्द प्रभाव नामका उनका मित्रले ‘खाली बस्नु भन्दा कही न कही जोडिनु ठिक’ हुने सुझाव दिए।

सुझाव मनन गरेर प्रख्यात कोरियोग्राफर गोविन्द राईकहाँ पुगे। राईको मैतीदेवीमा ‘द एन्जेल कला केन्द्र’ थियो। २०५८ सालमा उनी त्यहाँ जोडिएर राईको सहायक भएर काम गर्न थाले। ‘मनको राजा’ र ‘उकाली ओराली’ सिनेमामा सहायक निर्देशक भए केही काम सिके पनि उनी खुसी हुन सकेनन्। ‘त्यहाँ पनि धेरै टिक्न सकिनँ। छोडें’, उनले भने। 

‘द एन्जेल कला केन्द्र’ बाट निस्किएर फिल्मकर्मी मोहन निरौलाले चलाउँदै आएको ‘परिवर्तन कला केन्द्र’मा पुगे अशान्त। उनी ती दिन सम्झन्छन्, ‘डान्स सिकाउन थालें। कमाइ राम्रै थियो।’ परिवर्तनमा काम गर्नेे क्रममा ‘द कलेक्सन’ टेलिभिजन कार्यक्रममार्फत म्युजिक भिडियो निर्देशन गरे। 

‘रातो भाले’ र ‘हाम्रै कथा’ टेलिशृंखलामा अभिनय गरे।  टेलिशृंखला ‘फिरन्ते’ मा प्रमुख सहायक निर्देशकको काम पाए। निर्देशक थिए सविन बास्तोला। 

यस्तैमा एक दिन रंगकर्मी विजय विस्फोटसँग उनको भेट भयो। परिवर्तन कला केन्द्रमा नाटक खेल्ने कलाकार खोज्दै पुगेका थिए, विस्फोट। निरौलाले शर्मा देखाइदिए। फेरि उनलाई नाटकले पछ्यायो। 

‘नाटक मेरा लागि कहीं न कहीं ठोकिइरह्यो’, उनी भन्छन्। २०५९ सालतिर विस्फोटको निर्देशनमा ‘दुरी’ नाटक खेले। अर्को नाटक ‘बुर्की’ मा पनि अभिनय गरे। 

सिक्न पाइन्छ, सिक्न पाइन्छ भन्दै बरालले आश्वासन देखाए। 'बुर्की' नाटकको टिमलाई थप सल्लाह दिएर फर्किन लागेका बरालसँग शर्माले भने, ‘डेडिकेट मान्छे हौं हामी। अवसर दिनु न।’

सैद्धान्तिक रूपमा रंगमञ्च जानकारी थिएन शर्मालाई। उनी नाटक पढ्न पनि चाहन्थे। यस्तैमा अनुप बरालको ‘एक्टर स्टुडियो’ ले नाटक पढाउने कक्षा खोल्यो। शुल्क थियो १५ हजार। शर्माका लागि यो धेरै रकम थियो। उनी सम्झिन्छन्, ‘त्यो १५ हजार अहिलेको डेढ लाखजस्तो हो। पैसा सम्झँदा सिक्ने मन नै मरेको थियो।’

२०६४ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय नाटक महोत्सवको तयारी भइरहेको थियो। त्यही रंगकर्मी अनुप बराललाई भेटे शर्माले। १५ हजार धेरै पैसा भयो भनिहाले, ‘हामीले सिक्न पाइँदैन नाटक? त्यत्रो पैसा त सम्पन्न मान्छेले मात्रै सिक्ने रेट भयो त!’  

सिक्न पाइन्छ, सिक्न पाइन्छ भन्दै बरालले आश्वासन देखाए। 'बुर्की' नाटकको टिमलाई थप सल्लाह दिएर फर्किन लागेका बरालसँग शर्माले भने, ‘डेडिकेट मान्छे हौं हामी। अवसर दिनु न।’

‘हुन्छ’ भनेर बराल निस्किए। 

केही महिनाको अन्तरालपछि एक दिन फोन आयो। निःशुल्क नाटक सिक्ने अवसर। शर्मा खुसी भए। उनी भन्छन्, ‘अनुप बरालको निर्देशकीय क्षमताबाट म एकदम प्रभावित थिएँ। त्यसैले त्यो कक्षा गुमाउन चाहिनँ।’  

नाटक सिक्ने रहर बटुलिरहँदा शर्मा परिवर्तन कला केन्द्रमा डान्सका मुख्य निर्देशक भइसकेका थिए। ‘फिरन्ते’ टेलिशृंखलामा ‘सहायक निर्देशक’ रहेका शर्मा निर्देशकको जिम्मा समाल्नेवाला थिए। उनी दुविधामा परे। उनले रंगमञ्चकै बाटो रोजे। 

एक्टर स्टुडियोको विद्यार्थी भएर नाटक सिक्दै गर्दा २०६४ को अन्तिमतिर ‘टलक जंग भर्सेज टुल्के’ नाटक गर्ने कुरा भयो। चिनियाँ लेखक लु सुनको कथा ‘द स्टोरी अफ अ क्यु’ लाई खगेन्द्र लामिछानेले नाटकमा रुपान्तर गरेका थिए। सोही नाटकको मुख्य भूमिकामा अभिनय गर्न पाए अशान्तले। 

दयाहाङ राई, सुमन, सृजना, अशान्त लगायतले नाटक सिक्ने छात्रवृत्ति पाए। उनी भन्छन्, ‘यो अवसरले मेरो अभिनयमा सुधार भयो।’

अनुप बरालले चलचित्र ‘कुसुमे रुमाल २’ का लागि अशान्तलाई नै सिफारिस गरिदिए। फिल्म हेरेपछि उनी निराश भए। उनले चित्त बुझाएनन्। नाटकमै मन लगाए। बरालले केही विद्यार्थीलाई सिकाउने मौका दिए शर्मालाई। उनी भन्छन्, ‘विद्यार्थीले पढाएपछि रंगमञ्चको यात्रा व्यावसायिक हुन थाल्यो।’

उनले राजधानीको थिएटर भिलेजमा ‘तीन एकान्त’मा जर्मन यहुदीको एकल अभिनय पनि गरे। जसबाट राम्रो प्रतिक्रिया आयो।

०००

‘तपाईंलाई कहाँ देखेदेखेजस्तो लाग्यो’, रंगकर्मी अशान्त शर्मालाई लकडाउनका बेला एकजना बहिनीले सोधिन्। कुपोण्डलमा स्टेसनरी पसलेकी छोरी थिइन् उनी। शर्माले उनलाई पसलमा त्यति देख्दैनथे। कहीं देख्नुभएको होला भनेर टारे। 

पत्रपत्रिका हेर्ने उद्देश्यले स्टेसनरी नियमित जाने शर्मा भोलिपल्ट पनि पुगे। ती युवतीले भनिन्, ‘तपाईंले ढाँट्नुभयो नि! तपाईंलाई मैले फिल्ममा देखेकी थिएँ। तपाईंले ‘आमा’ मा खेल्नुभएको रहेछ।’ 

युवतीले आमा फिल्मको प्रशंसा गरिन्। युवतीले  भनिन्, ‘म पनि क्रिस्चियन हुँ। तर त्यतिसारो धर्म परिवर्तन गर्न लगाएको झैं लाग्दैन।’ 

‘ती बहिनीले हामी क्रिस्चियन हौं नि भनिन्, क्रिस्चियन धर्मको कुराचाहिँ नेगेटिभ–नेगेटिभ जस्तो छ नि भनेर कुरा सुनाइन्, मैले हो भनें।’

अस्पतालमा उपचार खर्च तिर्न नसकेर श्रीमानको लास पर्खिएकी आमा (मिथिला शर्मा) लाई क्रिस्चियन धर्मअनुसार दाहसंस्कार गरे लास निकाल्न सघाउँछौं भनेको छ, एक पात्रले। जसको भूमिका शर्माले गरेका छन्। उनी क्रिस्चियन धर्म प्रचारकझैं देखिन्छन्। उनी भन्छन्, ‘ती बहिनीले हामी क्रिस्चियन हौं नि भनिन्, क्रिस्चियन धर्मको कुराचाहिँ नेगेटिभ–नेगेटिभ जस्तो छ नि भनेर कुरा सुनाइन्, मैले हो भनें।’

०००

एक्टर स्टुडियोका ‘ब्याज प्रडक्सन टिम’ लाई सहायकका रुपमा सिकाउने मौका पाए शर्माले।  अभिनय निखारिँदै गयो। विद्यार्थीलाई सहायकका रुपमा सिकाइरहँदा बरालले गरेको कथाहरुको मञ्चन सुनेका थिए। ‘काफ्का एक अध्याय’, ‘मलामी’ जस्ता नाटकमा उनी सहायक निर्देशकसँगै कलाकारका रुपमा पनि जोडिए।  उनी भन्छन्, ‘उहाँ (अनुप बराल) ले पछि भन्नुभयो–नाटकहरु पनि गर्नू।’ 

महेशविक्रम शाहका कथामा आधारित ‘कथा देश २’ नाटकमा अभियन गरे। ज्याक्सन हाइट कथा संग्रहका दुई कथा ‘भेनिसकी बूढी’ र ‘हान घन्टा हान’ कथामा नाटक गरे। बरालले उनको नाटकलाई ‘सुपरभिजन’ गरिदिएका थिए। 

उनले दोस्रोपटक निर्देशन गरेको ‘हान घन्टा हान’ मण्डला नाटकघरमा देखाइएको थियो।  

भारतीय नाटककार विजय तेन्दुलकारको ‘उम्बुगल्यान्डको मुठभेड’, नयनराजको कथा ‘कथा एक्सप्रेस’, ‘कथा देश ३’, ‘दरौदीको पानी’ जस्ता नाटक निर्देशन गरे उनले। अहिलेसम्म ९ वटाजति नाटकमा निर्देशन गरेका उनले डेढ दर्जनजति नाटकमा उनले अभिनय गरेका छन्। 

विजय विस्फोट, अनुप बराल, दयाहाङ राई, राजन खतिवडाको निर्देशनमा  पनि उनले अभियन गरेका छन्। 

०००

शर्मा नाटकमा नयाँ प्रयोग गर्न पनि रुचाउँछन्। तर दर्शकलाई समेट्न गाह्रो हुने अनुभव छ उनको। भन्छन्, ‘बलेट एन्ड द बुद्ध’ नामक नाटक निर्देशन गर्दा मैले पोष्टरमा एक्सपेरिमेन्टल सो लेखेको थिएँ। त्यो प्रयोग दर्शकले सजिलै लिइदिएनन्।’

प्रयोगवादी नाटकलाई व्यावसायिक बनाउँदै लैजानुपर्ने देख्छन् उनी। यो काम ऊर्जाशील समयमा गर्नुपर्ने बताउँछन्। रंगचेतको विकासका लागि पनि ‘प्रयोग’ हुनुपर्ने लाग्छ उनलाई। परम्परागत नाटकले दर्शकमात्रै बटुल्ने ठम्याइ छ उनको। ‘प्रयोगवादी नाटक हेर्न रंगकर्मी नै डराउने गर्छन्’, भन्छन्, ‘त्यो चेत चिन्ने क्षमताको अभाव छ।’ 


सिने क्षेत्रमा प्रवेश गर्न लागेका कलाकारका लागि शर्माले वर्कसप दिँदै आएका छन्। उनले अहिलेसम्म ‘ए मेरो हजुर’, ‘दोख’, ‘पीपल’ जस्ता आधा दर्जन चलचित्रमा वर्कसप दिएका छन्। 

कतिपय वर्कसप दिए पनि फिल्म बनेन। उनको अनुभवमा वर्कसप नै नबुझेकाहरुले सिनेमा बनाइरहेका छन्। यसबारे एउटा किस्सा सुनाउँछन् अशान्त– 

एउटा चलचित्र वर्कसपका लागि सम्झौता भयो। सात दिनसम्म कलाकार देखेनन्। लेखक–निर्देशक मात्रै भेटिए। शर्माले एक दिन कलाकार खै भनेर सोधे। लेखक-निर्देशकले उनीहरु एकैपटक आउँछन् भन्ने जवाफ दिए। शर्मा खिन्न भए। 

वर्कसपमा दुई खालका कलाकार भेटेका छन् उनले। नाटकमा लागेकाले कथामाथि विशेष चासो राख्छन् भने सिनेमामा रुचि भएकाले कसरी बोल्ने र देखिने भन्नेमा ध्या दिन्छन्। शर्मा भन्छन्, ‘वर्कसपलाई फेसनजस्तो बनाए।’

०००

अशान्त आफूलाई स्वतन्त्र रंगकर्मी भन्छन्। लकडाउनमा स्वतन्त्र रंगकर्मीलाई सबैभन्दा गाह्रो छ। नाटक अभिनय नहुँदा पलायन भए केही रंगकर्मी। तर उनी संघर्षरत छन् । भन्छन्, ‘बाह्य रंगकर्मीलाइ रंगमञ्चमा अतिथि सदन नभएकाले थियटर होमभित्र छिर्न गाह्रो छ।’

सेक्सपियरको नाटकमा काम गरिरहेका उनी शिल्पी थिएटरमा प्रदर्शन गर्ने सोच बनाएर काम गरिरहेका शर्मालाई नाटक घरसँग उनको चित्त दुखाइ छ  ‘नाटकघरका साहु आफ्नै तरिकाको नाटक गर्न खोजेका छन्।’ 

स्वतन्त्र रंगकर्मी कारण नाटकघर टिकेको उनको बुझाइ छ। उनी भन्छन्, ‘नाटकघरले व्यवसाय गर्नुको कारण स्वतन्त्र रंगकर्मी हुन् जसले नाटक गरिरहेका छन्।’

रंगकर्ममा लागेर नेपालमा अझै पेट पाल्न गाह्रो छ। परिवारलाई सन्तुष्ट राख्न नसके पनि नाटकभन्दा पर सोच्न सक्दैनन्, उनी। भन्छन्, ‘पारिवारिक जिम्मेवारीमा आफूलाई असफल ठान्छु।’ 

जताबाट हिँडे पनि उनले नाटक भेटे। नाटकका लागि कुदे। नाटककै लागि परिवार खुसी राख्न सकेनन्। पूरा नभएका सपना नाटकमार्फत पूरा गर्न चाहन्छन् उनी। रंगकर्ममा लागेर नेपालमा अझै पेट पाल्न गाह्रो छ। परिवारलाई सन्तुष्ट राख्न नसके पनि नाटकभन्दा पर सोच्न सक्दैनन्, उनी। भन्छन्, ‘पारिवारिक जिम्मेवारीमा आफूलाई असफल ठान्छु।’ 

होचो कदका अग्ला रंगकर्मी अशान्तलाई अग्ला र चकलेटी कलाकार माझमा मुख्य भूमिका स्थापित हुन सक्ने विश्वासचाहिँ छ। उनी भन्छन्, ‘कुनै दिन लिड क्यारेक्टर खेलेर हिरोमा स्थापित गर्नेछु।’


प्रकाशित: September 27, 2021 | 12:26:56 काठमाडौं, सोमबार, असोज ११, २०७८
राज सरगम

राज सरगम

काठमाडौं, सोमबार, असोज ११, २०७८

थप समाचार

हिमाली भेगमा यसरी भइरहेको छ बलिउड फिल्म 'उचाइ' को छायांकन

गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ। काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले लुक्ला र नाम्चेको सुन्दरता कैद गरिरहेको छ।

'प्रभाव'मा खुलेका प्रकाश र साम्राज्ञी

यस वर्षको दसैंको मुख्य दिन (टीकाको दिन) गायक प्रकाश विक्रम थापाको 'प्रभाव' बोलको गीत सार्वजनिक भएको छ।

प्रियंका चोपडा : विदेशी गर्ल!

बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा।

बलिउड कलाकारहरुको आग्रह : सपरिवार फिल्म हेर्न हलमा आउनुहोस्

कोरोना भाइरसको कारण ठप्प फिल्मी क्षेत्र विस्तारै चलायमान हुँदैछ। पछिल्लो समय भारतको सम्पूर्ण प्रान्तमा फिल्म हल खुलेपछि यो क्षेत्र विस्तारै पहिलेकै लयना फर्किने तयारीमा छ।

२० वर्षपछि 'गदर' को सिक्वेल घोषणा

सनी देओलको सफल फिल्म मध्येको एक हो ‘गदर : एक प्रेम कथा’। यसै फिल्ममार्फत सनीले अवार्ड मात्र जितेनन्, उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आंकडा पनि तय गर्‍यो।

माधुरी दीक्षितको जीवनमा 'तेजाब' कोशेढुंगा

अभिनेत्री माधुरी दीक्षितलाई नृत्यमा निपूर्ण मानिन्छ। उनले गर्ने नृत्य र त्यसमा दिने एक्सप्रेसनले दर्शक मोहित हुने गर्छन्।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C