बुधबार, असोज १९, २०७९

लकडाउनले फूलहरू मुर्झाएनन्

राज सरगम  |  काठमाडौं, शुक्रबार, वैशाख ३१, २०७८

राज सरगम

राज सरगम

शुक्रबार, वैशाख ३१, २०७८, काठमाडौं

नेपाल समय

काठमाडाैं - घामको उज्यालो नपस्ने कोठामा बसिरहेकालाई प्रकृतिको सौन्दर्यमा रमाउने रहर छ। पाखुरा हल्लाएर साथीसँग फराकिलो बाटोमा हाँस्दै हिँड्न कसलाई मन छैन र! कामको थकानपछि मन मिल्ने मान्छेसित बसेर कफीको चुस्की लगाएर मज्जा लिनेहरू एकान्तवासमा छन्। फुर्सद हुनेबित्तिकै हाइकिङ र वनभोजतिर जाने पाइला घरको चौघेरामा सीमित भएर नियास्रो मानिरहेका छन् यति बेला। परिस्थिति खराब छ।  

दोस्रो लहरको कोरोना त्रासले मन आत्तिएको छ। कतै टाढा एकान्तमा जाऊँ  निषेध आदेश छ। सधैं चढ्ने सवारीसाधन र पुग्ने कार्यालय बन्द छन्। चियापसल र गफिने साथी पनि टाढा भए। त्यसपछि मनले नमानी–नमानी दिनचर्या घरेलुमय भएको छ। नेपाली संस्कृति नै छ घरेलु दिनचर्या त गृहिणीको हो। उसो त  घरधन्दा, स्याहारसुसार र सरसफाइमा बिताउनेका लागि सधैं निषेध आदेश। 

अध्ययन–अध्यापन गर्दै साहित्यमा कलम चलाउने महिला कवि/लेखकको दिनचर्या गृहिणी महिलाको जसरी नै बितेको छ त? या सिर्जनात्मक काममा पनि सक्रिय छन्? 

‘न्युज पोर्टल’ देखि सामाजिक सञ्जालसम्म यही त्रासदी सुन्नु/पढ्नुपरेकाले शब्द फुर्न नसकेको बताउँछिन् लेखक अर्चना थापा।  भन्छिन्, ‘मनमा एकदम विचलन आएको छ। यस भयावह परिस्थितिमा घरको बगैंचामा मन भुलाउने कोसिस गरिरहेकी छु।’ 

कथाकार बिना थिङका लागि भने यो समय ‘डिस्ट्रबमय’ छ । भन्छिन्, ‘डिस्ट्रब महसुस गरेको छु कोरोनाको त्रासदीले हो कि दैनिकी एकसरो भएर हो?’

थिङ यस्ता ‘डिस्ट्रब’ का बेला किताबको सहारा लिन्छिन्। जटिल बन्दै गएको परिस्थितिमा किताबले अर्कै दुनियाँमा लैजाने उनको अनुभव छ। उनी भन्छिन्, ‘म अचेल निकोलाई चेर्निरोब्स्कीको ‘ह्वाट इज टू वी डन’ र जोन स्टिनबेकको ‘ग्रेप्स अफ र्‍याथ’ उपन्यास पढ्दै छु।’ 

कोरोना जितेर फेरि बाहिरी दुनियाँ पुग्नु छ। कोरोनाकै कारण मान्छे धेरै समयसम्म एकान्तमा बसिरहन पनि सक्दैन। टोलाइरहन पनि सक्दैन। जड वस्तु पनि त होइन मान्छे। जीवनलाई चलायमान पार्नु नै छ। 

त्यसैले त कवि–लेखक हरिमाया भेटवाल माटो र बिरुवासँग भुल्ने गरेकी छन्। अघिल्लो लकडाउनमा उनले आठ महिनाका लागि पुग्ने लसुन फलाइन्। अहिले उनी गोलभेडा, खुर्सानी, साग लगाउँदै छिन्। भन्छिन्, ‘पारिको भन्दा बारीको मिठो।’

वैशाख १६ गतेदेखि लागेको निषेध आदेशपछि उनी आहूतिको किताब ‘जातवार्ता’ पढ्दै छिन्। एउटा किताब सक्न यत्तिको समय? भन्छिन्, ‘कोरोना भय! परिवार र आफन्तको चिन्ता हुनेरहेछ। ज्वरो आउँछ कि, टाउको दुख्छ कि, खोकी लाग्छ कि कोरोना लाग्ने हो कि, यस्तै कुरा मनमा खेलेपछि लेख्नपढ्न के मन लाग्नु? बरु गमलामा तरकारी फलाउन लाग्दै छु।’

‘फूल भनेका बालकजस्तै हुन् जस्तै विपत‍्मा पनि फुल्न छोड्दैनन्।’

घरमा बसेको सारसौंदो मान्छेको घाँटीमा बाघले मृगलाई झम्टिएझैं कोरोनाले अँठ्याउने दिन आए। अस्पताल पुगेका बिरामीलाई अस्पताल सौतेनी व्यवहार गर्छ। बिरामीका आफन्त भ्याक्सिन, बेड, अस्पताल, अक्सिजन र डाक्टर भन्दै छटपटिएका छन्। ‘न्युज पोर्टल’ देखि सामाजिक सञ्जालसम्म यही त्रासदी सुन्नु/पढ्नुपरेकाले शब्द फुर्न नसकेको बताउँछिन् लेखक अर्चना थापा। उनी आफूभित्र मानसिक स्थिरता नरहेको बताउँछिन्। भन्छिन्, ‘मनमा एकदम विचलन आएको छ। यस भयावह परिस्थितिमा घरको बगैंचामा मन भुलाउने कोसिस गरिरहेकी छु।’ 

अहिले फूलहरूको संगतमा रहेको बताउँछिन् थापा। भन्छिन्, ‘नयाँ जातका फूल रोप्दै छु। लेख्न मन हुँदा पनि लेख्न सकेकी छैन।’ निषेध आदेश सुरु हुनअगावै उनले कृष्ण अबिरलको करिया, प्रभा परालको फिलुङ्गो, होम कार्कीका सनिया भने पढ्न भ्याइन्। निषेध आदेश लागेसँगै आफ्नै प्रकाशन गृहबाट प्रकाशोन्मुख पाण्डुलिपि पनि पढिन्। तर उनलाई कोरोना संकटमा नयाँ कुरा गर्ने उत्साह छैन। उनी भन्छिन्, ‘कहिलेसम्म यसरी बस्ने होला? तैपनि फूलसँग खेल्दै छु।’

कवि–लेखक सरस्वती प्रतीक्षा घरकै काममा रमाइरहेकी छन्। किताब पढ्ने समय भने पुगेको छैन उनलाई। उनी भन्छिन्, ‘कोरोनाको डरले घरायसी काम सघाउने दिदीलाई छुट्टी दिएपछि यसमै मेरो दैनिकी बितिरहेको छ।’ खाना पकाउनु, घर सफा गर्नु, बोटबिरुवामा पानी हाल्नु उनका नियमित कर्म हुन्। उनी पनि फूलको संगतमा परेकी छन्। गमलाको सजावटमा रुचाउने उनी किताब पढ्नुका साथै घरको काममै रमाउँछिन्। भन्छिन्, ‘अध्ययनपछि बचेकाे समय हुँदासम्म घरायसी काममा व्यस्त हुन्छु। अहिले यसमै मज्जा आइरहेको छ।’

पढ्नका लागि भने कुनै पनि समय निकाल्छिन्। सकेसम्म पढ्न नभ्याएर थन्काएका किताब पढ्दै छिन् उनी। केशव दहालको ‘मोक्षभूमि’, गिरि श्रीसको ‘एकलव्यको देब्रे हात’, प्रभा बरालको ‘फिलिङ्गो’ र तुलसी दिवसको ‘नेपाली लोककथा’ एकसाथ पढिरहेको सरस्वती बताउँछिन्। अब पढ्ने सूचीमा होम कार्कीको ‘सनैया’ र डा. बाबुराम भट्टराईको ‘गुमनाम आमाहरुको कथा’ छन्। 

एक्लोपनको यो साझा पीडाको दिनहरूमा कवि मङ्गलेश बडरालको किताब ‘कविका अकेलापन’ पढिसकेको बताउँछिन् कवि–लेखक डा. गीता त्रिपाठी। कवि डबरालको महाप्रस्थान कोभिड-१९ कै कारण भयो। उनीसँग काव्यात्मक गफगाफ गरिरहन्थिन् त्रिपाठी। नयाँदिल्लीमा ‘आज कविता शृंङखला’का लागि सन् २०१८ मा बडरालले त्रिपाठीलाई निमन्त्रणा गरेका थिए। डबरालको ‘लेखकको रोटी’ लगायत कृति पढेको स्मरण गर्छिन् त्रिपाठी। भन्छिन्, ‘आजकै सन्दर्भमा मिल्दो शीर्षक चयन गरेर कविले अकेलापन लेखे तर उनको अद्भुत चिन्तनशीलता एक्लोपनका साथी भएका छन्।’ पाठकको विचलित वर्तमानलाई यस्तै कालजयी कृतिले सान्त्वना दिने उनको अनुभव छ। 

रत्नराज्य क्याम्पसमा स्नातकोत्तर तहमा अनलाइन कक्षा पनि लिँदै आएकी त्रिपाठीले डबरालको ‘नयाँ युगको शत्रु’ कविता संग्रह पनि पढिसकेकी छन्। यसमा नयाँ युगको शत्रुका रूपमा मानिससँग उपभोक्तामुखी जीवनशैलाई लिएको उनको भनाइ छ। उनी भन्छ्न्, ‘हामी कवि डबरालले भनेझैं यो युगको सबैभन्दा नयाँ शत्रुसँग त्रसित छौं। मानिसको लाचारी र विवशताको यो भन्दा अर्को पराकाष्ठा सायद अरू नहोला।’  

‘फूलहरू पनि सिंगै किताब हुन्। पढ्न मन गर्न सके यिनले धेरै कविता लेख्न प्रेरणा दिन्छन्।’ 

संकटका बेलाा मान्छेको मन मान्दो रहेनछ एकान्तमा पनि आफ्नै मुख छोपेर बस्न। त्यसैले कवि मोमिला जोशीका लागि यतिखेर आफ्नै कौसीका फूल साथी भएका छन्। उनी कौसीका फूलसँग संवाद गर्छिन्। अघिल्लो लकडाउनमा रोपेका फूल फुल्न थालेपछि उनी उत्साहित छिन्। फूलको एकान्तमा पनि नएक्लिएको बताउने जोशी भन्छिन्, ‘लकडाउनले फूलहरू मुर्झाएनन्, झन् फक्रिएका छन्।’ 

कौसीभरि ढकमक्क फूल फुलेका छन्। बिहानबेलुका उनी फूलका बोटमा पानी हाल्छिन्। गोडमेल गर्छिन्। गमलाको सजावट गरिरहन्छिन्। केही समय अनलाइन कक्षा लिएर बचेको समयमा उनी फूलको स्याहारमा जुट्छिन्। भन्छिन्, ‘फूलहरू पनि सिंगै किताब हुन्। पढ्न मन गर्न सके यिनले धेरै कविता लेख्न प्रेरणा दिन्छन्।’ 

उनको कवि मन यतिखेर फूलहरुसँग खेलिरहेको छ। भुलिरहेको छ। जोशी भन्छिन्, ‘फूल भनेका बालकजस्तै हुन् जस्तै विपत‍्मा पनि फुल्न छोड्दैनन्।’

तिनै कौसीका फूल हेरेर उनले रचना गरेको कवितांशः

हरपल हलुङ्गिँदै जानुपर्ने यो जीवनमा 

अनेकौ कोलाहलको भारी थप्दै थप्दै 

किन प्रतिपल गहु्रङ्गिदै जान्छ मान्छे? 

 

जिन्दगीको हरकदम त्रासैत्रासको कोलाहल 

मान्छेको धड्कनलाई समेत रोकीरोकी बाँच्छ 

हरपल हलुङ्गिदै जानुपर्ने यो जीवनमा 

ऊ त्रासको भारीले किचिएर बाँच्छ।

 

जीवनको वरिपरि रङ्गीन कोलाहल 

रङ्गरङ्गसँगै मान्छे आँखाको पुतलीसरी नाची हिँड्छ 

हरपल हलुङ्गिदै जानुपर्ने जीवनमा ऊ, 

रङ्गीन तृष्णाको भारीले थिचिएर बाँच्छ 

 

जब हरबिहान संसार मोहनी उज्यालोमा झलमलाउँछ 

मान्छेको लोभी नजर आफूलाई अरुसँग दाँजी हिँड्छ 

र दाँजोमा अरुभन्दा कमजोर ठानेर, ऊ

लोभको वजन थप्दैथप्दै आफूलाई बलियो सम्झेर बाँच्छ 

 

कहिलेकाहीं उसलाई कसैको मुस्कानको वजन भने 

फूलभन्दा हलुको लाग्छ 

जतिखेर उसले आफ्नो सारा वजन बिर्सेको हुन्छ 

 

हो, आफ्नो सारा वजन माटोलाई नामसारी गरेर 

हलुको भई जब ऊ, अनन्त उडान भर्छ 

तब त्रास, तृष्णा र लोभको कोलाहलबाट मुक्त भएर ऊ 

परमानन्दमा लीन हुन्छ 

 

तर हरपल हलुङ्गिदै जानुपर्ने यो जीवनमा 

किन प्रतिपल गह्रुङ्गिदै जान्छ मान्छे? 


प्रकाशित: May 14, 2021 | 03:51:00 काठमाडौं, शुक्रबार, वैशाख ३१, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
संगीत

दसैंमा बज्ने कालजयी १० गीत

सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडबाडसम्बन्धी गीत गाउने गरेका छन्, धेरै दशैं गीत बज्ने गरे पनि दसैँभरि धेरै बज्ने मुख्य दश गीतले नेपालीको मन छुने गरेको छ।
नेपाल समय
कला/साहित्य

अनि दसैंमा गुन्जिन्छ 'रातो टीका निधारमा टलक्क टल्कियो'

दसैं नेपालीको मौलिक चाड हो। मौलिकतासँग नेपाल मनको आत्मीयता जोडिएकाले पनि रातो टीका निधारमा टलक्क टल्कियो गीतले दसैंलाई सम्झाइरहने ठान्छन्, संगीतकार बाँस्कोटा।
नेपाल समय
रचना

श्रीमानको साथी

घरमा कति योजना, कार्यक्रम वा पारिवारिक जमघटहरु चाहे ती जतिसुकै महत्वपूर्ण हुन् तर बीचमा कतै त्यो मान्छेको प्रसंग आइपुग्छ अनि ती सबै भताभुंग हुन्छन् अर्थात् सारा संसार एकातिर अर्कोतिर एकमात्र उ। कहिलेकाहीँ त लाग्ने कि त्यो साथी नभेट्दासम्म यो मान्छेको जीवन कसरी चलेको थियो होला, अहिलेको यसको पारा हेर्दा?
नेपाल समय
कला/साहित्य

त्यसैले देवेन्द्र बब्लुको दसैं काठमाडौंमै

माया बसेजस्तो, म त पर्खेको पख्र्यै छु, मायालु, मनमायाजस्ता चर्चित गीत गायक देवेन्द्र यसपालिको दसैं बिदामा सांगीतिक यात्रामा हुनेछन्।
नेपाल समय
कला/साहित्य

कोरानापछिको दसैं मनाउन गाउँ फर्किंदैछन् यी गायक-कलाकार

काठमाडौंलाई कार्यथलो बनाएर नाम अनि दाम कमाएकाहरू र यही घरजम गरिरहेका गायक÷कलाकारहरू पनि कोरोनाका कारण दुई वर्ष दसैं मनाउन नपाएकामा यसपालि पुख्र्यौली थलो गाउँ फर्किंदैछन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना