सोमबार, असोज १७, २०७९

एउटा यस्तो गीत जसले मिसिसिपीदेखि वाग्मतीसम्म प्रश्न सुसेल्दै ल्यायो

नेपाल समय  |  काठमाडौं, बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८, काठमाडौं

नेपाल समय

‘हेर वारी र पारी
छ रुवा र वासी
यो चित्कार सुनी 
नबोली नबोली 
ओ, वाग्मती खोली
ओ, वाग्मती जान्छौ कहाँ?’

साउन ७ गते बानेश्वरमा प्रतिरोध नामक एक समूहले अचानक प्रस्तुत गरेको गीत हो यो। गायक तथा संगीतकार अन्जानबाबु, कवि शकुन्तला जोशी तथा युवा अभियन्ता अनिता पण्डित मुलुकमा तमाम वेथिति र विसंगतिलाई लिएर राष्ट्रिय आस्थाकाे धरोहर, नेपाल सभ्यताको मानक नदी वाग्मतीमाथि प्रश्न उठाइरहेका थिए। फरक यो थियो कि, उनीहरू वेथितिलाई लिएर यो विद्राेही गीतका माध्यमबाट शासक, सत्ता या व्यवस्थामाथि जाई लागेका थिएनन्। बरू तिनको पेचिलो प्रश्न बानेश्वरबाट एक किलोमिटर पूर्वबाट दक्षिण हुँदै चुपचापसँग बगिरहेकी वाग्मती तर्फ सोझिएको थियो। ‘नैतिकता नष्ट हुँदा, मानवता भ्रष्ट हुँदा – लाजघिनै नमानी जान्छौ कहाँ?’ बागमतीलाई सोध्दै थिए उनीहरू।

त्यसो त सुसेला संगीत समूहले यो गीत भूपेन हजारिकाको मूल आसामी भाषाको गीत ‘बुरा लुइत’को संक्षिप्त पुनःसिर्जना भएको उल्लेख गरेको छ। शब्द छनोटका आधारमा हेर्दा यो वाग्मती खोला भूपेनकै बुरा लुइतको हिन्दी भर्सन ‘गंगा बहेती हो क्यू?’ को मर्म र संरचनासँग बढी मेल खान्छ। जस्तै भूपेनले गङ्गालाई सोधेका छन्, ‘नैतिकता नष्ट हुई, मानवता भ्रष्ट हुई, निर्लज्ज भाव से बहती हो क्यू?’

त्यसो त गीतको शुरूवात ‘हे वारी र पारी, छ रुवा र वासी’ पनि भूपेनको ‘बित्रिर्नो परोरे, असंख्य जोनेरे, हाहाकार खुनिउ निशब्द निरोवे’ (आसामी) तथा  ‘विस्तार हे अपार, प्रजा दोनो पार, करे हाहाकार’ (हिन्दी) सँग हु–बहु मेल खान्छ।

वाग्मती खोलाको तेस्रो अन्तरा ‘कति मान्छे माहा अनपढ छन्, दुःखी ज्यामीलाई सवल संग्रामी समग्रोमानी बनाउदैनौ रे किन हो?’ पनि भूपेनको गीतमा हुबहु मिलेको छ। भूपेनको ‘व्यक्ति रहे व्यक्ति केन्द्रित’ भन्ने विषयलाई पनि सुसेला संगीत समूहले ‘मान्छे सारा मै हुँ, मै हुँमा छ, समाज पनि त्यै दौडमा छ’ भन्दै सुन्दर ढंगले समेटेको छ।

‘वाग्मती खोली’ केही छोटो मीठो छ भने भूपेनको गंगा बेहेती हे क्यूँ? केही लामो र बृहत छ। भूपेनले गङ्गालाई महाभारतको पौराणिक कथासँग जोडेका छन्। गङ्गालाई भिष्म पितामहकी आमाको रूपमा लिइन्छ। उनी आजको आधुनिक भारतमा किन भिष्मजस्तो योद्धालाई जन्म नदिएको भन्दै गङ्गालाई प्रश्न गर्छन्। यो प्रसङ्ग वाग्मतीको सन्दर्भमा मेल खाँदैन र यसलाई राखिएको छैन।

समग्रमा के प्रष्ट हुन्छ भने, वाग्मती खोली गंगा बहेति हे क्यूँ? वा ‘बुरा लुईत’ कै विशुद्ध नेपाली स्वरूप हो। चाहे गङ्गा होस् या ब्रहमपुत्र वा वाग्मती नै किन नहुन् – यी नदीहरू दक्षिण एसियाकै  धार्मिक र सांस्कृतिक आस्थाका धरोहरहरू हुन्। यी नदीहरूमा यहाँका जनमानसको आस्था, विश्वास र भरोसा  अटुटसँग गाँसिएको छ। 

तर, जब समाज र राजनीति गलत थितिबाट गुज्रिन्छ वा अन्याय, अत्याचार र उत्पीडन मौलाउँदै जान्छ, दीनहीनहरूका दुःखका काँचुलीहरू कहिले फेरिँदैनन्। विभेदका खाडलहरू पुरिँदैनन् – आम जनमानसको आफ्ना आस्थाका धरोहरप्रतिको विश्वास डगमगाउँछ। अनि उनीहरू आस्थाका धरोहरप्रति नै प्रश्न तेर्स्याउन थाल्छन्। ‘बुरा लुइत’ ‘गंगा बहति हे क्यूँ ?’ तथा ‘वाग्मती खोली’को अन्तर्य पनि यही नै हो।

त्यसो त  अन्याय, अत्याचार, उत्पीडन, शोषण र विसङ्गतिलाई लिएर नदीलाई प्रश्न गर्ने भूपेन पहिलो सर्जक भने होइनन् । अनि यो  प्रश्न सामना गर्ने प्रथम नदी पनि गङ्गा वा ब्रह्मपुत्र होइनन् ।

यस्तो प्रश्नको सामना यसअघि १९२७ मै मिसीसिपिले भोगी सकेको छ। ओस्कार ह्यामस्टेन, जेयेमी क्रेन तथा पल रब्सन जस्ता सर्जकहरूले प्रश्नको कठघरामा मिसिसिपीलाई त्यति बेलै उभाइसकेका थिए।

पहिलोपल्ट मिसीसिपिलाई ‘एउटा बुडो मान्छेको संज्ञा दिँदै’ ओस्कार ह्यामस्टेनले ‘सो बोट’ नामको बोर्डवेमा प्रदर्शित बहुचर्तित गीतिनाटकको लागि यो गीत लेखे। यसमा जेरेमी क्रेनले संगीत भरेका थिए। गीतको शुरूमै उनले भनेका छन्,  ‘मिसिसिपी नाम गरेको एउटा बुढो मानिस छ, हो म त्यही बुढाे मानिस जस्तो हुन चाहन्छु।’ ‘सो बोट’को यो गीतले मिसीसिपिका अश्वेत कामदारहरूको दैनिकी र श्रम शोषणलाई देखाएको छ। तिनको पीडा र उत्पीडनलाई ओकलेको छ।

उत्पीडकको बिम्बको रूपमा प्रस्तुत गरिएको मिसिसिपीबारे ह्यामरस्टेन भन्छन्, ‘संसार समस्या ग्रस्त भए पनि, ‘भूमि स्वाधीन नभएपनि, बेमतलबसँग बगीरहन्छ- मिसीसीपी। यसले न त आलु रोप्छ, न त कपास नै फलाउँछ। मात्र यो चुपचाप बगिरहन्छ। यसले आम मजदुरका दुःख, पीडा, वेदना र भोगेको शोषण त देखेको छ। तर यी तमाम विषयले यसलाई केही फरक पर्नेवाला छैन। बुढो मान्छे मिसिसिपीलाई केही त पक्कै थाहा छ। तर यो एक शब्दपनि बोल्दैन। हामी पसिना बगाई रहेका छौँ। थकानले शरीर कुक्रुक्क परेको छ। थकान मेट्न हामी मदिरा पिउँछौँ, अनि त्यही निहुँमा हामी जेलमा थुनिन्छौँ। जीवनको अन्तिम (जजमेन्ट डे) सम्म हामी पीडा सहिरहेका हुन्छौँ। तर यो सब देखेर पनि बेवास्ता गर्दै बुडो मान्छे  मिसीसीपी बगिरहन्छ– मात्र बगिरहन्छ।'

ह्यामरस्टेन लेख्छन्- उनी मिसिसिपीबाट मुक्त हुन चाहन्छन्। त्यहाँबाट टाढा जान चाहन्छन्। श्वेत मालिकबाट मुक्त हुन चाहन्छन्। मिसिसिपिबाट उम्केर उनी जोर्डन नदीमा पुग्न चाहन्छन्। अफ्रिकन नदी जोर्डन आफैँमा अश्वेत दासत्व मुक्तिको – बिम्ब हो। मिसिसिपी दासत्व र अफ्रिकन– अमेरिकीले भोगेको विभेद, शोषण र उत्पीडनको बिम्ब हो।

उनका लाक्षणिक शब्दहरुमा, निगर्सहरू मिसिसिपीमा काम मात्र गरिरहन्छन्। जबकी श्वेतहरू खेलवाडमा लागिरहन्छन्। ह्यामस्टेनको शब्दमा एउटा ठूलो व्यङ्ग्य छ– त्यो के भने उनी आफैँ त्यो केही कुराले नछुने, गम्भीर नहुने, बेमतल बुढाे मान्छे मिसिसिपी जस्तो  हुन चाहन्छन्। 

तर ‘सो बोट’को लागि लेखिएको यो क्लासिक मास्टरपिसले खास प्रसिद्धि त्यति बेला चुम्यो जब पल रब्सनले १९३६ को 'सो बोट’ शीर्षककै फिल्ममा गीतलाई केही परिमार्जन गर्दै गाइदिए। रब्सनको ‘ओल्ड म्यान रिभर’ २००४ मा सय वर्षका उत्कृष्ट सय अमेरिकी गीतमा समेटिएको थियो।

ह्यामरस्टेनको ओल्ड म्यान रिभर मिसिसिपीप्रति बढी व्यङ्ग्यात्मक छ, तर रब्सनको 'ओल्ड म्यान रिभर'मा व्यङ्ग्यभन्दा बढी आक्रोश पोखिएको छ। यो सीधा र सरल छ।  यसमा केही परिमार्जन पनि गरिएको छ।

जस्तोः रब्सन त्यो बेमतलबी बुढो मान्छे मिसिसिपी जस्तो बिल्कुलै हुन चाहदैनन्। त्यसो त रब्सनले ‘निगर्स’ भन्ने शब्दको सट्टा ‘कलरेड फल्क’ भन्ने पदावली प्रयोग गरेका छन्। ह्यामरस्टेन पीडा सहने कुरा गर्छन् तर रब्सन त अन्तिम सम्म लड्ने, जुध्ने र भिड्ने कुरा गर्छन्। रब्सनले केही उच्चो र धोद्रोसँग अफ्रिकन लयमा गाएका छन्। 

रब्सनले गाएकै कारण ओल्ड म्यान रिभर प्रशान्त महासागर तरेर दक्षिण एसियामा आएको हो। कोलम्बिया विश्वविद्यालयमा अध्ययन गर्दा भूपेन हजारिका र पल रब्सन साथी भएका थिए। रब्सननै आग्रह र प्रेरणाका कारण भूपेनले मिसिसिपीको बिम्बको साटो ब्रह्मपुत्र र गङ्गाको बिम्ब प्रयोग गरेर दक्षिण एसियाका वेथितिमाथि प्रहार गर्दै ‘विस्तिर्नो परोरे’ र ‘गंगा बहते हो क्यु’ को सिर्जना गरेका थिए। 

हजारिकासँग मात्रै होइन, भारत र रसिया जस्ता मुलुकसँग पनि रब्सनको सम्बन्ध अटुट थियो। ९–अप्रिल, १९५८ को रब्सनको ६० औं जन्मदिन भारतले ठूला–ठूला सहरमा राष्ट्रियस्तरबाट मनाएको थियो। सो अवसरमा तत्कालीन प्रधानमन्त्री जवहरलाल नेहरुले भनेका थिए, ‘यो अवसर उत्सव मनाउन लायक छ, किनकी पल रब्सन हाम्रो पुस्ताकै महान कलाकार हुन्।’ 

रब्सन फगत गायक मात्रै थिएनन्, उनी सशक्त नागरिक अधिकारकर्मी र साम्राज्यवाद विरुद्धका जुझारु योद्धा पनि थिए। २५ भन्दा धेरै भाषा बोल्ने यि रब्सनले अमेरिका र सोभियत युनियनबीच शान्तिको लागि भूमिका खेलेका थिए। तर अमेरिकी संस्थापन पक्षले उनलाई कहिल्यै रुचाएन। रब्सनको नाम उच्चाहरण गर्न पनि चाहेन। बरू उनको छवि धमिल्याउन लागिपर्यो। 

‘तपाईं किन रसिया बस्नुहुन्न?’ पत्रकारले रब्सनलाई सोधेका थिए। ‘किनकी मेरा पिता दास थिए, मेरा धेरै आफन्त यो मुलुकको निर्माण गर्दा गर्दै मरेका छन्। अनि म पनि तपाईं जस्तै यो मुलुकको अभिन्न हिस्सा हुँ। त्यसैले म यहीँ बस्छु। र, कुनै पनि फासिस्ट सोच भएको व्यक्तिले मलाई यहाँबाट लखेट्न सक्दैन ’ रब्सनले जवाफ फर्काएका थिए। 

ओल्ड म्यान रिभर ‘सो बोट’ गीतिनाटकमा प्रयोग भएको गीत हो। र, यो गीतिनाटक सन् १९२६मै प्रकाशित भएको इड्ना फ्रेबरको उपन्यास ‘सो बोट’मा आधारित थियो। ‘सो बोट’ नाटक मण्डलीले भरिएको ढुङ्गा हो जसले मिसिसिपी नदी हुँदै विभिन्न ठाउँमा गएर प्रस्तुति दिँदै हिँड्छ । यो एउटा मोभिङ थिएटर हो। 

इड्ना फ्रेबरको उपन्यास ‘सो बोट’ले जातिय र लैङ्गिक विभेद र उत्पीडनको कथा भन्छ। १९ औँ शताब्दीको अन्त्यबाट शुरू हुने यो कथाले तीन पुस्ताले भोगेको जातिय र लैङ्गिक उत्पीडनको फेहरिस्त प्रस्तुत गर्छ। यो त्यो जमाना हो जतिबेला श्वेत र अश्वेतबीचको वैवाहिक सम्बन्धलाई गैरकानुनी मानिन्थ्यो। अन्तर्जातीय सम्बन्धबाट जन्मिएका वर्णशैकर (मुलाटो)हरूको स्थिति झनै दयनीय थियो। यिनीहरूले पनि अश्वेतले जस्तै 'सो बोट'मा प्रस्तुति दिन पाउँदैन थिए। जात लुकाएको खण्डमा त्यही निहुँमा पक्राउ पर्ने निश्चित थियो। यो सामाजिक उत्पीडनको सोझो मार प्रेम र वैवाहिक सम्बन्धमा समेत पर्छ। 

‘सो बोट’मा प्रस्तुत गरिएको गीतका बारेमा समालोचक टोड डेकर भन्छन्, ‘यो गीतले शरीरिक पीडालाई लिएर पश्चाताप गर्छ र जातीय विभेद अन्त्यको लागि अपिल गर्छ।’ ह्यामस्टेन र रब्सन सीधै श्वेतहरूले अश्वेतहरूप्रति गर्ने जातीय विभेद, दुर्व्यवहार र श्रम शोषणलाई लिएर मिसिसिपी नदीलाई प्रश्न गर्छन्। 

यो गीतले मूलतः जातीय उत्पीडनको विषयलाई मात्र समेटेको छ। अफ्रिकी–अमेरिकी श्रमिकको दयनीय जीवनलाई उतारेको छ। सो बोटकै एक अश्वेत पात्र जोयले यो गीत गाएको छ। तर नाटक सो बोटले भने जातीय र लैङ्गिक दुवै उत्पीडनलाई उतिक्कै समानान्तरसँग लगेको छ। अझ अश्वेत महिलाले त जातीय र लैङ्गिक दुवै विभेदको सामना गर्नुपर्छ। यो दोहोरो उत्पीडन सो बोटकी प्रमुख पात्र जुली डेजरले भोगेकी छन्। उनी अश्वेत र श्वेतकी वर्णशंकर (मुलाटो) हुन्छिन् । त्यही इन्टरसेक्सनमा भएकोले गर्दा नै अश्वेत महिलाको उत्पीडन लैङ्गिक र जातीय विभेदसङ्ग जोडिने कुरा प्राज्ञ क्रेन्स किम्बर्लेले गरेकी छन्। अमेरिकी आधुनिक गीति नाटकको हलमार्क सो बोट अहिलेसम्म ६–६ चरण बोर्डवेमा लागिसकेको छ। 

अमेरिकी ‘समृद्धि’मा सबैभन्दा ठूलो भूमिका कसैको थियो भने त्यो मिसिसिपी नदीकै थियो । कपास देखि मकै र गहुँ खेतीदेखि पशुपालन मिसिसिपी आसपासकै क्षेत्रमा हुन्थ्यो। डुङ्गा जहाज र अझ स्टिम इन्जिन आइसकेपछि मिसिसिपी नदी परवाहनको सबैभन्दा गतिलो माध्यम पनि बन्यो। अधिकांश अमेरिकी नदीहरू आएर मिसिने त्यो एक्लो मिसिसिपी श्वेत र अश्वेतहरूको लागि भने बिल्कुलै फरक थियो। 

मिस्टर इलिजको एक अश्वेत दास तल मिसिसिपीतिरको साहुलाई बेचिन्छ । दास भएर मिसिसिपी जानुभन्दा ऊ नेल सहितको खुट्टा काटेर उम्कन खोज्छ । सम्भव हुँदैन । फेरी उ आफ्नै घाँटी रेट्छ । पार लाग्दैन । अनि ऊ मिजौरीमा हाम फालेर आत्महत्या गर्छ ।

श्वेतहरूको लागि अश्वेतहरूको शोषण गर्ने प्लेटफार्म थियो मिसिसिपी। अनि त्यही मिसिसिपी अश्वेतहरूको लागि नर्कको रौरव थियो। नाफाको लागि उत्पादन चाहिन्छ, त्यो पनि कम लागतमा। यसको लागि बधुँवा श्रमिकहरू चाहिन्थ्यो, अश्वेत दासहरू चाहिन्थ्यो। त्यसैले अश्वेत दास व्यापारको एउटा अखडा थियो मिसिसिपी। 

स्लेभरी एण्ड क्राइम इन मिजौरी पुस्तकमा १८३५ अप्रिलको एक घटना प्रस्तुत गरिएको छ। मिस्टर इलिजको एक अश्वेत दास तल मिसिसिपीतिरको साहुलाई बेचिन्छ। दास भएर मिसिसिपी जानुभन्दा ऊ नेल सहितको खुट्टा काटेर उम्कन खोज्छ। सम्भव हुँदैन। फेरि ऊ आफ्नै घाँटी रेट्छ । पार लाग्दैन। अनि ऊ मिजौरीमा हाम फालेर आत्महत्या गर्छ । यसबाट प्रष्ट हुन्छ मिसिसिपीमा कुन स्तरको उत्पीडनबाट अश्वेत दासहरू गुज्रने गर्थे। 

श्वेत लेखक मार्क ट्विनले 'लाइफ इन द मिसिसिपी'मा देखेको मिसिसिपी र अफ्रिकन–अमेरिकीहरूले देखेको मिसिसिपी फरक थियो । ट्विनको भन्दा लङ्गस्टन ह्युजले निग्रो स्पिक्स अफ रिभर्स तथा वाल्टर जोन्सनले 'रिभर अफ डार्क ड्रिम्सः स्लेभरी एण्ड इम्पायर इन द कटन किन्डम'मा देखेको मिसिसिपी बिल्कुलै फरक छ। जोन्सनले लेखेका छन्, ‘मिसिसिपीले कपासको व्यापार मात्रै गरेन, यसले पूँजीवाद र दास व्यापार पनि फैलायो।’

त्यसो त सन् १९२६ मा ओल्ड म्यान रिभर लेखिएकै वर्ष मिसिसिपीमा ऐतिहासिक ठूलो बाढी आएको थियो जसले लाखौँ विपन्न अश्वेत समुखायको जीवन तहसनहस पारेको थियो। मिसिसिपी आफैँमा जातीय विभेद, अश्वेतहरूको उत्पीडन, दास व्यापार र श्रम शोषणको एउटा संरचना थियो। यही संरचना माथिको सबैभन्दा पेचिलो प्रहार हो ह्यामस्टेन र रब्सनको ‘ओल्ड म्यान रिभर’।

दक्षिण एशियाको संरचनात्मक वेथितिलाई लिएर ‘ओल्ड म्यान रिभर’को मूल मर्मलाई मर्न नदिइकन भूपेन हजारिकाले ‘विस्तिर्नो परोरे’ र ‘गंगा बहते हो क्यु’ सिर्जेका छन्। ओल्ड म्यान रिभरले मूलतः अश्वेतमाथिको उत्पीडनलाई मात्रै समेटेको छ तर हजारिकाले धेरै किसिमका वेथितिमाथि सम्बाेधन गरेका छन्। बंगाली, संस्कृत र आसामी शब्दहरू खर्चदै स्थानीयता सहितको विशुद्ध र गहन सिर्जना सिर्जेका छन्। मिसिसिपी र गङ्गाबीचको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक भिन्नताका कारण पनि यो विशुद्धता सम्भव भएको हो। 

आज ‘ओल्ड म्यान रिभर’को सिर्जना गरिएको ९८ वर्ष (झण्डै एक शताब्दी)पछि ‘वाग्मती खोली’को रूपमा यसको छल्को नेपालसम्मै आइपुगेको छ। तर, यसलाई हजारिकाकै गीतको विशुद्ध नेपाली स्वरूपको रूपमा लिन सकिन्छ। गङ्गा, ब्रह्मपुत्र र वाग्मती आसपासका मानिसको भोगाइमा पनि खास्सै फरक छैन। त्यसैले भूपेन भन्दा धेरै पर गएर वाग्मती खोली बनाउनु पर्ने आवश्यकता पनि थिएन। 

अन्तरजातिय विवाहलाई गैरकानुनी करार गर्ने सो बोटको जमानाको लागि बनाइएको ‘ओल्ड म्यान रिभर’ हाम्रोमा आजपनि उत्तिकै सान्दर्भिक छ। अन्तर्जातीय प्रेम सम्बन्धकै कारण प्रेमी-प्रेमिका मारिइरहने समाजमा छौँ हामी। यस्ता वेथितिहरू हामीसँग अनगिन्ती छन्। त्यसैले आस्था धरोहर वाग्मतीमाथि प्रश्न गर्न जरुरी छ। र, यो गहन प्रश्न अन्नतः सुसेला संङ्गीत समूहले गरेको छ। अब, मिसिसिपी पनि गङ्गा हुँदै वाग्मतीमा आएर मिसिएको छ। 

-  हामीले यो सामग्री द मार्जिनबाट लिएका हौं। - सम्पादक

अञ्जानबाबु र उनका साथीहरुले सुनाएको गीत यहाँ क्लिक गर्नुहोस्।

सन्दर्भ सामग्री 

क्रेन्स, किम्बर्ले (१९८९). ‘दि मार्जिनलाइजिङ द इन्टरसेक्सन अफ रेस एण्ड सेक्सः अ ब्ल्याक फेमिनिस्ट क्रिटिक अफ एन्टि डिस्क्रिमिनेसन डक्ट्राइन.’ फेमिनिस्ट थेउरी एण्ड एन्टिर्यासिस्ट पोलिटिक्स. युनिभर्सिटी अफ सिकागो लेगल फोरम,१.१४९.

जोन्सन, वाल्टर (२०१४). रिभर अफ डार्क ड्रिम्सः स्लेभरी एण्ड इम्पायर इन द कटन किन्डम. बेल्कन्याप प्रेस.

डेकर, टोड (२०१५). हु सुड सिङ ओल्ड म्यान रिभर ? द लाइभ्स अफ अन अमेरिकन सङ. अक्सफोर्डः अक्सफोर्ड युनिभर्सिटी प्रेस.

फ्रेजर ह्यारिस सि (२००१). स्लेभरी एण्ड क्राइम इन मिजौरी, १७७३–१८६५. म्याकफाल्र्याण्ड.

राजु, आर्चिसमान (२०१९). ‘रिमेम्बरिङ अ रिभोलोसनरी आर्टिस्टः पल रब्सन एण्ड इन्डिया कनेक्सन.’ द वायर. ९–अप्रिल, २०१९.

ह्युज लङ्गस्टन तथा इर्ल बि लेविस (२००९). निग्रो स्पिक्स अफ रिभर्स. न्यु योर्क डिज्ने जम्प एट द सन बुक्स.


प्रकाशित: July 28, 2021 | 02:20:00 काठमाडौं, बुधबार, साउन १३, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
कला/साहित्य

संकटमा सखिया

'पहिले थारु समुदायमा पढाइ थिएन, सबै युवायुवतीहरु गाउँमा हुन्थे, दिनभर काम गर्ने बेलुका नाच्ने गरिएको थियो,'सुशील चौधरीले भने, 'अहिले अध्ययनका लागि कामका लागि सबै युवाहरु गाउँ बाहिर जान थालेका छन्। अर्को कुरा मनोरन्जनका विभिन्न साधनहरु पनि देखा परे। त्यसले मौलिक परम्पराहरु मासिने अवस्थामा पुगेका छन।'
नेपाल समय
फिल्म

९६ वर्षअघि महँगो फिल्म बनाएकी एसियाकै पहिलो महिला निर्देशक फातमा बेगम

एकातिर यो फिल्म पहिलो पटक महिलाले निर्देशन गरेको चर्चा भइरहेको थियो भने अर्कोतिर यसमा देखाइएको भीएफएक्सले पनि तारिफ पाइरहेको थियो।
नेपाल समय
कला/साहित्य

बडादसैं र मालश्रीको 'कनेक्सन'

६ वटा ऋतुका धुनमध्ये मालश्री एक हो, जसको मधुर आवाजले दसैं आएको आभाष दिलाउँछ ।
नेपाल समय
कला/साहित्य

सपना, संघर्ष र स्वाभिमानको कथा 'बुह्रान'

जातीय, भाषिक, क्षेत्रीय, लैंगिक, वर्गीय र सांस्कृतिक विभेदविरुद्ध लेखिएका विरलै उत्कृष्ट कृतिहरू मध्ये एक हो बुह्रान।
नेपाल समय
कला/साहित्य

एउटा गहिरो सागरको छाललहर [निबन्ध]

मानिस, ढुंगाहरुको भिडमा ढुँगै त हो। आसुको थोपामध्ये एक बुँद। आकाशमा एउटा शून्यता थामेर उभिएको एक टुक्रा आकाशै त हो मान्छे। विशाल गोदाम भित्र कतै कुनामा छुटेको एउटा धानको बियाँ त हो मानिस। तोरीको एउटा गेडा त हो, कोलमा पेलिनबाट छुटेको।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना