सोमबार, असोज १०, २०७९

मनमा बसेका गुरुहरू

महेश्वर आचार्य  |  काठमाडौं, शनिबार, साउन ९, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

शनिबार, साउन ९, २०७८, काठमाडौं

नेपाल समय

चारित्रिक प्रमाणपत्रअनुसार म ‘गुड’ विद्यार्थी हुँ। स्कुल–कलेज सबैले मलाई ‘गुड’ देखेका छन्। विश्वविद्यालयको चारित्रिक प्रमाणपत्रले पनि मलाई ‘गुड’ नै भनेको छ। २०६८ साल फागुनमा त्रिवि अंग्रेजी केन्द्रीय विभागबाट चारित्रिक प्रमाणपत्र लिइसकेपछि विभागका कर्मचारी रावलजीसँग सोधें, ‘अबदेखि सकियो हैन त हाम्रो लेनादेना?’

‘काँ सकिन्छ? एमफिल पढ्नुपरेन?’ उनले माया गर्दै हप्काए। ‘ए पढ्या पढ्यै हो एमफिल त!’ मैले आफ्नो छुच्चो मुख फर्काएँ।
‘नपढ्ने त्यसो भए...’ मुस्कुराउँदै उनी बोले। ‘मलाई यत्तिले पुग्यो।’ उनी दंग परे। हाँसोलाई निरन्तरता दिइरहे। म बिदा भएर हिँडें। 

अब दबाबमा पढ्ने–लेख्न काम सकियो। स्कुल, कलेज, सर, मिस, होमवर्क, जाँचलगायतका यावत् कुराबाट मुक्त भइयो। राजाको राँगोजस्तै फुक्का! कीर्तिपुरबाट ओरालो झर्दै गर्दा म भावुक भएँ। अलिकति पीडा अनुभव भयो। धेरै विद्यार्थीको कीर्तिपुरमा एमए पढ्ने सपना हुन्छ। मेरो पनि चाहना थियो। पढियो। अझ भनौं पढ्न पाइयो। अब के त? मनमनै प्रश्न उठ्यो। 

केहीछिन मन खाएका शिक्षक–शिक्षकाबारे घोत्लिएँ। के आश्चर्यमा पुगेर थामिएँ भने औपचारिक शिक्षा आर्जनको करिब २० वर्षमा डेढ–दुई सयमध्ये चारजना शिक्षकले मात्रै मनमा घर बनाएका रहेछन्।

त्यस रात सोचें– औपचारिक शिक्षा आर्जनमा करिब बीस वर्ष बिताइएछ। अब पढ्नुपर्ने, जाँच दिनुपर्ने टन्टा रहेनन्। बाँकी रहे त मात्र याद। केहीछिन मन खाएका शिक्षक–शिक्षकाबारे घोत्लिएँ। के आश्चर्यमा पुगेर थामिएँ भने औपचारिक शिक्षा आर्जनको करिब २० वर्षमा डेढ–दुई सयमध्ये चारजना शिक्षकले मात्रै मनमा घर बनाएका रहेछन्।

आखिर किन त? यसको स्पष्ट उत्तर त नहुन सक्छ तर मोटामोटी खाका भने ‘सप्रसंग व्याख्या गर्ने’ प्रयास गरेको छु।

अरनिको स्कुलकी वसन्ती मिस

भनिन्छ, घर पहिलो पाठशाला हो। घरमा मेरा शिक्षक–शिक्षिका को थिए यकिन भएन। घरपछिको मेरो पहिलो पाठशाला काठमाडौं, भोटेबहालको स्थानीय अरनिको स्कुल भयो। त्यो स्कुलमा मैले दुई वर्ष पढें। वसन्ती मिसलाई अहिलेसम्म सम्झिहरेको छु। हँसिलो मुहारकी, हल्का बाक्लो पावरदार चस्मा लगाउने, श्रेष्ठ थरकी वसन्ती मिस विद्यार्थीलाई औधी माया गरेर सिकाउनुहुन्थ्यो। 
उहाँले भुराहरूलाई कखग–एबीसी पढाउनुहुन्थ्यो। भर्खर स्कुल जाने भुराभुरीले त्योभन्दा बढ्ता के नै पो जान्नुप¥यो र? उहाँका बारे मैले धेरै कुरा नसम्झे पनि एउटी मायालु शिक्षिकाका रुपमा सम्झिरहेको छु।


अभ्यासले सिद्धान्त बन्न मद्दत गर्दछ भन्छन्। मान्छे चिन्ने एउटा सिद्धान्त के पाएको छु भने बा–आमाले राम्रा भनेका मान्छे आखिरमा राम्रै हुन्छन्। एक दिन चामल केलाएर पल्लाघरे दिदीसँग कुरा गर्दा मेरी आमाले ‘वसन्ती मिस राम्रो’ भनेर उहाँको प्रशंसा गरेको अझै बिर्सेको छैन। यो लेख्ने बेला मैले आमालाई वसन्ती मिसबारे सोधें। तर उहाँले बिर्सिसक्नु भएछ। ७८ वर्षकी आमाले ३८ वर्षअघिको कुरा नसम्झनु स्वाभाविकै हो।

आमाले बिर्से पनि मेरो मनमा वसन्ती मिस एउटा मायालु मिसको नबिर्सने आकृति बनेर जमेर बसेको छ। उहाँले स्याउँस्याउँती विद्यार्थीमाझ मलाई के नै विशेष स्नेह गर्नुभयो होला र? जब कि म भुइँमा न भाँडामा पाराको उद्दण्ड थिएँ। २०२१ सालमा जन्मिएकी मेरी दिदीभन्दा चार–पाँच वर्ष जेठीजस्ती देखिनुहुने वसन्ती मिस अहिले हाराहारी ६१ वर्षकी हुनुभयो होला। अझै पढाइरहनुभएको छ कि? 

स्कुलमा म्याडम हुन्छन्, आमा हुँदैनन्। स्कुलमा आमा हुने भए वसन्ती मिसजस्तै आमा हुँदा हुन्। बसन्ती मिसजस्तो मिस भएको स्कुलमा जान भुरा–भुरीलाई त्रास हुँदैन।

दीप स्कुलकी सरिता मिस

अरनिको स्कुलमा दुई वर्ष पढिसक्दा पनि एक कक्षामा पुग्ने लक्षण नदेखिएपछि म भर्खरै खुलेको स्थानीय दीप स्कुलमा हालिएँ। दीप स्कुलमा हामी पहिलो ब्याचका विद्यार्थी थियौं, जहाँ हामीले २०४० सालदेखि चार वर्ष लगालग पढ्यौं।

वसन्ती मिसजस्तै अर्की मयाालु मिस त्यहाँ भेटिनुभयो, सरिता मिस। उहाँले हामीलाई नै त पढाउनु भएन तर उहाँको मयालुपन पाउन भने हामी चुकेनौं। सायद त्यही भएर म उहाँलाई अहिले पनि श्रद्धासाथ सम्झिरहेको छु। झोंछेतिरकी नेवार समुदायकी सरिता मिसको स्वर तिखो थियो र शरीर पातलो। तीनताक उहाँ अविवाहित हुनुहुन्थ्यो। उहाँले अलि ढिलै बिहा गर्नुभयो। 

उहाँ राम्रो शिक्षिकाका रूपमा विद्यार्थीमाझ श्रद्धेय हुनुहुन्थ्यो। त्यो श्रद्धा हामीलाई उहाँले गर्ने मायाकै कारणले फैलिएको हो। उहाँ विद्यार्थीलाई पिटपाट नगर्ने, माया गर्ने खालकी हुनुहुन्थ्यो। हामीलाई ‘तिमी’ भनेर बोलाउनुहुन्थ्यो, आमसर–मिसले भन्ने ‘तँ’ विपरीत। उहाँ सोझी पनि हुनुहुन्थ्यो। कति सोझी भने छालाले मोरेको भकुण्डोभित्रको फुटेको सुन्तले रङको ट्युबलाई पनि सियोले सिउने।

एकदिन बिहान नौ–सबा नौतिर स्कुल पुगेर हामी भकुण्डो खेल्दै थियौं। भकुण्डो उछिट्टिएर सडकमा पुग्यो। सडकमा गुडिरहेको तीनताक चल्तीका टोयोटा कोरोला ट्याक्सीको चक्कामुनि पर्दा भकुण्डो फुट्यो।

४० को दशकमा काठमाडौंमा जापानी मोटर कम्पनी टोयोटाले सन् १९७२ देखि १९७४ सम्म उत्पादन गरेको कोरोला शृंखलाको ई–२० मोडेलका ट्याक्सीको रजगज थियो। समयक्रममा ती ट्याक्सी काठमाडौंबाट हराए। केही वर्षअघि त्यस्ता ट्याक्सी पोखराको सिक्लेस जाने विजयपुर खोलामा चढ्ने मौका पाएको थिएँ।

४० को दशकमा काठमाडौंमा जापानी मोटर कम्पनी टोयोटाले सन् १९७२ देखि १९७४ सम्म उत्पादन गरेको कोरोला शृंखलाको ई–२० मोडेलका ट्याक्सीको रजगज थियो। समयक्रममा ती ट्याक्सी काठमाडौंबाट हराए। केही वर्षअघि त्यस्ता ट्याक्सी पोखराको सिक्लेस जाने विजयपुर खोलामा चढ्ने मौका पाएको थिएँ। जब्बर जापानी ट्याक्सी आफ्नो बलियोपन प्रमाणित गर्दै ढुंगेन सडकमा दौडिरहेका थिए।

त, ट्याक्सीले भकुण्डो फुटाइदिएपछि छेरभालु हुँदै फुटेको भकुण्डो लिएर हामी  माथ्लो तलाको भण्डारकोठामा गयौं। स्कुलमै बस्ने हेड सर बिहान–बिहान ट्युसन पढाउन वा तालिमसालिममा कतै जानुहुन्थ्यो। भकुण्डो फुटेपछि हामी भुराहरूको कट्टुमै सु चुहिएला जस्तो भो।

केटाहरू जसले हान्दा सडकमा पुगेको हो उही दोषी भन्न थाले। दोष त मैतिर पो तर्सियो। मैलै हान्दा नै भकुण्डोले स्कुलको सरहद नाघेको थियो। अहिले भए तर्क गरेर, साँघुरो चोकमा भकुण्डो खेल्दा सडकमा पनि पुग्न सक्छ, सडकमा पुग्दा फुट्न पनि सक्छ ‘बाल छैन’ भनेर कड्किन सकिन्थ्यो। तर नौ वर्षको केटोले गर्ने तर्क र कर्म भनेकै कट्टुमा सु हो।

हामी डराएको देखेर सरिता मिस पनि डराउनुभयो अथवा हेडसरको गाली खाइने डर उहाँलाई पनि परेछ। उहाँले भकुण्डोको ट्युब सियोधागोले सिइदिनुभयो। मलाई द्वुविधा भयो। हैन फुटेको ट्युबलाई धागोले सिएर हावा अडिन्छ के? तर म केही बोल्न सक्ने अवस्थामा थिइनँ। हामी दण्डित हुन परेन खुसी भयौं। आज त्यो स्कुल छोेडेको ३७ वर्षपछि पनि म सरिता मिसलाई सम्झिरहको छु, एउटी मायालु ठूल्दिदीका रूपमा।

भानुभक्त स्कुलका दीपक सर

दीप स्कुलमा कक्षा ४ सम्म मात्र थियो। कक्षा ५ मा मलाई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा भर्ना गरियो।  हामीलाई नेपाली पढाउने सर हुनुहुन्थ्यो दीपक सर। उहाँको पूरा नाम दीपक ज्ञवाली जस्तो लाग्छ। कीर्तिपुरतिर कतै बस्नुहुन्थ्यो। बल्खुमा आउने स्कुल बस भेट्टाउन उहाँ हस्याङफस्याङ गर्दै दौडी–दौडी आएको म अझै सम्झन्छु। स्कुलको एउटै बसमा आउनेजाने भएर पनि होला उहाँले मलाई याद गर्नुभएको थियो। त्यसैले मलाई विशेष माया गर्नुभएको हो कि! यद्यपि म कुनै उम्दा विद्यार्थी थिइनँ। 

उहाँ सायद कीर्तिपुरमा एमएड पढ्दै हुनुहुन्थ्यो। हामीलाई फेनल बोर्ड, विविध चित्र, आकृतिलगायतका प्रयोगात्मक सामग्री ल्याएर पढाउनुहुन्थ्यो। त्यस्तो अरू कुनै सरमिसले गरेको थाहा थिएन।

उहाँ विद्यार्थीलाई पिटपाट नगर्ने, माया गर्ने कोमल हृदयको सरका रुपमा परिचित हुनुहुन्थ्यो। उहाँका व्यवहार पनि राम्रो लाग्थ्यो हामीलाई। पाँच कक्षामा पढाउने कतिपय सर हामीलाई छेरभालु पार्थे। दीपक सर भने मरुभूमिका छहारीसरह। उहाँसँग भानुभक्त मेमोरियलमा २०४४ फागुनदेखि २०४५ साल पुससम्म एक शैक्षिक सत्र कक्षा पाँचको नेपाली पढियो।

दीपक सरलाई त्यही एक वर्ष मात्र देखें। त्यसपछि उहाँ गायब हुनुभयो मेरा लागि। पछि मैले उहाँको बारेमा सोधखोज गरें तर केही थाहा पाउन सकिनँ। ‘लैजा चरी मेरो खबर’ भनेजस्तै चरीले खबर लगिदिने हो भने भन्ने थिएँ– भनिदे चरी यो शिष्यले दीपक सरलाई धेरै–धेरै श्रद्धा गरेको छ।

अरू विषयमा उसिनेको आलु, तारेको आलु, भुटेको आलु, पोलेको आलु खाइरहे पनि नेपालीमा त्यसो गर्नु परेन। सायद त्यसो भएर पनि दीपक सरको नजरमा म परे हुँला। उहाँको प्रभाव दिमागमा नमेटिने गरी बसेको छ। एउटा मायालु शिक्षकका रूपमा। वसन्ती मिस र सरिता मिसलाई मैले स्कुल छोडिसकेपछि पनि वर्षौं देखिरहें। स्कुल छोडिसकेपछिका केही वर्ष उहाँलाई बाटोमा भेट्दा ‘गुडमर्निङ मिस’, ‘गुड इभिनिङ मिस’ जस्ता बाल सुलभ औपचारिकता पूरा गरियो होला। 

दीपक सरलाई त्यही एक वर्ष मात्र देखें। त्यसपछि उहाँ गायब हुनुभयो मेरा लागि। पछि मैले उहाँको बारेमा सोधखोज गरें तर केही थाहा पाउन सकिनँ। ‘लैजा चरी मेरो खबर’ भनेजस्तै चरीले खबर लगिदिने हो भने भन्ने थिएँ– भनिदे चरी यो शिष्यले दीपक सरलाई धेरै–धेरै श्रद्धा गरेको छ।

आरआरका रमेश सर

स्कुले जीवनपछिको क्याम्पसे जीवन करिब नौ वर्ष लम्बियो। यस क्रममा साठी जना शिक्षक–शिक्षिकासँग पढियो होला। तर एक जना मात्र निकटमा हुनुहुन्छ्, रमेश लम्साल सर। रमेश सर हामीलाई रत्नराज्यलक्ष्मी कलेजमा आईए र बीएको ऐच्छिक अंग्रेजी पढाउनुहुन्थ्यो। बीएमा क्याम्पसको पढाइले मात्र पास नहुने डर भएपछि ऐच्छिक अंग्रेजीको ट्युसन पढ्नुपर्ने भयो। हामीले रमेश सरसँग आग्रह गर्‍यौं। 

ट्युसन पढ्न थालेपछि उहाँसँग बाक्लै उठबस हुन थाल्यो। कालान्तरमा उहाँ उमेर खाएका साथीझैं हुनुभयो। बेलाबेलामा टिमुर्किए पनि मनका असल हुनुहुन्छ रमेश सर। 

०००

एक दिन मेरा ठुल्दाजुहरू शंकरदेव क्याम्पसको क्यान्टिनअगाडिको रुखको ठुटोमा बसेर चिया खाँदै गफिइरहेका थिए्। तत्कालीन त्रिवि उपकुलपति केदारभक्त माथेमा आइपुगे।

उपकुलपतिलाई दाइहरूले परीक्षा सार्नुपर्ने कुरा राखे। माथेमा सर दाइहरू भएकै ठाउँमा आएर रूखको ठुटोमा बस्दै अनौपचारिक ढंगमा गफ गर्न थाल्नुभयो। ‘अरू कुरा गरौं केटा हो, हेर परीक्षा सार्ने कुराचाहिँ नगरौं’ भन्दै आफ्ना तर्क पेस गर्न थाल्नुभयो। दाइहरू यत्तिकै कृतज्ञ भएछन्। दाइहरूको तर्क के थियो भने– भीसीजस्तो मान्छेले हामी भएको ठाउँमा आएर गफ गर्‍यो यार! माथेमाजस्तै रमेश सर पनि भाउ खोज्नुहुन्नन्थ्यो। 

‘आधुनिक शिक्षक’ शीर्षक प्रबन्धमा इन्द्रबहादुर राईले सन् १९५० मै लेखेका छन्– जहाँ पुराना शिक्षक गुरुशिष्यदेखि सत्कार मान्छन्, अलग्ग बस्छन्, आफ्ना व्यक्तिगत कुराको शिरपुच्छर छोप्छन्, आधुनिक शिक्षक खुला छ, केवल केटाहरूको खुला मन र सच्चाइ खोज्छ, मिसिन्छ। ऊ भन्छ ‘म लुकाउँदिनँ। मेरो विषयमा जे जति साँचो छ जसले पनि जानोस्।’

राईको आधुनिक शिक्षकको छनक दिने रमेश सर सोधेको कुरा नजानेको, थाहा नपाएको छ भने, ‘खोइ थाहा छैन’ भन्नुहुन्थ्यो। तर उहाँको इमानले हामीलाई कहिलेकाहीं अलमल्याउँथ्यो। 

सरुभक्तले भनेका थिए, ‘म केही कुरामा कन्फ्युजड छु, बट डन्ट कन्फ्युज अन माई कन्फ्युजन।’ तर हामी ‘किलियर’ हुन भनेर पढ्न गएकालाई सरले नै ‘थाहा छैन’ भन्दा त हामी मज्जाले ‘कन्फ्युजड’ हुने नै भयौं, सरुभक्तझैं।

एउटा एकअंके पत्रिकामा २०५५ सालतिर सरुभक्तले भनेका थिए, ‘म केही कुरामा कन्फ्युजड छु, बट डन्ट कन्फ्युज अन माई कन्फ्युजन।’ तर हामी ‘किलियर’ हुन भनेर पढ्न गएकालाई सरले नै ‘थाहा छैन’ भन्दा त हामी मज्जाले ‘कन्फ्युजड’ हुने नै भयौं, सरुभक्तझैं।

भारत लाहुर गएर फर्केकाहरूले ‘अरे क्यानम डिस्टब’ को थेगो भन्छन् भनेजस्तै रमेश सर पनि एउटा थेगो भनिरहनुहुन्थ्यो। ऐच्छिक अंग्रेजी पढाउने भएकाले होला उहाँको थेगो पनि अंग्रेजीमै हुन्थ्यो– ‘गड नोज्!’ सुरुसुरुमा त उहाँको ‘गड नोज्!’ लाई हामीले ‘घोट्नुस्’ सुन्यौं। घोटिएर पढ्नुस् भनेको हो कि भन्ठान्यौं। पछि बुझियो ‘दैव जानोस्’ भनिएको रहेछ।

कालान्तरमा रमेश सर अंग्रेजी दैनिकमा समाचार लेख्ने काम गर्न थाल्नुभयो। म पनि पत्रकारिता पढ्ने भएकाले आफ्नो लेखाइ जँचाइ माग्न उहाँको संसर्गमा गइरहन थालें।  धरिणीधर बाजेले ‘गरी काव्य सुधा–रस पान अरे। गर मानव जीवन सार्थक रे’ भनेझैं रमेश सर हामीलाई साहित्य रसपान गर्न हौस्याइरहनुहुन्छ। म उहाँको टिमुरकाइ, गड नोज्, पढ्नुपर्छ है केटा हो भन्ने तीन कुरा सम्झिरहनेछु।

000

कवि विलियम बट्लर यिट्सको उक्ति छ– शिक्षा भनेको बाल्टिन भरेजस्तो होइन आगो सल्काएजस्तो हो। रमेश सरमा विद्यार्थीको मस्तिष्कमा ज्ञानको आगो दन्काउने क्षमता थियो। यो संसारमा मास्टरले सबै कुरा जान्दैन र मास्टरले भाउ खोज्दैन भन्ने कुराका लागि म उहाँलाई सम्झिरहेको छु।

केही समयअघि उहाँसँग फेसबुकमा च्याट चल्यो। मैले उनलाई सोधें, ‘गुरु के पढ्दै हुनुहुन्छ?’ उहाँले भन्नुभयो, ‘पढ्न छोडिदिएँ यार! पैसा कमाउने धन्धामा लागियो पढ्न–लेख्न त छोडिहालियो नि।’ तत्त्वज्ञान झिक्न सक्ने बूढाहरूले त निजी कलेजको प्राचार्य बनेर तलब बुझिरहनुपरेको देशमा रमेश सरजस्ता युवकले पढ्न छोडिदिएँ भन्नु पनि के आश्चर्य भयो र?

अचेल पढ्ने–पढाउने सामग्री यत्रतत्र सर्वत्र छ। केन रोविन्सनजस्ता विद्वान् शिक्षण सिकाइका नयाँ आयाम खोज्न लागिपरेका छन्। जिजुभाइको ‘दिवास्वप्न’ र जाने हल्टको ‘असफल स्कुल’ जस्ता पुस्तकले शिक्षकहरुलाई प्रयोगात्मक र प्रभावकारी हुन प्रेरित गरिरहेकै छ। यद्यपि औपचारिक शिक्षा साँघुरिँदै गएको छ।

रोजगारदाताले विश्वविद्यालयको डिग्रीभन्दा तालिम संस्थाहरूको प्रमाणपत्र पत्याउन थालेका छन्। स्कुल–कलेजबाट सजिलै भाग्न सकिने ठाउँचाहिँ छैन। स्कुल–कलेज गएपछि शिक्षक–शिक्षिका त भेटिन्छन् नै। सबै शिक्षक–शिक्षिका राम्रा हुन सक्दैनन्, जो राम्रा हुन्छन् ती शिक्षार्थीको मनमा नमेटिने गरी बसिरहँदा रहेछन्। मैले पनि लामो समय मावि, एघार, बाह्रका विद्यार्थीलाई पढाएँ। मलाई विद्यार्थीले कुन रुपमा लिन्छन् थाहा छैन। 

‘मलाई हजारौं केटाकेटीले वर्षौंसम्म एकै ठाउँमा एक टकले हेरेका छन्। म कल्पना गर्छु त्यसरी मलाई हेर्दाहेर्दा तिनको मानसपटलमा स्मृतिको गाढा रङले अंकित भएको मेरो बिम्ब कस्तो होला? हवल्दारजस्तो? जब यस्तो अप्रिय प्रश्न मेरो मनमा उब्जिन्छ, म सधैं झस्किन्छु।’

खगेन्द्र संग्रौलाले ‘एउटा मास्टरको बकपत्र’ मा लेखेका छन्– ‘मलाई हजारौं केटाकेटीले वर्षौंसम्म एकै ठाउँमा एक टकले हेरेका छन्। म कल्पना गर्छु त्यसरी मलाई हेर्दाहेर्दा तिनको मानसपटलमा स्मृतिको गाढा रङले अंकित भएको मेरो बिम्ब कस्तो होला? हवल्दारजस्तो? जब यस्तो अप्रिय प्रश्न मेरो मनमा उब्जिन्छ, म सधैं झस्किन्छु।’

म पनि बेला–बेला झस्किन्छु, मेरा विद्यार्थीले मबारे के सोच्दा होलान्? कतै म हृदयचन्द्रसिंह प्रधानको ‘खैराती मास्टर’ त भइरहेको छैन? तर भन्नैपर्ने एउटा सत्य के हो भने, मेरा आमशिक्षक साथीहरूझैं मैले पनि पैसाका लागि पढाएँ। हप्ताको यति पिरियड, यति पिरियडको ज्याला यति रुप्पे भनेर पैसाको हिसाबकिताब गर्नु नै मुख्य कर्म थियो।

जगत नै पैसामुखी हुँदै गएको छ। छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी भएपछि गेडीको जोहो त गर्नुपर्‍यो नाइँं। यस्तो अवस्थामा वर्षभरि मनाइने अरु पूर्णिमाको के महत्त्व हुन्छ कुन्नि! गुरु पूर्णिमाको महत्त्व भने दिनप्रतिदिन घट्दै गइरहेझैं लाग्छ।

देवकोटा बाजेले भलादमी शीर्षकको प्रबन्धमा उबेलै लेखेका थिए, ‘पण्डित र गुरु भन्ने लबजमा केही फिक्कापन चढ्न लागेको छ।’ म कल्पन्छु, त्यो फिक्कापन अहिले खुइलिएर सेतो मात्र होइन खैरो नै भइसकेन र?

मलाई वसन्ती मिस, सरिता मिस, दीपक सर किन राम्रा लागे भने उहाँहरूको मायालुपनले गर्दा राम्रा लागे। एउटा भुरो आखिर शिक्षक–शिक्षिकाको मायामा लुटपुटिने रहेछ। मैले उहाँहरूबाट विद्यार्थीसँग मायालु हुनुपर्छ भन्ने सिकें। रमेश सरबाट इमानदार बन्न सिकें।

बीस–बीस वर्ष औपचारिक शिक्षा लिने क्रममा पढिएका अन्य शिक्षक–शिक्षिका अगतिला थिए भन्न खोजिएको होइन। तर केटीकेटी छँदा जसले माया गरे, जसले स्नेह गरे ती प्रिय भए। अलि ठूलो भएपछि जसले हृदयमा ज्ञानको हुटहुटी चलाइदिए तिनै प्रिय लागे। जसलाई सम्झँदा मात्र पनि शीतल अनुभव हुन्छ।

गुरु माझी हो। उसले नदी तार्ने काम गर्छ। विद्यार्थी यात्री हो, ऊ संसार घुम्न निस्कन्छ। माझीले तारिदिने भएकाले नै यात्रीको संसार यात्रा सम्भव हुने हो। संसारका सबै गुरुप्रति नमन!


प्रकाशित: July 24, 2021 | 00:45:00 काठमाडौं, शनिबार, साउन ९, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
पुस्तक

२५० वर्षको इतिहाससहित ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित

कृतिमा पछिल्लो अध्ययन अनुसार पहिलो मानिएको रमेश मल्लद्वारा लिखित ‘मदन दीपिका’ (वि.सं १८२२) महाकाव्यदेखि २०७८ सालसम्म लेखिएका महाकाव्यहरूको विश्लेषण गरिएको छ।
नेपाल समय
कला/साहित्य

मंसिर ९ गतेदेखि अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु हुँदै

निर्देशक एवं वरिष्ठ रङ्गकर्मी अनुप बरालले आफूलाई रङ्गकर्मको नोकर भएर बाँच्न मन लाग्ने बताए। महोत्सवलाई सम्पूर्ण रङ्गकर्मीहरुको साझा महोत्सवको रुपमा लिनुपर्ने उनको भनाइ छ।
नेपाल समय
फिल्म

'ऐना झ्यालको पुतली' को माग डायस्पोरामा पनि

नेपालमा दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ले विदेश यात्राको तय गरेको छ।
नेपाल समय
फिल्म

कर चुक्ता नगरेका कारण प्रेमगीत-३ को सेन्सर रोकिएको थियो : भुवन केसी

बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ।
नेपाल समय
संगीत

नेपथ्य व्याण्ड ‘म्यूजिक फर ह्युम्यानिटी’का साथ मानवता प्रवर्धन अभियानमा

यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले आउँदो वर्ष ‘मानवता प्रवर्धन अभियान’ मार्फत मानवीय आयामहरुलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको छ। यसै प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना