सोमबार, असोज १७, २०७९

म मेरा पात्रले नियुक्त गरेको कारिन्दा हुँ : नयनराज पाण्डे [अन्तर्वार्ता]

राज सरगम  |  काठमाडौं, शनिबार, असार २६, २०७८

राज सरगम

राज सरगम

शनिबार, असार २६, २०७८, काठमाडौं

नेपाल समय

आख्यानकार नयनराज पाण्डेका कथाका पात्र निकै संघर्षपूर्ण बाँच्छन्। अधिकारका लागि स्थानीय राजनीतिकर्मीसँग लड्दा–लड्दा मृत्युको मुखैसम्म पनि पुुग्छन् उनका पात्र। छलकपटको राजनीतिक परिबन्दमा परेका शोषित पात्रका परिस्थितिलाई बदल्ने आकांक्षा राख्छन् पाण्डे। उनले कथा र उपन्यासमा तराई मधेसको जीवनलाई सामाजिक, सांस्कृतिक र स्थानीय राजनीतिक पाटामार्फत कलात्मक रूपमा समेट्ने गरेका छन्। उनका कथाहरुमा मानिस मात्रै पात्र हुँदैनन्, सामाजिक विश्वाससँग जोडिएका स्रोत र सामग्री पनि आउँछन्, संवाद गर्छन् र वर्तमानको विसंगतिमाथि तीव्र रोष प्रकट गर्छन्।

सात उपन्यास, चार कथा एक संस्मरण आधा दर्जन बालसाहित्य लेखिसकेका पाण्डेका उलार, लू, घामकिरी जस्ता उपन्यास मन पराइएका कृति हुन्। ‘जियरा’ पाण्डेको चौथो कथा संग्रह हो। पश्चिम मधेसकेन्द्रित कथा संग्रह ‘जियरा’ का पात्रहरुको बारेमा लेखक पाण्डेसँग गरिएको कुराकानी :

सफल प्रेमिका हुन नसकेकी ‘जनानी’ की मुख्य पात्र जमेन्तीउर्फ नफिसा तपाईंलाई चाहिँ कस्तो लाग्छ?

रतिरागात्मक एंगलबाट हेर्नेलाई त्यस्तो देखिएला। तर जमेन्ती उर्फ नफिसा सामाजिक र जातीय विभेदका कारण एउटा अमिल्दो वैवाहिक सम्बन्ध स्वीकार्न विवश पात्र हुन्। उनी बलजफ्ती लादिएको सम्बन्धका कारण उत्पन्न यौनकुण्ठा र प्रतिशोधको भावना सँगसँगै बोकेर हिँडिरहेकी छन्। जियराभित्रको जनानी शीर्षकको यो कथामा नफिसाबाट फेरि जेमन्ती बनेर उनले कसरी आफ्नो प्रेमलाई सम्मानित बनाउँछिन् र कसरी यौनकुण्ठाबाट मुक्ति पाउँछिन् भन्ने कुरालाई कथानकमार्फत प्रस्तुत गरिएको छ।

‘सर्पदंश’ कथाको पात्र हक्का पहलमान र चिन्तामणि तथा उलारको प्रेमललुवा र राजेन्द्रराज शर्मा एकै पात्र हैनन् र?

सत्ताले भुइँमान्छेको जीवन परिवर्तनमा विशिष्ट काम नगरेसम्म हरेक गरिब पात्रको नियति प्रेमललुवाकै हो र शोषणको प्रतिनिधि पात्रमा चिन्तामणि र राजेन्द्रराज शर्मा कायमै रहनेछन्।

‘मैलो कमिजको एकालाप’ मार्फत कथा भन्नुभयो। कमिजभन्दा आकर्षण अन्य लुगा पनि छन्? कमिजलाई किन बिम्ब छान्नुभयो?

कमिजले चित्रात्मक रूपमा आम मानवाकृतिको प्रतिनिधित्व गर्छ। कट्टुले गर्दैन। डाउन ज्याकेट या दौरा सुरुवालले पनि गर्दैन।

त्यो कमिज सत्ताको मोहमा लिप्त पदाधिकारीमाथिको व्यंग्य हो?

व्यंग्य मात्र हैन। सत्ताप्रतिको आक्रोश पनि हो। 

अधिकांश कथामा कहीं न कहीं देवीदेवता आइरहनु र देवीदेवताको नामबाटै पात्रहरूको नाम पनि राखेर कस्तो समाजको प्रतिनिधित्व गर्न खोज्नुभएको हो?

हामी नारीलाई दुर्गा, भगवती, काली, लक्ष्मीको उपमा त दिन्छौं। तर व्यवहारमा नारीलाई आफ्नो तलुवामुनि राख्न खोज्छौं। त्यसैले ती नामहरूले हाम्रो समाजको पाखण्डी चरित्रलाई उद्घाटित गर्छन् भन्ने मेरो सोच हो। 

निचगाउँको ‘शिवराम’ मृत आत्मा हो तर कथाको अन्तिममा त्यही पात्र आएर संवाद गर्छ। यस्तो कसरी?

‘कबै अर्घ्यालो नथाप्नू’ शीर्षकको त्यो कथा यथार्थ र अयथार्थबीच बुनिएको हो। समाज, सरकार र सत्ताले जनता मृतवत् ठान्नु हुँदैन।  सको आक्रोश कुनै न कुनै रूपमा यथावत् र जीवित रहिरहेको हुन्छ भन्ने कुरा प्रकट गर्न खोजिएको हो।

जियाराभित्र पटकपटक मृत आत्मा (भूतप्रेत) पनि भेटिन्छन्। तपाईंको यी आत्माहरूसँग यति विघ्न  लगाव किन?

जनता मर्दैन भन्ने मान्यता हो मेरो। सत्तालाई कुनै न कुनै बेला त्यसले तर्साउँछ र शासकको निदहराम गर्छ। त्यसैले त्यस्ता आत्मा जियराभित्रका कथामा पटकपटक आएका छन्।

सुकम्बासीले खोरिया फाँडेर गरिखाएको खेत तथा किसानको जमिन माछा पालनको बहानामा हडप्ने कथा ‘फिस फ्राई’ को पात्र हो मत्स्येन्द्रकुमार। जसलाई सरकारले समेत संरक्षण गर्‍यो। के पश्चिम मधेसका किसान बढी राजनीति पीडित हुन्?

मधेसका किसान मात्र हैन। सिंगै मधेस नेपालको राजनीतिले निर्माण गरेको अनेक मान्यता, नीति, नियम र भाष्यले पीडित छ। तिनका संवेदना र पीडालाई परिकार बनाएर शासकहरूले स्वाद मानीमानी घिचेका छन्। फिस फ्राई अब सत्ताको कराईमा जल्न अस्वीकार गर्ने तयारीमा रहेको मधेसको कथा हो।

‘कबै अघ्र्यालो नथाप्नू’ कथामा नेपालको इतिहासको प्रभाव मधेसी समाजमा निकै नकारात्मक देखिन्छ। इतिहास र लोककथाबाट पात्रहरु फुत्त ल्याएर समाज त्यस्तै देखाउन खोज्नुभएको हो?

लोककथा, ऐतिहासिक घटनाक्रम या मिथको प्रयोगले कथालाई बढी सार्थक र प्रभावकारी बनाउँछन्। त्यो कथामा फेरिन खोजिरहेको मधेसको आकांक्षा घनीभूत रूपमा प्रकट गर्ने मेरो प्रयत्न हो।

जोगी, फकिर, ऋषिजस्ता पात्रलाई एकाएक कथाको उत्कर्षमा जोड्न खोज्नुभएको छ। यिनैलाई हतियार बनाउन केले प्रेरित गरेको हो?

कथालाई फरक ढंगले पाठकसम्म पुर्याउने र यथार्थलाई अझ बढ्ता सम्प्रेष्य बनाउने टुल्सका रूपमा ती पात्र आएका हुन्।

‘लू’ होस या ‘जियारा’ कथामा नागरिकता र लालपुर्जाका लागि संघर्ष गरिरहेका पात्र दोहोरिनु नागरिकता समाधान नभएर हो?

समाधान कहाँ भएको छ र? समाधान गर्न कसले चाहिरहेको छ र? समस्यालाई अल्झाइरहेर या बल्झाइरहेर राजनीतिको रोटी सेकिरहने प्रपञ्च हुन्जेल म त्यस्ता कथा जानीजानी लेखिरहन्छु। मैले धेरैपटक भनेको छु, लेखन मेरा लागि मनोरञ्जन या चटक होइन, समयसितको झगडा हो।

आजको समय कथामा पाइने पात्रको चरित्र व्यावसायिक रूपमा फेरिए पनि आन्तरिक चरित्रचाहिँ (स्वभाव) चिन्तामणि तथा उलारका राजेन्द्रराज शर्माहरूकै जस्तो हो?

समाज, राजनीति, सत्ताको स्वभाव नफेरिउन्जेल समाजका ठालुहरूको चरित्र सरदर यस्तै रहन्छ। 

मधेसका पात्रसँगै हिँडिरहेको लेखक एक्कासि पहाडिया पात्र (सल्लिपीरका पात्र) सँग घुलमिलिएर मधेस नै फर्किनुभयो। मधेस र पहाडको पात्रलाई पर्गेल्न कस्ता जोखिम हुँदा रहेछन्?

लेखन कर्म आफैंमा जोखिम हो। यो सहज कहाँ छ र? म विषयसित डोरिने लेखक हुँ। विषयले कहिले हिमाल पनि पुर्यायो र फेरि मधेसमा पनि ओराल्यो। मधेसका मुद्दा सकिएका छैनन्। त्यसैले मधेससित जोडिएर आउने मेरो लेखनी पनि सकिएको छैन।

तपाईंका कथामा मधेसको जनजीवन स्थानीय राजनीतिले बढी प्रताडित भएको पाइन्छ। मधेसको गरिबी नहट्नु राजनीति विसंगति हो?

घुमिफिरी हाम्रो नियति राजनीतिसितै जोडिन्छ। राजनीतिले तपाईंहाम्रो भान्सा र शयन कक्षमा प्रभाव पारेको छ। त्यसैले माफिया चरित्रको यो फोहोरी राजनीति नसुध्रिएसम्म गरिबी कहाँ हट्छ र?

तपाईंको आख्यानमा कहिले टाँगा, कहिले कमिज, कहिले गुडिया पात्र  हुन्छन्, किन?

नबोल्नेहरूको पनि आवाज हुन्छ नि त। तिनीहरुसित पनि आक्रोश हुन्छ नि त।

कथामा फ्ल्यासब्याक बढी आउनुको कारण चलचित्र लेखनको प्रभाव हो कि?

त्यसरी सोचेको छैन। मेरा कथामा विषय या चरित्र आफैंले आफूलाई अभिव्यक्त गर्ने पद्धति या तरिका खोज्छन्। विषय र चरित्रलाई आफूलाई जसरी अभिव्यक्त गर्न सजिलो ठान्छन्, मैले त्यसरी नै उतारिदिने हो। म कथानक र पात्रले नियुक्त गरेको कारिन्दा हुँ र टाइपराइटर हुँ।

अघिल्ला कृतिमा भन्दा जियरामा महिला पात्र सशक्त देखिन्छन्। ती पात्र कथामा मात्रै जबरजस्ती फेरिएका हुन् कि? साँच्चै समाजमा पनि फेरिएका छन्? 

समाजमा महिलाका मुद्दा प्रबल रुपले अगाडि आउँदैछन्। महिलालाई अब मौन बस्ने आदेश हामी दिन सक्दैनौं। त्यसैले मेरा कथामा पनि ती बाचाल, बलिया र परिवर्तनकामी बनेर उभिएका छन्। मेरा कथाका नारीहरु हामीले बुझेको सौन्दर्यशास्त्रअनुसार सुन्दर नहोलान् तर बलिया छन्। त्यसैले जियरामा तपाईं महिलाको फरक अनुहार पाउनु हुनेछ।

कथाभित्र आउने उपकथाका पात्रहरू अझै सशक्त हुन्छन्। तर ती पात्रहरु बीचैमा हराउँदा अपूर्ण लाग्दैन? 

मेरा कथामा उपकथाहरु मूलकथालाई झनै बलियो बनाउने उद्धेश्यका साथ आउँछन्। उपकथा र त्यसका पात्र त हराएकै ठीक। तिनीहरुले आफ्नो अनुहार र भूमिका नायकलाई जिम्मा लगाएका छन्। पछि तिनले कतै कहीं नायकहरुसित हिसाबकिताब गर्लान् नि।

तपाईंको आख्यानमा भेटिने पात्रमध्ये कुनचाहिँ बढी संघर्षपूर्ण लाग्छ? जसलाई तपाईं बिर्सनै सक्नु हुन्न?

बिर्सने पात्र जन्माउने किन? म पात्रहरुको नियति, दुःख र संघर्ष फेरियोस् भन्ने चाहन्छु। त्यसैले मेरा पात्र संघर्षशील छन्। संघर्ष गर्ने हरेक पात्र स्मरणीय हुन्छ।


प्रकाशित: July 10, 2021 | 03:09:00 काठमाडौं, शनिबार, असार २६, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
कला/साहित्य

संकटमा सखिया

'पहिले थारु समुदायमा पढाइ थिएन, सबै युवायुवतीहरु गाउँमा हुन्थे, दिनभर काम गर्ने बेलुका नाच्ने गरिएको थियो,'सुशील चौधरीले भने, 'अहिले अध्ययनका लागि कामका लागि सबै युवाहरु गाउँ बाहिर जान थालेका छन्। अर्को कुरा मनोरन्जनका विभिन्न साधनहरु पनि देखा परे। त्यसले मौलिक परम्पराहरु मासिने अवस्थामा पुगेका छन।'
नेपाल समय
फिल्म

९६ वर्षअघि महँगो फिल्म बनाएकी एसियाकै पहिलो महिला निर्देशक फातमा बेगम

एकातिर यो फिल्म पहिलो पटक महिलाले निर्देशन गरेको चर्चा भइरहेको थियो भने अर्कोतिर यसमा देखाइएको भीएफएक्सले पनि तारिफ पाइरहेको थियो।
नेपाल समय
कला/साहित्य

बडादसैं र मालश्रीको 'कनेक्सन'

६ वटा ऋतुका धुनमध्ये मालश्री एक हो, जसको मधुर आवाजले दसैं आएको आभाष दिलाउँछ ।
नेपाल समय
कला/साहित्य

सपना, संघर्ष र स्वाभिमानको कथा 'बुह्रान'

जातीय, भाषिक, क्षेत्रीय, लैंगिक, वर्गीय र सांस्कृतिक विभेदविरुद्ध लेखिएका विरलै उत्कृष्ट कृतिहरू मध्ये एक हो बुह्रान।
नेपाल समय
कला/साहित्य

एउटा गहिरो सागरको छाललहर [निबन्ध]

मानिस, ढुंगाहरुको भिडमा ढुँगै त हो। आसुको थोपामध्ये एक बुँद। आकाशमा एउटा शून्यता थामेर उभिएको एक टुक्रा आकाशै त हो मान्छे। विशाल गोदाम भित्र कतै कुनामा छुटेको एउटा धानको बियाँ त हो मानिस। तोरीको एउटा गेडा त हो, कोलमा पेलिनबाट छुटेको।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना