मंगलबार, असोज ११, २०७९

नेपाली सामाजिक परिवेश चिनाउने विशेष पुस्तक

महेश्वर आचार्य  |  काठमाडौं, शनिबार, असार ५, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

शनिबार, असार ५, २०७८, काठमाडौं

नेपाल समय

राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय पोखरेल) आलोचनात्मक चेत भएका लेखक हुन्। उनको दृष्टिकोण मार्क्सवादी सौन्दर्यशास्त्रबाट प्रभावित छ। कुनै पनि विषयमा तर्क र विश्लेषणद्वारा आफ्नो अडान स्थापित गर्ने उनका फुटकर लेख तीसको दशकदेखि नै पढिँदै आएको छ। उपाध्यायको लेखनमा मार्क्सवादी दर्शनका आधारभूत मान्यतालाई अंगीकार गरिएको पाइन्छ। यस्तै वेदान्त दर्शनमा विशेष झुकाव राख्ने उनका यसअघि २०६३ सालमा ‘सर्वधर्म समभाव’ पुस्तक प्रकाशित छ। 

‘विचार मीमांसा’ उपाध्यायको पछिल्लो कृति हो। धर्म संस्कृति, व्यक्ति व्यक्तित्व, साहित्य,  विमर्श र विविध गरी पाँच खण्डमा विभाजित यस पुस्तकमा २२ वटा शीर्षकमा विविध विषयलाई मिहीन ढंगमा अध्ययन र विश्लेषण गरिएको छ। नेपाली जीवन पद्धति, भाषा, संस्कृति, धर्म, राजनीति र साहित्यबारे तथ्यपरक अध्ययन भएका कृति प्रायः कमै छन्। यस्ता पुस्तक जति लेखिएका छन् प्रायः छायामा छन्। कारण समाज–संस्कृति अध्ययन निश्चित संकायको मात्र अध्ययन क्षेत्र हो भन्ने संकुचित मानसिकता अझै बलियै छ। त्यसैले यस्ता कृतिको चर्चा पनि विरलै हुने गर्छन्। 

प्रश्न उठ्छ, के गर्दा ‘स्वधर्म’ पालना गरेको ठहरिन्छ त? उत्तरमा भन्न सकिन्छ, महाभारतको शान्तिपर्वमा भएको ‘गीता’ का मार्गनिर्देशको पालना नै स्वधर्म हो। यसलाई सरलीकरण गर्ने क्रममा एक सन्तले भनेका छन्– शरीर, घर–समाज र राष्ट्र तथा प्रकृतिप्रतिको कर्तव्यबाहेक गरिने कार्य ‘स्वधर्म’ होइन। अर्थात्, ‘विवेकको उच्चता’ नै स्वधर्म हो। जब युधिष्ठिर विमर्धी कर्ममा संलग्न हुन्छन् भने त्यसको परिणाम तद्अनुरुप हुनु स्वाभाविक नै हो।

‘विचार मीमांसा’ को पहिलो खण्डमा महाभारतका प्रमुख पात्र, धर्म, बुद्धधर्म, राधा-कृष्ण प्रसंग र तिहारबारेका सागम्री छन्। दोस्रो खण्डको व्यक्ति व्यक्तित्वमा बीपी कोइराला, टंकप्रसाद आचार्य, पृथ्वीनारायण शाहका राजनीतिक, आर्थिक र सामाजिक दृष्टिकोण मुखरित छन्। सोही खण्डमा साहित्यकार मदनमणि दीक्षित र योगी नरहरिनाथबारे उपाध्यायको अध्ययन निकै सूक्ष्म छन्। 

तेस्रो खण्डमा विद्यापति, देवकोटा, पुस्किन, मोर्गेट मिसेलको ‘गन विथ द विन्ड’ बारेका सामग्री छन्, यिनमा मैथिली, नेपाली, रुसी र अंग्रेजी साहित्यका नक्षत्रमा लेखकीय विश्लेषण प्रवाहित भएका छन्। चौथो खण्डमा मार्क्सवाद, तराई र थारू, वैदिक व्यवस्थामा राजा, स्त्री–पुरुषका आयाम समेटिएका छन्। पाँचौं खण्डको विविध शीर्षकअन्तर्गत खस साहित्य, समसामयिक लेखन र संगीतबारेका लेख छन्। यी शीर्षकबाट स्पष्ट हुन्छ– उपाध्यायको अध्ययनको दायरा निकै फराकिलो छ। गहन अध्ययनपछि पाठकसमक्ष आएका यी सामग्री समाज र जीवनपद्धति बुझ्ने गहकिला सामग्री हुन्।

...

महाभारत एउटा ‘महान्’ ग्रन्थ हो, जसमा आधारभूत मानवीय प्रकृतिमाथिका कथानक रचिएका छन्। मानव सभ्यता रहेसम्म महाभारत सर्वकालिक रहिरहनेछ। महाभारतबारे एउटा टिप्पणी छ– समाजमा जे छ त्यो सबै महाभारतमा छ र जे महाभारतमा छैन त्यो अन्त पनि छैन। ‘शाश्वत’ विशेषण महाभारतका सन्दर्भमा प्रयोग गरिने हो भने त्यसलाई अन्यथा मानिँदैन। विभिन्न युगमा भिन्न स्वरुपमा महाभारत जारी रहिरहने इतिहासले देखाउँछ। 

महाभारतका प्रमुख पात्र हुन्, युधिष्ठिर र दुर्योधन। एक सन्तको टिप्पणी छ– युधिष्ठिरको मन धेरै ठिक थियो तर बुद्धिमा केही दोष थियो, दुर्योधनको व्यावहारिक बुद्धि ठिक थियो तर उनको मनमा दोष थियो। सन्दर्भको यस पृष्ठभूमिमा लेखक उपाध्यायको टिप्पणी छ–

‘युधिष्ठिरले धृतराष्ट्रको निम्तामा जुवा खेल्न जानु निन्दित कार्य थियो जसले अनिष्ट ल्याउँछ भनेर जान्दाजान्दै पनि पितृव्यको निमन्त्रणा अस्वीकार गर्न नसक्नु उनको धर्मबारे जडसूत्रीय दृष्टिकोण थियो। उनले आपद्गस्त अवस्थामा सामान्य धर्मको अवलम्बन गरेका थिए, जसले अनिष्ट गर्यो। भीष्म, कर्ण र केही हदसम्म युधिष्ठिरले धर्मको मूल स्वरुपलाई बुझ्न सकेनन्। त्यसको बोक्रा मात्र ग्रहण गरेका थिए’ (पृ. १९) ।

बोक्रालाई ग्रहण गर्दा नै जगत‍्को थिति बिग्रँदै गएको हो। बोक्रा र गुदीको भेद थाहा पाउन नसक्दा नै मान्छे आचारको पथबाट च्यूत हुने गरेका छन्, जसरी युधिष्ठिर भए।

शुक्रनीतिले भन्छ, जसले फटाक (छलकपट) विद्या जानेको छैन उसले जुवा नखेल्नु। जब फटाक विद्या नजानेका युधिष्ठिर जुवाका प्रवीण शकुनीसँग जुवा खेल्न बस्छन् तब अधर्मको प्रादुर्भाव अवश्यम्भावी छ। यसर्थ, युधिष्ठिरले ‘स्वधर्म’ को पालना नगर्दा महाभारत मच्चिन पुगेको हो। जब जब युगका नायकहरु ‘स्वधर्म’ बाट पथभ्रष्ट हुन्छन् तब महाभारत मच्चिन्छ।

प्रश्न उठ्छ, के गर्दा ‘स्वधर्म’ पालना गरेको ठहरिन्छ त? उत्तरमा भन्न सकिन्छ, महाभारतको शान्तिपर्वमा भएको ‘गीता’ का मार्गनिर्देशको पालना नै स्वधर्म हो। यसलाई सरलीकरण गर्ने क्रममा एक सन्तले भनेका छन्– शरीर, घर–समाज र राष्ट्र तथा प्रकृतिप्रतिको कर्तव्यबाहेक गरिने कार्य ‘स्वधर्म’ होइन। अर्थात्, ‘विवेकको उच्चता’ नै स्वधर्म हो। जब युधिष्ठिर विमर्धी कर्ममा संलग्न हुन्छन् भने त्यसको परिणाम तद्अनुरुप हुनु स्वाभाविक नै हो।

युधिष्ठिरले जुवामा अर्धांगिनीसम्मलाई दाउमा राख्ने ‘विकर्म’ गरे। त्यस्तो ‘विकर्म’ गर्नु हुन्न भन्ने ज्ञान गीता र अन्य नीतिहरुमा छ। यसको निन्दा गर्न पाँच दशकअघि उदाएका कुनै सिद्धान्त आवश्यकता छैन। साथै, महाभारतका कतिपय प्रसंगले त्यही समयका नीति उल्लंघन गरेका छन्, तसर्थ महाभारतका कतिपय पात्र आलोचनाका हकदार छन्।

महाभारतबाट सिक्ने भनेको त्यसो गर्नु हुँदैन रहेछ भन्ने हो। त्यही सिक्न–सिकाउन नसक्नु नै सनातनी शिक्षा पद्धतिको कमजोरी रह्यो जहाँ टेकेर ‘स्वार्थ प्रेरित’ समुदायले सञ्चालन गरेको ‘शिक्षा परियोजनाहरु’ ले वर्तमानमा फुट र विग्रह ल्याएको निष्कर्ष उपाध्यायको छ।

‘धर्म: उद्भव र विकास’ शीर्षकको अर्को शीर्षकमा उपाध्यायले उपनिषद्, महाभारत र मार्क्सवादसम्मको प्रसंग ल्याएर धर्मको उद्भव र विकासको वर्णन गरेका छन्। र, यहाँ पनि प्रकारन्तरले ‘स्वधर्म’ अर्थात् ‘विवेकको उच्चता’ ले स्थान पाएको छ।

‘बुद्ध धर्मको ह्रास: भ्रम र यथार्थ’ मा भारतवर्षमा बुद्ध धर्मको अवस्था के थियो, यसले के कस्तो चुनौती झेल्यो भन्ने विवेचना छ। नेपाली नोट जुन विदेशमा कतै चल्दैन, त्यसमा ‘बुद्ध नेपालमा जन्मेका थिए’ भन्ने सन्देश प्रसार गर्ने राज्यसत्ताका लागि बुद्ध एउटा वस्तुमा सीमित छ। विचारको प्रसार छैन, प्रतीकको मात्र प्रचार छ।

‘राधा–कृष्ण’ बारेको शीर्षकमा लेखकले निश्चित स्वार्थप्रेरित व्यक्तिले कृष्णबारे फैलाएको भ्रमबारे खण्डन गरी यथार्थ प्रस्तुत गरेका छन्। तिहारमाथिको लेखमा नेपालको सांस्कृतिक अध्ययनको आधारका रुपमा प्रस्तुत भएको छ। नेपालको समाजिक–सांस्कृतिक विगत कस्तो थियो, विभिन्न जातजातिको सहभाव र सद्भाव के थियो भन्ने यथार्थलाई यो निबन्धले स्पष्ट पारेको छ।

दुई छुट्टै लेखमा लेखक उपाध्यायले बीपीका ‘राजनीतिक घुम्ती’ र ‘अर्थशास्त्र’ बारे चर्चा गरेका छन्। २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनामा प्रस्तुत बीपीको ‘भारत परस्त’ धारणा २०३३ मा आइपुग्दाको राष्ट्रिय मेलमिलापको नीतिमा कसरी रूपान्तरित हुन पुग्यो र उनले ‘राजा र मेरो घाँटी जोडिएको छ’ भन्ने चेत पाए भन्ने तथ्य पाठकका लागि निकै कौतूहलपूर्ण लाग्न सक्छ। बीपीको राजनीतिक घुम्तीको विश्लेषण वर्तमानमा झन् सान्दर्भिक र मननीय छँदै छ। राजनीतिको सुरुवाती चरणमा बीपी कोइरालामा राजनीतिक सुझबुझ तथा आर्थिक नीति प्रस्ट नरहेको उपाध्यायको निष्कर्ष छ।

‘आज आ–आफ्ना भाषाका शब्दकोश, व्याकरण, मुन्धुमको लिखित रूप आदिको खोजी र अनुसन्धानबाट दङदास हुँदै अघि बढ्दै जाँदा हामीले के पनि बुझ्दै गएका छौं भने ‘हिन्दू’ प्रभुत्ववादबाट मुक्तिको अर्थ मुन्धुम धर्मको उठान गराउने, संरक्षण गर्ने भन्ने होइन रहेछ, हामीलाई त अर्कै धर्ममा जाक्नलाई पो रहेछ’ भनेर वैरागी काइँलाले भनिसकेको सन्दर्भमा यो सामग्री नेपालको समावेशिताको गहिराइ बुझ्ने एउटा फलक हो।

...

पुस्तकको दोस्रो खण्डमा बीपी कोइराला, टंकप्रसाद आचार्य, मदनमणि दीक्षित, योगी नरहरिनाथ र पृथ्वीनारायण शाह लेखकले बुद्धिविनोद गरेका छन्। उनका अनुसार टंकप्रसाद आचार्य भारतसँग समदुरीको अडान राख्ने राजनीतिक व्यक्तित्व हुन्। सन् १९५० को सन्धि नेपालको इतिहासमा महत्त्वपूर्ण छ। २०४६ सालको प्रजातन्त्र पुनर्बहालीपछिको आमनिर्वाचनमा तत्कालीन नेकपा (एमाले) ले आफ्नो चुनावी नारामा सन् १९५० को सन्धिको खारेज गर्नुपर्ने विषय उठाएको थियो। २०५१ को मध्यावधि निर्वाचनपछि ठूलो दलको हैसियतले सत्तासीन भएपछि एमालेले सरकारले सो सन्धि तत्काल पुनरवलोकन गर्न नसकिने अवगत गराएर आफ्नो ‘जिम्मेवारी’ पुरा गरेको थियो।

तर, सो सन्धि पुनरावलोकन गनुपर्ने माग सर्वप्रथम उठाउने व्यक्ति हुन्, टंकप्रसाद आचार्य। २०१२ माघदेखि २०१४ असारसम्म प्रधानमन्त्री भएका आचार्यले केही राष्ट्रिय महत्त्वका निर्णय कार्यान्वयन गराउन सफल भए। उपाध्यायले लेखेका छन्:

‘उनले प्रधानमन्त्रीमा नियुक्त भएको तेस्रो दिनमै भारतसँग नेपालको विशेष सम्बन्ध नरहेको सार्वजनिक वक्तव्य दिँदै अब पञ्चशीलका आधारमा दुई देशीय मैत्री सम्बन्धलाई प्रगाढ बनाउने सरकारको नीति रहने घोषणा गरे। आचार्यले क्याबिनेट बैठकमा भारतीय राजदूतको उपस्थितिलाई सदाका लागि बन्द गराउँदै यहाँ रहेका भारतीय सल्लाहकारलाई पनि फिर्ता पठाउने कार्य गरे’ (पृ. ७५)।

आचार्यको यो कार्यलाई ऐतिहासिक पृष्ठभूमिसँग समीक्षा गरेर हेर्नुपर्ने हुन्छ। उनी नेपाली भूमिबाटै आन्दोलन गरेर राणा शाहीविरुद्ध लड्नुपर्ने पक्षमा थिए। नेपाली कांग्रेसले भने सशस्त्र आन्दोलन भारत भूमिबाट भारतकै परोक्ष सहयोगमा गरेको थियो जसको विरोधी थिए, आचार्य। लेखक उपाध्यायको तर्क छ–

‘नेपालको राजनीति त्यहाँबाट राष्ट्रिय पक्ष र भारतीय पक्षमा विभाजित हुन पुग्यो। आन्दोलनमा नेतृत्वकर्ता भारतीय स्वार्थका बाहक बन्न पुगे। राजदरबारलगायत केन्द्रीय प्रशासनको गृह, रक्षा, अर्थ आदि विभागको नीतिगत तहमा भारतीय सल्लाहकारको प्रमुख भूमिका रहन पुग्यो। मन्त्रिपरिषद् बैठक र त्यसका एजेन्डा भारतीय सल्लाहकारहरुले नै तोक्ने र उनीहरु त्यहाँ उपस्थिति रहन्थे। भारतीय सैनिक मिसनको स्थापना, पश्चिम दार्चुलादेखि पूर्वमा ओलाङचुङगोलासम्म नेपालको उत्तरी सिमानामा आधुनिक सञ्चार उपकरणसहित १७ स्थानमा भारतीय सैनिक चेक पोस्टको स्थापना गराउने जस्ता अक्षम्य भूल त्यतिखेरका सत्तासीन नेताहरुले गरेका थिए’ (पृ. ७४)।

प्रधानमन्त्री आचार्यले राष्ट्रिय महत्त्वका थुप्रै काम राजा महेन्द्रको सहयोगमा गरेका थिए। त्यसैले भारतले उनलाई रुचाएन। उनी सत्तामा १८ महिनाभन्दा बढी टिक्न पाएनन्। पुस्तकमा आचार्यको व्यक्तित्व ‘देशभक्तिपूर्ण, सदासययुक्त र दागरहित’ रहेको उल्लेख गर्दै उनलाई ‘राष्ट्रिय नेता’ को उपाधि दिएका छन्।

दुई छुट्टै लेखमा लेखक उपाध्यायले बीपीका ‘राजनीतिक घुम्ती’ र ‘अर्थशास्त्र’ बारे चर्चा गरेका छन्। २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनामा प्रस्तुत बीपीको ‘भारत परस्त’ धारणा २०३३ मा आइपुग्दाको राष्ट्रिय मेलमिलापको नीतिमा कसरी रूपान्तरित हुन पुग्यो र उनले ‘राजा र मेरो घाँटी जोडिएको छ’ भन्ने चेत पाए भन्ने तथ्य पाठकका लागि निकै कौतूहलपूर्ण लाग्न सक्छ। बीपीको राजनीतिक घुम्तीको विश्लेषण वर्तमानमा झन् सान्दर्भिक र मननीय छँदै छ। राजनीतिको सुरुवाती चरणमा बीपी कोइरालामा राजनीतिक सुझबुझ तथा आर्थिक नीति प्रस्ट नरहेको उपाध्यायको निष्कर्ष छ।

उपाध्यायले बीपीको आर्थिक नीतिमा सुसंगत चेत नभएको दाबी सप्रमाण पेस गरेका छन्। ‘बीपीको आर्थिक नीतिको समीक्षा’ मा बीपी सत्तामा हुँदा, विदेशमा कार्यपत्र प्रस्तुत गर्दा, प्रतिपक्षमा हुँदा प्रस्तुत अभिव्यक्तिलाई समीक्षा गरीकन के निचोड निकालिएको छ भने बीपीको ‘आर्थिक नीतिमा सुसंगत चेत थिएन।’

बीपी एक ठाउँमा ‘कृषिमा सामान्य सुधार’ गरेर परनिर्भरता घटाउने कुरा गर्छन् भने अर्को ठाउँमा ‘विदेशी पुँजी भित्र्याउने’ कुरा गर्छन्। त्यस्तै अर्को प्रसंगमा उपाध्याय लेख्छन्, ‘औद्योगिक क्रान्ति गर्ने’ कुरा गर्छन् तर ती लक्ष्य कसरी हासिल गर्ने आधारबारे पूर्णतः अनभिज्ञ छन्।’ 

पुस्तकको अर्को शीर्षक बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’ माथि लेखिएको समीक्षात्मक विश्लेषण हो। यसमा खसको ऐतिहासिकलाई प्रस्ट पारिएको छ। यसमा ‘खस’ लाई किन विवादित बनाइयो र यसको खास आधार के हुने भन्ने प्रस्ट छ।

इतिहास अध्ययनमा लागेर ५ सय ७१ पुस्तक प्रकाशन गरेका योगी नरहरिनाथलाई लेखकले ‘सही अर्थमा देशभक्त एवं राष्ट्रवादी’ भन्दै उनको व्यक्तित्वलाई ‘अलौकिक’ ठानेका छन्। ‘उनी एक व्यक्ति भए पनि एक सिंगो संस्था समान’ रहेको लेखकको ठम्याइ छ। उनी लेख्छन्:

‘२०४० को दशकमा तत्कालीन राजा वीरेन्द्रको जिम्मेवारीमा कमजोरी भएको देखेर एउटा साप्ताहिक पत्रिकामार्फत ‘राजाले अरुले समातेको छाता ओढ्ने होइन, आफैंले समातेको छाता ओढ्नुपर्छ, नसक्ने भए छाड्नुपर्छ’ भने। पञ्चायतकालमा राजालाई प्रत्यक्षमा यति कडा शब्दमा भन्ने आँट उनले मात्र गर्न सक्थे। खासमा उनी राष्ट्र एउटा समुच्चयको अवस्था हो र राजनीति त्यसमा संश्लिष्ट छ भन्ने मान्यता राख्थे। योगी–सन्न्यासी पनि राष्ट्रकै अंग हुन्। उनका ती विचार बडो गम्भीर, ध्यानयोग्य र सिद्धान्तः सही लाग्छन्’ (पृ. ९५)।

लेखकले ‘पृथ्वीनारायण शाह र नेपाली भाषा’ शीर्षकको नेपाली भाषा कसरी विस्तार हुन पुग्यो र आमप्रचलनको भाषा हुँदै ‘राष्ट्रिय’ भाषाको मान्यता पायो भन्ने आधारलाई उठाएका छन्।

पृथ्वीनारायण शाहमाथि लाग्ने ‘नवीन’ आरोपको अभीष्ट के हो र तिनका कर्ता को हुन् भन्ने विवेचनासँगै लेखकले तत्कालीन युरोपका महान् भनिएका नेता तथा राष्ट्रनिर्माताको तुलनात्मक अध्ययन गर्दै पृथ्वीनारायण शाहको व्यक्तित्वको समीक्षा गरेका छन्। 

पुस्तकमा थारुहरुको उद्गमबारे विवेचना छ र ‘मधेशवाद’ को अन्तर्य र अभिष्टबारे प्रस्ट पारिएको छ। 

पुस्तकको अर्को शीर्षक बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’ माथि लेखिएको समीक्षात्मक विश्लेषण हो। यसमा खसको ऐतिहासिकलाई प्रस्ट पारिएको छ। यसमा ‘खस’ लाई किन विवादित बनाइयो र यसको खास आधार के हुने भन्ने प्रस्ट छ।

मिथिला प्रसंग आउँदा आमबुझाइको परिधि जनकपुर र जानकी मन्दिरभन्दा पर जाँदैन। यस सन्दर्भमा लेखकले महाकवि विद्यापतिबारे सारगर्भित प्रसंग उठाउँदै उनको काव्यकारिताको समीक्षा गरेका छन्। उनले लेखेका छन्,

‘विद्यापतिको काव्यिक प्रतिभामा ख्याति चौधौं शताब्दीदेखि नेपाल उपत्यका र मिथिला भूमिमा सीमित नरहेर बंगाल, उडिसालगायत भारतको पूर्वोत्तर प्रान्तसम्म फिँजिएको थियो। उनी संस्कृतका उच्चकोटिका कवि थिए तर पनि स्थानीय जनभाषा र मैथिलीको अपभ्रंश– अबहट्ठका प्रथम कवि हुने श्रेय उनैलाई प्राप्त छ। साँच्चै भन्ने हो भने संस्कृत माउभाषा भएका भारोपेली भाषासाहित्यमा उनी प्रथम कवि हुन्। उनीभन्दा अघि जति पनि साहित्य लेखिएका थिए, ती संस्कृत भाषाका हुने गर्थे। त्यो सामाजिक परिवेशमा उनले संस्कृतबाहेकको लोक वा जनभाषामा काव्य–रचना गर्दा ठूला साहस गरेका थिए भनेर अनुमान गर्न सकिन्छ। उनीभन्दा पछिका सन्त तुलसीदास र अझ त्यसपछिका भानुभक्तले त्यसका लागि अनेका लाञ्छना र तिरस्कार बेहोर्नुपरेको कुरा हामीले सुन्दै आएको छौं’ (पृ. १०६)।

विद्यापतिका अधिकांश ग्रन्थको पाण्डुलिपि तत्कालीन वीर पुस्तकालयमा संग्रहित थिए। विद्यापतिमाथि अनुसन्धान गर्ने भारतीय विद्वानले उनका चर्चित ‘कीर्तिपताका’ र ‘गोरखाविजय’ नाटकको पाण्डुलिपि नेपालमै पाएका थिए ।

काठमाडौं उपत्यकामा मल्लकालदेखि नै स्थानीय स्थानीय नेवार समुदायले जात्रा तथा पर्वमा मैथिल नाटक खेल्ने र टोलैपिच्छेका देवमन्दिर र भजनालयमा विद्यापतिकै गीतलाई भजनका रुपमा गाउने गरेका थिए। ती भजन आज पनि गाइन्छन् र प्रकारन्तरले विद्यापतिको लोकप्रियतालाई पुष्टि गर्छन् भन्ने राय लेखकको छ।

रुसका महाकवि पुस्किन बारेको व्यक्तिचित्र र अमेरिकी गृहयुद्धको पृष्ठभूमिमा रचिएको उपन्यास मार्गरेट मिसेलको उपन्यास ‘गन बिथ द विन्ड’ माथि गरिएका विश्लेषणले पाठकलाई पश्चिमा साहित्यतर्फ आकर्षित गराउँछन्। 

पुस्तकमा मदनमणि दीक्षितको जीवनचित्र पनि समावेश छ। दीक्षितलाई ‘माधवी’ उपन्यास लेख्न सुझाउने लेखक उपाध्यायले ‘मदनमणि दीक्षितको पत्रकारिता’ शीर्षकमा उनको समग्र जीवनको समीक्षा गरेका छन्। विषयवस्तु दीक्षितमा केन्द्रित भए पनि नेपालको वाम आन्दोलनको ऐतिहासिक तथा पञ्चायतकालीन पत्रकारिता बुझ्न सघाउने एउटा गतिलो दस्ताबेज हो यो।

महाकवि देवकोटाले सोभियत संघको तासकन्दमा आयोजित एफ्रो एसियन लेखक संघको सम्मेलनमा दिएको प्रवचनमाथि गरिएको समीक्षात्मक लेख अर्को पठनीय सामग्री हो। 

रुसका महाकवि पुस्किन बारेको व्यक्तिचित्र र अमेरिकी गृहयुद्धको पृष्ठभूमिमा रचिएको उपन्यास मार्गरेट मिसेलको उपन्यास ‘गन बिथ द विन्ड’ माथि गरिएका विश्लेषणले पाठकलाई पश्चिमा साहित्यतर्फ आकर्षित गराउँछन्। 

‘वामपन्थी विचारक’ शक्ति लम्सालको पुस्तक ‘मार्क्सवाद, समाज र साहित्य’ मा कसरी मार्क्सवादी धाराबाट ‘पथभ्रष्ट’ भई वाणी विलास मात्र भएको तर्क गरिएको छ। नेपाली संगीत र सौरभ लिखित असहमति (पहिलो भाग) माथि पनि समीक्षात्मक लेख पनि पुस्तकमा समावेश छन्।

भनिँदै आएको छ, मार्क्सवादले भौतिक विज्ञानमा जोड दिन्छ। द्वन्द्वात्मक भौतिक वाद नै यसको मूल सूत्र हो। यता पूर्वीय चिन्तन अध्यात्म केन्द्रित छ। वेदान्त दर्शनले ‘अथातो ब्रह्म जिज्ञासा’ भनेर  ज्ञानको सागरतर्फ लाग्न उत्प्रेरित गर्दछ। उपाध्यायको लेखन यी दुवै चिन्तनबाट प्रभावित छन्। र पनि ती सबै नेपाली समाज, संस्कृति, साहित्य, राजनीति, भाषा आदिसँग सम्बन्धित छन्। त्यसैले नेपाली समाजलाई अलि फरक दृष्टिकोणबाट बुझ्नका लागि यो पुस्तक उपयोगी छ। 


प्रकाशित: June 19, 2021 | 03:38:00 काठमाडौं, शनिबार, असार ५, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
पुस्तक

२५० वर्षको इतिहाससहित ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ प्रकाशित

कृतिमा पछिल्लो अध्ययन अनुसार पहिलो मानिएको रमेश मल्लद्वारा लिखित ‘मदन दीपिका’ (वि.सं १८२२) महाकाव्यदेखि २०७८ सालसम्म लेखिएका महाकाव्यहरूको विश्लेषण गरिएको छ।
नेपाल समय
कला/साहित्य

मंसिर ९ गतेदेखि अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु हुँदै

निर्देशक एवं वरिष्ठ रङ्गकर्मी अनुप बरालले आफूलाई रङ्गकर्मको नोकर भएर बाँच्न मन लाग्ने बताए। महोत्सवलाई सम्पूर्ण रङ्गकर्मीहरुको साझा महोत्सवको रुपमा लिनुपर्ने उनको भनाइ छ।
नेपाल समय
फिल्म

'ऐना झ्यालको पुतली' को माग डायस्पोरामा पनि

नेपालमा दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ले विदेश यात्राको तय गरेको छ।
नेपाल समय
फिल्म

कर चुक्ता नगरेका कारण प्रेमगीत-३ को सेन्सर रोकिएको थियो : भुवन केसी

बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ।
नेपाल समय
संगीत

नेपथ्य व्याण्ड ‘म्यूजिक फर ह्युम्यानिटी’का साथ मानवता प्रवर्धन अभियानमा

यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले आउँदो वर्ष ‘मानवता प्रवर्धन अभियान’ मार्फत मानवीय आयामहरुलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको छ। यसै प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना