सोमबार, साउन २३, २०७९

ओलीको कदमविरुद्ध उत्रिए पोखरेली कलाकार-साहित्यकार

नेपाल समय  |  काठमाडौं, शनिबार, पुष २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुष २५, २०७७, काठमाडौं

नेपाल समय

पोखरा- पोखराका कलाकार र साहित्यकार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्ध आन्दोलनमा उत्रिएका छन्।

संगम सांस्कृतिक मञ्च, पोखराको आयोजनामा शनिबार सहिद चोकमा भएको कार्यक्रममा साहित्यकार तथा कलाकारहरुले आफ्ना कविता र गीतमार्फत् प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरे। कार्यक्रममा मञ्चका अध्यक्ष काजी गाउँलेले विदेशीको इसारामा केपी ओलीले संसद् विघटन गरेको भन्दै देश र जनताका पक्षमा गीत र कवितामार्फत् खबरदारी गरिरहने उद्घोष गरे। केही मात्रामा भए पनि जनपक्षीय रहेको संसद् विघटन गरेको बताउँदै गाउँलेले अब सङ्घीय जनगणतन्त्र र समाजवादसम्म पुग्नका लागि जनवादी शक्तिहरु अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

माक्र्सवादी चिन्तक तथा लेखक रामराज रेग्मीले यसअघिका संविधानहरुको तुलनामा २०७२ को संविधान प्रगतिशील रहेको बताउँदै यसलाई अपहरण गर्ने काम ओलीबाट भएको धारणा राखे। ओलीको कदमलाई २०१७ मा राजा महेन्द्रले गरेका ‘कु’ सँग तुलना गर्दै रेग्मीले २०४७ को संविधानलाई उत्कृष्ट संविधान भनेर प्रचारबाजी गर्नेहरु नै अहिलेको संविधान कुल्चनेहरु भएको बताए।

करिब २ तिहाई मत पाएको कम्युनिस्ट पार्टीको अध्यक्षले जनताका प्रतिनिधिद्वारा निर्मित संविधानमाथि ‘कु’ गर्नु मामुली कुरा नभएको उनको भनाइ थियो। यो कुनै सनकका भरमा मात्रै आएको कुरा नभई नेपाली नागरिकको सशक्तता मन नपराउने विदेशी शक्तिहरुको इसारामा भएको रेग्मीको भनाइ थियो। 

अदालतमा विचाराधीन रहेको यस विषयमा बोल्न नहुने भन्ने तर्कको खण्डन गर्दै उनले षड्यन्त्रको गन्ध आएपछि बोल्नैपर्ने बताए। हिजो क्रान्तिकारी भनिएका साथीहरु पनि आज ओलीको कदमलाई क्रान्तिकारी कदम भनेर लाग्नुलाई उनले गलत कामको संज्ञा दिए। ‘व्यक्ति सधैँ उही रहँदैन, अमर रहने त विचार हो’ उनले भने, ‘व्यक्तिको जुँगा हेरेर पछि लाग्ने कुरा गलत हो, गलतलाई गलत र सहीलाई सही भन्न कम्तीमा पनि बौद्धिक बर्ग चुक्नुहुँदैन।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलकपाणी तिवारीले सजग हुन नसके अनेकौँ सङ्घर्ष गरेर ल्याएको उपलब्धीहरु गुम्ने खतरा औँल्याए। यो घटना ताजा जनादेशका लागि आएको नभई नेपाली जनताको उपलब्धीलाई अन्त्य गर्ने र नेपाललाई नयाँ ढंगले प्रतिगमनतिर लैजाने षड्यन्त्रका रुपमा आएको तिवारीको भनाइ थियो।

जनता सचेत भइसकेको बताउँदै तिवारीले संवैधानिक प्रतिगमनविरुद्ध राजनीतिक दलहरुले आन्दोलन गर्लान् भनेर मात्रै विश्वास गरेर नबसी बौद्धिक जगत स्वतन्त्र ढङ्गले अघि बढ्नुपर्ने बताए। यो कुनै दलबीचको मात्र टकराव नभई नेपाली जनताविरुद्ध चालिएको कदम भएकाले सचेत नागरिक समाज उठ्न उनले आग्रह गरे।

प्रगतिशील लेखक सङ्घका सल्लाहकार तथा गण्डकी साहित्य संगमका अध्यक्ष डा. कृष्णराज अधिकारीले कतिपय लेखक, कलाकारहरु खाइपाई आएको सुविधा खोसिन्छ कि भनेर ओलीको कदमलाई समर्थन गरिरहेको बताए। यो आन्दोलन कुनै सरकार वा पार्टीको विरोध नभई नेपाली जनताले प्राप्त गरेको उपलब्धी गुम्ने खतराका विरुद्धमा रहेको बताए। राजनीतिक र व्यावहारिक दुवै दृष्टिबाट यो कदम औचित्यहीन भएको अधिकारीको तर्क थियो।

कार्यक्रममा प्रा. डा. शोभाकान्त लामिछानेले केपी ओलीलाई जुन संविधान र संसद्ले प्रधानमन्त्री बनायो, त्यसैमाथि ‘कु’ गर्नु आमाकै चिरहरण गर्नु भएको बताए। 

साहित्य शृङ्खला, पोखराका पूर्व अध्यक्ष यादवराज उपाध्यायले कवि, लेखकहरु नै ढुलमुले भएर बसेको र अवसरको लोभमा गलतलाई सही भनेर हिँड्ने गरेकामा भत्सर्ना गरे।

मञ्चका सदस्य रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा काजी गाउँले, विकास लुङ्गेली, रोशन लामा, डीबी बान्तवा, खेम लामा, रेशम बीसी र रोशन गुरुङले साङ्गीतिक प्रस्तुति राखेका थिए भने कविहरु सुरज उपाध्याय र छविलाल आचार्यले कविता प्रस्तुत गरेका थिए।


प्रकाशित: January 9, 2021 | 12:50:00 काठमाडौं, शनिबार, पुष २५, २०७७

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प

शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

जनकपुरका पूर्वमेयर र पूर्वउपमेयरबाट ७ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्रलाई स्थानीय एक व्यक्तिको घर भत्काएको विषयमा ७ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत जनकपुरले आदेश गरेको छ।

४५ दिनमा सकिएको थियो पहिलो प्रतिनिधिसभा निर्वाचन, नेकपाले ल्याएको थियो ४ सिट

विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो।

प्राध्यापक लोकराज बराल भन्छन्ः दोस्रो पुस्ताले शेरबहादुर, केपी ओली र प्रचण्डलाई रिप्लेस गर्नुपर्छ [अन्तर्वार्ता]

अहिलेको राजनीति दोस्रो पुस्ताका नेताहरूले सुधार्न अबको निर्वाचन (पार्टीको आन्तरिक र आमनिर्वाचन) मा एकदमै शक्तिशाली भएर आउनुपर्छ।

कोरोना उपचारका लागि टेकु पुगेका बिरामीलाई फिर्ता पठाउँदै अस्पताल

अस्पतालमा आएका बिरामीलाई फिर्ता नपठाइ उपचार गर्‍यो। देशभरका अस्तपालहरुले अक्सिजनको अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गरिरहँदा टेकु अस्पतालले भने अस्पतालको प्रांगणमा राखेरै पनि उपचार गर्‍यो। नेपालमा कोरोनाको पहिलो र दोस्रो संक्रमितको टेकु अस्पतालमा नै उपचार भएको थियो।

परिवार वधको डरलाग्दो शृंखला: किन बढ्दैछ आफ्नैबाट असुरक्षा?

सम्बन्धका कारण पति–पत्नीको हत्या वा आत्महत्या मात्र नभएर पछिल्लो समय बढ्दै गएको परिवार वधकै कारक मनोसामाजिक समस्या भएको मनोविद् गोपाल ढकाल बताउँछन्।

ताइवानमा किन नजर लगाउँछन् चीन-अमेरिका?

रणनीतिक र व्यापारिक महत्त्वका कारण दुवै देश ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्।

थप समाचार

नेपाल समय
कला/साहित्य

‘बूढो समय’ लिएर आए बाबुराम

शनिबार राजधानीमा आयोजित कार्यक्रममा कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, गीतकार डा. कृष्णहरि बराल, ज्ञानु अधिकारी, महेश पौड्याल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकापर्ण गरेका हुन्।
नेपाल समय
संगीत

परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा सोनाको तीज गीत

सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न पाएका महिलाहरुलाई खुलेर नाच्न आग्रह गरिएको छ।
नेपाल समय
रचना

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।
नेपाल समय
फिल्म

गुरुदत्त-वहिदा भेट र बहुचर्चित फिल्म 'प्यासा'का ती परिघटनाहरु

गुरुदत्तले सधैं आफूलाई अभिनेताको रूपमा कमै बताउने गरेका छन्। आफ्नै फिल्ममा उनी सधैं दोस्रो वा तेस्रो रोजाइमा हुन्थे।
नेपाल समय
कला/साहित्य

मेलिना राईको इन्गेजमेन्ट तोडियो

गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीबीचको इंगेजमेन्ट तोडिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना