आइतबार, साउन २९, २०७९

‘प्राज्ञिक संस्थालाई नेकपाको भ्रातृ संगठन बनाउन खोजियो’ 

बिन्दुकुमार थापा 
नेपाल समय  |  काठमाडौं, सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७, काठमाडौं

नेपाल समय

सांस्कृतिक क्षेत्र, साहित्यिक क्षेत्र तथा प्राज्ञिक क्षेत्रलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यनुरुप प्रतिष्ठान तथा बोर्ड गर्ने अवधारणा छ। यसैक्रममा प्रदेश सभाबाट विधेयक बनेर गठनको क्रममा रहेको गण्डकी प्रज्ञा प्रतिष्ठान र चलचित्र विकास बोर्ड, गण्डकी प्रदेश गठनको प्रक्रियामा छन्।

पोखरा प्रज्ञा प्रतिष्ठान (महानगरस्तरीय) गठन भएको छ तर यसको गठन प्रक्रिया तथा नियुक्तिको विषयलाई लिएर अहिले विवादित बनेको छ। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले २०७७ असोज २२ मा महानगरपालिका प्रमुखलाई ध्यानाकर्षण पनि गराएको छ। चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड), गण्डकी प्रदेश गठन हुने क्रममा छ।

लोकतन्त्रको स्थापनापछि नेपाली कांग्रेसको तत्कालीन सरकारले नेपालमा केन्द्रीयस्तरको प्राज्ञिक समिति गठन गर्ने प्रक्रियामा, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तत्कालीन संस्कृति मन्त्री डा. मीनेन्द्र रिजालको नेतृत्वमा गठन भएको थियो।

२०६७ सालमा गठित यी प्रतिष्ठानहरुमा सम्पूर्ण अधिकार आफूमा हुँदा हुँदै पनि प्रतिपक्ष दलको एवं राजनीतिक सहमतिको महत्वलाई कांग्रेसले ध्यानमा राखेको थियो। 

३ वटै प्रतिष्ठानमा तत्कालीन प्रतिपक्षी दल नेकपा एमालेबाट पनि प्रतिनिधित्व हुने गरी प्राज्ञ सभा गठन गरिएको थियो। जसको उदाहरण संगीत नाट्य प्रतिष्ठानमा नेपाली कांग्रेसको तर्फबाट कुलपतिमा अमर गुरुङ र उपकुलपति प्रचण्ड मल्ल, प्राज्ञ सदस्य कविता आले र मिथिला शर्माको नियुक्तिले स्पष्ट पार्दछ। उहाँहरु साविक नेकपा एमालेमा आवद्ध हुनुहुन्थ्यो। 

यसरी प्राज्ञिक क्षेत्रलाई बौद्धिक, सक्षम, समावेशी र उपलब्धी मुलक बनाउनु पर्छ भन्ने अवधारणलाई वर्तमानमा गण्डकी प्रदेश अन्तर्गत गठन हुन लागेको माथि उल्लेखित प्रतिष्ठानहरुमा नेकपाको सर्वपक्षीय, सहमति विरोधी सोच र एकात्मकवादी कार्यशैलीले प्रदेशको बौद्धिक क्षेत्र, सास्कृतिक क्षेत्र, साहित्यिक क्षेत्र तहसनहस हुँदै छ।

त्यति मात्र नभएर यी बौद्धिक र प्राज्ञिक प्रतिष्ठानहरुलाई नेकपाको भातृ संस्थाको रुपमा गठन गर्ने, कार्यकर्ता भर्ती केन्द्रको रुपमा प्रयोग गर्न खोज्ने यो गलत नियतलाई तत्काल बन्द गरी प्राज्ञ छनौट समिति समावेशी र सर्वपक्षीय प्रज्ञिक थलोको रुपमा स्थापित गर्नुपर्दछ। अत प्राज्ञ तथा विकास बोर्डको अवधारण तथा मर्मअनुरुप गठन गर्न मसम्बन्धित स्थानीय तथा प्रदेश सरकारको ध्यानार्कषण गराउन चाहन्छु। 

(कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य थापाले असोज २५ गते प्रदेश सभा बैठकमा विषेष समय लिएर राखेको भनाइ)
 


प्रकाशित: October 12, 2020 | 01:07:00 काठमाडौं, सोमबार, असोज २६, २०७७

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
रचना

हुलाक टिकटका कारण चित्रकार बनेका राजप्रकाशमान

सुन्धारा हुलाक अड्डाले बिस्कुन बनाएर फालेको फोहोरभित्र हुलाक टिकट खोजेपछि आफ्नो घर नरदेवी पुगेर भुइँभरि फैलाउँथे, राजप्रकाश। मानिस, चराचुरुंगी, हिमाल, देवीदेवता तथा मठमन्दिर चित्र अंकित हुलाक टिकटप्रति खुबै लोभिन्थे।
नेपाल समय
कला/साहित्य

भाषा आयोगको लापरबाही : जुम्ली खस भाषाको अभिलेख नै छैन

खस भाषा नेपाली भाषाको माउभाषा भनेर पनि चिनिन्छ। जुम्लालगायत कर्णालीमा खस भाषा अहिले पनि बोलिन्छ। भाषा आयोगले खस भाषालाई आधिकारिकता दिएको छैन। यो भाषामा भाषा आयोग वा अरू कुनै सरकारी निकायले शब्दकोश बनाएको पाइँदैन।
नेपाल समय
कला/साहित्य

काठमाडौं उपत्यकामा मनाइयो गाईजात्रा, विकृतिका विरुद्ध हास्यव्यङ्ग्य

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ। जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन्।
नेपाल समय
फिल्म

दया अनि सौगातले बदल्न नसकेको कथा, पात्र र चरित्र

रंगमञ्चबाट सिने क्षेत्र प्रवेश गरेका अभिनेताद्वय दयाहाङ र सौगातले चलचित्रको पर्दामा कथा, पात्र र चरित्रअनुसार फरकपन दिन नसकेको आरोप छ।
नेपाल समय
फिल्म

भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा

शैक्षिक योग्यता नपुगेको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना