आइतबार, साउन २९, २०७९

गति छैन भने जीवन र मानव सभ्यता छैन

नेपाल समय  |  काठमाडौं, बुधबार, पुष १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुष १५, २०७७, काठमाडौं

नेपाल समय

पोखरा– कोरोना कालमा सार्वजनिक भएर चर्चा कमाएका तीन आख्यानमाथि छलफल गर्दै यसपालीको पोखरा महोत्सव समापन भयो।

बिना थिङको ‘याम्बुनेर’, दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ र केशव दाहालको ‘मोक्षभूमि’बारे भएको उक्त अन्तिम सत्रमा लेखक शिवानी सिंह थारुले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेकी थिइन्।

छलफलमा लेखकहरूले आफ्ना आख्यानभित्रका पात्र, विषयवस्तु, परिवेश र प्रसंगहरूबारे अनुभव सुनाएका थिए। लेखक बिना र दुर्गालाई शिवानीले कथा लेखनकै सेरोफेरोमा रहेर जिज्ञाशा राखिन् भने ‘ऐतिहासिक–उपन्यास’ विधामाथि केशवको रिजर्भेसनबारे बुझ्ने प्रयास गरिन्।   

सत्रको सुरुवात भने कोरोना कालमा पुस्तक निकाल्दाको अनुभूतिबारे लेखकत्रयले बोलेका थिए। ‘यस्तो बेला झन् किताब छाप्नुपर्छ भन्ने लागेर निकालेको हो,’ केशवले भने, ‘किनभने प्रकृति र जीवन गतिमा चल्छ। गति छैन भने जीवन र मानव सभ्यता छैन। लेख्नु, पढ्नु, चल्नु भनेकै जीवनको गति हो। गतिशील हुँदा झन् मज्जा आयो मलाई।’

बिनाले चाहिँ कन्टेन्ट बलियो छ भने कृति सार्वजनिक गर्नलाई जुनकुनै समय उपयुक्त हुने बताइन्। ‘राम्रो लेखिएको छ भने पाठकले खोजिवरी पढ्छन्,’ उनले भनिन्, ‘मलाई आफ्नो अक्षरमा विश्वास थियो त्यसैले जहिले आए पनि फरक पर्दैन भनेर साहस गरेर ल्याएको हुँ।’

चर्चादेखि अलि अप्ठ्यारो लाग्ने भएकाले यो समय आफ्ना लागि उपयुक्त नै भएको आशय दुर्गाले व्यक्त गरिन्। उनलाई खिन्न लागेको एउटै कुरा चाहिँ आफ्नो पुस्तक लक्षित वर्गसम्म नपुगेकोमा रहेछ। भनिन्, ‘ई–बुकमा सर्कुलेसन राम्रो भयो। किताबसम्बन्धी बहस भर्चुल्ली हुँदा त्यो झनै डेमोक्रेटिक भइदियो, सबैले हेर्न पाए। तर, जसले पढिदिऊन् भन्ने सोचेकी थिएँ, तिनिहरूसम्म चाहिँ किताब पुग्न सकेन।’ 

गैरआख्यानबाट आख्यानमा आएका केशवले आख्यानमा काम गर्ने आफ्नो पुरानो तिर्सना मेटिएको खुशी साटे। ‘आख्यानमा काम गर्ने भोक थियो,’ उनले प्रस्ट्याए, ‘यसमा उड्न पाइन्छ, भावनासँग खेल्न पाइन्छ, आफ्नै संसार निर्माण गर्न पाइन्छ। यो तिर्सनामा बग्दै गर्दा संजोगले प्रकाशकसँग भेट भयो।’ नयाँ, अलग तर आफ्नै माटोको संसार बनाउने हेतुले सिंजा क्षेत्रको खसआर्य संन्दर्भमा किताब रचेको जानकारी दिए। 

यसअघि ‘छुकी’ कथा संग्रह निकालिसकेकी बिनालाई फेरि किन यही विधा रोजेको भनेर पनि सोधिएको थियो। उनले आफ्नो विषयवस्तुअनुसार स्वरुप छनोट गरेको बताइन्। ‘कस्तो स्वरुपमा जँच्छ भन्ने कुरा विषयवस्तुले निर्धारण गर्छ,’ उनले भनिन्, ‘आफ्ना कुरा छोटोमा भन्नु छ भने म कविता फर्ममा जान्छु। विषयवस्तुले कति एरिया कभर गर्न खोजेको छ, त्यही अनुसार स्वरुप निर्धारण हुने त हो।’

पहिलो कथा संग्रह निकालेकी दुर्गाले यसरी संग्रह नै निकालौंला भनेर खासै योजना नबनाएको सुनाइन्। ‘एक स्टेजमा पुगेपछि संग्रह नै बन्छ कि भन्ने भयो,’ उनले प्रस्ट्याइन्, ‘सामान्यतया मान्छेलाई किताब निस्किने कुरा ओहो भन्ने लाग्छ। उपन्यास भएको भए मलाई पनि त्यस्तै हुन्थ्यो होला। तर, यो किताब निकाल्दा  चाहिँ त्यस्तो भएन।’ 

केशवले आफ्नो पुस्तक ऐतिहासिक उपन्यास नभएको जिकिर गर्ने गरेका छन्। यसबारे उनले कार्यक्रममा वर्णन गरे। उनी कथा र इतिहासलाई फरक टोकरीमा राख्नु उचित ठान्दा रहेछन्। ‘कथा कथाजस्तै हुन्छ, कथाजस्तो इतिहास, इतिहासजस्तो कथा हुँदैन,’ उनले भने, ‘इतिहासलाई कथाजस्तो बनायौं भने के होला? मान्छेले ठीक इतिहास बुझ्दैनन्। इतिहास सत्यको व्याख्या हो। कथा कल्पना हो।’ 

उनले ऐतिहासिक कथा वा ऐतिहासिक उपन्यास भन्ने विधाकै पुनःव्याख्या आवश्यक रहेको बताएपछि शिवानीले यसबारे पछि पनि लामै विमर्श गर्ने भन्दै प्रसंग मोडिन्। त्यसपछि उनले बिनालाई तामाङ समुदायको सेरफेरोमा लेखिएको उनको कृतिबारे सोधिन्। ‘मैंले लेखेका कथा मअघि कसैले लेखिदिएको भए म यो किताबै लेख्दिनँ थिएँ,’ उनले भनिन्, ‘तामाङ समुदायको कथा नभेटेरै मैले लेखेको हो। टोनी मरिसनले भनेका थिए– तिम्रो समुदायको कथा कसैले लेख्दैन भने तिमी आफैं लेख, कसैले पढ्दैन भने तिमी आफैं पढ। मंैले त्यही गरेको हो।’

कथा लेख्दै जाँदा लेखनलार्ई लिएर आफ्ना बुझाइ कसरी फेरिँदै गए भन्नेबारे दुर्गाले अनुभव सुनाइन्। ‘पहिले मलाई कलममा भयंकर पावर छजस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘कथामार्फत् भयंकर सन्देशहरू दिन खोज्थेँ। अर्को स्टेजमा आइपुग्दा कलमको पावर सिमित रैछ भन्ने लाग्यो। अनि कथाहरू परिमार्जन गर्न थालेँ। कथामा सन्देश लाद्दा खिरमा नुन हालेजस्तो हुँदो रैछ भन्ने बुझेँ।’ 

केशवले आफ्नो पुस्तकभित्रका सिंजा समाज, धर्मसभा, दासमुक्तिका प्रसंगहरूबारे पनि चर्चा गरे। सुदूर अतितको प्रसंग ल्याएर आफूले दास व्यवस्थाको विषयवस्तुलाई गहिराइबाटै बुझाऊन खोजेको बताए। दुर्गाले चाहिँ युवा वयका किशोरीको जीवन र मनोविज्ञान समेट्न खोजेको बताइन्। ‘यो पुस्तकबाट मंैले एउटा उमेर समूहको संघर्ष, पिडा, भोगाइ उर्तान खोजेकी हुँ,’ उनले भनिन्, ‘नयनतारा, अनुराधा, ठूली आमा, मनमाया जस्ता पात्र छन्, जुन अलि फरक प्रस्पेक्टिभबाट आएका छन्।’  

उनले महिलाको यौनिकताको कुरालाई थोरै भए पनि सामान्यिकरण गर्न खोजेको बताइरहँदा बिनाले पनि दमित अवस्थामा रहेका महिलाले भारी बिसाउनुपर्ने बिम्ब प्रयोग गर्दै आनी पेमाको चरित्रबारे प्रस्ट पारिन्। ‘लेखक यथास्थितिवादमा रुचाउने मान्छे होइन,’

बिनाले भनिन्, ‘लेखक हुनु भनेको वर्तमानमा उभिनु मात्रै होइन भविष्यतर्फ लम्किनु पनि हो। आनी संस्कृति बाहिरबाट जति सुन्दर देखिन्छ त्यहाँभित्र पनि विविध समस्या छन्। हिमालपारि पठारको कथा कसले लेख्ने, कसले महसुस गर्ने त? लेख्नुपर्छ भन्ने लाग्यो। आनीहरु आध्यात्मिक रुपमा बस्न चाहन्छन् भन्ने ठीक छ, दमित छन् भन्ने बाहिर निस्किनुपर्छ।’ 

कोरोना कालपछि कस्ता कथा लेखिनुपर्छ भन्नेबारे तीनै जना लेखको जवाफ सुन्दर मानिएको थियो। केशवका अनुसार मानव सभ्यताले लामो संघर्ष गरिसकेको र अब त्यो संघर्षको युग सकिएर प्रेमको युग आएको हुँदा प्रेमको कथा लेख्नुपर्ने बताए। बिनाले चाहिँ अब निम्न मध्यम वर्ग, जो सबैभन्दा मारमा परेका छन्, उनीहरूको मनोविज्ञानलाई समेटेर लेख्नुपर्ने बताइन्। 

यसमै दुर्गाले थपिन्, ‘जे–जे आइपरे पनि मान्छेले खासै केही सिक्दैन रैछ। हाम्रो सिकाइ दिगो हुँदैन रैछ। हामी खोक्रा रहेछौँ। हामीभित्रको खोक्रोपन, हाम्रो समाजको सर्पोट सिस्टमको कमजोरी, लिडरसिपको कमजोरी र विशेषतः अब खोक्रोपनको कथा आउनुपर्छ भन्ने लाग्छ।’

 


प्रकाशित: December 30, 2020 | 16:14:00 काठमाडौं, बुधबार, पुष १५, २०७७

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
रचना

हुलाक टिकटका कारण चित्रकार बनेका राजप्रकाशमान

सुन्धारा हुलाक अड्डाले बिस्कुन बनाएर फालेको फोहोरभित्र हुलाक टिकट खोजेपछि आफ्नो घर नरदेवी पुगेर भुइँभरि फैलाउँथे, राजप्रकाश। मानिस, चराचुरुंगी, हिमाल, देवीदेवता तथा मठमन्दिर चित्र अंकित हुलाक टिकटप्रति खुबै लोभिन्थे।
नेपाल समय
कला/साहित्य

भाषा आयोगको लापरबाही : जुम्ली खस भाषाको अभिलेख नै छैन

खस भाषा नेपाली भाषाको माउभाषा भनेर पनि चिनिन्छ। जुम्लालगायत कर्णालीमा खस भाषा अहिले पनि बोलिन्छ। भाषा आयोगले खस भाषालाई आधिकारिकता दिएको छैन। यो भाषामा भाषा आयोग वा अरू कुनै सरकारी निकायले शब्दकोश बनाएको पाइँदैन।
नेपाल समय
कला/साहित्य

काठमाडौं उपत्यकामा मनाइयो गाईजात्रा, विकृतिका विरुद्ध हास्यव्यङ्ग्य

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ। जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन्।
नेपाल समय
फिल्म

दया अनि सौगातले बदल्न नसकेको कथा, पात्र र चरित्र

रंगमञ्चबाट सिने क्षेत्र प्रवेश गरेका अभिनेताद्वय दयाहाङ र सौगातले चलचित्रको पर्दामा कथा, पात्र र चरित्रअनुसार फरकपन दिन नसकेको आरोप छ।
नेपाल समय
फिल्म

भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा

शैक्षिक योग्यता नपुगेको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना