आइतबार, साउन २९, २०७९

‘पञ्चरत्न’ बाछिटासंग्रह र ‘नवमाधुरी’ बाछिटा विशेषांक विमोचित

नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुष १९, २०७७, काठमाडौं

नेपाल समय

काठमाडौं– ‘पञ्चरत्न बाछिटासंग्रह’ र ‘नवमाधुरी’ साहित्यिक पत्रिकाको ‘बाछिटा विशेषांक’ विमोचन गरिएको छ। 

पञ्चरत्न अहिलेसम्म प्रकाशित दोस्रो बाछिटा संग्रह हो। बाछिटालाई नेपाली साहित्यको नवीनतम विधा मानिन्छ।

‘पञ्चरत्न’ मा खगेन्द्र बस्याल, भरत सिग्देल, केशव बैरागी माइलो, नारद आचार्य सुदामा र मधु घिमिरे गरी पाँच जना स्रष्टाद्वारा रचित ५५५ वटा बाछिटा संकलित छन्।

‘नवमाधुरी बाछिटा विशेषांक’ मा करिब ६ दर्जन स्रष्टाका बाछिटा एवम् बाछिटासम्बन्धी लेख संकलित छन्। यसको सम्पादन सरस्वती शर्मा ‘जिज्ञासु’ र शेषनाथ पौडेलले गरेका हुन्। 

‘पञ्चरत्न’ बाछिटासंग्रहको प्रकाशन मातृभाषा संरक्षण समूह, अमेरिका र ‘नवमाधुरी’ पत्रिकाको प्रकाशन माधुरी साहित्य प्रतिष्ठान कुस्मा, पर्वतले गरेका हुन्।

दुवै कृतिको विमोचन अलंकार प्रतिष्ठानद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा शिक्षाविद् डा. सदानन्द कँडेल, उपप्रा. शेषनाथ पौडेल, राष्टिय बाछिटा प्रतिष्ठानका सल्लाहकारद्वय सहप्रा. नारायण गैरे र चेतनाथ धमला, बाछिटा प्रतिष्ठान, नेपालका अध्यक्ष खगेन्द्र बस्याल, स्रष्टा भरत सिग्देललगायतले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि डा. कँडेलले वर्तमानमा व्यस्त मान्छेलाई लघुतम साहित्यिक विधाले आकर्षण गरेको बताए। उनले बाछिटाले दिने प्रभावलाई ध्यान दिएर बाछिटाकारले बाछिटा रचना गर्नुपर्नेमा जोड दिए।

‘पञ्चरत्न’ बाछिटासंग्रह तथा ‘नवमाधुरी’ बाछिटा विशेषांक दुवै कृतिको समीक्षा विशेष अतिथि उपप्रा. पौडेलले गरेका थिए। 

उनले ‘पञ्चरत्न’ कृतिका पाँचैजना स्रष्टाका लेखनगत विशेषता उल्लेख गर्दै संग्रहभित्रका बाछिटाको विषयवस्तु तथा प्रवृत्तिबारे विश्लेषणात्मक मन्तव्य प्रकट गरे। 

संग्रहका बाछिटा पढ्दा निरन्तर पहाड चढेको जस्तो गौरवको अनुभूति भएको भन्दै उनले प्रायः बाछिटा अभिधा शब्दशक्तिभन्दा माथि उठेको र केही बाछिटा लक्षणाबाट पनि उच्च भएर व्यञ्जनाको तहमा पुगेको बताए। 

‘नवमाधुरी’ साहित्यिक पत्रिकाको बाछिटा विशेषांकबारे समीक्षात्मक मन्तव्यमा पौडेलले अग्रज स्रष्टादेखि सिकारु बाछिटाकारसमेतका बाछिटा संकलन भएको उल्लेख गरे। 

उनले नेपाली साहित्यको उन्नयनका लागि निरन्तर योगदान दिएकामा तथा नवीनतम उपविधा बाछिटाको विशेषांक प्रकाशन गरेकामा माधुरी साहित्य प्रतिष्ठान, पर्वत र अध्यक्ष तथा सम्पादक सरस्वती शर्मा ‘जिज्ञासु’ प्रशंसाका पात्र रहेको बताए।

उनले २०७७ साल जेठ २ गते स्रष्टा अमर त्यागीले खगेन्द्र बस्यालको साथ सहयोगमा बाछिटा विधाको औपचारिक आरम्भ गरेको जनाउँदै प्रवर्तनको सात महिनामै यो विधा लोकप्रियताको उचाइमा पुगेको बताए। 

एक महिनाअघि बाछिटाको पहिलो संग्रहका रूपमा ‘त्रिरत्न’ प्रकाशित भएको थियो। बाछिटाकाे  पहिलोभन्दा दोस्रो संग्रह अझ परिष्कृत रूपमा आएको प्रतिक्रिया पौडेलको छ।  

कार्यक्रममा विशेष अतिथिकै रूपमा मन्तव्य दिने क्रममा राष्ट्रिय बाछिटा प्रतिष्ठानका सल्लाहकार सहप्रा. गैरेले नेपाली साहित्यका क्षेत्रमा बाछिटाको भविष्य सुनौलो रहेको बताए। 

प्रवर्तनको सात महिनाभित्रै उल्लेख्य संख्यामा सर्जक देखिनु र कृति प्रकाशन हुनुले पनि यो विधा थप उचाइमा पुग्ने विश्वास उनको छ। 

यस्तै विशेष अतिथिकै रूपमा मन्तव्य दिने क्रममा सल्लाहकार धमलाले हाइकु र बाछिटाको संरचना उस्तै उस्तै लागे पनि बाछिटा पृथक् विधा रहेको विचार व्यक्त गरे। 

प्रेस काउन्सिलका सदस्यसमेत रहेका उनले उपत्यकाबाहिरबाट प्रकाशित र महिला सम्पादक रहेको नवमाधुरी उच्चस्तरीय साहित्यिक पत्रिका रहेको बताए। 

कार्यक्रममा ‘पञ्चरत्न’ का स्रष्टा एवम् राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपालका अध्यक्ष बस्यालले कृतिको रचनागर्भको चर्चा गर्दै प्रतिष्ठानका आगामी कार्यक्रमबारे छोटकरीमा प्रकाश पारेका थिए। 

‘पञ्चरत्न’ कै अर्का स्रष्टा सिग्देलले भुटानमा जन्मेर शरणार्थी जीवन बिताउँदै तेस्रो देशको स्थानान्तरणअन्तर्गत अमेरिका पुगेका तीनजना स्रष्टा केशब बैरागी माइलो, नारद आचार्य सुदामा तथा मधु घिमिरेसँग भौतिक रूपमा भेट नभए पनि कृतिमा सहसर्जकका रूपमा आउनुको पृष्ठभूमिबारे स्पष्ट पारेका थिए। 

कार्यक्रममा बाछिटा विधाको उन्नयनका लागि अमूल्य योगदान दिएबापत शेषनाथ पौडेल र अम्बिका धिताललाई ‘पञ्चरत्न’ समूहका तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो ।  

राष्ट्रिय बाछिटा प्रतिष्ठानका महासचिव विष्णु भट्टराई ‘विभु’, काठमाडौं विश्वविद्यालयका डा. काशीराज पाण्डे, पत्रकार ओम शर्माले पनि मन्तव्य व्यक्त गरेका थिए । 

‘पञ्चरत्न’ बाछिटासंग्रहका स्रष्टाहरूका बाछिटाको वाचन अम्बिका धिताल तथा निर्झरिणी बनर्जी जोशीले गरेका थिए भने भवानी पाण्डे, श्याम माकजू, केशव नेपाल, सविता केसी आदिले आआफ्ना बाछिटा वाचन गरेका थिए। 

कार्यक्रममा लक्ष्मी थापा र प्रसिद्ध पराजुलीले पनि मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको अध्यक्षता अल‌ंकार प्रतिष्ठानकी अध्यक्ष भारती न्यौपानेले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सहसचिव सावित्रा पाण्डेले गरेकी थिइन्।

कार्यक्रममा आफूहरू बाध्यताले अमेरिकामा रहे पनि नेपाली माटोको बास्ना आउने भएकाले नेपाली भाषाप्रतिको ममता प्रगाढ रहेको जनाउँदै माइलो, सुदामा र घिमिरेले लेखेको पत्र तथा बाछिटाका प्रवर्तक अमर त्यागीले प्रेषित गरेको शुभकामनापत्र पनि वाचन गरिएको थियो।


प्रकाशित: January 3, 2021 | 06:08:00 काठमाडौं, आइतबार, पुष १९, २०७७

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
रचना

हुलाक टिकटका कारण चित्रकार बनेका राजप्रकाशमान

सुन्धारा हुलाक अड्डाले बिस्कुन बनाएर फालेको फोहोरभित्र हुलाक टिकट खोजेपछि आफ्नो घर नरदेवी पुगेर भुइँभरि फैलाउँथे, राजप्रकाश। मानिस, चराचुरुंगी, हिमाल, देवीदेवता तथा मठमन्दिर चित्र अंकित हुलाक टिकटप्रति खुबै लोभिन्थे।
नेपाल समय
कला/साहित्य

भाषा आयोगको लापरबाही : जुम्ली खस भाषाको अभिलेख नै छैन

खस भाषा नेपाली भाषाको माउभाषा भनेर पनि चिनिन्छ। जुम्लालगायत कर्णालीमा खस भाषा अहिले पनि बोलिन्छ। भाषा आयोगले खस भाषालाई आधिकारिकता दिएको छैन। यो भाषामा भाषा आयोग वा अरू कुनै सरकारी निकायले शब्दकोश बनाएको पाइँदैन।
नेपाल समय
कला/साहित्य

काठमाडौं उपत्यकामा मनाइयो गाईजात्रा, विकृतिका विरुद्ध हास्यव्यङ्ग्य

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ। जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन्।
नेपाल समय
फिल्म

दया अनि सौगातले बदल्न नसकेको कथा, पात्र र चरित्र

रंगमञ्चबाट सिने क्षेत्र प्रवेश गरेका अभिनेताद्वय दयाहाङ र सौगातले चलचित्रको पर्दामा कथा, पात्र र चरित्रअनुसार फरकपन दिन नसकेको आरोप छ।
नेपाल समय
फिल्म

भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा

शैक्षिक योग्यता नपुगेको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना