सोमबार, असोज १०, २०७९

उत्तम नेपाली : सिनेमाका खलनायकदेखि आधुनिक चित्रकलाका बादशाहसम्म

राज सरगम  |  काठमाडौं, बुधबार, साउन ६, २०७८

राज सरगम

राज सरगम

बुधबार, साउन ६, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं‍- मुटु रोगका कारण एकैछिन अघि देखेको मानिसलाई छिनमै बिर्सिन्थे, कलाकार उत्तम नेपाली। पहिला भेटेको मानिसले अर्कोपटक भेट्दा आफ्नो परिचय खुलाउनैपर्थ्यो। केही वर्षदेखि यस्तै समस्याबाट गुज्रिँदै आएका उत्तम बुधबार बिहान ४ः३० बजे काठमाडौं शिक्षण अस्पतालमा ८५ वर्षको उमेरमा परलोक भए। नेपाली कलामा सिद्धहस्त मानिने नेपाली आधुनिक चित्रकलामा सधैं बाँचिरहने कलाकार हुन् भन्दा अतिशयोक्ति नहोला। 

काठमाडौंको किलागल टोलमा वि.सं. १९९४ वैशाख १८ गते जन्मिएका उत्तम केही समयअघिसम्म पनि बाँसबारीस्थित घरमा बसेर मुटुको औषधी खाँदै क्यानाभासमा रङ भर्थे। घरका केही कोठालाई उनले आर्ट स्टुडियो नै बनाएर कलाकर्ममा सक्रियता देखाइरहेका थिए।  

कस्तुरीका व्यापारी बुबा व्यापारिक प्रयोजनका लागि नेपाल–भारत गरिरहन्थे। त्यसैले उत्तमको बाल्यकाल लखनउमा बितेको थियो। लखनउबाटै उनले आफ्नो कला यात्रा सुरु गरे। तर घरपरिवार उनले रोजेको कर्ममा खुशी थिएनन्। उत्तमले भने चित्रकलामा लाग्ने अठोट बनाइसकेका थिए। 

त्यही अठोटले नेपाली ललितकला क्षेत्रलाई ठूलो गुन लगाए उनले। ‘लखनउ कलेज अफ आर्ट एण्ड क्राफ्ट’बाट पाँच वर्षे पढाइ पूरा गरेर नेपाल आएका उत्तमले पहिलोपटक २०१८ सालमा राजा महेन्द्रको हुकुममा त्रि–चन्द्र क्याम्पसमा एकल चित्रकला प्रदर्शनी गरेका थिए। त्यो प्रदर्शनीबाट प्रभावित भएका राजा महेन्द्रले उनका केही थान चित्रहरू किनेका थिए।

वृद्धावस्थामा पनि उत्तम क्यानाभासमा उस्तै सक्रियताका साथ रङ र कुची चलाउँथे। कलाकारितामै उनले आफ्नो जीवन समर्पित गरे। ललितकला क्षेत्रको विकासमा अमूल्य समय र योगदान रह्यो उनको।

सिद्धार्थ आर्ट ग्यालरीकी संस्थापक तथा कलाकार संगीता थापा उत्तम नेपालीको जीवनभरिका चित्रहरुलाई नेपाल आर्ट काउन्सिलमा भव्य प्रदर्शनी गरेको सम्झिन्छिन्। भन्छिन्, ‘ललितकलाले एउटा होनहार कलाकारलाई गुमाएको छ।’ ललिकलाका विद्यार्थीका लागि एउटा स्कुल नै ठान्छिन् उत्तमलाई संगीता। ‘अमूर्त आर्टमा उहाँले ठूलो योगदान दिनुभएको छ। नयाँ पुस्ताका लागि यसले प्ररेणा मिल्छ,’ उनले भनिन्। 

आधुनिक चित्रकलालाई अन्तर्राष्ट्रिय स्तरमा कसरी चिनाउने भनेर वैचारिक बहस गर्थे कलाकारमाझ उनी। राम्रो सम्भावना देखेका कलाकारको खुलेरै प्रशंसा गर्थे भने समकालिनहरुको पनि उत्तिकै तारिफ गरिरहन्थे। 

उत्तमको प्रशंसामा नछुट्ने उनकै समकालीन कलाकार शशी शाह रहेको बताउँछन् कलाकार कृष्ण मानन्धर। ‘उत्तम दाजुका लागि कलाकार शशी शाह प्रिय थिए। दुवैजना कलाकारलाई उकास्नुपर्छ भन्थे,’ कृष्ण भन्छन्, ‘आलोचना गर्न पनि डराउँदैनथे उत्तम दाजु। म चित्रकलामा लाग्दा दाजुलाई नक्सालको नाफामा भेट्थेँ। चिया गफ गर्दा उनको कलाप्रतिको दृष्टिकोण निकै उच्च थियो भन्ने थाहा पाएको हुँ। त्यसरी कमैले सोचेका हुन्थे।’ 

‘कलाकार मरेर गए पनि कला कहिल्यै मर्दैन’ भनेझैं नेपाली कला क्षेत्रमा उत्तम नेपालीले दिएको योगदान कलाकर्मीका लागि सधैं प्ररेणाको स्रोत हुने बताउँछिन् वरिष्ठ कलाकार रागिनी उपाध्याय।  उत्तमसँग आफ्नो विशेष सम्बन्ध रहेको उनले सुनाइन्। ‘उहाँ धेरै वरिष्ठ हुनुहुन्थ्यो तर हामी दुवै लामो ग्यापका बाबजुद पनि एकै कलेजमा अध्ययन गर्थ्यौं,’ उपाध्यायले सुनाइन्, ‘उहाँ वास पेन्टिङबाट धेरै प्रभावित हुनुहुन्थ्यो। उहाँ आफ्ना सुन्दर कविताका लागि पनि चिनिनुहुन्थ्यो।’  

उत्तमका पेन्टिङले परम्परागत नेपाली कलाका केही दृष्टिकोणसहित आधुनिक कला प्रविधिको पनि संश्लेषण गर्ने रागिनी बताउँछिन्। उनी वास पेन्टिङदेखि आलंकारिक र ड्रइङ (रेखाचित्र) देखि अमूर्त कलासम्मका भिन्नभिन्न विधामा अब्बल थिए। उनका केही सिर्जनाहरूले अभिव्यक्ति, अमूर्तता र यथार्थवादी दृष्टिकोणको संयोजनका माध्यमबाट कवि र कविता तथा दृष्य कलाबीचको भावनात्मक निकटता अनुभूत गराउँथे।

मुहार चित्र कवि 

पचासको दशकतिर पोखरेली साहित्यकार सरुभक्त बेलामौका पारेर काठमाडौं आइरहन्थे। यस्तैमा उत्तम नेपालीले उनको मुहारचित्रका लागि अनुरोध गरे। चित्रकलाप्रतिको प्रेम असीम थियो सरुभक्तमा पनि। नकार्न सकेनन्। एक दिन मेसो मिलाएर सरुभक्तको चित्र कोरे उत्तम नेपालीले। ‘उहाँले मेरो चित्र बनाउँदा ब्याकग्राउण्डमा मन्द शास्त्रीय संगीत बजेको थियो। तर उहाँ मसँग गफिँदै मेरो चित्र बनाउँदै हुुनुहुन्थ्यो,’ सरूभक्त सम्झिन्छन्।  

त्यो मुहार चित्र पहिलो चरणमा पूरा नभएकोले दोस्रोपटक काठमाडौं आएको बेला फेरि कलाकार नेपालीले बोलाएका सम्झन्छन् सरुभक्त। भन्छन्, ‘केही महिनाको अन्तरमा काठमाडौं आउँदा अधुरो चित्र पूरा गरौं भनेर डाक्नुभयो। त्यही बेला बनेको चित्र हो यो।’
उत्तम नेपाली चित्रकारमात्रै थिएनन्, कवि पनि थिए। उत्तमका लेखरचना, कविता पहिलोपटक २०२१ मा मधुपर्कमा प्रकाशित भएका थिए। त्यसपछि उनी कवि–साहित्यकारको नजरमा परे। ‘विना शीर्षक’ कविता संग्रह २०६१ सालमा प्रकाशित पनि गरे। सरुभक्त भन्छन्, ‘प्रायः म एकेडेमी पुग्दा उहाँ कविहरुकै साथमा बढी देख्थें।’

पचासको देशकमा कैयौं चर्चित कवि तथा साहित्यकारको मुहार चित्र बनाएर एकेडेमीमै प्रदर्शन गरेका थिए उत्तमले। उत्तमले कसैको पनि मुहार चित्र हुबहु बनाउँदैनथे। केही नयाँपन ल्याउँथे। सरुभक्त भन्छन्, ‘मुहार चित्र केही फरक हुन्थ्यो– अर्धमूर्तजस्तो। त्यो उहाँको विशेषता थियो।’ 

उत्तमले क्यानाभासमा कवि–साहित्यकारको मुहारचित्र बनाएपछि स्रष्टाको चर्चित कृतिको नाम लेख्थे। ‘मेरो मुहार चित्र बनाएपछि उहाँले पागल बस्तीको नाम लेख्नु भएको थियो,’ सरुभक्तले भने। उत्तम आफ्ना कवितामाथि पनि पेन्टिङ तयार पार्थे। उनका चित्रहरु प्रायः काव्यिक हुन्थे भन्छन् वरिष्ठ कलाकार कृष्ण मानन्धर।

अभिनयमा पनि अब्बल

नेपालको पहिलो चलचित्र ‘आमा’ हो। उक्त चलचित्रमा उत्तमले यादगार अभिनय गरेको बताउँछन् वरिष्ठ कलाकार निर्देशक नीर शाह। आमा चलचित्रमा उत्तमले खलनायकको भूमिका खेलेको बताउने शाह भन्छन्, ‘नेपाली रजतपटमा खलनायकको रूपमा चिनिन खोज्दै हुनुहुन्थ्यो उहाँ।’ 

उत्तमले चाहेको भए नेपाली सिनेमा क्षेत्रमा निरन्तर लाग्न सक्थे। तर उनलाई ललितकलाको नसाले छोडेन। त्यसैले विस्तारै सिनेमातिर कम समय दिए। त्यसो त त्यो बेला चलचित्र पनि कहाँ बाक्लै बन्थे र! 

२०४६ सालबाट नेपाली सिनेमामा हात हालेका वरिष्ठ चलचित्रकर्मी यादव खरेलका लागि उत्तम सक्रिय व्यक्तित्व लाग्थे। ‘उहाँ संस्थापक कार्यका लागि निकै खटिन सक्नुहुन्थ्यो,’ खरेल भन्छन्, ‘कलामा मात्रै होइन, अभिनय र साहित्यमा पनि उहाँको लगाव थियो।’ 

उत्तम नेपालीको अभिनयलाई नजिकबाट चिन्ने मौका पाएकी थिइन् पहिलो नेपाली नायिका भुवन थापा चन्दले पनि। आमा चलचित्रमा भुवनका बुबाको भूमिका निर्वाह गरेका थिए उत्तमले। भुवनलाई अझै याद छ– शोषक जिम्बालको भूमिका गर्ने उत्तमको आनीबानी। उनी भन्छिन्, ‘उहाँ एकदम सरल र मिलनसार हुनुहुन्थ्यो। तर पछि अभिनयलाई छोडेर खै किन हो कलातिर मोडिनुभो। पछि कलामा पनि स्थापित हुनुभयो।’  

तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद सदस्य पनि भए उत्तम। त्यतिबेला उनले चौध पटकसम्म एकल चित्रकला प्रदर्शनी गरेका थिए। राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवा श्री तृतीय पदकबाट पनि सम्मानित भए उनी।


प्रकाशित: July 21, 2021 | 12:28:00 काठमाडौं, बुधबार, साउन ६, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
पुस्तक

२५० वर्षको इतिहाससहित ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित

कृतिमा पछिल्लो अध्ययन अनुसार पहिलो मानिएको रमेश मल्लद्वारा लिखित ‘मदन दीपिका’ (वि.सं १८२२) महाकाव्यदेखि २०७८ सालसम्म लेखिएका महाकाव्यहरूको विश्लेषण गरिएको छ।
नेपाल समय
कला/साहित्य

मंसिर ९ गतेदेखि अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु हुँदै

निर्देशक एवं वरिष्ठ रङ्गकर्मी अनुप बरालले आफूलाई रङ्गकर्मको नोकर भएर बाँच्न मन लाग्ने बताए। महोत्सवलाई सम्पूर्ण रङ्गकर्मीहरुको साझा महोत्सवको रुपमा लिनुपर्ने उनको भनाइ छ।
नेपाल समय
फिल्म

'ऐना झ्यालको पुतली' को माग डायस्पोरामा पनि

नेपालमा दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ले विदेश यात्राको तय गरेको छ।
नेपाल समय
फिल्म

कर चुक्ता नगरेका कारण प्रेमगीत-३ को सेन्सर रोकिएको थियो : भुवन केसी

बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ।
नेपाल समय
संगीत

नेपथ्य व्याण्ड ‘म्यूजिक फर ह्युम्यानिटी’का साथ मानवता प्रवर्धन अभियानमा

यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले आउँदो वर्ष ‘मानवता प्रवर्धन अभियान’ मार्फत मानवीय आयामहरुलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको छ। यसै प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना